Posts

Showing posts with the label व्यङ्ग्यम्

सर्जक र तात्क्षणिक समय विम्ब

Image
सञ्जय मित्र समयले सर्जकलाई जहिले पनि आफूतर्पm डो¥याइरहन्छ । समयलाई सर्जकले जहिले पनि आफ्नो डोरीमा बाँध्न चाहन्छन् । समयलाई आफ्ना शब्दमा कैद गरेर कहिले नबित्ने गरी आफूसित राखिहाल्छन् । सर्जकले कैद गरेको समयलाई दुनियाँले प्रदर्शनीमा देख्न सकिन्छ । समयमा त्यो क्षमता हुँदैन कि उसले सर्जकलाई आँखा छल्न सकोस्, सर्जकको नजरबाट लुक्न सकोस्, सर्जकको नजरमा पर्न नसकोस्, सर्जकको कैदमा पर्नबाट आफूलाई बचाउन सकोस् । सर्जकको कैदमा परेपछि समयलाई फुत्किन पनि गा¥हो हुन्छ, युगौंसम्म । हो, समय शक्तिशाली हुन्छ । समयको प्रवाहलाई सामान्यतया सर्जकले रोक्न सक्दैन । समयको गतिलाई अवरोध गर्न पनि सर्जकको बुत्ताबाहिरको प्रश्न हो । सर्जकले समयलाई कहिलेकाहीं अगाडिबाट पनि घेरेर सिर्जनामा कैद गर्न खोज्दछन् तर अधिकांश सर्जक र सिर्जना समयको गतिसँगसँगै प्रवाहित भएर, ऊसित घुलमिल गरेर, उसको अनुभूति आफूमा सँगालेर, अनुभवलाई आफूमा समेटेर, समयलाई टाढाबाट आँखाको क्यामराले कैद गरेर, समयको महŒवलाई बुझाएर, समयलाई नै समय बताएर सर्जकले समयको सिंचाइ गर्दछन् । कसैले कुनै समयको बिन्दुलाई देखाउन सक्दैनन् कि सर्जकको चेतनाको उज्यालोबाट वञ्चित

एउटा प्राथमिक विद्यालयको भ्रमणमा

Image
सञ्जय मित्र निरुद्देश्य त केही पनि हुँदैन। कहिलेकाहीं यत्तिकै आसपासका क्षेत्रहरूको भ्रमण पनि गर्नुपर्दछ। यसले गर्दा आसपासकै क्षेत्रका धेरै नवीन परिवर्तन जानकारीमा आउँछन्। नवीनताको खोजी त मानवीय स्वभाव नै हो। हरेक मानिसमा नयाँ कुरा हेर्ने चाहना हुन्छ। यसैले पहिलेका कतिपय मानिस पशुपतिको यात्रा पैदलै गर्दथे। यात्रामा हिमाल, पहाड र अरू के के देख्दथे। पशुपतिको दर्शन गर्दथे र फर्कन्थे। सामान्यता त्यस जमानामा नेपाल पुगेर यताका मानिसलाई घर फर्किन एक हप्तादेखि दश दिन लाग्दथ्यो। कुनै सडकको विकास नभएको र पैदलै काठमाडौं पुगेर फर्केका कतिपय मानिसले अद्यपर्यन्त यात्राकथा सुनाउँदा कहालीलाग्दो एकादेशको कथाजस्तो लाग्छ र तिनै मानिस अहिले काठमाडौं पुग्दा एकादेशको नेपाल पुगेजस्तो अनुभूति गर्दछन्। पैदलै हिंडेर पुगेको नेपालको नवीनता र अहिले विभिन्न साधनको प्रयोग गरी पुगेको काठमाडौंको नवीनता। एकै ठाउँको दुई अतुल्य नवीनता समयको अन्तरालले नै ल्याएको हो। अझ जो त्यहीं जन्मे र हुर्के तथा अहिले सात दशकभन्दा बढी वर्षको जीवनयात्रा पथमा यात्रारत छन्, काठमाडौंका हरेक नवीनता आँखा अगाडि छन्। हेर्दाहेर्दै ठाउँ बदलिंदो रह

विवाह बिदा र हनिमून प्याकेज

Image
सञ्जय मित्र     अबुझहरूले चलाएको उखान हो– कहीं नभएको जात्रा हाँडीगाउँमा । यस उखानले त हाँडीगाउँलाई हेपेको छ । आप्mनो ठाउँको राम्रोलाई पनि नराम्रो देख्ने उल्टो बुद्धिको परिचायक हो यो उखान । यदि अन्य देशमा भएको भए यसलाई अनौठो मानिन्थ्यो र यसलाई पर्यटनको लागि विश्वमा प्रचारप्रसार गरिन्थ्यो । कहीं नभएको प्रथा अर्थात् संसारमा एकमात्र जात्रा हाँडीगाउँमा ।     दुनियाँमा जेसुकै होओस्, आपूmलाई राम्रो मान्ने र आप्mनो संस्कृतिलाई नराम्रो मान्ने हाम्रो विश्वप्रसिद्ध चरित्र हो ।     कहिलेकाहीं मानिसको मनमा नयाँ विचार पनि आउँछ । जबदेखि स्थानीय सरकारको गठन भएको छ, अजबगजब कामहरू भएका सुनिन्छन् । आप्mनो पालिकालाई अरूभन्दा पृथक देखाउन राम्रो त गर्नैप¥यो । कतिपय पालिकाले आफन्तलाई नियुक्ति गर्नमा उदाहरणीय काम गरेका छन् भने कतिपय पालिकाले सबैभन्दा बढी आफन्तलाई समितिमा राखेर उत्कृष्ट काम गरेका छन् । कतिपयले विकास निर्माणको काममा सबैभन्दा बढी कमिशन लिएर सुनाम पैmलाएका छन् भने कतिपय पालिकाले एउटै खाल्डोलाई कैयौंपटक पुरेर त्यसैमा माछापालनसमेत गरेका छन् । यस प्रकारका अब्बल काम गर्ने पालिकाहरूबीच प्रतिस्पर्धा

बुद्धूजीवी

आरआर छुछुनर     एकजनाले आपूmलाई बुद्धिजीवी भन्दा मैले साँच्चिकै सुनेको शब्द बुद्धूजीवी नै हो । वीरगंजको एउटा प्रसिद्ध कान दोकान (कान बनाउने पसलभन्दा पनि बुभ्mनुभएन भने कानको क्लिनिक)मा गएको थिएँ । मेरो कानै खराब भएको भएपनि मैले सुनेको शब्दलाई मैले बुझेर आपूmले बुझेको आधारमा फेरि के सोच्न थालें भने के बुद्धिजीवीभन्दा बुद्धूजीवी ठूलो हो ? डाक्टरनेर गएर कोहीले आपूmलाई सानो त पक्कै पनि भनेन होला । सालो–भिनाजुको जस्तो गफगाफ पनि सुनिएन । त्यसैले जिस्केर त्यसो भनेको होला भनेर पछिसम्म पत्याउन मुस्किल प¥यो ।     कलेजमा पढ्दाको बेला सरलाई कसैले केही भन्यो वा अन्य कुनै समस्या प¥यो भने मलाई कोचिङ गराएर त्यसको भूत झार्न लगाउने प्राध्यापकलाई भेट्न डेरामा गएँ । वास्तवमा कलेजमा पढाउने गुरुजीलाई बुद्धूजीवीको अर्थ, परिभाषा, कार्यक्षेत्र र अधिकारको विषयमा जान्न चाहेको थिएँ । सर अर्को प्राइवेट कलेजमा पढाउन गएका थिए । डेरामा मैडम मात्र भएकाले त्यसै फर्किन लागेको थिएँ, मैडमले सोध्नुभयो– केही काम थियो कि ?     एउटा कुरो सोध्नु थियो –मैले भनें ।     के कुरा होला ? –मैडमले भन्नुभयो ।     बुद्धिजीवी र बुद्धूजीव

सबैभन्दा खत्तम म

आरआर छुछुनर     मेरो कक्षामा मात्रै होइन, मेरो विद्यालयमा नै सबैभन्दा खत्तम विद्यार्थी भनेर शिक्षकहरूले मेरो प्रशंसा गर्नुहुन्थ्यो । एउटी शिक्षिकाले मेरो कक्षामा क, ख, ग, घ पढाउ“दै गर्दा ‘राम्री म’ भनेर विद्यार्थीलाई घोकाउ“दा मैले ‘नराम्रो म’ भनेर जोडले चिच्याउ“दा गालामा चड्कन–चिउरा खाएर मेरो अनुहार हनुमानजस्तो सुन्निएको मलाई राम्ररी सम्झना छ । कोही सा“च्चिकै सुन्दर शिक्षिकाले आपूmलाई ‘राम्री म’ भनेर सत्य कुरा बोल्दा सबै शिक्षिकहरूले नै भन्ने गरेकोजस्तो ‘नराम्रो म’ भनेर बोल्दा गोदाइ खानुपरेको घटनाले पढाइप्रति म झन् ‘जस्तो थिए“, त्यस्तै भए“ ।’     अरूलाई सबैले सोध्थे– तिम्रो कुन विषय कमजोर छ ? त्यही बेला मलाई सोधिन्थ्यो– तिम्रो कुन विषय राम्रो छ ? म पनि त्यत्तिकै बाठो मान्छे । कसैले मलाई धेरै सोधेर दुःख देला भनेर जुन विषयको प्रश्न ग¥यो, त्यो विषयबाहेक मलाई सप्पै आउ“छ भन्दिन्थें । जस्तै  नेपाली व्याकरणको प्रश्न सोध्यो भने मलाई नेपाली विषयबाहेक सबै आउ“छ, अङ्ग्रेजी व्याकरणको प्रश्न सोध्यो भने अङ्ग्रेजीबाहेक सबै आउ“छ, गणितको प्रश्न सोध्यो भने गणितबाहेक मलाई सप्पै विषयको ज्ञान छ, विज्ञानबारे