Posts

Showing posts with the label महाभारतबाट सङकलन तथा अनुवाद

द्रोण पर्व–३४

Image
                    उमाशङ्कर द्विवेदी ब्राह्मणमा सत्य, साधुहरूमा नम्रता र यज्ञमा लक्ष्मीको हुनु जसरी निश्चित छ, त्यसै प्रकार जहाँ नारायण छन्, त्यहाँ विजय पनि निश्चित छ। भोलि बिहान हँुदैमा मेरो रथ तयार रहोस्, यस प्रकारको प्रबन्ध मिलाउनुहोस्, किनभने हामीमाथि ठूलो काम आइपरेको छ। तदन्तर अर्जुनले श्रीकृष्णसित भने–“भगवन्, अब तपाईं गएर सुभद्रा र उत्तरालाई सम्झाइबुझाइ गरेर उनीहरूको शोकलाई साम्य पार्नुहोस्।” अनि धेरै उदास भई श्रीकृष्ण अर्जुनको शिविरभित्र गएर पुत्रशोकले पीडित आफ्नी बहिनीलाई ढाडस दिन थाले। उनले भने– “हेर बहिनी, तिमी र बुहारी उत्तरा दुवैले शोक न गर। कालद्वारा एक दिन सबैको यस्तै गति हुन्छ। तिम्रो पुत्र उत्तम वंशमा उत्पन्न, धीर, वीर र क्षत्रिय थियो, यो मृत्यु उसको योग्य नै भएको हो, त्यसैले शोकलाई त्याग गर। हेर, बडे बडे सन्त पुरुष तपस्या, ब्रह्मचर्य, शास्त्रज्ञान र सद्बुद्धिद्वारा जुन गतिलाई प्राप्त गर्न चाहन्छन्, त्यही गति तिम्रो पुत्रलाई प्राप्त भएको छ। तिमी वीरमाता, वीरपत्नी, वीरकन्या र वीरकी बहिनी हौ, कल्याणी, तिम्रो पुत्रलाई उत्तम गति प्राप्त भएको छ, तिमी उसको लागि शोक न गर। बाल

द्रोण पर्व–३३

Image
उमाशङ्कर द्विवेदी मेरा भुजाहरूले जसको रक्षा गर्दछ, त्यसमाथि देउताहरूको पनि जोड चल्दैन। म यस्तो व्यूह रचना गर्नेछु, जहाँ अर्जुन छिर्नै सक्दैन। त्यसैले न तर्स, उत्साहले युद्ध गर। तिमी जस्तो वीरलाई त मृत्युको भय हुनु नै हुँदैन, किनकि तपस्वीहरूले तप गरेर जुन लोक प्राप्त गर्दछन्, क्षत्रिय धर्मको आश्रय लिने वीर पुरुषले त्यसलाई अनायास नै प्राप्त गरिहाल्दछ। यस प्रकार आश्वासन पाएपछि जयद्रथको भय हरायो र उसले युद्ध गर्ने विचार ग–यो। त्यति बेला तपाईंको सेनामाझ पनि हर्ष–ध्वनि हुन थाल्यो। अर्जुनले जयद्रथको वध गर्ने प्रतिज्ञा गरेपछि भगवान् श्रीकृष्णले अर्जुनसित भने– धनञ्जय, तिमीले न त भाइहरूसित सम्मति लियौ, न मसित नै सल्लाह गरेर नै मानिसहरूलाई सुनाएर जयद्रथलाई मार्ने प्रतिज्ञा गरिहाल्यौ–यो तिम्रो दुस्साहस हो, यसबाट मान्छेहरूले हाम्रो उपहास गर्नेछन्। मैले कौरवहरूको छाउनीमा आफ्नो गुप्तचरहरूलाई पठाएको थिए। उनीहरू फर्केर त्यहाँको सबै समाचार बताएका छन्। तिमीले सिन्धुराज जयद्रथको वध गर्ने प्रतिज्ञा गर्ने बित्तिकै यहाँ रणभेरी बजेको तथा सिंहनाद गरिएको थियो। त्यसको तुमुल आवाज कौरवहरूले सुनेका थिए, उनीहरूले ति

द्रोण पर्व–३०

Image
उमाशङ्कर द्विवेदी मैले सुनेको छु कि आचार्य द्रोणले चक्रव्यूहको रचना गरेका थिए, तपाईंहरूमध्ये बालक अभिमन्युबाहेक अन्य कसैले पनि चक्रव्यूहको भेदन गर्न सक्नुहुँदैनथ्यो । अभिमन्युलाई पनि चक्रव्यूहबाट निस्कन सक्ने विद्या बताएको थिइनँ । कतै तपाईंहरूले त्यस बालकलाई नै शत्रुहरूको व्यूहमा पठाइदिनुभएको त थिएन ? सुभद्रानन्दन त्यस व्यूहलाई अनेकौंपल्ट भेदन गरेर त्यसभित्र मारिएको त होइन ? ऊ सुभद्रा र द्रौपदी दुवैको प्यारो तथा माता कुन्ती र श्रीकृष्णको अत्यन्त लाडे थियो । भन्नुहोस् त कालको वशमा परेको उसको वध गर्ने को हो ? ओहो, ऊ कसरी सबैसित हाँसीहाँसी कुरा गर्दथ्यो र सधैं आफूभन्दा बडाको आज्ञामा रहन्थ्यो । बालकालदेखि नै उसको पराक्रमको कुनै तुलना थिएन । कस्तो मीठो कुरा गर्दथ्यो । ईष्र्या र द्वेषले त उसलाई छोएकै थिएन । ऊ महान् उत्साही थियो । उसका भुजाहरू लामा–लामा थिए र आँखा कमलको समान विशाल थियो । आफ्ना सेवकहरूमाथि औधि दयाभाव राख्दथ्यो, कहिल्यै पनि नीच मानिसको सङ्गत गर्दैनथ्यो । ऊ कृतज्ञ, ज्ञानी र अस्त्रविद्यामा कुशल थियो, युद्धमा कहिल्यै पनि पाइलो पछि सार्दैनथ्यो । युद्धको त उसले अभिनन्दन गर्दथ्यो, शत

द्रोण पर्व–३०

Image
उमाशङ्कर द्विवेदी एकचोटि राजाको छेउमा वनस्पति, पर्वत, देउता, असुर, मानिस, सर्प, सप्तर्षि, यक्ष, गन्धर्व, अप्सरा तथा पितरहरूले गएर भने– महाराज, तपाईं नै हाम्रो सम्राट हो, तपाईंले नै हामीलाई कष्टबाट बचाउनुहुन्छ तथा तपाईं नै हाम्रो राजा, रक्षक र पिता हो। तपाईंले हामीलाई अभीष्ट वरदान दिनुहोस्, जसबाट अनन्तकालसम्म हामीहरूले तृप्ति र सुखको अनुभव गरौं। उनीहरूको यस्तो कुरा सुनेर राजाले भने– यस्तै हुनेछ। तदन्तर, राजा पृथुले नाना प्रकारका यज्ञ गरे र मनोवाञ्छित भोग सामग्रीद्वारा समस्त प्राणीका कामनाहरू पूर्ण गरेर उनीहरूलाई तृप्त पारे। पृथ्वीमाथि जुन पदार्थहरू छन्, त्यसकै आकारको सुवर्णको पदार्थ बनाएर राजाले अश्वमेध यज्ञ गरेर ब्राह्मणहरूलाई दानमा दिए। उनले छयासट्ठी हजार सुनका हात्ती बनाएर ब्राह्मणहरूलाई दानमा दिए। सुनको पृथ्वी पनि बनाएर त्यसलाई मणिबाट विभूषित गरेर दान गरिदिए। सृञ्जय, उनी पनि तिमी र तिम्रा छोराभन्दा श्रेष्ठ थिए। उनीहरू मरेपछि पनि तिमीले आफ्नो पुत्रको शोक गर्नु असल होइन, गर्नुहँुदैन। योगी, निष्काम भावले यज्ञ गर्ने र तपस्वी पुरुषले जुन गति पाउँछन्, तिम्रो पुत्रले पनि त्यही गति प्राप्त

द्रोण पर्व–२९

Image
उमाशङ्कर द्विवेदी उनले छत्तीस योजन लामो र तीस योजन चौडाइको चौबीसवटा सुवर्णमयी वेदीहरू बनाएका थिए। वेदीहरू पूर्वदेखि पश्चिमको क्रममा बनाइएको थियो। वेदीहरूमाथि मोती र हीराहरू ओछ्याइएको थियो। ती जम्मै रत्न र हीरा वस्त्र र आभूषणको साथ ब्राह्मणहरूलाई दान दिइएको थियो। यज्ञको अन्तमा भोजनबाट उबे्रको अन्नको २५ पर्वत शेष रहेका थिए। यज्ञमा रसको खोलो बगेको थियो। सुगन्धित पदार्थको थुप्रो पनि देखिन्थ्यो। त्यस यज्ञको प्रभावबाट राजा गय तीनै लोकमा प्रसिद्ध हुन पुगेका थिए। साथै पुण्यलाई अक्षय गर्ने ‘अक्षय वट’ तथा पवित्र तीर्थ ‘ब्रह्मसर’ पनि उनकै नामले प्रसिद्ध हुन पुगेको थियो। (यी दुवै स्थान गया भन्ने तीर्थस्थलमा अद्यावधि पनि विद्यमान छन्)। सृञ्जय, उनी पनि तिमी र तिम्रा छोराभन्दा श्रेष्ठ थिए। उनीहरू मरेपछि पनि तिमीले आफ्नो पुत्रको शोक गर्नु असल होइन, गर्नुहुँदैन। सुनिन्छ, संस्कृतिका पुत्र रन्तिदेव पनि जीवित रहन सकेनन्। उनको घरमा दुई लाख भान्से थिए, जसले उनको घरमा आएका पाहुना तथा ब्राह्मणहरूलाई अमृत समान मीठो, कच्ची र पक्की खाना पकाइ ख्वाउँदथे। राजा रन्तिदेव प्रत्येक पक्षमा स्वर्णको साथ हजारौं गोरु दान ग

द्रोण पर्व–२८

Image
उमाशङ्कर द्विवेदी यस प्रकार राजा ययातिले धैर्यको साथ कामनाहरूको त्याग गरेर आफ्नो पुत्रलाई राज्यसिंहासनमाथि बसालेर आफू वनमा गए। उनी पनि तिमी र तिम्रा छोराभन्दा श्रेष्ठ थिए। उनीहरू मरेपछि पनि तिमीले आफ्नो पुत्रको शोक गर्नु असल होइन, गर्नुहँुदैन। सुनिन्छ, नाभागका पुत्र राजा अम्बरीष पनि मृत्युलाई प्राप्त भएका थिए। उनी एक्लैले दश लाख योद्धासित युद्ध गरेका थिए। एक समयको कुरा हो, राजाका शत्रुहरूले उनलाई युद्धमा जित्ने इच्छाले आएर चारैतिरबाट घेरामा हालेका थिए। ती जम्मै अस्त्रयुद्धका ज्ञाता थिए र राजाप्रति अशुभ वचन प्रयोग गर्दथे। अनि राजा अम्बरीषले आफ्नो अस्त्रबल, हस्तलाघव र युद्धसम्बन्धी शिक्षाद्वारा शत्रुहरूका छत्र, ध्वजा, आयुध र रथको टुक्रा–टुक्रा पारिदिएका थिए। अनि त उनीहरू आफ्नो प्राण बचाउनको लागि प्रार्थना गर्न थाले– “हामीहरू तपाईंको शरणमा छौं,’ भन्दै उनको शरणागत हुन पुगे। यस प्रकार उनले शत्रुहरूलाई वशीभूत गरेर सम्पूर्ण विश्वमाथि विजय प्राप्त गरेर शास्त्रविधि अनुसार एक सय यज्ञको अनुष्ठान गरे। ती यज्ञहरूमा श्रेष्ठ ब्राह्मण तथा अन्य मानिसहरू पनि सबै प्रकारले उत्तम अन्न भोजन गरेर अत्यन्त तृप

द्रोण पर्व–२७

Image
उमाशङ्कर द्विवेदी ती सत्यवादी तथा उदार नरेशको जसले दर्शन गर्न पाउँथ्यो, ऊ पनि स्वर्गलोकको अधिकारी हुन पुग्थ्यो। खटवाङ्ग (दिलीप)को घरमा यी पाँच प्रकारका शब्द कहिले पनि बन्द हुँदैनथे–स्वाध्यायको आवाज, धनुषको टङ्कार, अतिथिहरूको लागि खाऊ, पिऊ अनि मोज गर। ती राजा र उनका पुत्र तिमी र तिम्रा पुत्रभन्दा श्रेष्ठ थिए, तर तिनीहरू पनि जीवित रहन सकेनन्, अनि तिमी आफ्नो पुत्रको लागि किन शोक गरिरहेका छौ। नारदजीले पुनः भने– युवनाश्यका पुत्र मान्धाताको पनि मृत्युबारे सुनिन्छ। उनी देउता, असुर र मानिस तीनै लोकमा विजयी थिए। एक समयको कुरा हो, राजा युवनाश्व वनमा शिकार खेल्न भनी गए। त्यहाँ उनको घोडा थाक्यो तथा उनलाई पनि तिर्खा लाग्यो। यत्तिकैमा उनले टाढैबाट धूवाँ रुमलिंदै गरेको देखे, त्यसैलाई लक्ष्य गरी हिंड्दै जाँदा उनी एउटा यज्ञमण्डपमा पुगे। त्यहाँ एउटा भाँडोमा धृतमिश्रित जल राखेको फेला प–यो, राजाले त्यस जललाई पिए। त्यो मन्त्रपूत जल भुँडीमा जानेबित्तिकै बालकको रूपमा परिणित भइहाल्यो। यसको लागि अब वैद्यशिरोमणि अश्विनीकुमारलाई बोलाइयो। उनले वैद्यक विधिबाट गर्भमा अवस्थित त्यो बालकलाई बाहिर झिके। बालक देउताको सम

द्रोण पर्व–२६

Image
उमाशङ्कर द्विवेदी यद्यपि रावण देउता र दैत्यहरूसित पनि अवध्य थियो, साथै ब्राह्मण र देउताहरूको लागि कण्टकरूपी थियो। रामले उसलाई उसका आफन्तहरूसहित मारेर सीतालाई फर्काए। देउताहरूले उनको स्तुति गरे, सम्पूर्ण संसारमा उनको कीर्ति फिजियो। देउता र ऋषिहरू उनको सेवामा रहन थाले। उनले विशाल साम्राज्य पाएर सम्पूर्ण प्राणीमाथि दया गरे। धर्मपूर्वक प्रजाको पालन गर्दै अश्वमेध नाम महायज्ञको अनुष्ठान गरेका थिए। श्री रामचन्द्रजीले  भोक र प्यासमाथि विजय पाइसकेका थिए। सम्पूर्ण देहधारीका रोगहरूलाई नष्ट पारिदिएका थिए। उनी कल्याणमय गुणहरूबाट सम्पन्न थिए र सदैव आफ्नो तेजबाट प्रकाशमय रहन्थे। सबै प्राणीभन्दा अधिक तेजस्वी थिए। रामको शासनकालमा यस पृथ्वीमाथि देउता, ऋषि र मानिसहरू एकैसाथ रहन्थे। उनको राज्यमा प्राणीहरूको प्राण, अपान र समान आदि प्राणहरू क्षीण हँुदैनथे। त्यति बेला सबैको आयु लामो हुन्थ्यो। कुनै नवजवान मर्दैनथ्यो। देउता र पितर वेदहरूको विधिबाट प्रसन्न भएर हव्य र कव्य ग्रहण गर्दथे। रामको राज्यमा उपियाँ, उडुसहरूको नाम अस्तित्व थिएन। विषालु सर्पहरू नष्ट भइसकेका थिए। कोही पानीमा डुबेर वा आगोमा जलेर मर्दैनथ्यो।

द्रोण पर्व–२५

Image
उमाशङ्कर द्विवेदी राजा मरुतले तरुणावस्थामा रहेर प्रजा, मन्त्री, धर्मपत्नी, पुत्र र भाइहरूका साथ एक हजार वर्षसम्म राज्यको शासन गरे। सृञ्जय, यस्तो प्रतापी राजा पनि, जो तिमी तथा तिम्रा पुत्रहरूबाट धेरै बढी थिए, यदि उनी पनि मृत्युबाट बच्न सकेनन् भने तिमीले पनि आफ्नो पुत्रको शोक गर्नुहुँदैन। नारदजीले पुनः भने– “राजा सुहोत्रको पनि मृत्युको बारेमा सुनिन्छ। उनी आफ्नो समयका अद्वितीय वीर थिए, देउताहरूसम्मले उनीतिर आँखा जुधाएर हेर्न सक्दैनथे। उनी प्रजाको पालन, धर्म, दान, यज्ञ र शत्रुहरूमाथि विजय पाउने–यी सबैलाई कल्याणकारी ठान्दथे। धर्मबाट देउताहरूको आराधना गर्दथे, बाणबाट शत्रुहरूमाथि विजय पाउँदथे र आफ्नो सद्गुणले समस्त प्रजालाई प्रसन्न राख्दथे। उनले म्लेच्छ र डाँकाहरूको नाश गरेर यस सम्पूर्ण पृथ्वीमाथि राज्य गरेका थिए। उनको प्रसन्नताको लागि बादलले अनेकौं वर्षसम्म उनको राज्यमा सुवर्णको वर्षा गरेका थिए। त्यहाँ सुवर्णको खोलो बग्दथ्यो। त्यसमा सुनका गोही र माछा रहन्थे। मेघबाट अभीष्ट वस्तुहरूको वर्षात् हुन्थ्यो। राज्यमा निकै ठूल्ठूला तलाउहरू थिए, जसमा पनि सुनका गोही, मकर, कछुवा र माछाहरू रहन्थे। ती जम्म

द्रोण पर्व–२४

Image
उमाशङ्कर द्विवेदी ब्रह्माजीले मृत्युलाई प्रजाको संहार गर्नको लागि स्वयंले नै उत्पन्न गरेका थिए । अतः मृत्युले समय आइपुगेपछि सबैको संहार गर्दछिन् नै । यो कुरा थाहा पाएर धीर पुरूषले मरेका आफन्तहरूको लागि शोक गर्दैनन् । यो सम्पूर्ण सृष्टि विधाताले बनाएका हुन्, उनले स्वेच्छाले यसको उपसंहार गर्दछन्, त्यसैले तपाईं  आफ्नो मरेको पुत्रको शोक शीघ्र त्यागिदिनुहोस् । नारदजीको यो कुरा सुनेर राजा अकम्पनले उनीसित भने– भगवन्, मेरो शोक सिद्धियो । तपाईंको मुखबाट यस्तो इतिहास सुनेर म कृतार्थ भएँ, तपाईंलाई नमस्कार छ । राजाको यस्तो सन्तोषपूर्ण कुरा सुनेर नारदजी नन्दन वनतिर फर्किहाले । राजा युधिष्ठिर, यस उपाख्यानलाई सुन्न र सुनाउनाले पुण्य, यश, आयु, धन तथा स्वर्गको प्राप्ति हुन्छ । महारथी अभिमन्युले युद्धमा धनुष, तरबार, गदा तथा शक्तिबाट प्रहार गर्दै मृत्युलाई प्राप्त गरेका हुन् । उनी चन्द्रमाका निर्मल पुत्र थिए र पुनः चन्द्रमामा नै लीन भएका छन् । त्यसैले तिमीले धैर्य धारण गर र प्रमादलाई त्यागेर भाइहरूलाई साथमा लिई शीघ्र नै युद्धको लागि तयार होऊ । युधिष्ठिरले भने– मुनिवर, प्राचीनकालका पुण्यात्मा, सत्यवादी एव

द्रोण पर्व–२३

Image
उमाशङ्कर द्विवेदी रुद्रदेवले भने– भगवन्, संहारको लागि तपाईंले क्रोध नगर्नुहोस्। प्रजामाथि प्रसन्न हुनुहोस्। तपाईंको क्रोधबाट प्रकट भएको यो आगोले पर्वत, वृक्ष, नदी, जलाशय, तृण, घाँस आदि सम्पूर्ण स्थावर, जङ्गमरूप जगत्को जलाउँदै छ। अब तपाईंको क्रोध शान्त भइजावोस्–मलाई यही वर दिनुहोस्। प्रजाको हितको लागि कुनै यस्तो उपाय सोच्नुहोस्, जसबाट यी प्राणीहरूको ज्यान बचोस्। नारदजी भन्नुहुन्छ– शङ्करजीको कुरा सुनेर ब्रह्माजीले प्रजाको कल्याण गर्नको लागि त्यस अग्निलाई पुनः लीन पारे। त्यसलाई आफूमा लीन गर्दा उनको सम्पूर्ण इन्द्रियहरूबाट एउटी स्त्री प्रकट भइन्। उनको रङ्ग थियो– कालो, रातो र पहेंलो। उनको जिब्रो, मुख र नेत्र पनि राता–राता थिए। ब्रह्माजीले उनलाई ‘मृत्यु’ भनेर बोलाए तथा भने– मैले लोकको संहार गर्ने इच्छाले क्रोध गरेको थिएँ, त्यसैबाट तिम्रो उत्पत्ति भएको छ। अतः तिमीले मेरो आज्ञाबाट सम्पूर्ण चराचरको नाश गर। यसैबाट तिम्रो कल्याण हुनेछ। ब्रह्माजीको यस्तो आज्ञा पाएर ती स्त्री अत्यन्त सोचमा परेर क्वा...क्वा... गरेर रुन थालिन्। उसको आँखाबाट तप्केको आँसुलाई ब्रह्माजीले आफ्नो हत्केलामा थापेर उनलाई सान्

द्रोण पर्व–२२

Image
            उमाशङ्कर द्विवेदी बल र शानमा जसको कुनै तुलना थिएन, त्यस अर्जुनकुमारको वध भएपछि अब विजय पाएर पनि मलाई प्रसन्नता हुनेछैन । ऊविना पृथ्वीको राज्य, अमरत्व अथवा देउताहरूको लोकको अधिकार पनि अब मेरो कुन कामको ? कुन्तीनन्दन युधिष्ठिर यस प्रकार विलाप गरिरहेकै बेला त्यहाँ महर्षि वेदव्यासजी अकस्मात् आइपुगे । युधिष्ठिरले उनको यथोचित सत्कार गरे । महर्षि वेदव्यास आसन ग्रहण गरिसकेपछि अभिमन्युको मृत्युको शोकबाट सन्तप्त भएर युधिष्ठिरले उनीसित भने– मुनिवर, सुभद्रानन्दन अभिमन्युले युद्ध गरिरहेको थियो, त्यति बेला उसलाई अनेकौं अधर्मीहरूले उसलाई चारैतिरबाट घेरा हालेर मारिदिए । मैले ऊसित भनेको थिएँ– हामीहरूलाई पनि व्यूहभित्र पस्न सक्ने बाटो बनाइदेऊ । उसले भने जस्तो बाटो बनाइ पनि दिएको थियो । व्यूहभित्र ऊ आफू पसिसकेको थियो, अनि उसको पछिपछि हामी पनि प्रवेश गर्न थालेका थियौं तर जयद्रथले हामीलाई रोकिदियो । योद्धाहरूले आफूसमान वीरसित युद्ध गर्नुपर्दछ तर शत्रुहरूले ऊसित जुन व्यवहार गरे, त्यो नितान्त अनुचित थियो । यसै कारणले मेरो ह्दयमा बडो सन्ताप भइरहेको छ, अलिकति पनि शान्ति पाइरहेको छैन । व्यासजीले भने

द्रोणपर्व– २१

Image
      उमाशङ्कर द्विवेदी अब अभिमन्युको हातमा ढाल तरबार पनि रहेन, सम्पूर्ण अङ्गमा बाण बिझेको थियो, त्यसै दशामा उनी आकाशबाट ओर्लेर क्रोधले मुर्मुरिएर हातमा चक्र धारण गरी द्रोणाचार्यतिर झम्टे । त्यति बेला उनी चक्रधारी भगवान् विष्णुझंै लाग्दथे । उनलाई देखेर राजाहरू अत्यन्त भयभीत भए तथा सबैजना मिलेर उनको चक्रलाई टुक्रा–टुक्रा पारिदिए । अनि महारथी अभिमन्युले धेरै ठूलो गदा हातमा लिएर अश्वत्थामामाथि हानिए । बल्दै गरेको बज्रझैं गदा आफूतिर आइरहेको देखेर अश्वत्थामा रथबाट ओर्लिएर तीन पाइला पछि सरे । गदाको मारबाट उनका घोडा, पाश्र्वरक्षक र सारथि मारिए । यसपछि अभिमन्युले सुबलका पुत्र कालिकेयलाई तथा उनका सतहत्तरजना अनुचर गान्धारहरूलाई मारेर सिध्याए । फेरि दशजना बसातीय महारथीलाई तथा सातजना कैकय महारथीको संहार गरेर दशवटा हात्ती पनि मारिदिए । तत्पश्चात् दुःशासनकुमारको रथ र घोडामा गदा प्रहार गरी चूर्ण पारिदिए । यो देखेर दुःशासनपुत्र पनि क्रोधले मुर्मुरिएर हातमा गदा लिई अभिमन्युतिर हानिए, अनि त दुवैले एकअर्कालाई मार्ने इच्छाले परस्पर गदा प्रहार गर्न थाले । दुवैमाथि गदाको अग्रभागको चोट प¥यो र दुवैजना भुइँमा

द्रोण पर्व–१६

Image
उमाशङ्कर द्विवेदी     त्यस भयङ्कर युद्धमा द्रोणाचार्यले हेर्दाहेर्दै व्यूह भेदन गरेर अभिमन्यु त्यसको भित्र छिरिहाले । त्यहाँ छिरेपछि उनीमाथि धेरै योद्धा जाइलागे तर वीर अभिमन्यु अस्त्र सञ्चालनमा फुर्तिलो थिए । जो जो वीर उनको सामु आए, ती सबैमाथि उनले मर्मभेदी बाण हान्न थाले । उनको तीखा बाणको मारबाट घाइते भएर धेरै जसो योद्धा धराशयी भइहाले । मरेका वीरहरूको लाश र त्यसको टुक्राबाट त्यहाँको भूमि ढाकिएको थियो । धनुष, बाण, तरबार, ढाल, अङ्कुश, तोमर आदि धेरैजसो शस्त्र र आभूषणबाट युक्त हजारौं वीरहरूको भुजाहरूलाई अभिमन्युले काटिदिए तथा रथहरूलाई भाँचिदिए । उनी एक्लैले भगवान् विष्णुको समान अचिन्तनीय पराक्रम प्रदर्शन गरे। त्यतिबेला तपाईंका पुत्र र तपाईंका पक्षका योद्धाहरू दशौं दिशातिर हेर्दै भाग्न थाले । उनीहरूको मुख सुकिसकेको थियो, शरीरबाट पसिना चुहिरहेको थियो, रौंहरू ठाडठाडा भएका थिए, नेत्र चञ्चल भइसकेका थिए। उनीहरूले शत्रुलाई जित्ने साहस गुमाइसकेका थिए । मरेका पिता, पुत्र, भाइ, बन्धु तथा सम्बन्धीहरूलाई छाडेर आप्mनो प्राणको रक्षा गर्नको लागि घोडा र हात्तीहरूलाई उत्ताउलो पारामा हाँकेर सबैजना भागिहा

द्रोण पर्व–१५

Image
उमाशङ्कर द्विवेदी     द्रोणाचार्यद्वारा सुरक्षित त्यस दुर्धर्ष व्यूहमाथि भीमसेनलाइ अगि सारेर पाण्डवहरूले आक्रमण गरे । सात्यकि, चेकितान, धृष्टद्युम्न, कुन्तिभोज, दु्रपद, अभिमन्यु, क्षत्रवर्मा, बृहत्क्षत्र, चेदिराज, धृष्टकेतु, नकुल, सहदेव, घटोत्कच, युधामन्यु, शिखण्डी, उत्तमौजा, विराट, द्रौपदीका पुत्रहरू, शिशुपालका पुत्र, केकय राजकुमार र हजारौ सृञ्जयवंशी क्षत्रियहरू तथा अन्य पनि धेरै रणोन्मत्त योद्धाहरू युद्ध गर्नाको इच्छाले अनायास द्रोणाचार्यमाथि जाइलागे । उनीहरूलाई आपूm नजीक आइपुगेको देखेर पनि आचार्य अलिकति पनि आत्तिएनन्, उनले वाणवर्षा गरेर ती जम्मै वीरहरूलाई अघि बढ्नबाट रोकिदिए । त्यति बेला हामीहरूले द्रोणाचार्यको भुजाको अद्भूत पराक्रम हे¥यौं । पाञ्चाल र सृञ्जय क्षत्रियहरू एक साथ मिलेर पनि उनको सामना गर्न सकेनन् । द्रोणाचार्य क्रोधले रन्थनिएर अघि बढ्दै गरेको देखेर युधिष्ठिरले उनलाई रोक्ने विचार गरे । द्रोणाचार्यको सामना गर्न अरूहरूलाई अत्यन्त कठिन ठानेर उनले यस गुरुतर कामको भार अभिमन्युमाथि थापे । अभिमन्यु आप्mना मामा श्रीकृष्ण र पिता अर्जुनभन्दा कम्ति पराक्रमी थिएनन्, उनी अत्यन्त ते

द्रोण पर्व–१४

Image
उमाशङ्कर द्विवेदी     शरणार्थीहरूको करुण क्रन्दन सुनेर कर्णले भने– ‘वीरहरू हो न तर्स’ भन्दै अर्जुनको सामना गर्न अगि आए । कर्ण अस्त्रशस्त्रहरूमा श्रेष्ठ थिए, उनले आग्नेयास्त्रको सन्धान गरे तर अर्जुनले त्यसलाई शान्त पारिदिए । यसै प्रकार कर्णले पनि अर्जुनका तेजस्वी बाणहरूलाई आप्mनो अस्त्रबाट निवारण गरेर बाणवर्षा गर्दै सिंहनाद गरे। अनि धृष्टद्युम्न, भीम र सात्यकि पनि त्यहाँ पुगेर कर्णलाई आप्mनो बाणबाट व्यथित पार्न थाले । कर्णले पनि तीनवटा बाण हानेर ती तीनै वीरहरूको धनुषलाई काटिदिए । उनीहरूले कर्णमाथि शक्तिहरूको प्रहार गरेर सिंहभैंm गर्जना गर्न थाले । कर्णले पनि तीन/तीन वटा बाण हानेर ती शक्तिहरूलाई नष्ट पारी अर्जुनमाथि बाणवर्षा गर्दै गर्जना गर्न थाले । यो हेरेर अर्जुनले सातवटा बाण हानेर कर्णलाई घाइते पारी उनको भाइलाई मारिदिए, फेरि उनको अर्को भाइ शत्रुञ्जयलाई पनि छवटा बाण हानेर मारिदिए । त्यसपछि एउटा भाला हानेर विपाटको पनि टाउको गिंडेर रथबाट खसालिदिए । यस प्रकार कौरवहरूले हेर्दाहेर्दै कर्णको सामु नै उनका तीन भाइलाई मारेर खसाले ।     तदन्तर, भीमसेन पनि रथबाट हाम्फालेर आई तरबारबाट कर्णपक्षका

द्रोण पर्व–१३

Image
उमाशङ्कर द्विवेदी     सञ्जयले भने– भगदत्तलाई मारेर अर्जुन दक्षिण दिशातर्पm मोडिए । उताबाट सुबलका दुई पुत्र वृषक र अचल आइपुगेर दुईटै भाइहरूले अर्जुनलाई पीडित पार्न थाले । एकजना अर्जुनको सामु आएर उभे तथा अर्को पछाडि, अनि दुवैले एकैसाथ अर्जुनमाथि बाण हान्न थाले । अनि अर्जुनले आप्mना तीखा बाणबाट वृषकको सारथि, धनुष, छत्र, ध्वजा, रथ र घोडाहरूलाई नष्ट पारेर नानाथरीका अस्त्र र बाणसमूहले गान्धारदेशीय योद्धाहरूलाई व्याकुल पार्न थाले, साथै क्रोधले मुर्मुरिएर पाँच सय गान्धारवीरहरूलाई यमलोक पठाइदिए ।     वृषकको रथको घोडा मारिएपछि उनी हाम्फालेर भाइ अचलको रथमाथि गई बसे । उनले अर्को धनुष उचाले। अब त वृषक र अचल दुवै भाइले अर्जुनमाथि बाण हानेर विचलित पार्न थाले । ती दुवै भाइ रथमाथि एकापसमा टाँस्सिएर बसेका थिए, त्यसै अवस्थामा अर्जुनले एउटै बाण हानेर दुवै भाइलाई मारिदिए । दुवैजना एकैसाथ रथबाट तल खसे । राजन्, आप्mना दुवै मामाहरू मरेको हेरेर तपाईंका पुत्रहरूले आँसु बगाउन थाले । भाइहरूलाई मृत्युको मुखमा परेको हेरेर सयौं प्रकारका मायायुद्धमा पोख्त शकुनिले श्रीकृष्ण र अर्जुनलाई मोहमा पार्नको निम्ति मायाको रच

द्रोण पर्व–१२

Image
उमाशङ्कर द्विवेदी     श्रीकृष्णले बडो फुर्तीका साथ घोडाहरूलाई द्रोणाचार्यतिर मोडिदिए । यो हेरेर सुशर्माले आप्mना भाइहरूलाई साथमा लिएर उनलाई पछ्याए । अनि अर्जुनले श्रीकृष्णसित सोधे– अच्युत, हेर्नुहोस् त, यतातिर त आप्mना भाइहरूका साथमा सुशर्माले मलाई युद्धको लागि हाँक दिइरहेको छ र उत्तर दिशामा हाम्रो सेनाको संहार भइरहेको छ । लौ भन्नुहोस्, यसमध्ये कुन काम हाम्रोलागि हितकर हुनेछ । यो सुनेर श्रीकृष्णले त्रिगत्र्तराज सुशर्मातर्पm मोडिदिए । अर्जुनले तत्कालै सातवटा बाण हानेर सुशर्मालाई घाइते तुल्याएर दुईटा बाणले उनको धनुष र ध्वजालाई काटिदिए । अनि छवटा बाण हानेर उनका भाइलाई सारथि र घोडासहित यमराजको घर पठाइदिए । प्रत्युत्तरमा सुशर्माले ताकेर अर्जुनमाथि एउटा फलामे शक्ति र श्रीकृष्णमाथि एउटा तोमर हाने । अर्जुनले तीन/तीन वटा बाण हानेर शक्ति र तोमर दुईटै अस्त्रलाई काटिदिए र बाणको वर्षा गरेर सुशर्मालाइ मूर्छित पारेर द्रोणतर्पm फर्किए ।     उनले बाणवर्षा गरेर कौरवसेनालाई आच्छुआच्छु पारी फेरि भगदत्तको सामु आइडटे । भगदत्त मेघ वर्णभैंm श्याम रङ्गको हात्तीमाथि सवार थिए । उनले अर्जुनमाथि बाण वर्षाउन आ

द्रोण पर्व–११

Image
उमाशङ्कर द्विवेदी     हात्तीले सुँडबाट हानेर उनलाई खसालेर खुट्टाले मिच्न थाल्यो अनि भीमसेनले आप्mनो शरीर घुमाई उसको सुँडबाट बाहिर फुत्केर फेरि उसको पेटमुनि लुके अनि केही बेरमैं त्यहाँबाट बाहिर निस्की बडो वेगले भागे । यो देखेर सेनामा ठूलो कोलाहल मच्यो । पाण्डव सेना त्यस हात्तीबाट अत्यन्त भयभीत भएर भीमसेन उभिएको स्थानमा पुगे ।     अनि महाराज युधिष्ठिरले पाञ्चाल वीरहरूलाई साथमा लिई राजा भगदत्तलाई चारैतिरबाट घेरामा हालेर उनीमाथि सयकडौ–हजारौ वाणहरूबाट वार गरे तर भगदत्तले त्यस प्रहारलाई आप्mनो अंकुशबाट नै व्यर्थ पारिदिए र आप्mनो हात्तीबाट नै पाण्डव वीर र पाञ्चाल वीरहरूको मर्दन गर्न थाले । संग्रामभूमिमा भगदत्तको यो बडो नै अद्भूत पराक्रम थियो । यसपछि दशार्ण देशका राजा हात्तीमा चढेर भगदत्तको सामु आइपुगे । अब दुवै हात्तीरोहीबीच बडो भयङ्कर युद्धको थालनि भयो । भगदत्तको हात्तीले पछि हटेर दशार्णराजको हात्तीलाई यस्तो ठक्कर दियो कि उसको हात्तीको छातीको करङ्ग नै भांँचियो । त्यो हात्ती तत्कालै भुइँमा लड्यो । यसै बेला भगदत्तले सातवटा टल्किदो तोमर हानेर हात्तीमाथि सवार दशार्णराजलाई मारिदिए ।     अब युधि

द्रोण पर्व–१०

Image
उमाशङ्कर द्विवेदी     अर्जुनका पुत्र श्रुतकीर्तिलाई दुःशासनको पुत्रले द्रोणाचार्यतिर जानबाट रोकिदिए, तर उनी आप्mना पितासमान नै वीर थिए, उनले तीनवटा बाण हानेर दुःशासनको पुत्रको धनुष, ध्वजा र सारथिलाई घाइते पारी स्वयम् द्रोणको सामु आइपुगे ।     राजन्, पटच्चर राक्षसको वध गर्ने ती वीर दुवै सेनामा प्रतिष्ठित थिए । उनलाई लक्ष्मणले रोके । उनले लक्ष्मणको धनुष र ध्वजालाई काटेर उनीमाथि भीषण बाण वर्षा गरे । दु्रपदपुत्र शिखण्डीलाई महामति विकर्णले रोके, अनि शिखण्डीले बाणको जालोभैंm फिजाएर उनलाई रोके तर तपाईंको वीरपुत्रले त्यसलाई काटे । उत्तमौजा क्रमशः आचार्यतिर बढ्दै गइरहेका थिए । उनलाई अङ्गदले रोके । ती पुरुषसिंहहरूको घमासान युद्ध हेरेर सबै सैनिकले वाह, वाह भन्न थाले । महान् धनुर्धर दुर्मुखले पुरुजितलाई आचार्यतिर बढ्नबाट रोके । यसबाट आजित भएर पुरुजितले उनको आँखीभौंको बीचमा बाण हाने । कर्णले पाँच केकय भाइलाई रोके । उनीहरूले बडो क्रोधित भएर कर्णमाथि वर्षा गर्न आरम्भ गरे । कर्णले पनि कैंयनपटक आप्mनो बाणजालबाट आच्छादित गरिदिए । यस प्रकार कर्ण र केकयदेशीय पाँचवटै राजकुमार आपसको बाण वर्षाभित्र अलोप भए