Posts

Showing posts with the label स्वास्थ्य चर्चा

कोरोना नियन्त्रण कसरी गर्ने

Image
      -डा रोशन कुर्मी        हालको अवस्थामा समुदायस्तरमा फैलिएको कोरोना नियन्त्रण गर्न हामी सबै मिलेर मात्र आफ्नो परिवार र समुदायलाई यस महामारीबाट बचाउन सक्छौं । हामी सचेत भएनौं र गल्तीहरू गर्दै गयौं भने भोलि आफ्नो घरपरिवारलाई कोरोना सङ्क्रमण भएमा घरमैं रुनुबाहेक कुनै उपाय छैन । जानीनजानी अहिलेसम्म गरेका गल्तीबाट सिक्नुपर्ने बेला आएको छ । यस रोगबाट हाम्रो समाजमा देखिएको मृत्युको मुख्य कारण सही समयमा सही उपचार नपाएर भएको देखिन्छ ।     लकडाउनको पहिलो दिनदेखि नै मैले निरन्तर अस्पतालमा बिरामीहरूको उपचार गर्दै आएको हुनाले, मैले बुझेको,  देखेको र गर्नुपर्ने कुराहरू यहाँ राखेको छु । प्रत्येक दिन मैले ४०–५० जनाभन्दा बढी ओपिडीका बिरामी र त्यही सङ्ख्यामा भर्ना भएका बिरामीको उपचार गर्दै आएको छु । शायद त्यसमा कतिजना कोरोना सङ्क्रमित बिरामी पनि  होलान् । धेरैपटक त बिरामीको कोरोना रिपोर्ट कुर्दाकुर्दै निमोनिया ठीक भएर छुट्टी गर्ने बेलामा रिपोर्ट पोजेटिभ आएको देखिन्छ । २० भन्दा बढी बिरामीको   सकुशल उपचारपश्चात् रिपोर्ट पोजेटिभ आएको देखिएको छ । अहिले पनि मेरो सम्पर्कमा घरमैं आइसोलेशनमा बसेर २०–३० जनाभ

मिर्गौला रोगीको आहार

मीरा शाह     नेपालमा नसर्ने रोग दिन प्रतिदिन बढ्दै गइरहेको छ । विकसित मुलुकमा नसर्ने रोगहरू गलत जीवनशैली, खानपान र अति व्यस्तताले गर्दा बढ्दै गइरहेको छ । त्यस्ता रोगहरूमा मधुमेह, उच्च रक्तचाप, पक्षघात, ह्दयघात, मृगौलाको रोग उच्च स्थानमा छन् ।     नेपालमा पनि विगत केही वर्षदेखि नसर्ने रोगहरूमा मधुमेह, मोटोपन, दम, ह्दयघात, मुटुरोग, मृगौलाको रोग आदिबाट मानिसहरू ग्रसित भइरहेका छन् । आगामी १०–११ वर्षमा नै मधुमेह रोगीको सङ्ख्या दोब्बर हुने सम्भावना धेरै नै देखिएको छ । हामी आपैंm यति धेरै व्यस्त छौं कि आप्mनोलागि समय नै छैन । केही समय निकालेर शारीरिक क्रियाकलाप, गतिविधि गर्ने, समयमा खानेकुरा खाने, नियमित चिकित्सकको परामर्श लिने फुर्सद हामीसँग छैन । समयको अभावले गर्दा हामी ताजा खानेकुरा खान सकिरहेका छैनौं । शारीरिक क्रियाकलाप पनि खासै भएको हुँदैन । हामी कामको चापले गर्दा होटेलबाट तयारी खानेकुरा मगाएर खान्छौं । डिब्बाबन्द खानेकुरा अत्यधिक नुनिलो, चिल्लो हुने भएकोले यस्ता खानाले हाम्रो शरीरमा नराम्रो असर गरिरहेको हुन्छ । अभिभावकहरूको व्यस्तताले गर्दा बालबालिकाको पोषण स्तर एकदमै खस्किंदै गइरहेको

रेलभित्रको संसार

Image
सञ्जय मित्र     उत्तर र पूर्वोत्तर भारतमा चल्ने रेलको यात्रा विभिन्न समयमा र विभिन्न परिवेशमा गर्ने अवसर मिलेकोले त्यहींभित्रको अनुभव–संसारलाई यहाँ देखाउन खोजिएको छ ।     नेपालमा यातायातको भरपर्दो साधन बससेवा मात्र हो । बसबाहेक अरूमा भर पर्न सकिन्न । हवाईयात्रामा घण्टौं ढिलो हुँदा पनि स्वाभाविक मानिन्छ । यदि सडक, मौसम र राजनीतिक अवस्था ठीक छन् भने बसले प्रायः पु¥याउनुपर्ने ठाउँमा आप्mनो नियमित समयमा पु¥याउँछ ।     आप्mनो निजी सवारीसाधन हुनेलाई नेपालमा सबैभन्दा बढी आराम र यात्रामा विश्वसनीयता छ, मुख्यतः समय परिपालनको ।     यातायातसित जीवन जोडिएको हुन्छ, जीवनशैली जोडिएको हुन्छ र रोजगार जोडिएको हुन्छ । यसैले हामीले पाएका छौं, सार्वजनिक यातायातको साधन चल्न थालेपछि चोक, बजार र रोजगारको अवस्थामा वृद्धि भएको ।     रेल आपैंmमा एउटा छोटो संसार हुन्छ, जीवनको विविधताको दृष्टिकोणले । यदि जीवन नहुँदो वा जीवनमा पनि मानिसको उपस्थिति नहुँदो हो त हामीले यस पृथ्वीको कल्पना कस्तो गर्दथ्यौं ? रेलभित्र मानवजीवनको विविधता हुन्छ ।     रेलको आप्mनै गति हुन्छ । आप्mनै गतिमा गुड्छ र रोकिन्छ । सामान्यतया रेलको

माघको सांस्कृतिक महत्व

Image
सञ्जय मित्र     जाडोको महीना हो माघ । माघको विशेष महŒव छ सांस्कृतिक दृष्टिले । हुनत हरेक महीनाको आप्mनै विशिष्टता र आप्mनै विशेषता छन् । विशेष भएकै कारणले त अरूभन्दा पृथक अस्तित्व भएको हो ।     माघ विशेषमा पनि विशेष छ, आपैंmमा विशेष छ । माघको विशिष्टता हरेक सांस्कृतिक कोणबाट रहेको देखिन्छ । सामाजिक दृष्टिले पनि यो विशेष महीना त हो नै तर सांस्कृतिक पक्ष भने यस महीनाको जीवनमा नयाँपन दिने किसिमको रहेको छ ।     माघ लाग्ने अघिल्लो दिन अर्थात् पुसको पूर्णिमाको दिनदेखि नै दुई समाजमा दुई किसिमको सांस्कृतिक जीवनको सुरुआत हुन्छ । मधेसी समाजमा माघस्नान र पहाडी समाजमा स्वस्थानी व्रत । भारतको महाकुम्भ स्नान पनि माघमैं हुने हो । यदि विक्रम संवत्को दृष्टिले हेर्ने हो भने पनि अर्को सांस्कृतिक विशेषता भेटिन्छ । पुस मसान्तको दिन उसिनेको वा पकाएको केही खानेकुरा माघ १ गते खाइने चलन छ । माघे सङ्क्रान्ति पहाड र मधेसले मात्र आप्mनो किसिमले मनाउने होइन । थारू समुदायले पनि आप्mनै किसिमले अतिविशिष्ट बनाएर मनाउने गरेको सर्वविदितै छ ।     मधेसी समुदायमा माघको प्रारम्भमा छोरी–बहिनीकहाँ कोसेली पु¥याउने चलन छ ।  

जटिल रोग नियन्त्रणमा ग्रीन टीको भूमिका

Image
– समीर पाख्रिन     बढदो वनविनाशको कारण बढ्दो जनसङ्ख्या । शहरीकरण, औद्योगिकीकरण र सवारी साधनहरूको चापका कारण पर्यावरणमा देखिएको परिवर्तन, खाद्य वस्तुहरूमा प्रयोग भइरहेका विभिन्न अखाद्य रासायनिक तŒवहरू, खेतबारीमा प्रयोग हुँदै आइरहेका रासायनिक मल, कीटनाशक औषधि आदिका कारण मानिसको स्वास्थ्यमा क्रमशः नकारात्मक असर पर्दै गइरहेको विभिन्न परीक्षण र तथ्यहरूले बताएका छन् । आजभोलि व्यस्त दिनचर्याका कारण फास्टपूmड, बट्टाबन्द खानेकुरा, होटल रेस्टुराँको कम गुणस्तरका खाना आदिले गर्दा धेरैजसो मानिसहरूमा पेटसम्बन्धी रोगलगायत उच्च रक्तचाप, मधुमेह जस्ता घातक दीर्घ रोगहरू लाग्ने गरेको चिकित्सकहरूले अनुमान लगाएका छन् । भन्नुको तात्पर्य, भौतिक सुख–सुविधा र विलासिताका पछाडि अन्धाधुन्ध दौडिरहेको हाम्रो नेपाली समाज नराम्ररी स्वास्थ्य समस्यामा फस्दै गइरहेको छ । आज पौष्टिकताको स्रोत मानिने दूध, घ्यू, मह बजारमा शुद्ध नपाइने अवस्था छ भने तेल तथा चिनीजन्य वस्तुहरूबाट उत्पादन हुने मिठाइ, पकवान आदि सामग्रीहरूमा मिसावट हुने गरेको विभिन्न स्वदेशी–विदेशी सञ्चार माध्यमहरूले खुलासा गर्दै आइरहेका छन् । फलस्वरूप, राष्ट्रको

भयावह रोग डेंगु 'कारण र निवारण'

 -Prof. Dr. A. N.  Thakur     आजभोलि वीरगंज तथा यस आसपासका क्षेत्रमा म्भलनगभ Fभखभचक को लगभग प्रकोप नै फैलिएको छ । हाम्रो यस म·लम् डाइग्नोस्टिक सेन्टर प्रालि, वीरगंजको तथ्याङ्क अनुसार प्रत्येक हप्ता २ देखि ३ वटा म्भलनगभ ख्ष्चगक एयकष्तष्खभ  आइराखेको छ । यस रोगको चपेटामा उच्च तथा मध्यमवर्गका मानिसहरूसमेत परेको अनुमान गरिएको छ । यस रोगबारे धेरैभन्दा धेरै जनचेतना फैलाउनु आवश्यक छ । यस लेखद्वारा तपाईंहरूलाई म्भलनगभ Fभखभच सम्बन्धी बढीभन्दा बढी जानकारी उपलब्ध गराउन चाहन्छौं। Dengue Fever के हो ?     म्भलनगभ Fभखभच एक प्रकारको खष्चब िरोग हो, जुन म्भलनगभ खष्चगक को चार प्रकारमध्ये कुनै एक प्रकारको म्भलनगभ खष्चगक बाट हुन्छ । जब कुनै बिरामी म्भलनगभ Fभखभच बाट ठीक हुन्छ, उसमा एक प्रकारको म्भलनगभ खष्चगक बाट लामो समयको लागि प्रतिरोधशक्तिरक्ष्mmगलष्तथ प्राप्त हुन्छ, तर अन्य तीन प्रकारको म्भलनगभ खष्चगक बाट म्भलनगभ Fभखभच दोहोरिन पनि सक्छ । अर्कोपटक हुने म्भलनगभ Fभखभच निर्क खतरनाक हुन सक्दछ जसलाई म्भलनगभ ज्झयचचजबनष्अ Fभखभच भनिन्छ। Dengue Fever कसरी हुन्छ ?     म्भलनगभ Fभखभच हावापानीसँगै खाना खानाले वा छुनाल

ब्रोकोली एक क्रुसिफेरस

Image
९ऋचगअषभचक० वर्ग र बन्दागोभी ९ऋबददबनभ०को समूहमा पर्ने तरकारी हो । ब्रोकोलीलाई सामान्यतया यसको हरियो गुजुमुज्ज परेको फूलको कोपिलाहरूको गुजुल्टिएको झुप्पाहरूबाट चिनिन्छ । यसको ठूलो शिरको फूलकोभाग तरकारीको रूपमा प्रयोग गरिन्छ । ‘ब्रासिका ओलिरासी’ वर्गको अन्य तरकारीहरूमा बन्दागोभी (क्यापिटाटा समूह), काउली र रोमानेस्को ब्रोकोली (बोट्राइटिस समूह), केल र कोलार्ड ग्रीन (एसेफाला समूह), कोलरबी (गोन्जाइलोड्स समूह) र ब्रुसेल स्प्रोट (जेम्मीफेरा समूह) पर्दछन् । ब्रोकोलीको उत्पत्ति २,००० वर्षअघि इटालीमा भएको मानिन्छ । ‘ब्रोकोली’ भन्ने शब्द इटालीको बहुवचन जनाउने शब्द ब्रोक्कोलो ‘दचयअयययि’ बाट अपभ्रंश भएर आएको हो, जसको अर्थ ‘बन्दागोभीको माथिल्लो पुष्पीय भाग’ हुन्छ । ब्रोकोली छैटौं शताब्दीमा उत्तर मेडिटेरानियनमा पाइने पातयुक्त ब्रासिका ९द्यचबककष्अब० वर्गको बिरुवाहरूबाट विकसित हुँदै आएको बिरुवा हो । रोमन शासकहरूको पालादेखि नै ब्रोकोलीलाई इटालीको अति नै बहुमूल्य खानाको रूपमा लिएको पाइन्छ । ब्रोकोलीलाई अठारौं शताब्दीको मध्यतिर एन्टवेर्प शहरबाट पिटर सिमेकर्सले इ·ल्यान्डमा ल्याएका थिए । ब्रोकोलीलाई अमेरिका

नसर्ने रोग र आयुर्वेद उपचार

Image
- डा. रमेश मिश्र     आधुनिक रहनसहन र खानपानले एकातिर जीवन सहज भएको छ भने अर्कोतिर विभिन्न प्रकारका रोगहरूलाई आमन्त्रण गरिरहेको छ । हाल विश्वमा आरामतलबी जीवन र खानपानले धेरै रोगहरू निम्त्याइरहेको छ । यी रोगहरू अरूबाट सरेर कसैलाई हुने रोग होइन, आफ्नै शरीरको निष्क्रियता र खानपानको प्रतिफल हो । यी रोगहरूलाई नसर्ने रोग भनिन्छ । हृदयरोग, क्यान्सर, मधुमेह, पक्षघात, बात रोग, श्वास रोग, मोटोपन यस्ता धेरै रोगहरू छन्, जुन विश्वमा महामारीको रूपमा फैलिरहेको छ । यी रोगहरूलाई दीर्घरोग पनि भनिन्छ । किनकि यी रोगहरू एकपटक लागेमा धेरै समयसम्म औषधि खानुपर्छ । कुनै कुनैमा त जीवनभरि नै औषधि खानुपर्छ ।     धेरै चिल्लो, धेरै नुन, धेरै गुलियो, बढी मासु, विषादी हालेको तरकारी एवं साग खानाले र प्रदूषित वातावरणमा बस्नाले यी रोगहरू हुन्छन् । साथै शारीरिक व्यायाम, परीश्रम नगर्नाले यी रोगहरू हुन्छन् । त्यस्तै व्यक्तिगत सरसफाइको साथसाथै सामाजिक सरसफाइ अर्थात् गाउँ, नगर अति नै फोहर भइरहे पनि सरसफाइ नगरेमा यस्ता रोगहरू हुन्छन् ।     यी नसर्ने रोगहरूबाट जोगिन हामीले आयुर्वेदको प्रयोजनमा भने अनुसार ‘स्वस्थ स्वास्थ्य रक्

हेपाटाइटिस

- डा. रमेश मिश्र    अनुचित खानपान र रहनसहनले विभिन्न प्रकारका रोगहरूको प्रकोप बढिरहेको छ । ती रोगहरूमध्ये हेपाटाइटिस पनि एक हो । यसलाई यकृत वृद्धि पनि भन्न सकिन्छ । आयुर्वेदअनुसार यो रोग रक्त र कफको दुषण यकृत वृद्धिको कारण हो । हेपाटाइटिस यकृत (लिभर) शोथको एक अवस्था हो । हेपाटाइटिस हुने मुख्य कारण आहार र जीवनशैलीको गलत अभ्यास हो । अहितकर, सुख्खा, बासी र बढी मसालादार आहारको सेवन र दूषित पानीको सेवन हो । अत्यधिक मद्यपान पनि यसको कारण हो । विषाणुहरूजस्तै हिप.ए.वो.सी.डी.ई.को सङ्क्रमण पनि यसको कारण हो ।     धेरैजसो औषधिहरू आफूखुशी सेवन  गर्नाले पनि हेपाटाइटिस हुनसक्छ । उदाराध्यान, आध्यमान, उदरमा भारीपन, उदरशूल, क्षुधा नाश, थकावट, पाण्डु, बढी तिर्खा लाग्नु, कामला, जन्डिस यसका लक्षण हुन् । हेपाटाइटिसको उपचार आयुर्वेदमा गर्दा बढी प्रभावकारी हुन्छ । अत: हेपाटाइटिस लागेमा कुशल आयुर्वेद चिकित्सकको सल्लाहअनुसार उपचार गराउनुपर्छ । आयुर्वेदिक उपचारमा सबभन्दा पहिला पञ्चकर्मबाट शोधन गराउनुपर्छ । त्यसपछि रोगीको अवस्थानुसार कुटकी भुअमलकी, पुननर्वास्रव आरोग्य वर्धिनीवटीको प्रयोग गर्नुपर्छ ।     शालिचामल

अस्थि शौषिर र आयुर्वेद उपचार

डा. रमेश मिश्र     अस्थि शौषिर एउटा सामान्य रोग हो, जसमा अस्थि (हाडहरू)को भारमा कमी, अस्थि उत्तकहरूको सूक्ष्म संरचनाको क्षय एवं अस्थिभग्नको खतरा बढी हुन्छ । अस्थिभग्नको प्रकोप स्त्री तथा पुरुषहरूमा आयुको वृद्धिको कारण हुन्छ अर्थात् जसरी आयु बढ्दै जान्छ (उमेर ५० नाघिसकेपछि) यो रोगको खतरा बढ्दै जान्छ । विकसित देशहरूमा यो रोग मुख्य स्वास्थ्य समस्याको रूपमा देखा पर्न थालेको छ । प्रकुपित वात अस्थिहरूको भङ्गुरतालाई बढाएर अस्थिभग्नको सम्भावनालाई बढाइदिन्छ, जसलाई अस्थि शौषिर भनिन्छ।     प्रौढावस्थामा अस्थिक्षय र अस्थि निर्माणको अनुपातमा असन्तुलन पैदा हुन्छ । ८० वर्षभन्दा बढी उमेरका महिलाहरूमा वंक्षणसन्धि भग्न हुने सम्भावना बढी हुन्छ ।     धेरैजसोलाई पहिलेदेखि कुनै लक्षण नै देखा पर्दैन । विकृतिहरूमा मेरुदण्ड अगाडि वा पछाडि बढी झुक्नु र शूलरहित मेरुदण्डमा भग्न हुनु हो । कौलिस फ्रेक्चर वंक्षण सन्धिभग्न  खुट्टा बाहिरतिर घुम्नु वा लम्बाइमा कमी हुनु । भग्न सङ्घात प्रक्रिया ढिलो हुनु ।     यस रोगको उपचार अन्य चिकित्सा पद्धतिभन्दा आयुर्वेदमा राम्रो हुन्छ । यो रोग लागेमा वा लक्षण देखा परेमा कुशल आयुर्व

डायबिटिज रोग र आयुर्वेद–२

- डा. रमेश मिश्र    डायबिटिज एउटा पैनक्रियाजको रोग हो । यो पाचन संस्थानसँग सम्बन्धित रोग हो जसमा शरीरको कार्बोहाइड्ेरट र ग्लुकोजलार्य इन्धनमा परिवर्तन गर्ने क्षमताको अवरोध हुन्छ । यसको निर्धारण उच्चरक्त ग्लुकोजस्तरबाट हुन्छ ।     धेरै भोक लाग्नु (पालिफगिया) धेरै प्यास लाग्नु (पोलि डिसीया), धेै मूत्रस्राव हुनु (पालियुरिया) थकान एवं रोगी अनुभव हुनु, जति खाए पनि वजन घट्दै जानु यसको मुख्य लक्षण हुन् । यो रोग लागेको व्यक्तिमा शुरूशुरूमा लक्षणहरू देखा नपर्न पनि सक्छ ।     बढी दही, गुलियो, जलचर जीवको मासु, बढी खाने गर्नुको साथै आराम, तलबी जीवन, बढी सुत्नु, व्यायाम नगर्नु, शारीरिक शुद्धिकरणको उपेक्षा गर्ने यसको कारणहरू हुन् । यसको साथसाथै यो रोग वंशानुगत पनि हुन्छ । मानसिक तनाव, चिन्ता, शोक, क्रोध, भय पनि यसको कारण हुन् साथै विभिन्न आधुनिक तरिकाबाट बनाइएका खानेकुराहरू जस्तै राइसकुकर वा कुकरमा पकाइएका भात र अन्य खानेकुरा बढी सेवन गर्नु पनि यसको कारण हो ।     यो रोग मुख्यत: दुई समूहका हुन्छन् । जुन चिकित्सकले जाँच गरी छुट्याउन सक्छन् ।     यो रोगको उपचार विश्वमा प्रचलित चिकित्सा पद्धतिहरूमा आफ्

मधुमेहमा यौन समस्या र आयुर्वेद उपचार

-  डा. रमेश मिश्र मधुमेह रोगीहरूमा यौन समस्या आजभोलि धेरै देखा परिरहेको छ । यो समस्याले लोग्ने र स्वास्नीबीच केही अप्ठ्यारो, केही कष्ट, केही नैराश्य र केही अस्वस्थ वातावरण बनिरहेको छ । पुरुषहरूमा देखा पर्ने यौन समस्याहरूमा यौन उत्तेजनामा कमी, वीर्य स्खलनमा समस्या, सम्भोग इच्छामा कमी आदि हुन् । यी समस्याहरूमध्ये यौन उत्तेजनामा कमी मुख्य हो । यो समस्या उमेर ढल्कँदै जाँदा हुने समस्या भएकोले खासमा मधुमेहको कारणले हो कि उमेरको कारणले, रोगीको उमेर र रोगको अवस्था निर्धारण गरेर छुटयाउन सकिन्छ । प्राय: दुईजना मधुमेह रोगीमध्ये एकजनालाई यौन समस्याले सताएकै हुन्छ ।     यौन उत्तेजनामा कमी इरेक्टाइल डिस्अर्डर डायबिटिजमा टोटल कोलेस्ट्रोल बढी भई एसडिएल कोलेस्ट्रोल कमी भइरहेको हुन्छ । प्राय: शुरुदेखि ५ वर्षसम्म पनि मधुमेह रोगीहरूले ग्लुकोज नियन्त्रणमा नलिए यो समस्या देखापर्छ तर यो जुनसुकै उमेरमा पनि हुन सक्छ । साथै यिनीहरूमा कामवासनामा पनि कमी हुँदै जान्छ ।     प्राय: मधुमेह भएका बिरामीहरू यौन क्रियाकलापमा एकदम कमी महसुस गरी चिकित्सककहाँ पुग्छन् र जाँच गर्दा मधुमेह भएको पत्ता लाग्दछ । फेरि कसैकसैमा मध

सोरीयासिस र आयुर्वेद उपचार– १

- डा. रमेश मिश्र अनुचित खानपान र वातावरणको प्रभावले हामीलाई विभिन्न प्रकारको छालाका रोगहरू भइरहन्छ । यस्ता रोगहरू, कुनै समयमा उपचार गरे चाँडै निको हुन्छ त कुनै धेरै वर्षसम्म दु:ख दिइरहेको हुन्छ । चाँडै निको नहुने छालाको रोगहरूमध्ये सोरीयासिस पनि एक हो । यो रोग दूषित पित्त र कफ, बातसँग मिलेर उत्पन्न हुन्छ । यसलाई किटीभ पनि भनिन्छ ।     छालामा रातो–कालो रङको गोलो चक्का हुन्छ जसलाई चिलाउँदा सेतो रङको चम्किलो भुत्ला (पापडी) निस्किन्छ । छाला खस्रो र कहिलेकाहीं स्रावयुक्त हुन्छ । यो सोरीयासिसको लक्षण हो । यो लक्षण कहिले देखापर्छ त कहिले हराउँछ ।     विरोधी, विपरीत आहारजस्तै दूध र माछा सँगै खानु, मुला, तिल, गुड बढी सेवन गर्नु अस्वस्थकर आहार जस्तै नुन र अम्ल बढी खानु । विपरीत वातावरणको सम्पर्क जस्तै चिसो र तातो सँगै सेवन गर्नु । प्राकृतिक वेग अर्थात् दिसापिसाब आदि बढी रोक्नु, बान्ता बढी रोक्नु, आदि यसका हुने कारण हुन् ।     आयुर्वेदमा यसको उपचार राम्रोसँग गर्न सकिन्छ । निम्न औषधि र जडीबुटीहरू चिकित्सकको सल्लाह अनुसार सेवन गर्नुपर्छ । गुडूची स्वरस, अश्वगन्धारिष्ट, आरोग्यवद्र्धिनी वटी, खदिरारिष

व्यानबल वैषम्य उच्च रक्तचाप

डा. रमेश मिश्र     अनुचित खानपान र रहनसहनले हामी धेरै रोगहरूका शिकार भइरहेका छौं। कसैको जीवाणु, विषाणुबाट शरीरमा रोग हुन्छ त कसैको शरीरको अवयवहरूमा परिवर्तन वा ती अवयवहरूको काममा फरक परेर रोग हुन्छ। हाल विश्वमा दु्रतगतिमा बढिरहेका रोगहरू यस्ता छन्, जो एक व्यक्तिबाट अरूमा सर्दैन तर व्यक्तिगत रहनसहन र आधुनिकताको नाममा खानपानले हुन्छ, जसलाई नसर्ने रोग पनि भनिन्छ। यी रोगहरूमध्ये हृदयरोग, क्यान्सर, मधुमेह, मोटोपन, उच्च रक्तचाप भयावहरूपमा बढिरहेको छ। अब विश्व स्वास्थ्य सङगठनलाई पनि यी रोगहरूका बारेमा चिन्ता भइसकेको छ।     उच्च रक्तचाप हाम्रो आफ्नै जीवनशैलीको कारण हुने रोग हो। आरामतलबी जीवन यसको मुख्य कारणहरूमध्ये एक हो। जब हाम्रो रक्त सञ्चारमा प्रकुङ्चक दबाब एच.जी.को १६० एमएमबाट बढी अथवा समान हुनु वा प्रसारण दबाब एचजीको ९५ एमएमबाट बढी वा बराबर हुनुलाई उच्च रक्तचाप भनिन्छ। व्यवहारमा प्रकुङ्चक दबाब एचजीको १४० एमएमबाट बढी अथवा समान हुनु अथवा प्रसारण दबाब एचजीको ९० एमएमबाट ज्यादा वा बराबर हुनुलाई सीमारेखा भनिन्छ।     उक्त रक्तचाप निम्न प्रकारका हुन्छन्–     आवश्यक उच्च रक्तचाप, द्वितीयक उच्च रक

एन्जाइटी न्युरोसिस र आयुर्वेद

 – डा. रमेश मिश्र नसिक दोष (रज र तम) दूषित भएमा परिणामस्वरूप मस्तिष्क अशान्त हुनुलाई एन्जाइटी न्युरोसिस अर्थात् चित्तोद्वेगको अवस्था उत्पन्न हुन्छ । यसका मुख्य दुई कारणहरू हुन्: पहिलो आहारजन्य जसमा असंयोज्य, दूषित र खानै नहुने भोजनको नियमित सेवन । दोस्रो मानसिक कारण हो, जसमा अत्यधिक डर, दु:ख वा खुशीबाट प्रभावित हुन्छ । अरूलाई हीनभावले देख्नु र व्यवहार गर्नु र मानव मूल्यको आदर नगर्नु जसले गर्दा मनको अस्थिरता, अशान्ति, बुद्धिलोप, चिन्तित भाव, अप्रास·िक कुरा गर्नु आदि लक्षण उत्पन्न भइहाल्छ । रोग बढ्दै गएमा उच्च रक्तचाप, अर्घावेदक (माइग्रेन), अनिद्रा, मनोवसाद, दौर्बल्य, पाचन सम्बन्धी विकार, अम्लपित्त, यौवन पिडीका, त्वक विकार, कब्ज वा अतिसार आदि शारीरिक रोगका लक्षणहरू देखा पर्न थाल्छन् । आयुर्वेदमा एन्जाइटी न्युरोसिसको उपचार– यो एउटा मनोवैज्ञानिक विकार हो । यसको चिकित्सा रसायन औषधिहरू विशेषत: मध्य रसायनबाट गरिन्छ । मण्डुकपर्णी, ब्राहली, यष्टीमधुजस्ता रसायन जडीबुटीबाट बनेका औषधिहरू चिकित्सकको सल्लाह अनुसार गरिन्छ । पथ्यमा रोगीलाई पुरानो चामल, घृत, अङ्गुर फल, मुनक्का, दूध, सेतो लौका खान दिइन

मधुमेह र ह्दय

Image
- डा. नीरजकुमार सिंह यदि तपाईं मधुमेह रोगी हुनुहुन्छ भने तपाईंले हृदयको ध्यान राख्न धेरै नै आवश्यक छ । बढ्दो उमेरसँगै मुटुको रोग बढ्ने सम्भावना प्रबल हुँदै जान्छ । हाम्रो समाजमा मधुमेह र मुटुरोग साथी हो, एकले अर्कोलाई बोलाएर ल्याउँछ भन्ने सामाजिक मान्यता छ र यो एकदमै ठीक पनि हो । वर्तमान आधुनिक विज्ञानका शोधहरूले पनि यो तथ्य पुष्टि गर्दछ ।     मधुमेह रोगीहरूमा पाइने मुख्य ह्दय रोगमा ह्दयको आफ्नै मांसपेशीहरूलाई रगत पुर्‍याउने धमनी (आट्ररी)को रोग जसलाई कोरोनरी आट्ररीको रोग भनिन्छ । त्यसैगरी ह्द्याघात, कार्डियोमायोप्याथी र उच्च रक्तचाप पनि मुख्य हुन् ।     मधुमेह रोगीको मृत्यु मुख्य कारण नै ह्द्याघात हो । धेरैजसो बिरामीमा ह्द्याघात छाती नै नदुखी हुन्छ, जसलाई सूक्ष्म आघात भनिन्छ । सूक्ष्म आघात भएको खण्डमा बिरामीले रोगको गम्भीरता महसुस पनि गर्न पाउँदैन र बिरामीको अचानक मृत्यु हुनसक्छ । मधुमेहको कारणले ह्दयलाई रगत पुर्‍याउने कोरोनरी आट्ररीभित्र बोसो जम्ने प्रक्रियामा तीव्रता आउँछ र ह्दयको मांसपेशीलाई चाहिने आवश्यक अक्सिजन र पोषण तत्त्वको कमी हुन्छ, परिणामस्वरूप ह्द्याघातजस्तो खतरनाक रोग न

आयुर्वेद र पञ्चकर्म

    असन्तुलित खानपान र रहनसहनले दिनहुँ रोग र रोगीको सङ्ख्या बढ्दै गइ रहेको छ । प्रत्येक घरघरमा कुनै न कुनै व्यक्ति रोगी छन् र रोगको उपचारमा अन्य कामहरूमा लगाउने पैसा खर्च भइ रहेको छ । विश्व स्वास्थ्य स·ठनले जति दाबी गरे पनि अहिले दक्षिण एसियामा स्वास्थ्यको स्थिति एकदमै दयनीय छ । अब त यस्तो अवस्थासम्म आइसकेको छ कि व्यक्ति घरमा तरकारी किन्न बिर्सन्छ तर प्रत्येक दिन घरको लागि औषधि किन्न बिर्संदैन । कारण हाल घरघरमा दिनहुँ औषधि खाने रोगीहरूको सङ्ख्या बढिरहेको छ । विभिन्न पद्धतिमा विभिन्न रोगको उपचार व्यवस्था छ । कुनै न कुनै पद्धतिबाट रोगीहरूले उपचार गराइराखेका हुन्छन् । यी चिकित्सा पद्धतिमध्ये आर्युवेद चिकित्सा पद्धति पनि एक हो । आयुर्वेद चिकित्सा पद्धति विश्वको प्राचीनतम चिकित्सा पद्धति हो । यस चिकित्सा पद्धतिमा रोगबाट बच्ने उपायहरू भनिएका छन् र कुनै कारणले रोग लाग्यो भने त्यसको उपचारको पनि व्यवस्था गरिएको छ । आयुर्वेदबाट उपचार गरेको रोग समूल नष्ट हुन्छ । आयुर्वेदमा रोगको चिकित्सा गर्दा मुख्य त पहिला शोधन र पछि शमन गर्नुपर्दछ ।     अर्थात् शरीरमा जुन दोषको कारणले रोग लागेको छ, त्यस दोषलाई

डायबेटिक डाइट (मधुमेह रोगीको आहार)

Image
- डा. नीरजकुमार सिंह    वास्तवमा यस्तो कुनै पनि आहार हुँदैन, जसलाई मधुमेह रोगीको लागि भनेर छुटयाइयोस् । मधुमेह रोगीले खाने खाना त्यस रोगीको सम्पूर्ण परिवारले पनि खान सक्छ र त्यो सबैलाई लाभदायक पनि हुन्छ । डाइबेटिक डाइट विश्वका वैज्ञानिकहरूबीच पनि ठूलो चर्चा परिचर्चाको विषय हो । जब–जब नयाँ अनुसन्धानहरू आउँछन्, खानासम्बन्धी सल्लाह एवं सूचनाहरू पनि परिवर्तन हुने गर्दछन् ।     मौलिकरूपमा हाम्रो खानामा तीन प्रमुख तत्त्वहरू हुन्छन् । त्यो हो कार्बोहाइड्रेट, प्रोटिन र फ्याट (बोसो) । यसको साथै शरीरलाई चाहिने अरू वस्तु हो पानी, भिटामिन, मिनरल र लवण तत्त्व । यी सबै तत्त्वहरूको समुचित सम्मिश्रण भएको खानाले मात्र हामी निरोगी हुन सक्छौं ।     अमेरिकन डाइबेटिक एसोसिएसन अनुसार मधुमेह रोगमा खानाको ६० प्रतिशत क्यालोरी कार्बोहाइड्रेटबाट, ३० प्रतिशतभन्दा कम क्यालोरी बोसोबाट र १० प्रतिशत क्यालोरी प्रोटिनबाट पाउनुपर्छ ।     यस्तो सन्तुलित आहारमा ४० ग्राम फाइबर (रेशा) हुनुपर्दछ र ३०० मिग्राभन्दा कम कोलेस्ट्रोल हुनुपर्दछ । मधुमेह रोगीहरूको रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सजिलो होस् भनेर ग्लाइसेमिक सूचक

मधुमेह र मृगौला

Image
- डा. नीरजकुमार सिंह मधुमेहले शरीरको विभिन्न अ·हरूलाई प्रतिकूल असर गर्दछ, जसमध्ये मृगौला (किडनी) पनि एउटा महत्त्वपूर्ण अ· हो । मृगौलाले हाम्रो शरीरमा प्रमुख तीन काम गर्छ । शरीरमा भएका विकारयुक्त वस्तुहरूलाई बाहिर फाल्छ । शरीरमा तरल पदार्थको सन्तुलनलाई नियन्त्रण गर्छ र शरीरका विभिन्न लवण तथा खनिज तत्त्व जस्तै: सोडियम, पोटासियम र फासफोरसको सन्तुलन कायम राख्छ ।     एक वैज्ञानिक अध्ययन अनुसार मृगौला फेल भई डाइलाइसिस गराइरहेका बिरामीहरूमध्ये ५०.१ प्रतिशत मधुमेह रोगबाट पीडित बिरामीहरू हुन् भने २७ प्रतिशत उच्च रक्तचाप (हाइ ब्लडप्रेसर) का रोगीहरू छन् । मधुमेहको कारण किडनी तथा मूत्र प्रणालीको सामान्य सङ्क्रमणदेखि लिएर किडनी फेलसम्म हुन सक्छ । मधुमेहका बिरामीमा रगतमा रहेको ग्लुकोज बढी भई पिसाबबाट निस्कन्छ । यसरी पिसाबबाट ग्लुकोज निस्कँदा पिसाबमा कीटाणुको सङ्क्रमण हुने सम्भावना बढी हुन्छ । यसरी बारम्बार भएको सङ्क्रमणले मूत्रनली, मूत्राशय र किडनी सबैलाई प्रभावित गर्दछ ।     यसको साथै किडनीको रक्तवाहिनी नसाहरूलाई क्षति पुर्‍याएर किड्नीमा केही हानिकारक पदार्थ जम्मा गर्दछ, जसले किडनीको कार्यक्षमता

मधुमेहसम्बन्धी भ्रमहरू

Image
- डा. नीरजकुमार सिंह यो आधुनिक युगमा मधुमेह एउटा महामारीको रूपमा स्थापित भएको छ । जब मधुमेहलाई नियन्त्रण गर्ने प्रश्न उठ्छ, त्यसबेला यस रोगको वास्तविकता थाहा पाउनु झनै महत्त्वपूर्ण हुन्छ । हाम्रो समाजमा मधुमेह सम्बन्धी धेरै आमधारणाहरू स्थापित भए तापनि ती सबै सत्य होइनन् । हालसालै केही दिन अगाडि बिरामी हेर्ने क्रममा एकजना बिरामीले आएर भन्नुभयो–“डाक्टर साहब, तपाईं मेरो ब्लड प्रेसर कन्ट्रोल गरिदिनुस्, सुगर त निदान गर्ने उपाय मलाई थाहा छ ।”आश्चर्यचकित भई मैले बिरामीलाई अनुरोध गरें– मलाई खुसुक्क भन्नुस् । “छिमेकी राष्ट्र भारतको एउटा शहरमा पञ्जाबी डाक्टरले एउटा यस्तो जडीबुटी दिन्छन् जसले ३ महिनामा मधुमेह निको हुन्छ”– बिरामीले जवाफ दिनुभयो । वास्तवमा त्यो जडीबुटी ३ महिना खाएर पनि निदान त के रगतमा ग्लुकोजको मात्रा नियन्त्रण नभएको धेरै बिरामीहरू मैले भेटिसकेको जानकारी बिरामीलाई गराएँ ।     डाइबेटिजको स्थायी उपचार छैन र यसको निदान हुन सक्दैन । यो एउटा ब्रह्मसत्य हो । बेलायतमा गरिएको एक अध्ययन अनुसार मधुमेहको डाइग्नोसिस चिकित्सकले गर्दासम्म हाम्रो शरीरको अग्नाशय (प्याङ्क्रियाज) को ५० प्रतिशत