Posts

Showing posts with the label सन्दर्भ गाँधी जयन्ती

गाँधीवादी आर्थिक नीतिको सान्दर्भिकता

Image
- श्रीमन्नारायण मिश्र    हुनत महात्मा गाँधी कुनै ठूलो अर्थशास्त्री थिएनन् तर उनको प्रत्येक विचार आज पनि सान्दर्भिक नै छ त्यो क्षेत्र चाहे आर्थिक, सामाजिक वा राजनीतिक होस् । भू–मण्डलीकरण, उदारीकरण, बजार व्यवस्था एवं आर्थिक सुधारको नाममा अनेकौं प्रयोगहरू भएका छन् तर अहिलेसम्म भएका सबै प्रयोगहरू असफल साबित भएका छन् । ठूला–ठूला अर्थशास्त्रीहरू भएको पश्चिमी देशमा त यस्तो दयनीय आर्थिक अवस्था उत्पन्न भएको छ भने हाम्रो के कुरा रु महात्मा गाँधीको आर्थिक नीति आज पनि सान्दर्भिक नै छ । खासगरी त्यस्तो अवस्थामा जबकि देशमा महँगी, गरिबी, असमानता एवं अनेकानेक समस्याहरूका कारण नेपाली जनता किंकर्तव्यविमूढ छन् ।     नेपाली जनताको जनजीवनमा आमूल परिवर्तन अब कुनै चमत्कारबाट नै सम्भव हुन सक्दछ भन्ने कल्पना नेपाली जनताले गरिराखेका छन् । कुनै पनि राजनीतिक दल अथवा वादले नेपाली जनताको हकहितका लागि केही गर्न सक्दछ भन्ने विश्वास अब देशवासीलाई रहेन । यस्तो अवस्थामा महात्मा गाँधीको आर्थिक नीति आज पनि समयसापेक्ष साबित हुन सक्दछ भन्ने विश्वास स्वतन्त्र आर्थिक विश्लेषकहरूको छ ।     विकासको अर्थ केही सीमित व्यक्तिहरूक