Posts

Showing posts with the label जीवेम शरद: शतम्

रोगहरूको कारण र निवारण

    कृत्रिम जीवनक्रमको एक अर्को अभिशाप जोडिएको छ, आरोग्यप्राप्तिको लागि औषधिको गुलामी स्वीकार गर्नु। एलोपैथी आफ्नो बाल्यावस्थामा तेज प्रभावको कारण अत्यन्त लोकप्रिय भयो । रोगको लागि यसलाई रामबाण मानिन्थ्यो र सर्वत्र अपनाइयो। आज यो प्रौढावस्थामा छ। अब यो अनुभव गर्न सकिन्छ कि तात्कालिक राहतको लागि एलोपैथिक औषधि जति लाभकारी सिद्ध हुन्छ, दूरगामी परिणामको दृष्टिले त्यत्ति नै हानिकारक। तेज मारक औषधि रोगको कीटाणुलाई मात्र होइन, शरीरको स्वस्थ कोशिकालाई पनि बिना एकअर्कामा विभेद गर्दै मार्छ, तथा जीवनशक्तिलाई कमजोर बनाउँछ। यी औषधिको जथाभावी प्रयोगबाट थुप्रै गम्भीर प्रतिक्रियाहरू हुन्छन्। औषधिको दुष्प्रभाव आएट्रोजेनिसिटीको रूपमा चिकित्साजगत्मा एउटा नवीन सङकटजस्तो प्रस्तुत भएको छ।     सम्बन्धित विषयमा एरिक डब्लु मार्टिनको पुस्तक ‘हेजार्डस् अफ मेडिकेसन’ले विस्तृत प्रकाश पारेको छ। साधारणतया सामान्य व्यक्तिले यो कल्पना नै गर्न सक्दैन कि जुन औषधि उसले सेवन गरिरहेको छ, त्यो यति धेरै खतरनाक पनि हुन सक्छ। पुस्तक यस्तै व्यक्तिहरूको लागि एक मार्गदर्शिका हो तथा ती हानिबारे अवगत गराउँछ, जसबाट जो सामान्यतया अप