Posts

Showing posts with the label सन्दर्भ: विश्व रेडक्रस दिवस

नेपालमा रेडक्रसको शुभारम्भ

- फुलमहम्मद मिया    नेपालमा रेडक्रसको आवश्यकता धेरै अघिदेखि महसुस हुँदै आएको थियो र विभिन्न समयमा नेपालमा रेडक्रसको स्थापना गर्ने प्रयास हुँदै आएकोमा वि.सं. २०२० साल भाद्र १९ गते नेपाल रेडक्रसको निम्ति ऐतिहासिक दिन साबित भयो । २०२० भाद्र १९ गतेका दिन तत्कालीन श्री ५ को सरकार स्वास्थ्य मन्त्रालयको आह्वानमा तत्कालीन स्वास्थ्यमन्त्री डा. नागेश्वरप्रसाद सिंहको सभापतित्वमा बसेको सभाले तत्कालीन अधिराजकुमारी प्रिन्सेप शाहको अध्यक्षतामा नेपाल रेडक्रस तदर्थ समिति गठन गरेको थियो ।     संस्थाको स्थापना नेपालको निम्ति समयको माग भएकोले नेपाल रेडक्रसको स्थापनालाई नेपालीहरूले स्वागत गर्नु स्वाभाविक थियो । नेपाल रेडक्रस तदर्थ समितिद्वारा उठाइएका कदम अनुरूप वि.सं. २०२० माघ २४ गते (७ फ्रेब्रुअरी १९६४) मा श्री ५ को सरकारले जेनेभा कन्भेन्सन (जेनेभा लोकसम्मति) मा हस्ताक्षर गरी अनुमोदन पाएपछि तदर्थ समितिले साधारणसभा बोलाई रेडक्रस केन्द्रीय कार्यसमितिको निर्वाचन हुनुभन्दा अघि प्रशस्त मात्रामा साधारण सदस्य बनाउने काम भयो ।     सन् १९६४ को अप्रिल महिनामा लिग अफ रेडक्रस सोसाइटी (रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइट