Posts

Showing posts with the label पाठकमंच

प्रश्नपत्र आउटले खडा गरेका प्रश्न ?

–ऋतिक यादव     प्रदेश २ मा  माध्यमिक शिक्षा परीक्षा (एसइई) को विज्ञान र सामाजिक शिक्षाको प्रश्नपत्र परीक्षा अगावै सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएपछि राष्ट्रिय परीक्षा बोर्डले अर्को सूचना प्रकाशित नगरेसम्म परीक्षा स्थगित गरेपछि विद्यार्थीहरू आन्दोलित भएका छन् ।  शृङ्खलाबद्ध प्रश्नपत्र लिक भएको घटना सार्वजनिक भएपछि विद्यार्थीहरूले आप्mनो भविष्यसँग खेलाँची भएको र परीक्षा मर्यादित  बनाउन असफल भएको भन्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेलको राजीनामा माग गर्दै सडक तताइरहेका छन् । प्रदेश २ को वीरगंज, जनकपुर, कलैया, जीतपुर, राजविराज लगायत क्षेत्रमा सार्वजनिक र निजी सम्पत्तिमा एसइईका विद्यार्थीहरूले  अप्रत्याशितरूपमा व्यापक तोडफोड र आगजनी गर्दै आक्रोश पोखे । विद्यार्थीहरूको स्वाभाविक आक्रोशमा केही अवसरवादी विद्यार्थी नेता, घुसपैठिया र अन्य उक्साउने तŒवले घीउ थपे । किनकि मनोवैज्ञानिक तवरमैं उनीहरू अत्यन्त निरुत्साहित, विचलित र तनावग्रस्त भएका छन् । सम्बन्धित निकायले विद्यार्थीको मनोदशा गम्भीरताका साथ बुझेर तत्काल राहत पुग्ने व्यवस्था गर्नु नै एकमात्र उपाय हो ।  सङ्घीय सरकार मातहतको शिक्षा, विज्ञा

विकास र विनाशको लीला

    भनिन्छ, विकास र विनाश एकापसमा जोडिएका हुन्छन् अर्थात् एक अर्काका पूरक हुन्छन् । प्रत्येक वस्तु जन्मसँगै मृत्यु लिएर आएको हुन्छ । गुरुवाणीमा त भनिन्छ ‘मरण लिखायो तब मण्डलमें आयो’ ।     सडक विस्तारसँगै डोजर आतड्ढले कतिजनाको गाँस, बास तथा कपास उठ्यो । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको सरकारले निमुखा जनताको पीरमर्कालाई थाती राखेर आफ्नो क्रूर तथा फोस्रा महत्त्वाकाङ्क्षी दिवास्वप्नहरूको आधारमा तोडफोड र विध्वांसात्मक अभियानलाई बढावा दिए ।     तोडफोड गरेर धूलाम्य तथा छताछुल्ल भएका सडकको दुर्दशाबाट आजित पीडित जनताले गुहार गर्ने कोसित ? तोडफोड गरिएका केही स्थानमा निर्माण थालनी गरेको भए तापनि ठेकेदारको पूर्ण व्याख्या र रवैया कोहीबाट लुकेको छैन । सरकार मुलुकमा छ भन्ने अनुभूति जनताले कहिल्यै पाएनन् । विध्वंसपछि बनाइएको   सडकको स्तर रामभरोसे छ । महिना दिन नपुग्दै भत्कन शुरू भएको नवनिर्मित सडक एक वर्षात् पनि थेग्ला जस्तो छैन । कमसल, गुणस्तरहीन सामग्रीको प्रयोगले निमुखा जनता हरिबिजोग र बिचल्लीमा परेका छन् भने  विदेशी दाताहरू जिल्लाराम परेका छन् ।     सडकबीचमा राखिएका  डिभाइडरको आकार पनि

निर्वाचन, भट्टी र देश

    एक युगमा एकचोटि आउने संविधानसभाको निर्वाचन हाम्रो देशमा दोस्रोपटक हुन लागेको छ । सो निर्वाचनमा ६०१ असफल अर्थात् अनुत्तीर्ण संविधानसभाका सदस्यहरूसहित पहिलो संविधानसभाको निर्वाचनमा सहभागिता नजनाएका नेताहरू आगामी संविधानसभाको निर्वाचनको तयारीमा लागेका छन् । कसैको लागि यो पूरक परीक्षा हो भने कसैको लागि यो नियमित परीक्षा हो । जुन नेपाल र नेपालीको लागि सकारात्मक सन्देश हो, वर्षौंदेखि सङ्क्रमणकालबाट गुज्रिरहेको राष्ट्रको लागि यो एक शुभ सड्ढेत हो ।     निर्वाचनको माहोलसँगै स्थानीय चियापसल, रक्सीभट्टीदेखि राजधानी काठमाडौंको पाँचतारे होटलहरूमा मतदाता किनबेच वा मोलतोल शुरू भइसकेको छ, जुन राष्ट्रको लागि सड्ढटको सड्ढेत हो । विगतको संविधानसभा सरकार बनाउन र सरकार खसाउनमा केन्द्रित भएकोले नै संविधानसभा असफल भएको हो । त्यसको प्रमुख कारण आर्थिक चलखेल र सभासद् खरिद–बिक्री हो । जसको परिणाम अधिकांश दल विभिन्न चिरामा विभाजित भई राष्ट्रलाई बन्धक बनाउने प्रयासमा लागेका छन् ।     अन्तरिम संविधान २०६३ मा उल्लेख भएअनुसार एक उम्मेदवारले चार लाखभन्दा बढी खर्च गर्न नपाउने स्पष्ट प्रावधान भएपनि भावी उम्मेदवारले
कानुन जता मन लाग्यो त्यतै तन्काउने रबर हो र ? प्रतीक दैनिकमा बिहीवार चैत २२ गते प्रकाशित ‘भन्सार तिरेका व्यापारीलाई प्रहरीको सास्ती’ शीर्षक समाचार पढेर बडो अचम्म लाग्यो । यो पक्कै पनि सबैले देखे भोगेको हुनुपर्छ कि कुनै एउटा सरकारी कर्मचारीले भनेको नियमभन्दा अर्का कर्मचारीले भनेको नियम फरक पर्छ । अर्थात् राणाकालीन शासन व्यवस्था जस्तै ‘मुखै कानुन’ अनुरूप जे भने पनि हुने, तर त्यसको असर कोमाथि कति र कसरी परिरहेको छ, त्यतातिर ध्यान नदिनेजस्तो गैरजिम्मेवार काम गर्ने भ्रष्ट, गवाँर, अबुझ, अप्रशिक्षित, अनाडी, नजान्ने, मनोमानी गर्ने कर्मचारीबारे पत्रपत्रिकाले उजागर गर्न थाल्ने हो भने कैयौं सरकारी कर्मचारी फेला पर्छन् होला, जसलाई आफूले गर्ने गरेको काम सम्बन्धमा कानुनको सामान्य जानकारी पनि हुँदैन । पछि अलि जान्ने मान्छेले भनेपछि थाहा हुन्छ तर कानुनको किताब पढ्ने हो भने त्यसको व्याख्या भने फरक हुन जान्छ । यहाँ समाचारअनुसार समस्या सानो हवलदारबाट शुरू भयो, त्यसपछि वडा प्रहरी कार्यालयलाई त्यसमा मुछियो र त्यसपछि वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुजन जोशी त्यसमा समावेश भए ।     सबैको एकैनासक

जिल्ला शिक्षा अधिकारीलाई प्रश्न ?

    आधारभूत तह कक्षा ८ को वार्षिक परीक्षा अन्तर्गत नेपाली विषयको परीक्षा जिल्ला परीक्षा समिति, पर्साले रद्द गरेको सुन्दा दु:ख लाग्यो । नेपाली विषयको प्रश्नपत्र पहिले नै बाहिरिएको कारण परीक्षा रद्द गरिएको भन्ने कति सजिलो जवाफ परीक्षा समितिले दिएको छ । आफ्नो गल्ती ढाकछोप गर्न रेडिमेड जवाफ दिनुको कुनै अर्थ छैन । म परीक्षा समितिको अध्यक्ष जिल्ला शिक्षा अधिकारी हरिप्रसाद बस्तीज्यूसँग सोध्न चाहन्छु । अब विद्यार्थीलाई कत्तिको समस्या पर्‍यो । त्यसतर्फ सोच्नुभयो ? विद्यार्थीलाई नर्भस पार्नु कत्तिको उचित काम हो ? जिम्मेवार व्यक्तिले यसरी प्रश्नपत्र बाहिर ल्याउनु कतिको जायज कुरा हो ? जब जब एसएलसीको परीक्षा आउँछ, तपाईंहरू एक महिना पहिलेदेखि विभिन्न किसिमको कारबाई हुन्छ भनी विद्यार्थीहरूलाई नर्भस पार्नुहुन्छ । चिट समातेर बाहिर निकाल्नुहुन्छ । विभिन्न किसिमको कारबाई गर्नुहुन्छ । अब तपाईंहरूजस्तो जिम्मेवार मान्छेले प्रश्नपत्र बाहिर ल्याउने त्यस्ता मान्छेलाई कारबाई गर्नुहुन्छ कि पुरस्कार दिनुहुन्छ हेर्न बाँकी छ । –बृजकिशोर तिवारी पिपरा, वीरगंज–१७

निर्वाचन बिथोल्ने प्रयासको अन्त्य गरौं

    झन्डै दश महिनाअघि संविधानसभाको विघटन गरी नयाँ संविधानसभाको निर्वाचनको मिति मङ्सिर ७ गते तोकिएको थियो । तर दलीय स्वार्थको कारण राजनीतिक सहमति हुन नसकेपछि तोकिएको समयमा निर्वाचन हुन सकेन । त्यसपछि अनेकौं राजनीतिक रसाकसीबीच शक्ति पृथकीकरणको सिद्वान्तविपरीत  न्यायपालिकाको प्रमुखलाई अन्तरिम चुनावी मन्त्रिपरिषद्को अध्यक्ष  बनाइयो । जुन बहुदलीय राज्य व्यवस्थाको विपरीत थियो । तर राष्ट्रलाई निकास दिनका लागि गरिएको सो निर्णय भने स्वागतयोग्य छ  । प्रमुख चार राजनीतिक दलको सहमतिमा प्रधानन्यायाधीशको अध्यक्षतामा चुनावी सरकार गठन भएपछि यी दलहरू चुनावका लागि अग्रसर देखिएका छन् । प्रजातान्त्रिक राष्ट्रको लागि निर्वाचन मेरुदण्ड हो र वर्तमान अवस्थामा निर्वाचनको विकल्प नरहेकोले पनि चार दलको निर्णय स्वागतयोग्य छ ।     आगामी संविधानसभाको निर्वाचनलाई अमेरिका, भारत, युरोपेली सङ्घ, जापान जस्ता मित्रराष्ट्रहरूले पनि स्वागत गरेका छन् । तर एमाओवादीबाट छुट्टिएको मोहन वैद्य किरण नेतृत्वको नेकपा–माओवादी एवं केही साना दलहरू चुनाव बिथोल्ने प्रयासमा लागेका छन् । जुन प्रजातान्त्रिक राष्ट्रको लागि अभिशाप हो । नेकपा–म

मेरो आँखामा वीरगंज शहर

    गाउँबाट ओइरिएका मानिसहरू, मार्केट भनिने केही अग्ला घरभित्रका बजारहरू, जताततै भत्किएका सडकहरू, जताततै फालिएका फोहोरले बनाएको दुर्गन्धित वातावरण, अस्तव्यस्त ट्राफिक, अव्यवस्थित पार्किङ र केही अव्वस्थित बजारबाहेक वीरगंजमा केही देखिन्न ।     सडकपेटीमा राखिएका फास्टफूड पसलहरू तथा मदिराका पसलहरूमा जम्मा भएका भीडहरूमा मेरो आँखा केन्द्रित भयो । दिउँसोदेखि नै मदिरासेवन गरी होहल्ला गर्दासमेत प्रहरी प्रशासनले कुनै वास्ता नगर्दा म अचम्भित हुन पुगे । बस स्टैन्डमा यात्रुलाई जबरजस्ती टिकट थमाउने प्रवृत्ति, भगवान्को नाममा कानको जालो फुट्ने गरी ध्वनि प्रदूषण गर्दा यहाँका नागरिकमा सचेतनाको निकै खाँचो रहेको मैले ठम्याएँ । व्यक्तिगत झगडाले बजारै बन्द गर्दै हिंड्ने युवा जमात र प्रहरीबीचको घम्साघम्सीले केहीबेर आतड्ढको वातावरण सृजना भएको मैले अनुभूति गरें ।     भिँmगा भन्किएका खाद्य सामग्रीहरू, माछामासु पसलमा फोहोरको वर्चस्व, खसी भनी बाख्राको मासु बेच्ने काला व्यापारीहरू तथा ग्यासका सिलिन्डरको सील बूढो मानिसको दाँत हले जस्तै हलिएको अनुगमन नदेख्दा म अचम्ममा परें ।  टाँगा, रिक्सा र टेम्पुमा बाल मजदुरले जोख

नगरौं शिक्षण संस्थामा राजनीति

    मुलुक यतिबेला राजनीति खिंचातानीले ज्यादै जटिल मोडबाट गुज्रिरहेको छ । दीर्घकालीन समाधानका लागि विभिन्न रणनीति अपनाए पनि ठोस एवं सार्थक उपलब्धि हासिल हुन सकिरहेको छैन । यसैको परिणति यतिबेला शिक्षण संस्थामा समेत देखापरेको छ । राजनीति अस्थिरताले नकारात्मक विचारधारा हावी हुँदै गइरहेको छ । अखिल क्रान्तिकारीले निजी शिक्षण संस्थामा एकाइ गठनको माग गर्दै हिंसात्मक क्रियाकलाप गरेपछि शिक्षण संस्था आतड्ढित बनेको थियो । सो हिंसात्मक क्रियाकलापको विरोध गर्दै एसोसिएसन फर प्राइभेट एजुकेसनल अफ नेपाल (अपिन)ले विरोधस्वरूप  एक दिन शिक्षण संस्थाहरू नै बन्द गर्‍यो ।     शिक्षाको ज्योतिले जीवनमा अन्धकारलाई हटाइ सुन्दर बिहानी ल्याउँछ । शिक्षाले मानिसको बौद्धिक विकास हुनुको साथै कुण्ठितरूपमा रहेको आफ्नो अधिकारप्राप्तिमा क्रियाशील बनाउँछ । अन्यायविरुद्ध आवाज उठाउन सक्षम बनाउँछ । यसले कर्तव्यप्रति निष्ठावान र जिम्मेवारी वहन गर्न समर्थ तुल्याउँछ । मानिसको हरेक पाटोमा यसले मार्गनिर्देशनको रूपमा सक्रिय भूमिका निर्वाह गरिरहेको हुन्छ । भोलि देशको विकास गर्ने विद्यार्थीवर्ग नै हुन् । यस्तो स्वच्छ र पवित्र शिक्षण सं

तस्करहरूको केन्द्रबिन्दु वीरगंज

वर्तमान परिवेशमा वीरगंज तस्कहरूको चपेटामा पर्नुको साथै तस्करीको केन्द्रबिन्दु पनि बनेको छ । वीरगंज भन्सार तस्करी तथा विभिन्न आपराधिक क्रियाकलापको केन्द्रमा परिणत भएको छ । जसको कारण राजस्वमा कमी आउनुको साथै वीरगंजलगायत राष्ट्रमा  असुरक्षा तथा आपराधिक क्रियाकलाप बढ्न गएको छ, विगतको तुलनामा । जहाँ राष्ट्र नै विभिन्न किसिमको समस्याले ग्रस्त अर्थात् सङ्क्रमणकालबाट गुज्रिरहेको छ यही मौकामा स्थानीय व्यक्तिदेखि ठूला उद्योगपतिहरू वीरगंज नाकालाई तस्करको बाटोमा परिणत गरी राजस्व छल्न कालो सम्पत्ति आर्जन गर्न तथा आपराधिक क्रियाकलापको नाकाकको रूपमा प्रयोग गर्दै आइरहेका छन् ।     नेपाल भूपरिवेष्टित राष्ट्र हो, यसको लागि नेपाल–भारत खुला सिमानाले विकासलाई निकै सहज बनाएको छ तर वर्तमान परिवेशमा यो खुला नाका अभिशाप बन्न गएको छ । खुला सिमाना र औद्योगिक नगरी भएकोले तस्करहरूको रोजाइको ठाउँ बन्ने नै भयो । पर्सा जिल्लालाई गाँजा मुक्त क्षेत्र घोषणा गरिएको छ तर प्रत्येक दिन पर्सा जिल्ला अर्थात् वीरगंजबाट गाँजा र अन्य लागू औषधको कारोबार निर्धक्क भइरहेको छ । यस अवैध कारोबारमा स्थानीय बासिन्दादेखि छिमेकी मुलुक र छि

राष्ट्रलाई बालशोषण मुक्त बनाऊ

    हाम्रो समाज तथा राष्ट्रको अग्रगतिका लागि बाधकको रूपमा रहेका तत्त्वहरूमध्ये बालश्रम शोषण पनि एक हो। जबसम्म यसको पूर्णरूपले निवारण हुँदैन तबसम्म राष्ट्र र समाजको विकासका साथै भविष्य धरापमा छ ।     आजका बालबालिका भोलिका राष्ट्रनिर्माता हुन् अर्थात् आजको बालक हाम्रो भविष्य हुन्। बालबालिकालाई जबसम्म सरकार तथा सरोकारवाला पक्षबाट बेवास्ता गरिन्छ तबसम्म मुलुकले आफ्नै भविष्यलाई बेवास्ता गरेको भन्ने बुझ्नुपर्छ।      हाम्रो देशको अन्तरिम संविधानमा उल्लेख भएअनुसार १६ वर्षमुनिकालाई नाबालकको वर्गमा राखिएको छ। तिनीहरूलाई कुनै पनि कलकारखाना, होटल वा यस्तै अन्य कुनै पनि जोखिमपूर्ण निकृष्ट काममा लगाउन कानुनले वर्जित गरेको छ। तर यी सबै कानुनलाई बेवास्ता गर्दै हाम्रो समाजमा निर्धक्कले बालशोषण भइरहेको छ।     बालबालिकाको अधिकारको लागि वकालत गर्ने सङ्घसंस्था, कानुनी उपचार दिने अधिकारीदेखि  राजनीतिक दलका नेता तथा उच्च घरानाका व्यक्ति एवं परिवारले समेत  बालमजदुर प्रयोग गरिरहेका छन्।  वीरगंजका अधिकांश होटल तथा पसलहरू एवं साम्भ्रान्त परिवारहरूमा बालमजदुर छन्, जो दिनहुँ साहु तथा ग्राहकहरूबाट विभिन्न किसिमको

राष्ट्रलाई बालशोषण मुक्त बनाऊ

    हाम्रो समाज तथा राष्ट्रको अग्रगतिका लागि बाधकको रूपमा रहेका तत्त्वहरूमध्ये बालश्रम शोषण पनि एक हो। जबसम्म यसको पूर्णरूपले निवारण हुँदैन तबसम्म राष्ट्र र समाजको विकासका साथै भविष्य धरापमा छ ।     आजका बालबालिका भोलिका राष्ट्रनिर्माता हुन् अर्थात् आजको बालक हाम्रो भविष्य हुन्। बालबालिकालाई जबसम्म सरकार तथा सरोकारवाला पक्षबाट बेवास्ता गरिन्छ तबसम्म मुलुकले आफ्नै भविष्यलाई बेवास्ता गरेको भन्ने बुझ्नुपर्छ।      हाम्रो देशको अन्तरिम संविधानमा उल्लेख भएअनुसार १६ वर्षमुनिकालाई नाबालकको वर्गमा राखिएको छ। तिनीहरूलाई कुनै पनि कलकारखाना, होटल वा यस्तै अन्य कुनै पनि जोखिमपूर्ण निकृष्ट काममा लगाउन कानुनले वर्जित गरेको छ। तर यी सबै कानुनलाई बेवास्ता गर्दै हाम्रो समाजमा निर्धक्कले बालशोषण भइरहेको छ।     बालबालिकाको अधिकारको लागि वकालत गर्ने सङ्घसंस्था, कानुनी उपचार दिने अधिकारीदेखि  राजनीतिक दलका नेता तथा उच्च घरानाका व्यक्ति एवं परिवारले समेत  बालमजदुर प्रयोग गरिरहेका छन्।  वीरगंजका अधिकांश होटल तथा पसलहरू एवं साम्भ्रान्त परिवारहरूमा बालमजदुर छन्, जो दिनहुँ साहु तथा ग्राहकहरूबाट विभिन्न किसिमको

राष्ट्रलाई बालशोषण मुक्त बनाऊ

    हाम्रो समाज तथा राष्ट्रको अग्रगतिका लागि बाधकको रूपमा रहेका तत्त्वहरूमध्ये बालश्रम शोषण पनि एक हो। जबसम्म यसको पूर्णरूपले निवारण हुँदैन तबसम्म राष्ट्र र समाजको विकासका साथै भविष्य धरापमा छ ।     आजका बालबालिका भोलिका राष्ट्रनिर्माता हुन् अर्थात् आजको बालक हाम्रो भविष्य हुन्। बालबालिकालाई जबसम्म सरकार तथा सरोकारवाला पक्षबाट बेवास्ता गरिन्छ तबसम्म मुलुकले आफ्नै भविष्यलाई बेवास्ता गरेको भन्ने बुझ्नुपर्छ।      हाम्रो देशको अन्तरिम संविधानमा उल्लेख भएअनुसार १६ वर्षमुनिकालाई नाबालकको वर्गमा राखिएको छ। तिनीहरूलाई कुनै पनि कलकारखाना, होटल वा यस्तै अन्य कुनै पनि जोखिमपूर्ण निकृष्ट काममा लगाउन कानुनले वर्जित गरेको छ। तर यी सबै कानुनलाई बेवास्ता गर्दै हाम्रो समाजमा निर्धक्कले बालशोषण भइरहेको छ।     बालबालिकाको अधिकारको लागि वकालत गर्ने सङ्घसंस्था, कानुनी उपचार दिने अधिकारीदेखि  राजनीतिक दलका नेता तथा उच्च घरानाका व्यक्ति एवं परिवारले समेत  बालमजदुर प्रयोग गरिरहेका छन्।  वीरगंजका अधिकांश होटल तथा पसलहरू एवं साम्भ्रान्त परिवारहरूमा बालमजदुर छन्, जो दिनहुँ साहु तथा ग्राहकहरूबाट विभिन्न किसिमको

राष्ट्रलाई बालशोषण मुक्त बनाऊ

    हाम्रो समाज तथा राष्ट्रको अग्रगतिका लागि बाधकको रूपमा रहेका तत्त्वहरूमध्ये बालश्रम शोषण पनि एक हो। जबसम्म यसको पूर्णरूपले निवारण हुँदैन तबसम्म राष्ट्र र समाजको विकासका साथै भविष्य धरापमा छ ।     आजका बालबालिका भोलिका राष्ट्रनिर्माता हुन् अर्थात् आजको बालक हाम्रो भविष्य हुन्। बालबालिकालाई जबसम्म सरकार तथा सरोकारवाला पक्षबाट बेवास्ता गरिन्छ तबसम्म मुलुकले आफ्नै भविष्यलाई बेवास्ता गरेको भन्ने बुझ्नुपर्छ।      हाम्रो देशको अन्तरिम संविधानमा उल्लेख भएअनुसार १६ वर्षमुनिकालाई नाबालकको वर्गमा राखिएको छ। तिनीहरूलाई कुनै पनि कलकारखाना, होटल वा यस्तै अन्य कुनै पनि जोखिमपूर्ण निकृष्ट काममा लगाउन कानुनले वर्जित गरेको छ। तर यी सबै कानुनलाई बेवास्ता गर्दै हाम्रो समाजमा निर्धक्कले बालशोषण भइरहेको छ।     बालबालिकाको अधिकारको लागि वकालत गर्ने सङ्घसंस्था, कानुनी उपचार दिने अधिकारीदेखि  राजनीतिक दलका नेता तथा उच्च घरानाका व्यक्ति एवं परिवारले समेत  बालमजदुर प्रयोग गरिरहेका छन्।  वीरगंजका अधिकांश होटल तथा पसलहरू एवं साम्भ्रान्त परिवारहरूमा बालमजदुर छन्, जो दिनहुँ साहु तथा ग्राहकहरूबाट विभिन्न किसिमको

बुझ्न नसकिएको कुरा

    विगत १० वर्षदेखि देशमा ऊर्जा सड्ढट झन् झन् बढ्दै गइरहेको सबैलाई थाहा भएकै कुरा हो र आउने १० वर्षसम्म पनि यो कायम नै रहन्छ भन्नेमा कसैलाई कुनै सन्देह छैन । ऊर्जा सड्ढट कायमै रहनुमा कमिसनतन्त्र हावी हुनु, नीति स्पष्ट नहुनु, दीर्घकालीन सोचको कमी, व्यक्तिगत स्वार्थ तथा अन्ध राष्ट्रवाद नै  प्रमुख कारणहरू हुन् ।     हामी नेपालीको दुर्भाग्य भनेको देशको कमजोर आर्थिक स्थिति तथा सत्ता सञ्चालनमा रहेकाहरूमा दूरदृष्टि नहुनु हो । आर्थिक स्थिति अत्यन्तै कमजोर भएका देशहरू पनि दोस्रो विश्वयुद्धपश्चात् निकै अगाडि बढेका हामीले देखेका छौं । जापान, सि·ापुर, इन्डोनेसिया आदि देश प्रमुख उदाहरण हुन् । यी देशहरूलाई प्रगति पथमा अगाडि बढाउन तिनका राजनेताहरूको ठूलो देन छ । हालको विश्व आर्थिक मन्दीमा पनि चीन र भारतको आर्थिक वृद्धिदरमा खासै ह्रास नआउनुमा यी देशका राजनेताहरूको दूरदृष्टिलाई मान्नुपर्छ ।     विश्वको सामु साहसी भनेर चिनिने हामी किन आफ्नो लागि साहसिक कार्य गर्न असमर्थ छौं । जबकि हाम्रो देशको आर्थिक उन्नतिका लागि जलस्रोत र पर्यटन नै पर्याप्त छ । जलस्रोतबाट विद्युत् निकाल्न धेरै राशि चाहिन्छ, जुन हाम्र

वीरगंजमा सडकमैं थापिका फुटपाथ पसलहरू

    वीरगंज शहरको जनघनत्व बढ्दै गइरहेको छ । यस क्षेत्रमा विभिन्न कलकारखानाको स्थापना हुनुको साथै विभिन्न किसिमका आधुनिक भवनहरूको निर्माण भई वीरगंज शहरलाई एक व्यस्त शहरको रूपमा चिनाएको छ । यहाँका सडकहरू अति व्यस्त भई समय–समयमा ट्राफिक जामसमेत हुने गरेको छ । खुल्ला सीमा भएका कारणले पनि छिमेकी राष्ट्र भारतबाट मानिसहरू किनमेल गर्न वीरगंज आउने गर्छन् । त्यस्तै वीरगंजबाट पनि मानिसहरू किनमेलका लागि भारतमा जाने गर्छन । यद्यपि यसले गर्दा सीमान्तकृत क्षेत्रमा सद्भाव तथा आत्मीयता बढ्दै गइरहेको छ ।     वीरगंज क्षेत्रमा बढ्दै गएको जनघनत्व र साँघुरिएको सडकले गर्दा ट्राफिक जाम सदैव हुने गर्दछ । सडकका पेटी तथा फुटपाथमा पसलहरू राखिनाले आवतजावत गर्ने आममानिसलाई निकै अप्ठयारो हुने गरेको छ । सडकमा पसल थापेर व्यवसाय गर्दा सर्वसाधारणलाई मर्का पर्नुको साथै सवारीसाधन दुर्घटना हुने चुनौती थपिएको छ । मोटरसाइकल, साइकल तथा रिक्साहरू जथाभावी पार्किङ गर्नाले वीरगंज शहरको सौन्दर्यलाई बिगारेको छ ।     वीपी उद्यानको जग्गामा कायम  तरकारी बजार अति व्यस्त ठाउँमा छ । सिटीराइड बस, टेम्पु र रिक्साहरूको बिसौनी त्यही ठाउँमा भए

अश्लील समाचार र आलेखले जन्माएको सवाल

    वीरगंज शहरलगायत देशका विभिन्न क्षेत्रबाट प्रकाशित हुने पत्रपत्रिकाको सङ्ख्या बढ्दै जानु सकारात्मक मान्नुपर्छ । गाउँ, समाजमा घटेका घटनाहरूलाई प्राथमिकताका साथ प्रकाशित गरी आमनागरिकमा सूचना प्रवाह गर्नु पत्रिकाको पहिलो दायित्व हो । समाजमा रहेका कुरीति, कुसंस्कार तथा आपराधिक क्रियाकलापलाई उजागर गर्नु पत्रपत्रिकाको मुख्य भूमिका हो । छिमेकी राष्ट्र भारतको दिल्लीमा भएको महिलामाथि सामूहिक बलात्कार, दैलेखमा पत्रकारलाई जिउँदै गाडेको वा बारामा बिन्दु ठाकुरलाई जिउँदै जलाएको आदि घटनाहरूलाई पत्रपत्रिकाले समाचार सम्प्रेषण गर्दा अपराधीहरू उम्कन नसकी कानुनको घेरामा परेको प्रस्ट हुन्छ । आजको दिनमा पत्रपत्रिका नै एउटा यस्तो शक्ति हो, जसले घटनाहरूलाई प्रत्यक्षरूपमा आमनागरिक समक्ष पस्केर भोलिका दिनमा हुने आपराधिक गतिविधिबाट आमनागरिकलाई सचेत गर्ने क्षमता बोकेको हुन्छ, समाज परिवर्तनको परिकल्पना गरेको हुन्छ ।  विश्वभरिमा भएका घटनाहरूको पूर्णरूपमा जानकारी पत्रपत्रिकाहरूबाट पाइन्छ ।     तर वीरगंज शहरलगायत देशका विभिन्न क्षेत्रबाट प्रकाशित हुने केही यस्ता पत्रपत्रिकाहरू छन्, जसले जनसरोकारका समाचारभन्दा पनि

समाज परिवर्तन

    आजको बदलिंदो परिवेशमा मानिसको सोचको पनि परिवर्तन भएको छ । पुरानो जीवनशैलीबाट आधुनिक जीवनशैलीतिर लम्किनु परिवर्तनशील सोचको उपज हो । पुराना संस्कार र सोचलाई थाती राखी नयाँ संस्कारलाई अँगाल्नु परिवर्तनको धार हो । गाउँ समाजमा शिक्षालाई पहिलो प्राथमिकता दिएको हुनाले पनि आममानिसको मनमस्तिष्कमा सकारात्मक भावनाको बिजारोपण भएको पाइन्छ । रूढिवादी सोचको बाहुल्यता रहेको हाम्रो गाउँ समाज परिवर्तनको मार्गमा उभिएको छ । महिला हिंसाविरुद्धमा गाउँ समाजबाट आवाज उठेको छ । महिलाविरुद्धको हिंसा केवल महिलामाथि गरिने अन्याय र अत्याचार मात्र होइन, त्यो त सभ्य मानव समाजविरुद्ध चालिएको कदम हो भन्ने सबैको ठम्याइ छ । बालविवाहको अन्त्य तथा छोरीलाई छोरा सरह व्यवहार गरी छोरीलाई पनि उच्च शिक्षा प्राप्त गर्नको लागि शहरमा पठाउने गरिएको छ ।      कहीँकहीँ हाम्रो परिवर्तनशील समाज पनि चुकेको पाइन्छ । बोक्सीको निहुँमा महिलामाथि जघन्य अपराध गर्न हामी पछि पर्दैनौं । दाइजोको निहुँमा बुहारीलाई जिउँदै जलाइन्छ र छोरीले प्रेम गर्‍यो भनेर आफ्नै परिवारजनबाट जिउँदै आगो लगाइन्छ । यी सब नकारात्मक सोचको उपज हो । विवेकशीलताको यस्तो घृ

दलित बस्तीमा डोजर

    प्रतीक दैनिक वर्ष २६ अड्ढ १२७ मा प्रकाशित विपी उद्यानमा रहेको दलित बस्तीमा चलाएको डोजरको फोटोसहितको दृश्यले तिनीहरूको दैनिकी कस्तो छ भन्ने प्रस्ट देखाएको छ ।     एक थोपा पानीको महत्त्व कति हुन्छ  भन्ने त्यो मरुभूमिमा बस्ने मानिसलाई थाहा हुन्छ, सन्तानको माया के हुन्छ त्यो केवल एक आमालाई मात्र थाहा हुन्छ र घरको महत्त्व कति हुन्छ त्यो केवल घरवारविहीन मानिसलाई नै थाहा हुन्छ ।     विपी उद्यानमा बस्ने अधिकांश डोम तथा मुसहर समुदायका थिए । जतिखेर मुलुक चिसोको चपेटामा थियो, चिसोबाट जोगिन मानिस अन्य उपाय तथा विकल्प खोजिरहेका थिए, त्यति बेलै वीउमनपाले डोजर चलाई ती दलित समुदायलाई घरवारविहीन बनायो ।     अतिक्रमण गरेको सरकारी जग्गा खाली वा संरक्षण गर्नु सरकार तथा सरोकारवालाको कर्तव्य तथा दायित्व हो । त्यो एकदम स्वागतयोग्य छ । तर मानवता पनि एक चीज हो । जतिखेर वीरगंज अत्यधिक चिसोबाट ग्रस्त थियो त्यतिबेला बस्तीमा डोजर चलाई कसैलाई घरवारविहीन बनाउनु कहाँसम्म न्यायोचित थियो ? यदि घर नभएको अवस्थामा चिसोबाट कुनै अप्रिय घटना भए त्यसको जिम्मेवारी कसले लिने ?     जतिखेर दलित तथा गरिब समुदायमा न्यानो कपडा,

ओझेलमा परेको वीरगंजको साहित्यिक यात्रा

    बहुजाति, बहुभाषी, बहुआयामिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधता बोकेको गौरवमय इतिहासले वीरगंज शहरको नाम एक चिनारीको रूपमा प्रष्ट्याएको छ । यस शहरको आफ्नै मौलिक विशेषता र पहिचान रहेको छ भने यहाँका बासिन्दामा साहित्यिक क्षेत्रमा पनि उत्तिकै चासो र लगाव रहेको पाइन्छ ।     वीरगंज शहरमा साहित्यिक यात्रामा लागेका विभिन्न स्रष्टाहरूको उल्लेखनीय भूमिका रहेको पाइन्छ । प्रभात काव्य– यात्रा (संयोजक जगदीश शर्मा), वीरगंज साहित्य परिषद् (अध्यक्ष डा.भीमचरण थापा), नारायणी वाङ्मय प्रतिष्ठान(अध्यक्ष ईश्वरचन्द्र गौतम), गजल साहित्य मञ्च (अध्यक्ष स्व. लक्ष्मी शाक्य), लक्ष्मी साहित्य समाज (संयोजक महेशचन्द्र गौतम), हास्यव्यङ्ग्य मञ्च(अध्यक्ष विनोद तिमल्सिना), भोजपुरी साहित्य समाज (अध्यक्ष पण्डित दीपनारायण मिश्र), नेपाल भोजपुरी प्रतिष्ठान (अध्यक्ष तारा सिंह), नेपाल भारत मित्र मण्डली (अध्यक्ष डा. शशिभूषण बर्णवाल), नेपाल–भारत साहित्य परिषद् (अध्यक्ष ओमप्रकाश सिकरिया) आदि करिब एक दर्जन साहित्यिक यात्रामा लागेका संस्थाहरू रहेको पाइन्छ । वीरगंज शहरलाई साहित्यिक क्षेत्रमा अगाडि बढाउन विभिन्न साहित्यिक संस्थाहरू

धरापमा होटल व्यवसाय

    नेपाल एक गरिब राष्ट्र भए तापनि बहुमूल्य विविधता बोकेको र आफ्नो छुट्टै पहिचान लिएर खडा भएको देश हो ।     यहाँका वन–ज·लमा अमूल्य जडिबुटी पाइने कारणले पनि अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको नाम उच्च रहेको छ भने जलस्रोतको क्षेत्रमा ब्रजील पछि दोस्रो देशको रूपमा नेपाललाई चिनिंदै आएको छ । यति धेरै विद्युत् उत्पादन गर्ने प्राकृतिक स्रोत रहेको देशमा दैनिक १२ घण्टा लोडसेडिङ हुनु लाजमर्दो कुरा हो । राष्ट्र र जनताप्रति उत्तरदायित्वभन्दा व्यक्तिगत र दलगत स्वार्थमा चुर्लुम्म डुबेपछि नेतामा सत्ता लोभको बीजारोपण भएको पाइन्छ । यहाँका स्वार्थी नेतृत्व पङ्क्ति मूल्य र मान्यतालाई बिर्सेर सत्तालिप्सामा परी उदरदायित्वबाट सदैव टाढा रहेकाले आज आम नागरिक लोडसेडिङको चपेटामा परेका छन् । हिउँदमा खोलानाला सुख्खा हुने भएकाले लोडसेडिङ गर्नुपर्ने सुगा रटान सुनिन्छ तर प्रशस्त प्राकृतिक स्रोत र अवसर उपलब्ध हुँदासम्म सत्तामोहमा डुबेका नेतृत्व पङ्क्तिको आफ्नै बखान छ ।     वीरगंज शहर औद्योगिक तथा प्रवेशद्वारको रूपमा चिनिन्छ । यस क्षेत्रमा विभिन्न कल–कारखानाको स्थापनाले वीरगंज क्षेत्रले आफ्नै पहिचान र विविधता बोकेको छ