Posts

Showing posts with the label सन्दर्भः योग दिवस

योगको महत्व

Image
श्रीमन्नारायण     तेस्रो अन्तर्राष्ट्रिय योग दिवस बडो उत्साहका साथ विश्वभरि मनाइँदैछ । निश्शुल्क अथवा अति नै न्यून खर्चमा शरीरभित्र रहेका अनेकौ रोगहरूको उपचार यसबाट सहज सम्भव भएकोले यसप्रति आकर्षण बढदै गएको छ । नियमित योग गर्नाले रोगको सम्भावना समाप्त गर्न सकिन्छ । योगको माध्यमबाट विश्वका करोडौ मानिस लाभान्वित भएका छन् ।     योगमा तनावरहित मस्तिष्क एवं स्वस्थ शरीरको मूल तŒव केन्द्रित रहेको हुन्छ । योग भनेको जोडनु हो । योगले प्रेम, अहिंसा, करुणा एवं सबैलाई सँगसँगै लिएर अगाडि बढने भाव केन्द्रित गरेको हुन्छ । आन्तरिक एवं आत्मिक विकास तथा मानवकल्याणसँग जोडिएको विज्ञान हाम्रो भावी पुस्ताको निम्ति ठूलो निधि साबित हुन सक्दछ ।     वर्तमान अवस्थामा योगिक विज्ञान जति महŒवपूर्ण साबित भइरहेको छ, यसभन्दा अघि यति बढी महŒवपूर्ण थिएन । वर्तमान अवस्थामा हामीसँग विज्ञान एवं प्रविधिका तमाम साधन उपलब्ध छन् जो विश्वको निर्माण एवं विध्वंस दुवै गर्न सक्षम छ र गरिरहेको छ पनि । यस्तो अवस्थामा यो निकै महŒवपूर्ण हुन जान्छ । यसले जीवनप्रति जागरुकता एवं यस्तो भाव कायम गर्छ कि हामी प्रत्येक प्राणीमा आप्mनै शरीरको