Posts

Showing posts with the label यात्रा संस्मरण

दशैंमा दिल्ली– २०१२

Image
दिल्लीमा गरिएको आर्य महासम्मेलन–२०१२ को तेस्रो दिन बिहान उठेर दिसा पिसाब, नुहाइधुवाई गरिसकेपछि साथीहरू आज के गर्ने भनी सल्लाह गर्न लागे। केहीले आज बाबा रामदेवको भाषण सुन्नुपर्छ भने त केहीले उनलाई बराबर टिभीको पर्दामा हेरेकै छौं, आज दिल्लीको प्रसिद्ध स्थल अक्षयधाम (अक्षरधाम) हेर्न जाऔं भन्न लागे। अक्षरधाम जाने गु्रपमा म पनि सामेल भएँ। सम्मेलनस्थलकै भान्छामा खाना खाएर हामी ८ जना ९ बजे नै सम्मेलन स्थलबाट हिंड्यौं। मेट्रो रेलको चर्चासम्म सुनिएको थियो आज मेट्रोबाटै सफर गर्‍यौं। सुलभ र आरामदायक मेट्रो बदल्दै ११ बजेतिर हामी अक्षरधाम पुग्यौं। दिल्लीमा जुनसुकै स्थलमा गए पनि भीडैभीड धक्कमधक्का देखिन्थ्यो। अक्षरधाम पनि के कम झन् बढी भीड, भित्र जान लामो लाम लागियो।     भित्र छिरेपछि सय एकड भूमिमा फैलिएको स्थापत्य शिल्प र मनमोहक ऐतिहासिक प्रविधिपूर्ण सजिएको विशाल परिसर देखियो। अलि अगाडि बढेपछि भव्य महालय पुगियो। जुन गुलाबी पत्थर र श्वेत संगमरमर संयोजन गरेर बनाएको यो महालयको बीच भागमा भगवान् स्वामी नारायणको पञ्चधातुले बनेको स्वर्णमण्डित करिब १२ फिट अग्लो ठडिएको मूर्ति देखियो। एक छेउमा साङकेतिक रू

दशैंमा दिल्ली– २०१२

– गताङ्कको बाँकी  दिल्लीको रोहिणी सेन्टर स्वर्ण जयन्ती पार्कमा आर्य समाज भारतले आयोजना गरेको २०१२ को लागि सहभागी भएकाहरूका लागि आयोजकहरूले निकै मेहनतपूर्वक व्यवस्था गरेको देखियो । झन्डै हजार व्यक्ति सुत्न–बस्न सक्ने टेन्टहरू गाडिएका र घुम्दा कुनै शहरको विशाल गल्ली हो कि जस्तो भान हुन्थ्यो । तर पनि चिसोका दिन बन्द कोठामा बस्ने बानी परेका हामीहरूको लागि यस्ता समेनामा रात बिताउनु कठिन थियो । सहभागी मित्रहरूलाई लजहरूमा पनि व्यवस्था मिलाइएको छ भनी पर्चामा पढ्न पाइएको थियो । केही ठूलाबडा आर्यसमाजी पण्डितहरू लजमा बसेको पनि थाहा पाइयो । हुनत लजमा बस्नेहरूको पनि गुनासो थियो– लजबाट सम्मेलन स्थलसम्म आउन–जान कममा सय रुपियाँ भाडा तिर्नुपर्ने र दिनभर पट्टाइलाग्दा आराम गर्ने ठाउँको अभाव आदि । हामी समेनामा बस्नेहरूलाई सबेरै दिसा मैदान गर्न सार्‍है कठिनाइ हुन्थ्यो । महासम्मेलनमा भाग लिने व्यक्तिहरूले एक अर्काको ख्याल गर्नुपथ्र्यो, त्यस्तो पाइएन । आयोजकहरूले त्यत्रो भीडको लागि व्यवस्था राम्रै गरेका हुन् । तर भाग लिन आउनेहरू आर्य आचरणका देखिएनन् । आयोजकहरूले पाइखाना बाहिर थुपारिदिएको अघिल्लो दिनको हजारौ

दशैंमा दिल्ली– २०१२

- सुशील मुडभरी सन् २०१२ सालको अन्तर्राष्ट्रिय आर्य महासम्मेलन अक्टुबर २५–२८ चार दिन दिल्लीमा भव्यताका साथ हुने समारोहमा भाग लिन बाराका आर्य समाजका अध्यक्ष विन्देश्वरी आर्यले आर्य समाजका प्रचारक र हामी शुभेच्छुकहरूसँग धेरै दिनदेखि अनुरोध गर्दै आउनुभएको थियो । पहिले–पहिले कलकत्तामा हुने गरेको आर्य सम्मेलनहरूमा पनि भाग लिन जान उहाँले सार्‍है जोड दिनुभएको थियो । तर त्यस बेला अनुकूल नमिलेको र स्वास्थ्यले साथ नदिएकोले पनि गइएन । यसपटक चाहिं उहाँको आग्रह टार्न सकिएन ।     नेपाल आर्य समाज बाराका अध्यक्ष विन्देश्वरी श्रमजीवी मानिस हुन्, उनी खेतीपाती गरेर, तरकारी बेचेर आफ्नो गुजारा गर्छन् । पण्डितहरूस जो आफूलाई ठूलै सम्झन्छन्, चाहे ती आर्य समाजका ठेली फलाक्नेहरू हुन् वा आफूलाई माक्र्सवादी नेता सम्झनेहरू हुन् । सबै सङ्घसंस्था पार्टीहरूमा त्यस्ता घोकन्तेप्रति मेरो तिरस्कार नै रह्यो । आफूले काम गरेको सामाजिक, धार्मिक, राजनैतिक संस्थाप्रति पूरै इमानदार रहने व्यक्तिले कम बुझेपनि, कम जोनपनि समाजको अहित गर्दैन भन्ने मेरो ठम्याइ छ । सबेरै सत्स·हरूमा शान्ति शान्तिको मन्त्र फलाक्नेहरू दिउँसो किसानबीच गएर