Posts

Showing posts with the label स्थानीय समाचार

माउन्ट एडमन्डमा लक्ष्य निर्धारण कार्यशाला

Image
प्रस, वीरगंज, २२ फागुन/ माउन्ट एडमन्ड माध्यमिक विद्यालयले लक्ष्य निर्धारण कार्यशाला गोष्ठी सम्पन्न गरेको छ। विद्यालयका प्रधानाध्यापक अनन्तकुमारलाल दास प्रमुख प्रशिक्षक रहेको सो कार्यक्रममा उनले भने– “सपना भनेको कल्पना मात्र हो र लक्ष्य भनेको योजनासहितको सपना हो। लक्ष्यबेगरको मानिस भनेको आत्माबेगरको मानिस हो। यदि लक्ष्य स्मार्ट भएन भने त्यो कहिल्यै पूरा हुँदैन र अहिलेका विद्यार्थीहरूले गोलपोस्टबेगर फूटबल खेलिरहेका हुनाले यो गोष्ठी विद्यार्थीहरूका लागि लाभदायक छ।” यसैगरी, सहायक प्रशिक्षिका सुनिधि दासले यदि समस्यामाथि जोड दिइयो भने लक्ष्य ओझेलमा पर्छ र लक्ष्यमाथि जोड दिइयो भने समस्या ओझेलमा पर्छ भन्दै चुनौतीपूर्ण लक्ष्य निर्धारण गरियो भने लक्ष्य हासिल गर्न रमाइलो हुने बताइन्। कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरू समावेश भएको सो कार्यशाला गोष्ठीमा लक्ष्य भनेको के हो ? यो किन आवश्यक छ ? लक्ष्य कस्तो हुनुपर्छ ? लक्ष्यलाई कति श्रेणीमा विभाजन गरेर तयार गर्नुपर्छ ? लक्ष्यलाई कसरी स्मार्ट बनाउने ? लक्ष्य किन असफल हुन्छ ? स्वोट (क्ध्इत्) विश्लेषण कसरी गर्ने ? यसका के के फाइदाहरू छन् ? जस्ता विषयहर

२ जना महिलासहित ७१ जनाद्वारा रक्तदान

प्रस, वीरगंज, २२ फागुन/ वीरगंज महानगरपालिका–१४ सानो पिपरामा युवा समाज पिपराले आयोजना गरेको रक्तदान कार्यक्रममा दुईजना महिलासहित ७१ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेयले बताए। उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजको मूलगेटमा आयोजित रक्तदान कार्यक्रमको उद्घाटन नगरप्रमुख विजयकुमार सरावगीले गरेका थिए। समाजका अध्यक्ष अनिल पटेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका नेता रहबर अन्सारीले रक्तदान गरेपछि स्वास्थ्यमा हुने फाइदाका बारेमा जानकारी गराएका थिए। कार्यक्रममा सीमा पटेल, सुनीता श्रेष्ठ, रवीन्द्र दास, प्रताप पटेल, शिवरतन साह, राकेश साह, रवीन्द्र पटेल, मन्तोष पटेललगायतले रक्तदान गरेको केन्द्रका प्राविधिक प्रमुख पाण्डेयले बताए।

कलैयाको तरकारी तथा फलफूल बजारमा क्युआर कोड हस्तान्तरण

Image
प्रस, कलैया, २२ फागुन/ नेपाल राष्ट्र बैंकले अहिले क्युआर कोडमार्फत हुने भुक्तानीलाई अभियानकै रूपमा अघि बढाएको सन्दर्भमा माछापुच्छ«े बैंक, कलैया शाखाले बारा, कलैयास्थित तरकारी तथा फलफूल बजारका ४५ जना व्यवसायीलाई क्युआर कोड हस्तान्तरण गरेको छ। नेपाल राष्ट्र बैंक, वीरगंज कार्यालयका निर्देशक डा राजनकृष्ण पन्तको प्रमुख आतिथ्यमा सम्पन्न क्युआर कोड हस्तान्तरण कार्यक्रममा निर्देशक पन्त, कलैया उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष प्रदीप साहलगायतले बजारमा सामान खरीद गरी क्युआर कोडमार्फत भुक्तानी गरेका थिए। निर्देशक डा पन्तले नेराबैंकको प्रमुख उद्देश्य स्वस्थ, सुरक्षित र सक्षम भुक्तानी प्रणालीको विकास गर्नुरहेको बताए। उनले यस सन्दर्भमा क्युआर कोड भुक्तानी प्रणाली सुरक्षित, भरपर्दो र विश्वासिलो बनाउन नेराबैंकले क्युआर कोड स्ट्यान्डराइजेशन पे्रmमवर्क र गाइडलाइन पनि जारी गरेको तथा दैनिक विद्युतीय कारोबारको सीमासमेत दोब्बर गरेको बताए। उनले नयाँ नोट छपाइ एवं ढुवानी गर्दा ठूलो धनराशि खर्च हुने भएकोले क्युआर कोड भुक्तानी सेवामार्फत राज्यको खर्च घटाउन सहयोग पुग्नुका साथै ग्राहक एवं खुद्रा पसले दुवैलाई फाइदा ह

खोपबारे ज्येष्ठ नागरिकलाई जानकारी

प्रस, ठोरी, २२ फागुन/ कोरोनाविरुद्धको खोपबारे ठोरी गाउँपालिकाका ज्येष्ठ नागरिकहरूलाई अभिमुखीकरण कार्यक्रम गरी जानकारी गराइएको छ। आइतवार फागुन २३ गतेदेखि सरकारले ६५ वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिने कार्य शुरू गर्ने हुनाले ठोरी गाउँपालिकाले गापामा भएका ज्येष्ठ नागरिकहरूलाई जानकारी गराउने अभिप्रायले कार्यक्रम आयोजना गरेको स्वास्थ्य संयोजक रमेश थिङले बताए। गापा कार्यालय घ्याङडाँडामा आयोजित कार्यक्रममा सहभागीहरूलाई स्वास्थ्य संयोजक थिङले ठोरी, निर्मलबस्ती, सुवर्णपुरस्थित स्वास्थ्य चौकीमा कोरोनाविरुद्धको खोप लगाइने जानकारी गराए। उनले वडा नं १ र २ का ज्येष्ठ नागरिकलाई ठोरी–२ गौतमनगरस्थित स्वास्थ्यचौकी, वडा नं ३ र ४ का ज्येष्ठ नागरिकलाई विजयबस्ती स्वास्थ्यचौकी र वडा नं ५ का ज्येष्ठ नागरिकलाई सोही वडाको सुवर्णपुर स्वास्थ्यचौकीमा कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गरिएको बताए। उनले यो चरणको खोप फागुन २३ देखि २६ गतेसम्म ठोरी गाउँपालिकामा सञ्चालन हुने र त्यसका लागि प्रत्येक केन्द्रमा दुईजना खोप लगाउने स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेवकको व्यवस्था गरिएको बताए। उनले अहिले

भोज भगत माविको भवन उद्घाटन

Image
प्रस, परवानीपुर, २२ फागुन/ भोजभगत माविको नयाँ भवनको उद्घाटन भएको छ। बारा जिल्ला परवानीपुर गाउँपालिका–३ लिपनीस्थित भोजभगत माविमा नवनिर्मित भवनको प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले उद्घाटन गरेका हुन्। वीरगंज–पथलैया ६ लेन सडक विस्तारको क्रममा सो विद्यालयको पुरानो भवन भत्काइएकोले नयाँ भवन निर्माण गरिएको हो। २०६४ सालपछि ४० लाख रुपैयाँको लागतमा निर्माण गरिएको विज्ञान भवनलाई नै विद्यालयको मुख्य भवनको रूपमा सञ्चालन गर्न शुभारम्भ गरिएको छ। करीब एक बिघा क्षेत्रफलमा निर्माण गरिएको विद्यालय भवनको उद्घाटन समारोहमा बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, बाराका प्रहरी उपरीक्षक दीपेन्द्र शाही, प्रसौनी गापाका अध्यक्ष भोला गुप्ता, परवानीपुर गापाका अध्यक्ष हरिनारायण साह, वडाध्यक्षहरूलगायतको सहभागिता थियो। सो विद्यालयको पुरानो भवनमा प्लस २ सम्मको अध्ययन हुन्थ्यो भने नयाँ भवनमा कक्षा १० सम्म मात्र पठनपाठन गराइने विद्यालयका प्रधानाध्यापक चनरदेव कुशवाहाले बताए। उद्घाटन समारोहमा विद्यालयको लागि जग्गादान गर्ने स्व भोजभगतकी पत्नी स्व अनुपी देवीको सालिकको पनि अनावरण मन्त्री सोनलले ग

अभिभावकहरूलाई शैक्षिक परामर्श

Image
प्रस, वीरगंज, २२ फागुन/ ज्ञानदा एकेडेमीले अभिभावकहरूलाई लक्षित गरेर शैक्षिक कार्यशाला गोष्ठी आयोजना गरेको छ। सो अवसरमा विद्यालयका प्रअ डा सिबी जदलीले अभिभावकहरूबाट बालबालिकाहरूले अनुसरण गर्ने हुनाले अभिभावक जागरूक हुनुपर्ने सुझाव दिए। उनले कुनै पनि क्रियाकलाप गर्दा बच्चाहरूमा असर पर्ने काम नगर्न अभिभावकहरूलाई सुझाए। बालबालिकाहरूको अगाडि हुने क्रियाकलापहरूको उनीहरूले सिको गर्ने हुनाले अभिभावहरूले यसबारेमा विशेष सजगता अपनाउनुपर्ने उनको सुझाव थियो। २१औं शताब्दीमा बालबालिकाहरूको मनःस्थिति बुझेर अभिभावकले महत्वपूर्ण कदम चाल्नुपर्ने प्रअ डा जदलीले बताए। कार्यक्रममा श्रब्यदृश्यमार्फत् पनि अभिभावकहरूलाई बालबालिकाहरूको आत्मविश्वास बढाउने उपायहरूको बारेमा जानकारी गराइएको थियो। कार्यक्रममा सहभागी अभिभावकहरूले आआफ्ना जिज्ञासा राखेका थिए।

ठोरीमा चार दिने स्वास्थ्य शिविर शुरू

प्रस, ठोरी, २२ फागुन/ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ठोरी गाउँपालिकामा चार दिने पाठेघरसम्बन्धी परीक्षण तथा निश्शुल्क स्वास्थ्य शिविर शुरू भएको छ। वडा कार्यालयको आयोजनामा वयोधा अस्पताल वीरगंज र उन्नति मेडिकल सुवर्णपुरको प्राविधिक सहयोगमा आयोजित शिविरको उद्घाटन उपाध्यक्ष शान्तिमाया थिङले गरेकी थिइन्। उनले महिलाहरूको हकहित महिला दिवसमा मात्र नभई ३६५ दिन लागू हुनुपर्ने बताइन्। उनले समाजका धेरैजसो महिला स्वास्थ्य संस्थासम्म पुगेर उपचार गराउने हैसियतमा नरहेकाले गाउँपालिकामा शिविर सञ्चालन गरेको भन्दै सोबाट लाभ लिन आग्रह गरिन्। उनले घरायसी हिंसा र अशिक्षाको कारण महिलाहरू आफ्नो रोगलाई लुकाउने गरेको र पछि समस्या बल्झेर पीडित हुने गरेको भन्दै शिविरमा खुलेर आफ्नो रोगको उपचार गराउन सुझाइन्। कार्यक्रममा सुनीता बुढाथोकीले स्वागत गरेकी थिइन् भने सहजीकरण चन्द्र नेवारले गरेका थिए। वडाध्यक्ष्F रामबहादुर पाख्रिनको अध्यक्ष्Fतामा भएको उद्घाटन समारोहमा स्वास्थ्य संयोजक रमेश थिङ, शिक्षक महासङ्घका अध्यक्ष अमृत श्रेष्ठ, समाजसेवी लेखमान थापालगायतले शुभकामना व्यक्त गरेका थिए। शिविर सुवर्णपुरमा दुई दिन र वडा

डिपिएसको १७औं वार्षिकोत्सव सम्पन्न

Image
प्रस, वीरगंज, २१ फागुन/ दिल्ली पब्लिक स्कूल वीरगंजले १७औं वार्षिकोत्सव मनाएको छ। बाराको परवानीपुर गाउँपालिका वडा नं ४ चैनपुरस्थित विद्यालय परिसरमा विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको हो। कार्यक्रममा एलकेजीदेखि कक्षा १२ सम्मका विद्यार्थीले विविध प्रस्तुति प्रदर्शन गरेका थिए। कार्यक्रममा कराँते, कथक नृत्य (लावनी), नेपाली नृत्य, हिन्दी नृत्य, नाट्य कथा तथा नेपाली र अङ्ग्रेजी गीतमा गायन पनि प्रस्तुत गरिएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिखमचन्द अग्रवालको अध्यक्ष्Fता तथा भारतीय महावाणिज्य दूतावासका कन्सुलर डा. कोट्रास्वामीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य सत्यनारायण अग्रवाल, चौधरी ग्रुपका एडुकेशन हेड गर्ली अग्रवाल, सिजी फाउन्डेशनका एकेडेमिक हेड भूषणचन्द सेन गुरुङलगायतको सहभागिता रहेको विद्यालयका प्रधानाध्यापक गौरीशङ्कर चौधरीले बताए। कार्यक्रमको अन्त्यमा विद्यालयका उपप्रधानाध्यापक रञ्जीव आनन्दले विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, सम्पूर्णमा धन्यावद ज्ञापन गरे। कार्यक्रममा प्रमुख अतिथि डा. स्वामीले विद्यार्थीहरूको चौतर्फी विकासको लागि

रेलमार्ग निर्माणका लागि सर्भे कार्य पुनः सुचारु

Image
प्रस, निजगढ, २१ फागुन/ रेलमार्ग निर्माणको लागि रोकिएको सर्भे कार्य शुक्रवारबाट पुनः सुचारु भएको छ। बकैया खोला किनार ड्यामको पूर्वी किनारलाई समाउँदै रेलमार्ग लैजाँदा मानवबस्ती, निजी खेतीयोग्य जमीन नपर्ने, तटबन्धको दीर्घकालीन समस्यासमेत समाधान हुने गरी रेलमार्ग लैजाँदा उपयुक्त हुने भन्दै सर्भे कार्य सुचारु गरिएको हो। यसअघि मानवबस्ती, खेतीयोग्य जमीनबीचबाट कोही कसैलाई जानकारी नै नदिई सर्भे गरेसँगै स्थानीयहरूले अवरोध गर्दै रोकेका थिए। त्यसपछि रेल विभाग काठमाडौंका महानिर्देशक प्रमिला बज्राचार्य, रेलमार्गका लागि युसिङ कोरियन सर्भे कन्सल्ट्यान्टका मुख्य सर्वेयर मिस्टर कु, मिस्टर सोन, रेल विभागका सिनियर डिभिजन इन्जिनीयर देवेन्द्रप्रसाद साह, नेपाली सर्भे कन्सल्ट्यान्टका जियोलोजिस्ट अच्युत कोइरालासहितको प्राविधिक टोलीले निजगढको बकैया खोलाको पूर्वीतर्फको क्षेत्रको स्थलगत अनुगमन गत फागुन ९ गते गरेको थियो। सो अनुगमनमा निजगढका प्रमुख सुरेशकुमार खनाल, रेलमार्ग पीडित सरोकार समिति निजगढका पदाधिकारी, स्थानीयसमेत थिए। स्थलगत अनुगमन गर्नुअघि निजगढ नपामा भएको सो टोलीसँगको छलफलमा बकैया खोलापारि पश्चिम किनारल

अनाथालयलाई बालबालिकाको खान्गी पु–याउन नै धौधौ

Image
 प्रस, गरुडा, २१ फागुन/ रौतहटको गरुडामा स्थापित वंशीराम जयसवाल अनाथालयले आउँदो चैतको पहिलो हप्तामा रजतजयन्ती समारोहको आयोजना गर्दैछ। २०५२ चैतमा स्थापित यस अनाथालयले अभावको अनेक शृङ्खला पार गरिसकेको छ तर पनि अभावले सताउन छोडेको छैन। निरन्तर अनाथको सम्पूर्ण सेवा गरिरहेको यस निस्स्वार्थ संस्थामा खाद्यान्न अभाव सदैव भइरहन्छ। अनाथालयले सहयोग पाउँदै नपाउने होइन, सर्वसाधारणको निरन्तर सहयोग पनि पाइरहेको छ तर अनाथ बालबालिकाको सङ्ख्या धेरै भएको यस संस्थामा मानवीय समस्याहरू भने आइरहन्छन्। “एक दिनको दुई छाकमा झन्डै १५ किलो चामल खर्च हुन्छ, एक बोरा चामलले मुश्किलले दुई दिन टर्छ,” अनाथालयको रेखदेख गर्ने नवयुवक हृदयनारायण कश्यप भन्छन्। उनी थप्छन्– बालबालिका धेरै छन्, यसैले गर्दा खाद्यान्न अभाव भइरहन्छ। धेरै मनकारी तथा धनकारीहरूले आफ्नो जन्मदिन, विवाहोत्सव, छोरा वा छोरीको जन्मदिन तथा अन्य शुभ अवसरहरूमा खाद्यान्न उपलब्ध गराउने गरेका छन्। आफ्नै खुशीले उपलब्ध गराउने चामल, दाल, तरकारी तथा अन्य साधनले अनाथालयमा बालबालिका पालिएका छन्। मौसम अनुसारको कपडा तथा चाडपर्व अनुसारको सामग्री पनि मानिसहरूले पु–याइदिने

उपचारपछि सिंहको एउटा आँखाले देख्न छाड्यो

Image
प्रस, वीरगंज, २१ फागुन/ वीरगंज महानगर–१५ भिस्वा निवासी ४१ वर्षीय वीरेन्द्र सिंहले एउटा आँखा गुमाएका छन्। वीरगंज–१६ नगवास्थित किरण आँखा अस्पतालमा उपचार गराउने क्रममा उनले आँखा गुमाउनुपरेको बताए। दुई साताअघि आँखा दुखेपछि किरण आँखा अस्पतालमा चेकजाँच गराएको र त्यहाँका चिकित्सक डा अमर क्यालले आँखामा इन्जेक्सन लगाएपछि उनले देख्न छाडेको बताए। किरण आँखा अस्पतालमा उपचार गराउँदा आँखाले देख्न छाडेपछि वीरगंजका अन्यत्र आँखा अस्पतालमा पनि देखाएको र त्यहाँका चिकित्सकहरूले आँखा निको हुन नसक्ने भनी बताएको पीडित सिंहले बताए। अन्यत्रका चिकित्सकले आँखाले देख्न नसक्ने बताएपछि यसबारेमा किरण आँखा अस्पतालमा बुझ्न गएको तर चिकित्सकहरू कोही नभेटिएको उनले बताए। उनले आफूहरू आँखा अस्पतालमा आउँदै गरेको जानकारी पाएर चिकित्सकहरू फरार भएको बताए। एउटा आँखा गुमाएका सिंहले यसविरुद्ध कारबाई प्रक्रिया अगाडि बढाउने बताएका छन्।

२ महिलासहित १२५ जनाद्वारा रक्तदान

Image
प्रस, पोखरिया, २१ फागुन/     पर्साको पोखरिया नगरपालिका र बाराको बारागढी गाउँपालिकामा नेपाल रेडक्रस सोसाइटी उपशाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा दुईजना महिलासहित १२५ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले बताए।     पोखरियामा नेपाल विद्युत् प्राधिकरण, सशस्त्र प्रहरी, नेशनल माइक्रो फाइनान्स र पोखरिया नगरपालिकाको सहकार्यमा नेपाल रेडक्रस सोसाइटी पोखरिया उपशाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा ८३ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्रका प्रमुख उदयराज शर्माले बताए।     रक्तदान कार्यक्रममा अनिल गिरी, जनार्दन गिरी, रमाकान्त महतो, बृजेश साह कानू, प्रमेन्द्र थारू, उमेश चौहान, प्रभात पटेल, हरिकिशोर चौहान, धीरेन्द्र यादव, अजय यादवलगायतले रक्तदान गरेको प्रमुख शर्माले जानकारी गराए।     उपशाखाका सभापति भगवान्प्रसाद कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य प्रह्लाद गिरी, नगरप्रमुख दीपनारायण रौनियार, संविधानसभा सदस्य रामेश्वर रौनियार, ललन द्विवेदीलगायतको सहभागिता थियो।     यसैगरी, बारागढी नगरपालिकामा नेपाल रेडक्रस सोसाइटी बारागढी उपशाखाले आय

कानूनबमोजिम समस्याको समाधान –प्रजिअ पौडेल

Image
प्रस, वीरगंज, २१ फागुन/ बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जिल्लामा रहेका समस्याहरूलाई कानूनबमोजिम समाधान गर्ने प्रतिबद्धता जाहेर गरेका छन्। जिल्ला प्रशासन कार्यालय, बारामा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा प्रजिअ पौडेलले आफ्नै सबै कामकारबाईहरू कानूनको परिधिभित्र रहेर हुने बताए। उनले आफूले यो गर्छु, त्यो गर्छु भन्दा पनि प्राथमिकतामा कानूनलाई राखेर काम गर्ने बताए। उनले आफ्नो कार्यकालमा सुशासनको अनुभूति दिलाउने प्रतिबद्धता पनि जाहेर गरे। प्रजिअ पौडेलले भने, “मेरो कामकारबाईबाट तपाईंहरू खुशी हुनुहुनेछ र सन्तुष्टि प्रकट गर्नुहुनेछ।”

समयमा कर चुक्ता गरी लाभ लिन सकिन्छ –भण्डारी

Image
 प्रस, निजगढ, २० फागुन/ आर्थिक विधेयक २०७७ ले प्रदान गरेको छुट सुविधासम्बन्धी अन्तत्र्रिmया निजगढमा बिहीवार सम्पन्न भयो। कार्यक्रममा आन्तरिक राजस्व कार्यालय सिमरा बाराका प्रमुख नारायणप्रसाद भण्डारीले उद्योगी–व्यवसायीलाई राज्यबाट नै कर छुट आएकोले तोकिएकै समयसीमाभित्र करचुक्ता गरी लाभ लिन आग्रह गरे। कार्यक्रममा सहभागी उद्योगी–व्यवसायीहरूले आन्तरिक राजस्व कार्यालयमा जाँदा कर्मचारीहरूको व्यवहार मैत्रीपूर्ण नहुने, प्रक्रिया झन्झटिलो बनाउने जस्ता अनावश्यक दुःख दिने गरेकाले कर तिर्न जाँदा पनि पीडाबोध हुने वातावरण अहिले पनि कायमै रहेको खुलेरै पीडा पोखे। कार्यक्रमका प्रमुख अतिथि निजगढका प्रमुख सुरेशकुमार खनालले कर तिर्न आउने उद्योगी–व्यवसायीहरूलाई मैत्रीपूर्ण व्यवहार गर्न आग्रह गर्दै जनताले तिरेको करबाट नै मुलुक सञ्चालन हुने भएकोले समयमैं राज्यलाई कर तिर्न उनले आग्रह गरे। कार्यक्रममा विशिष्ट अतिथि निजगढकी उपप्रमुख लीलादेवी लामिछानेले सबै उद्योगी–व्यवसायीलाई करको बारेमा जानकारी नहुने हुँदा बेलाबखत तालीमको व्यवस्था र सेवाग्राहीहरूले नबुझेका कुरालाई सहज ढङ्गले बुझाउँदै बेलैमा राज्यलाई कर तिर्नुपर्

वन कर्मचारीहरूमाथि आक्रमण गर्ने जेल चलान

 प्रस, निजगढ, २० फागुन/ एक महीनाअघि बाराको करैयामाई गाउँपालिका–७ प्रिपामा वन सुरक्षाकर्मीहरूमाथि सामूहिकरूपमा गरेको आक्रमणको घटनामा संलग्न सोही गाउँपालिका–७ का बलिराम दास थारू पुर्पक्षको लागि जेल चलान भएका छन्। सालको गोलिया चोरी गरी बस्ती आसपासको स्थानमा लुकाएको सुराकी दिएर फरेस्टर जयप्रकाश साह, सशस्त्र वनरक्षक जमदार नवलकिशोर साह, सशस्त्र वनरक्षक मानबहादुर श्रेष्ठ, वनरक्षक नवीन चौधरीमाथि माघ १९ गते राति योजनाबद्ध तरीकाबाट आक्रमण गरिएको थियो। सो आक्रमणमा घाइते भएकामध्ये साह, श्रेष्ठ र चौधरी अहिलेसम्म पूर्णरूपमा स्वस्थ भएका छैनन्। उनीहरूको उपचार भइरहेको डिभिजन वन कार्यालय बाराले जनाएको छ। सो घटनाका घाइते सशस्त्र वनरक्षकले अभियुक्त बलिरामलाई सोही बखत नियन्त्रणमा लिन सफल भएका थिए। अभियुक्त बलिराममाथि बारा प्रहरीले अनुसन्धान गरी मुद्दा दायर गरेसँगै बारा जिल्ला अदालतले फागुन १८ गते पुर्पक्षका लागि जेल चलानको आदेश दिएको र उनलाई वीरगंज कारागार चलान गरिएको डिभिजन वन कार्यालय बाराले जनाएको छ। सो घटनामा संलग्न थप तीनजनामाथि कर्तव्य ज्यान मुद्दालगायतको किटानी जाहेरी डिभिजन वन कार्यालय बाराले बारा

आगलागीपीडितलाई राहत वितरण

Image
 प्रस, पर्सागढी, २० फागुन/ आगलागीबाट मृत्यु भएकी रिङ्की देवीको परिवारलाई प्रदेशसभा सदस्य राजेश्वर साह तेलीले खाद्यान्न सहयोग गरेका छन्। १२औं दिनको पुण्यतिथिमा रिङ्की देवीका पति राजेश कुमारलाई २ बोरा चामल, २ बोरा च्युरा, १/१ बोरा दाल, चिनी, नून र १५ लिटर तेल प्रदेशसभा सदस्य तेलीले सहयोग गरेका हुन्। सो अवसरमा मदनप्रसाद यादव, सरजुग महतो, वकील अन्सारी, रुदल अन्सारी, प्रकाश ठाकुरलगायतको सहभागिता थियो। मुसौली टोलकी रिङ्की देवी आगलागीबाट घाइते भएपछि उनको उपचार वीरगंज, काठमाडौं र पटनामा गराइएको र पछि वीरगंजको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।

छात्राहरूलाई आत्मरक्षा तालीम

Image
प्रस, पर्सागढी, २० फागुन/     यौनजन्य हिंसा न्यूनीकरणका लागि आसमान नेपालले पर्सागढी नगरपालिकाको नेरामावि बर्वाटाँडीमा अध्ययनरत छात्राहरूलाई आत्मरक्षा तालीम प्रदान गरेको छ।     कक्षा ६ देखि १२ मा अध्ययनरत छात्राहरूलाई यौनजन्य हिंसा न्यूनीकरणका लागि आत्मरक्षा तालीम प्रदान गरिएको हो। तालीममा फाइस ब्याक क्लब ललितपुरका उद्धव थापामगर, सुरेन्द्र थापामगर, अश्विनकुमार चौधरी, विनोदबहादुर तामाङ, उर्मिला तामा, निशा तामाङ, सन्तुकुमार तामाङ, पूजा मगरलगायत १७ जनाले आत्मरक्षाका विविध विधाबारेमा छात्राहरूलाई प्रशिक्ष्Fण दिएका थिए। उनीहरूले महिला हिंसा न्यूनीकरणका लागि छात्राहरू आफैं सक्रिय हुनुपर्ने बताउँदै आत्मरक्षासम्बन्धी विविध विधाबारेमा प्रदर्शन गरेर प्रशिक्ष्Fण दिएका थिए।

ग्रीन सिटीको आयोजनामा वृक्षरोपण

Image
प्रस, वीरगंज, २० फागुन/ समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले बिहीवार वृक्षरोपण गरेको छ। आदर्शनगरलाई ग्रीन बनाउने अभियान अन्तर्गत १८औं चरणको कार्यक्रममा आज नेपाल राष्ट्र बैंकको उत्तरतर्फको फूटपाथदेखि ठाकुर राम बहुमुखी क्याम्पसअगाडि श्रीसिया पुलसम्म ८० वटा बिरुवा रोपिएको ग्रीन सिटीका अध्यक्ष प्रकाश खेतानले बताए। नगरप्रमुख विजयकुमार सरावगी, प्रमुख जिल्ला अधिकारी आसमान तामाङ, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, नेपाल पत्रकार महासङ्घ पर्साका सचिव युवराज खड्का, वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाईं, प्रनि सुमन कार्की, दीपक साह, सरोज प्रजापति, ग्रीन सिटीका सञ्जय शर्मा, कविता खेतानलगायतको सहभागितामा वृक्ष्Fरोपण गरिएको थियो।

बारामा काठ चोरी तस्करीका घटना बढ्यो

Image
प्रस, निजगढ, २० फागुन/ दिनरात वन सुरक्षाका लागि खटिएका वन कर्मचारीहरूले गस्ती गरिरहे पनि बाराको वन क्षेत्रमा पेशेवर काठ चोर तस्करहरूले रूख ढाल्दै गोलिया चोरी तस्करी गर्ने गरेका छन्। डिभिजन वन कार्यालय सिमरा र मातहतका सशस्त्र वनरक्षक, वनरक्षक, वन कर्मचारीहरूले काठ चोरी तस्करीमा संलग्नहरूलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको र केही सफलता पनि पाएका छन्। तस्कररूले काठको तस्करी लुकीछिपी, छक्याएर गर्ने गर्छन्। चोरी तस्करी हुने वन पैदावार अन्त्यमा गाउँबस्तीमैं ल्याएर प्रयोग गर्ने गर्छन्। अवैध कार्य गर्नेहरूविरुद्ध सचेत स्थानीयहरूले समयमैं सूचना वन संरक्षणकर्मीहरूलाई दिन बेवास्ता गर्दा वा आफूलाई असुरक्षित महसूस हुने भएकाले पनि सम्बन्धित निकायसम्म सूचना पुग्दैन। यसले गर्दा काठ तस्करहरूको मनोबल बढेको पाइन्छ। गत आर्थिक वर्ष २०७६/०७७ मा ३२ वटा वन मुद्दा दायर भएको थियो। जसमा २२ वटा डिभिजन वन कार्यालयमा र १० वटा बारा जिल्ला अदालतमा दायर भएको थियो। काठ चोरी तस्करी बढेपछि वन मुद्दाको सङ्ख्यासमेत बढेको डिभिजन वन कार्यालय बाराको तथ्याङ्कले देखाएको छ। गत आर्थिक वर्ष २०७६/०७७ मा १ हजार २८२.४३ क्यूफिट काठ च

प्रस्तावित चलचित्र पत्रकार सङ्घ गठन

Image
 प्रस, वीरगंज, २० फागुन/ वीरगंजमा प्रस्तावित चलचित्र पत्रकार सङ्घ पर्सा गठन गरिएको छ। बिहीवार भएको भेलाले नीलिमा पौडेलको अध्यक्ष्Fतामा प्रस्तावित चलचित्र पत्रकार सङ्घ गठन गरेको हो। नवगठित सङ्घमा विवेक कर्ण उपाध्यक्ष्F, सूर्य विक सचिव, प्रणय साह सहसचिव, समिना रञ्जीतकार कोषाध्यक्ष्F र सदस्यहरूमा रश्मि राजभण्डारी, सोनम गौतम, जया साह, रञ्जीत यादव, एन्जल चौधरी, शम्भु सुमन छन्। केन्द्रीय महासचिव समीर बलामीको उपस्थितिमा १०औं शाखाको रूपमा प्रस्तावित चलचित्र पत्रकार सङ्घ पर्सा गठन भएको हो। कार्यक्रमका प्रमुख अतिथि चलचित्र पत्रकार सङ्घका महासचिव बलामीले वीरगंजमा नेपाली चलचित्रको बजार न्यून रहेको बताए। उनले नवगठित समितिले नेपाली चलचित्रको बजार वीरगंजमा बढाउन सघाउने विश्वास व्यक्त गरे। आर्थिक एवं व्यापारिक नगरी वीरगंजमा चलचित्र बजारको सम्भावना भएपनि राज्यबाट उपेक्षा गरिएको आरोप लगाए। कार्यक्रममा नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष श्याम बन्जारा, उपाध्यक्ष्F अनुप तिवारी, होटल तथा पर्यटन व्यवसायी सङ्घका अध्यक्ष हरि पन्त, प्रेस सङ्गठनका अध्यक्ष नीरज पिठाकोठे मगरलगायतले शुभकामना व्यक्त गरेका थिए। क