Posts

Showing posts with the label मतान्तर

‘मधेस’ कि ‘म देश’

-रामकुमार एलन-     जनकपुरमा ठेक्कापट्टामा जमिरहेका सञ्जय साह राजनीतिमा सियो बनेर पसे र अहिले फोरमलाई पाँचौ फुटको सँघारमा पुर्‍याए। उनको राजनीति अहिले नेपाली राजनीतिमा बिकाउको खबर बनेको छ। सबैतिर उनी यसरी छाएका छन् कि उनको राजनीतिक योगदान ओझेलमा पारियो र उनी पार्टी फोर्न बाध्य भए। उसो त मधेसवादी दलहरू फुटको सँघारमा पुगिरहने संस्करणमा एउटा साधारण संस्करण मात्र हो सञ्जय साहको यो प्रकरण। यसले समग्र मधेसको राजनीतिमा कति भ्यागुता जम्मा गर्ला र कुवाँ खनाउला, त्यो रहस्यकै पाटो हो। मधेसका नाममा जति पनि पार्टीहरू भए, तिनले साँच्चै तराईको विकास र नागरिकको हैसियत रूपान्तरणमा कति योगदान दिए त्यसबारे कहिल्यै पनि चर्चा हुन सकेन। केवल पार्टीहरू फुटमा परिरहेको खबरलेमात्र नयाँ चर्चा पाइरह्यो र यो संस्करणलाई निरन्तरता दिइरहेको छ।     मधेसवादी नेताहरूमा बढिरहेको महत्त्वाकाङ्क्षाको ओखति भने अहिले अभाव छ। पक्कै पनि मधेसवादी दलका नेताहरू अथवा मधेसका नेताहरू राजनीतिकरूपमा सत्ता र शक्तिमा रहन यसरी नै आयाराम गयाराम भइरहन्छन्। उनीहरूले हिजो काङ्ग्रेस र एमाले हुँदा सत्ताको जुन स्वाद चाखेका थिए, त्यो स्वादका लागि