Posts

Showing posts with the label कथा

बज्जी, वैशाली र वैश्य

Image
सञ्जय मित्र महात्मा बुद्धको महापरिनिर्वाणको केही समयपछि वैशाली ध्वस्त भयो। स्पष्टरूपले भन्नुपर्दा इतिहास अनुसार महात्मा बुद्धको महापरिनिर्वाणको तीन वर्षपछि लगभग ५४८ ईपूमा वैशालीको पतन भएको देखिन्छ। अजातशत्रुले वैशालीमाथि आक्रमण गरेका हुन्। वैशालीमा जहाँ महात्मा बुद्धले उपदेश दिएका थिए, त्यो ठाउँ अझ पनि तीर्थस्थलको रूपमा परिचित छ। महात्मा बुद्धले आफ्नो जीवनको अन्तिम उपदेश दिएको मानिएको ठाउँको स्मृतिमा ईसापूर्व तेस्रो शताब्दीमा सम्राट अशोकले बनाएको स्तम्भ (अशोकस्तम्भ) अहिले पनि रहेको छ। वैशाली कति पुरानो वा कति ऐतिहासिक ठाउँ हो भन्ने तथ्यको रूपमा यसलाई सामान्यतया मान्नुपर्ने हुन्छ कि अहिले पनि अशोकस्तम्भ अस्तित्वमा छ। महात्मा बुद्धले अत्यन्त मन पराएको ठाउँ वैशाली त्यस बेला समृद्ध थियो। विश्वको पहिलो गणतान्त्रिक शासन व्यवस्थाको लागि पनि यसको महत्व रहेको इतिहासले बताउँछ। अझ अलिक पुरानो इतिहासतिर जाने हो भने वैशालीको चर्चा रामायणमा पाइन्छ। वाल्मीकीय रामायणमा राम र लक्ष्मणसहित आचार्य विश्वामित्र जनकपुर जाने क्रममा एक रात त्यहीं बसेका थिए। तर वैशालीको इतिहास त्यतिमा मात्र सीमित हुँदैन। विष्णु

प्रेसकी आमा

Image
सञ्जय मित्र “मेरो काँखमैं आमाले आँखा चिम्लनुभएको हो,” कठोरतालाई सहजतामा जस्तो अनुभूति गराउन अझ अलिक बल गर्दै प्रेसले थप्नुभयो, “आमाले पानी माग्नुभयो, मैले आफ्नै हातले कपासलाई भिजाएर मुखमा पानी हालेको हुँ। देख्दादेख्दै आँखा चिम्लनुभयो।” भन्दाभन्दै प्रेसको गला अवरुद्ध भएको छ। लमहा खोलामा चिता सजाइएको छ। पुसको जाडो साँझ छ। अब आँखाले टाढा देखिन छाडिसक्यो। मलामी जानेहरू सयौं छन्। कुहिरोले घेर्दै आएको छ। कठ्याङ्ग्रिंदो जाडोमा आमाको अन्तिम संस्कार गर्न बाँकी छ। प्रेससित म छु र मिल्ने साथीहरू पनि छन्। खासमा यतिबेलासम्म लाशलाई जलाएर मलामीहरू फर्किसक्नुपर्ने हो तर प्रेसका एक भाइ हेटौंडाबाट आउनुपर्ने। जङ्गलमा निकै बेर जाममा परेर अब केही मिनेटमा आइपुग्ने सुनिंदैछ। उता आगोको मोलमोलाइ भइरहेको छ। प्रेस उनको लाक्षणिक नाम हो। वास्तवमा कतिपय शब्दमा अत्यधिक बलाघात गर्ने बानीलाई कुनै शिक्षकले प्रेस दिएर बोल्ने उपनाम दिएका थिए विद्यालय पढ्दा। प्रेस दिएर बोल्ने मान्छे भनेर प्रेस उपनाम लक्षणको आधारमा राखिंदा पनि बिस्तारै स्वाभाविक नामजस्तै भएको थियो। यस उपनामले कहिलेकाहीं फाइदा पनि दिएको छ उनलाई। प्रेस भनेर

प्रेम कथा

Image
      सञ्जय मित्र उत्तरवाहिनी बकेआले झन्डै घेरेको छ गाउँलाई। असारको आकाशले धर्ती तताएको छ भने गाउँलाई त्रास हुन्छ र रुझाएको छ भने धेरैको निद्रा हराउँछ। सोझो छैन, बकेआ ठाकुर पहिलेदेखि नै टेंढो छ। कहिले सोझो बनेर कतिको उठीबास गराउँछ त कहिले झन् टेंढो बनेर सताउँछ कैयौंलाई। नदीको पनि मन हुन्छ क्यारे– कहिले सोझो बनेर बिगार्ने र कहिले टेढो बनेर पनि उठीबास गराउने। अलिकति पानी आउँदा पनि ठाकुरले तिवारीको घर खोस्रन थाल्छ। पोहोरदेखि तिवारीको घरलाई बकेआ ठाकुरले अलिक बढी सताउन थालेको सबैले देखेका छन्। पहिले ठाकुरले तिवारीलाई यसरी सताएको पुर्खौंपुर्खादेखि कसैले देखे सुनेका छैनन्। आँगनमैं बसेर ठाकुरको शान्त र रौद्र रूप निस्पृह नयनले हेर्दै आएको छ तिवारी परिवार। “हे बकेआ ठाकुर, एई साल कथि होगेल ? काहेला खिसिआएल छा ?” मनमनै प्रार्थना गर्छन् घरका सबै। बिहानै बाढी बढेको छ। ठाकुरको रङरूप अलिक फरक छ। बढी हिलोमाटो कताकताबाट बगाएर ल्याउँदैछ, लैजाँदैछ। गर्जन छैन तर कुनै बेला नाच्दै बाढीको पानीको एक झोक्का आएर तिवारीको घडेरीमा ठोक्किन्छ। अलिकति माटो खोस्रेर लैजान्छ। माटो खोस्रेको पानीको झोक्का खुशी हुँदै उप्रि

प्रदूषणको असर

– प्रियङ्का यादव     एक समयको कुरा हो । रामपुर नाम गरेको गाउँ थियो । त्यस गाउँका मानिसहरू आआप्mनो जीवन राम्ररी बिताइरहेका थिए । त्यस गाउँमा राम र श्याम नाम गरेका दुईजना मानिस थिए । तिनीहरू गाउँका बारेमा विभिन्न कुरा जान्दथिए । तिनीहरू गाउँका मानिसलाई खुशी राख्न विभिन्न कार्यक्रम पनि गरिरहेका हुन्थे । आप्mनो गाउँ सुन्दर र सुरक्षित राख्न विभिन्न योजना पनि बनाउँथे । गाउँका बालबालिकालाई विद्यालयमा भर्ना गराउन विभिन्न कार्यक्रम गर्थे । त्यस गाउँका मानिसहरू खुशीसाथ जीवन बिताइरहेका थिए ।     केही समय बित्दै गयो । गाउँमा विभिन्न साना–ठूला कारखानाहरू निर्माण भए । गाउँलेहरूले जागीर पाए । तिनीहरूलाई आआप्mनो जीविका चलाउन सहज भयो । उनीहरूलाई खान–लाउन समस्या भएन । केही समय बित्दै गयो । गाउँ दिन प्रतिदिन फोहर र प्रदूषित हुन थाल्यो । गाउँमा रहेका कारखानाबाट निस्केका फोहरमैला यताउता फाल्दा गाउँ फोहर हुँदै गयो । मानिसहरू बिरामी हुन थाले । यो सबै देखेर राम र श्यामलाई निकै दुःख लाग्यो । उनीहरू मनमनै यसलाई कसरी सुधार गर्ने भन्ने योजना बनाउन थाले । गाउँका केही मानिसहरू प्रदूषणले गर्दा मर्न थाले । ससाना बालब

मित्रता

– प्रेम लामा     एउटा गाउँमा छेवाङ र पेमा थिए । दुवैजना एकदमै गरीब थिए । उनीहरू असाध्यै मिल्ने साथी थिए । उनीहरू एकार्कामा सुख–दुःख साटासाट गर्थे । गाउँनजीकैको खोलामा माछा मारी बजारमा बेचेर जीवन गुजारा चलाउने गर्थे । गाउँमा धेरै खोला थिएन । दैनिक खोलामा माछा मार्दा खोलाका माछा नै निख्रिन पुग्यो । खोलाको माछा निख्रिएपछि उनीहरूको दैनिकीमा समस्या उत्पन्न हुन थाल्यो ।     उनीहरू गाउँ छाडेर मुग्लान पस्ने निर्णयमा पुगे । मुग्लानमा दुवैजनाले एकदमै मेहनतका साथ काम गर्न थाले । दुवैको मेहनतले लाखौं रकम जम्मा गर्न उनीहरू सफल भइसकेका थिए । गाउँ फर्केर राम्रो घर बनाउने र विवाह गर्ने निष्कर्षमा उनीहरू पुगे । तर अचानक काम गर्दागर्दै पेमा बेहोस हुन पुग्यो । पेमालाई बोकेर छेवाङ भक्कानिंदै अस्पताल पुगे । पेमाको दुवै मिर्गाैलाले काम नगर्दा उनी बेहोस भएका रहेछन् । एउटा मात्रै मिर्गाैला दिने कोही भए पेमालाई बचाउन सकिने चिकित्सकले छेवाङलाई सुनाए ।     छेवाङले गहभरि आँसु झार्दै पेमालाई बचाउन डाक्टरको खुट्टा समाउन पुगे । डाक्टरले छेवाङलाई भने, “एउटा मिर्गाैला तिमी दिन सक्छौ भने पेमालाई बचाउन सकिन्छ । मिर्गाैल

एउटा कथा यस्तो पनि

Image
विश्वराज अधिकारी गताङ्कको बाँकी     हामी चढेको कार गराजको नजिक पुग्दा गराजको ढोका खुलिसकेको थियो । उहाँले वालमार्ट रीता भाउजू चढ्ने कार लिएर जानुभएको थियो । कार गराजमा राख्नुभयो । कारबाट ओर्लेपछि मतिर हेरेर मुसुमुसु हाँस्दै भन्नुभयो, “काठमाडौंमा भएको भए पानी परेको बेलामा गाडीबाट ओर्लेर घरभित्र पस्दा निथ्रुक्कै हुनुपथ्र्याे । गराजको ढोका खोल्न गाडीबाट बाहिर नआई सुखै पाइन्थेन ।”     हामी गराजमा रहेको ढोकाबाट नै भान्साकोठा हुँदै बैठकमा पस्यौं । बैठकमा पसेपछि खुट्टा सोभ्mयाएर माथि नै राख्न मिल्ने सोफामा बसी खुट्टा सोझो पार्दै, हल्ंिलदै, मनोहर दाइले भन्नुभयो, “यसरी सब मजा अमेरिकामा नै पाइने हो । नेपालमा भएको भए पानी परेको बेलामा घरभित्र पस्दा जीउ नभिज्ने त कुरै हुन्थेन । यहाँ त पानी परेको बेलामा पनि नभिजेर, पसलहरू पुगेर, सामान किनेर, आप्mनो घरभित्र पसेर पनि पानीमा भिज्नुपर्दैन । सडकहरू पनि कहीं कतै खाल्डाखुल्डी नभएका र सफा छन् । नेपालमा त ओहो, काठमाडौंका सडकहरूको त झन् कुरा नै नगरौं । अभैm न्युरोड, पुतली सडक, कोटेश्वरको सडकको स्थिति र गाडीहरूको भीडभाड उफ...। नेपालमा बलियो भनेको त केवल ने

एउटा कथा यस्तो पनि

Image
विश्वराज अधिकारी मनोहर दाइलाई म नभई नहुने, मलाई मनोहर दाइ । हामी कुनै पनि काम प्रायः सँगै गर्ने गथ्र्याैं । वालमार्ट जान होस् अथवा रासनपानीका लागि इन्डियन स्टोर, हामी सँगै हुन्थ्यौं । कसैको विवाह, बर्थ डे वा विकेन्डमा हुने जस्ता पार्टीहरूमा हामी सँगै जाने गथ्र्यांै । मनोहर दाइ जेक्सनभिल आएको एक वर्ष जति भएको थियो भने म आएको मात्र छ महिना । मनोहर दाइ ओहायो स्टेटको कोलम्बस शहरबाट आउनुभएको थियो । म पुगेको थिएँ, मिजोरी राज्यको सेन्ट लुइसबाट । तर यो छ महिनामा अनौठो किसिमले हामीबीच सम्पर्क बढेको थियो । धेरै मानिसको सम्पर्कमा बस्नुपर्ने हामी दुईको स्वभाव भएकोले हामीबीच द्रुतत्तर गतिमा घनिष्टता बढेको हुनुपर्छ । मनोहर दाइ एउटा आइटी कम्पनीमा काम गर्नुहुन्थ्यो, म भने एउटा इन्स्योरेन्स कम्पनीमा ।     मनोहर दाइको गृहस्थी राम्रो बसिसकेको थियो । घर बनाइसक्नुभएको  थियो । म जेक्सनभिल जब पाएर जाँदा उहाँको घर बनेर लगभग सकिन आटेको  थियो । फिनिसिड्ढा केही कामहरू मात्र बाँकी थिए । त्यो फिनिसिड्ढो काम हुँदा पनि उहाँले मलाई आप्mनो घर देखाउन धेरैचोटि लग्नुभएको थियो । उहाँको घर हेर्न प्रायः हप्तामा दुईचोटि

छोरा श्रवण कुमार

Image
– समीर पाख्रिन     वरिष्ठ साहित्यकार सञ्चमान राई विगत केही वर्षदेखि छोरा–बुहारीसँग काठमाडांैमा बस्दै आएका थिए । श्रीमती बितेपछि एक्लो बनेका सञ्चमानको सहारा नै छोरा–बुहारी भएकाले उनले गाउँको घरखेत बेचेर चाबहिलमा एउटा चार कोठाको घर बनाएका थिए ।     नेपाली साहित्यका मूर्धन्य श्रष्टा सञ्चमान राईको चार दशक लामो साहित्यिक जीवनमा थुप्रै कथा सङ्ग्रह, कविता सङ्ग्रह, निबन्ध, गजल आदि कृति प्रकाशित भइसकेका थिए । उहाँ सादा जीवन उच्च विचारका पक्षपाती थिए । परिवारमा उहाँ अनुशासन, संस्कार र नैतिक जिम्मेवारी हुनुपर्छ भन्ने मान्यता राख्दथे तर उहाँकी बुहारी प्रिया भने बिल्कुल आधुनिक विचारधाराकी थिइन् । यसैले बूढा सञ्चमानको बेलाबेलामा बुहारीसित मनमुटाव र वादविवाद हुन स्वाभाविक थियो । तर उहाँले यसलाई गम्भीर विषय कहिल्यै मानेका थिएनन् ।     दिनहुँजसो टाढाटाढाबाट साहित्यकारहरू, साहित्यका विद्यार्थीहरू उहाँलाई भेट्न, निम्तो दिन, साक्षात्कार गर्न र उहाँबाट आप्mनो प्रकाशोन्मुख कृतिको भूमिका लेखाई माग्न आउने गर्दथे । उहाँले यसरी भेट्न आउने अतिथिहरूलाई कहिले चिया बिस्कुट त कहिले खाना खुवाएर पठाउने गर्दथे । जुन

हामी विदेशमा पनि विभाजित

Image
विश्वराज अधिकारी गताङ्कको बाँकी     वातावरण शान्त थियो । सबैजना खाँदैथिए । खाना खाइरहेकै क्रममा क्षितिज इन्टरनेटमा नेपालका समाचारहरू हेर्दै थिए । कुनै बेला माईसंसार, कुनै बेला ईकान्तिपुर त कुनै बेला नेपालन्युज डट कममा समाचारहरू खोज्दै पढिरहेका थिए । एक छिनसम्म समाचार पढेपछि क्षितिजले रमेश दाइतिर हेर्दै भने– “रमेश दाइ, माओवादीको त्यो आम हडतालको विरोधमा भनौं वा शान्तिको पक्षमा, काठमाडौंमा निकै ठूलो जुलुस पो निस्केको रहेछ । जता हे¥यो मान्छे नै मान्छे । बन्द हडतालबाट थाकेर, दिक्दार भएर, बन्दको विरोध गर्न हजारौं–हजारको सङ्ख्यामा मानिसहरू सडकमा निस्केका रहेछन् ।”     क्षितिजको भनाइमा नीरजले तत्काल प्रतिक्रिया जाहेर गर्दै भने– “यो सत्तामा रहेका दलहरूको चाल हो के १ तथाकथित त्यो शान्ति ¥यालीमा बढी सङ्ख्यामा उनीहरूकै मान्छे थिए । सत्तामा रहेका दलहरूको षड्यन्त्रद्वारा रचिएको थियो त्यो, विरोधसभा भनौं या के सभा...।”     क्षितिजको भनाइले नीरजलाई उत्तेजित पा¥यो । क्षितिजतिर हेर्दै उनले भने– “क्षितिज, हरियो चश्मा लगाएर हेरेपछि सबै थोक हरियो देखिन्छ । सधैं अरूले दिएको दृष्टिले मात्र होइन, कहिलेकाहीं

दोधार

Image
– समीर पाख्रिन     दीपक र उसको साथी मनोजको सुन्धारानजिकै जम्काभेट भयो । रातोपिरो, हट्टाकट्टा, सुकिलो पहिरन र महँगो चश्मा लगाएर एफजेड बाइकमा सवार मनोजलाई दीपकले चिन्न सकेन । तर मनोजले भने दीपकलाई टाढैबाट चिनेकोले बाइक रोकेर बोलाएको थियोे– “दीपक के छ यार तेरो हालखबर ? यस्तो मध्यदिनमा कता पुगेर ?” अहिले भने बोलीबाट दीपकले मनोजलाई ठिम्यायो– “मनोज होइन ?”     “हो यार, म मनोज नै हो । किन चिन्न गा¥हो भयो कि क्या हो ?”     “होइन, तँ दुबईमा छु भन्थिस् नि त ।”     “हो, म नेपाल आएको एक महिना जति भयो । यसो हेर्दा तँलाई कतैबाट परीक्षा दिएर आएको जस्तो देखिन्छ नि ?”     “ठीक भनिस् । म लोकसेवा आयोगको मौखिक परीक्षा दिएर आउँदैछु ।”     “भनेपछि तैंले अभैm जागीर खाएको छैनस्, होइन त ?”     “कहाँ पाउनु र खानु । बरु तैंले विदेश गएर बुद्धि पु¥याइस्, मनोज । लिखितमा नाम निकाल्यो, मौखिकमा फालिदिन्छ । यो मेरो सातौं परीक्षा हो । अब त दिक्क पनि लाग्न थालिसक्यो । अनि तँ यता कता ?”     “मैले कलङ्कीमा एउटा घडेरी लिएको छु । त्यसैको रजिस्ट्रेसनको लागि दौडधूप छ यार ।”     “कतै बसेर चिया पनि खाऊ र गफ गरौं न मनोज,” दीपकल

हामी विदेशमा पनि विभाजित

Image
विश्वराज अधिकारी गताङ्कको बाँकी     “जनताको प्रतिनिधित्व नगर्ने व्यक्तिले सरकारको नेतृत्व गर्ने, जनताको प्रतिनिधित्व गर्नेहरूलाई सडकमा पु¥याइने भएपछि...? हो, त्यसैले माधव नेपालले राजीनामा दिनुपर्छ । माओवादीले सरकार बनाउने बाटो खुला गरिदिनुपर्छ,” नीरजले हाँस्दै भने ।     यति भनेपछि नीरज चुप लागे । रमेश दाइ पनि केही बोल्ने मूडमा देखिनुभएन । क्षितिज चुप नै थिए । अन्य बाँकी सबै पनि चुप थिए । सबैजना चुपचाप भएको देखेरे मैले भने– “होइन, अचानक किन वातावरण शान्त हुन पुग्यो ?” मैले यतिमात्र भनेको के थिएँ मतिर हेर्दै क्षितिजले भने– “नीरजको कुराले त के लाग्छ भने नेपालमा को प्रधानमन्त्री हुने भन्ने कुरा संसद्बाट होइन, सडकबाट निर्धारण होस् । दश, बीस हजार मान्छेले सडकमा प्रदर्शन, तोडफोड, बन्द, हडताल गरेर यो मान्छेलाई प्रधानमन्त्री नियुक्त गर भने पछि संसद्ले त्यो व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने ? प्रधानमन्त्रीको नियुक्ति विधिको आधारमा होइन, बलको आधारमा हुनुपर्ने ? कस्तो  अचम्म ? यस्तो अचम्म अन्त कतै देखिएला ?”     क्षितिजको भनाइमा थप्दै रमेश दाइले भन्नुभयो– “होइन, माओवादीहरूलाई सरकार ब

हामी विदेशमा पनि विभाजित

Image
विश्वराज अधिकारी          रमेश दाइ मेरो कोठामा पस्नुभएको मात्र के थियो, मतिर हेर्दै भन्नुभयो–“के यस्तो अचम्म देख्नुपरेको होला ? एक दिन दुई दिन हो, आज छैठौं दिन भइसक्यो माओवादीले अनिश्चितकालीन नेपाल बन्द गरेको र जुलुस प्रदर्शनका लागि हजारौ मानिसलाई ल्याएको, देशभरिका जनतालाई काठमाडौंमा थुपारेको । देशभरिका जनताले कति दुःख पाइरहेको छ, त्यसको कुनै लेखाजोखा छैन । यात्रीहरू गन्तव्यमा पुग्न सकिरहेका छैनन् । बिरामीहरूलाई अस्पताल पुग्न गा¥हो छ । कृषकहरूले तरकारी बिक्री गर्न नपाएर तरकारी सडकमा फाल्दै छन् । विद्यार्थीहरू स्कूल जान नपाएर घरमैं थन्किएर बसेका छन् । दैनिक मजदूरीको भरमा पेट पाल्नेहरू खान नपाएर यताउता भौतारिंदैछन् । यो आम हडतालले गर्दा यहाँसम्म कि कतिले त आप्mना बाबुआमाको इलाज गराउन पाएनन्, मरेपछि घरमा पुगेर काजक्रिया पनि गर्न पाएनन् । करोडौं नेपालीको जीवन अति नै कष्टकर भएको छ । केवल दुईचार नेताको महत्वाकाङ्क्षा पूरा गर्नका लागि नेपालीहरू स्वतन्त्र देशका नागरिक भएर पनि अनेक किसिमका दुःख र पीडा बोकेर, घरभित्र कुँजिएर, डर र त्रासको वातावरणमा बन्दीझै जीवन बाँच्न बाध्य भएका छन् । बाध्य पन

डाक्टर भान्जा

– समीर पाख्रिन     डाक्टर जेपीटी गृहनगरको अस्पतालमा सरुवा भएर आएदेखि गाउँमा बस्ने उनको मामा फलानो पटेलको चुरीफुरी निकै बढेको थियो । गाउँमा पटेललाई भेट्न आउने, बाटोमा भेट्ने सबैसित उसले मेरो भान्जा सरकारी अस्पतालमा डाक्टर भएर आएको छ । उसले अब धेरै सम्पत्ति कमाउँछ । शहरमा घर बनाउँछ । सररर गाडी चढेर ऊ हामी मामा माइज्यू र भान्जाभान्जीहरूलाई भेट्न गाउँ आउनेछ भन्दै धाक लगाउन थालेको थियो । हुँदाहुँदा यो कुरा गाउँमा डढेलो सरह पैmलियो । फलानो पटेलका दौंतरीहरू ऊसित ईष्र्यासमेत गर्न थालेका थिए भने कतिपयले चाहिं कस्ता रहेछन् यो फलानो पटेलको डाक्टर भान्जा ? एकचोटि हेर्न पाए हुने थियो भन्ने रहर पालेर बसेका थिए ।     एक दिन कामविशेषले पटेललाई शहर जानुपर्ने भयो । ऊ सहर जान लागेको थाहा पाएपछि उसका दुईजना दौंतरीहरू पनि ऊसित शहर जान तयार भए । उनीहरू तीनैजना बस चढेर शहर पुगे । पटेल आप्mनो काम हतारहतार सकेर डाक्टर भान्जालाई भेट्न साथीहरूलाई लिएर अस्पताल पुग्यो । उसले अस्पताल परिसरभित्र प्रवेश गर्ना साथै ढोकामा उभिरहेको एकजना कर्मचारीलाई बढो रवाफका साथ सोध्यो,“तिमी यो अस्पतालको कर्मचारी हौ ?     “हो, किन ?”

बूढाको सपना

– समीर पाख्रिन     विमानस्थल निर्माण हुने पक्कापक्की जस्तै भइसकेकोले गाउँलेहरूमा प्रसन्नता छाएको थियो । नियमितझैं गौतम बाजे आज पनि आप्mनो घरको छतमा चिया पिउँदै दक्षिणतिरको विशाल फाँटतिर एकोहोरो हेरिरहेका थिए । “अब त देश विदेशका बडेमानका विमानहरू उडेको र अवतरण भएका  दृश्य आप्mनै छतबाट अवलोकन गर्न पाइने भयो ।” खुशीले गद्गद् गौतम बाजेले चियाको लामो चुस्की लिए ।     नभन्दै सरकारले विमानस्थलका लागि आवश्यक जग्गा अधिग्रहण गर्ने सूचना जारी ग¥यो । सूचना पढेर कतिपय गाउँलेहरूको मनमा चिन्ताको बादल मडारिएको थियो । आप्mनो घरखेत अधिग्रहणमा परे कता जाने ? के गर्ने ? गाउँलेहरू चिन्तामा परेका थिए । सरकारले विमानस्थल निर्माणको भौतिक संरचनाका लागि आवश्यक जग्गाको नाप नक्शा तयार पार्न खटाएको प्राविधिकहरूको टोलीले काम थाली सकेको थियो । छोटो समयमा नै सरकारले विमानस्थलको क्षेत्रभित्र पर्ने घरजग्गाको मुआब्जा वितरणका साथै गाउँका बासिन्दालाई अन्यत्र बसाइँ सर्न सूचना जारी गरेपछि गाउँमा रुवाबासी शुरु भएको थियो । हिजोसम्म विमानस्थल बन्नुपर्छ, विमानस्थल बनेमा हामी गाउँलेहरूको जीवनस्तर माथि उठछ । यसले ल्याउने समृद्धि

एटीएम कार्ड

Image
– समीर पाख्रिन     मुश्किलले आप्mनो नाम लेख्न सक्ने जोगेन्द्र रामको दार्जीलिड्ढो एउटा सरकारी आवासीय विद्यालयमा कुचीकारको स्थायी जागिर थियो । मनग्गे तनख्वा, आवास सुविधा, सहुलियत दरको राशन सुविधा हुँदाहुँदै पनि जोगेन्द्रको परिवारको अवस्था दयनीय थियो । ड्युटी सके लगत्तैदेखि रक्सीमा डुबुल्की मार्ने जोगेन्द्रको परिवारमा लोग्ने–स्वास्नी,  एक छोरा एक छोरी गरी चार सदस्य थिए । वर्ष दिनको फरकमा जन्मेका छोरा र छोरी अरू सरह राम्रो लगाउने, नक्कल पार्ने र हातमा मोबाइल बोक्ने उमेरका भइसकेका थिए ।     पैंसट्ठी वर्षको उमेरमा जोगेन्द्र रामले जागीरबाट अवकाश  पायो । अवकाशपछि उसलाई प्राप्त हुने उपदान, सञ्चयकोष आदि रकमबाट उसलाई केही हजार रुपैयाँ नगद दिएपछि बाँकी रकम सरकारले बैंक खाता खोली जम्मा गरिदियो र उसको नाममा एटीएम कार्ड जारी गरिदियो ।     बैंकको दैलो कहिल्यै नटेकेको जोगेन्द्रलाई एटीएम कार्ड बFँदरको हातमा नरिवल भयो । घरमा भएको नगद सकेपछि उसलाई एटीएम कार्डबाट रुपैयाँ झिक्नुपर्ने भयो । तर उसले न त अहिलेसम्म एटीएम मेशिन नै देखेको थियो, न उसलाई प्रयोग विधि नै थाहा थियो । ऊ घोर अन्योलमा प¥यो । कुनै उपाय

नाम नपाएको सम्बन्ध

Image
विश्वराज अधिकारी     मेरो अन्तरङ्ग मित्र दिवाकरकी पत्नी, राधाको बारेमा मेरी छोरी ग्रीष्मालाई मैले विस्तारमा यति धेरै कुरा बताएको थिए“, उनको भद्रताको, उनको बौद्धिकताको, उनको सुन्दरताको बारेमा यति प्रशंसा गरेको थिए“ कि ग्रीष्मा पनि तयार भएकी थिइन्, राधालाई भेट्न । ग्रीष्मा राधाको व्यक्तित्वबाट अति नै प्रभावित हुन पुगेकी थिइन् । हामी डिनरका लागि आमन्त्रित भने राधा र दिवाकर दुवैका तर्पmबाट भएका थियौं ।     प्रारम्भमा भने केवल म मात्र राधालाई भेट्न र डिनर खान जाने योजना बनेको थियो, नेपाल पुगेपछिको दोस्रो दिन । नेपाल आउनुपूर्व मैले न त राधाको बारेमा, न त दिवाकरको बारेमा ग्रीष्मालाई केही भनेको थिए“ । उनलाई पटक्कै थाहा थिएन ।     अमेरिकादेखि नेपालसम्मको बाटोमा मैले ग्रीष्मालाई राधाको बारेमा भने बताएको थिए“ । ग्रीष्मा र म अमेरिकाबाट नेपाल पुगेका थियौं, करिब दुई महिनाको छुट्टी बिताउन । मैले अध्यापन गर्ने र ग्रीष्माले पढ्ने, दुवै कलेज ‘समर भेकेसन’ भएको कारणले बन्द थिए, अनि घुम्न सजिलो भएको थियो पनि । ग्रीष्माले मास्टर्स गर्दै थिइन् ।       काठमाडौं, लाजिम्पाटस्थित राधाको घर पुग्ने क्रममा हामी ब