Posts

Showing posts with the label व्यङग्य

बतञ्जलि बातोद्योग

आरआर छुछुनर     बात मात्र गर्ने वा बात बढी गर्ने वा बात लगाउने भएर बतञ्जलि नाम राखेकी भए बातोद्योग राख्नुपर्दैनथ्यो । बातैबातको उद्योग हो भनेर सबैलाई बात मात्र गर्न र कामको कुरो केवल कुरोमा सीमित राख्ने उद्देश्यले बातोद्योग राखिएको होला भन्ने अनुमान पनि सही होइन । बातोद्योगको उत्पादन धेरै नोटप्रिय भइसकेको छ । यो नामले मनुवाहरू आकर्षित भएकाले विज्ञापन धेरै गर्नै परेन वा गर्नै पर्दैन । यसको नोटप्रियताले मलाई हतोत्साहित बनाएको छैन । यसै कारण मैले केही नयाँ उत्पादनहरू बजारमा पठाएकी छु परीक्षणका लागि । तपैंहरूले यसको सुन्दर दुरुपयोग गर्दै हुनुहुन्छ । दुरुपयोग यस अर्थमा इमानदारीसाथ भनेको हुँ कि बजारमा मैले प्रयोगका लागि पठाएका बतञ्जलिका उत्पादनहरूको लेबलमा जे छ, भित्र त्यो छैन । विदेशीहरूले नेपालमा जे पनि प्रयोग गर्छन् उपचारको नाउँमा । मैले आप्mनो मौलिक तरिका अपनाएर एउटा लेबेलमा अर्को उत्पादन पठाएकी छु । त्यसको असर सकारात्मक आएको छ । बजारमा माग बढेकोमा चिन्ता छैन, प्रयोग सफल भइरहेकोमा र अपेक्षित लाभ सर्वसाधारणले उठाइरहेकामा सन्तुष्टि बढेको छ । बढी बकबक नगरीकन केही उत्पादन र तिनीहरूको गुणावगु

लुलो खुट्टा

Image
– कुमार रुपाखेती     “कामभन्दा कुरा ठूलो गरी हिंड्दाखेरी खुट्टै लुलो” भन्नेभैंm जतिसुकै धक्कु लगाएपनि मधेसी दलहरूले पहाडबाट कुनै पनि मधेसी नेताहरूलाई उम्मेदवार बनाउन सकेनन् । उल्टै झलनाथ खनाल, प्रचण्ड, बाबुरामहरू पहाडबाट ओर्लेर मधेसबाट चुनाव लड्दै मधेसवादी दलहरूलाई टक्कर दिइरहेका छन् । दोस्रो संविधानसभा चुनावमा मधेसमा मधेसी दलहरूको तँछाडमछाड आदि देख्दा यस्तो लाग्छ मानौं यिनीहरू राष्ट्रिय होइन, क्षेत्रीय पार्टीको ठप्पा लगाउन र आफ्नो साख बचाउन ऐङी–चोटी एक गरेका छन् ।     कुनै पनि मधेसी नेताहरूले पहाड रहिमालबाट लड्ने आँट नगर्नुका थुप्रै कारणहरू छन् । जसमध्ये यिनको लवज, पोसाक, चुनावी घोषणापत्र, भाषा आदि पहाडमा टिक्न नसक्ने प्रमुख कारण हुन् । मधेस, गाडीमा सर्रर बसेर एकै छिनमा आफ्नो क्षेत्र घुम्न सकिने समतल भूमि हो भने उबडखाबड पहाडमा महिनौं भोकै प्यासै हिंडेर आफ्नो क्षेत्र घुम्नुपर्छ, जुन सुविधाभोगी मधेसी नेताको बुताबाहिरको कुरा हो । अर्को कुरा हिमाल र पहाडमा यिनको स·ठन शून्य छ ।     हिमाल, पहाड, तराईमा समेत समान पकड र मजबुत स·ठन भएकोले झलनाथ खनाल, प्रचण्डहरू निर्धक्क मधेसबाट भिड्दैछन्

बडादशैं २०७० मा जे–जे देखियो सुनियो

Image
- कुमार रुपाखेती १.    घटस्थापनाका दिनदेखि नै वीरगंज र आसपासका शक्तिपीठहरूमा भक्तजनको घुँइचो देखियो । वीरगंजको गहवामाईमा यसपल्ट भीड अपेक्षाकृत कम नै रह्यो । २.    दशैं मनाउन घर फर्कनेहरूलाई यसपल्ट गौडा गौडामा लुटेराहरूले सताए । ३.    यसपटक दशैं र निर्वाचनको रौनकसँगसँगै देखियो । यसपटक तास, मासु र रक्सी खुबै खपत भयो । ४.    वीरगंजको मेनरोडमा फुटपाथे पसल खोल्नेहरूबीच होडबाजी नै चल्यो । फुटपाथे लुगा, जुत्ता पसलमा यसपालि राम्रो भीड लाग्यो । न.का. कर्मचारीहरूको पनि राम्रै आम्दानी भयो । ५.    उम्मेदवारहरूको जुलुस र मेला भर्न आउनेहरूको भीडले माईस्थान, मेनरोड जाम र भीडभाडपूर्ण रह्यो । ट्राफिक प्रहरी निष्क्रिय थिए । ६.    सदाभैंm थुप्रै पुराना रैथाने अनुहारहरू दशैं मनाउन वीरगंज भित्रिए । ७.    यसपल्ट मन्दिरहरूमा भक्तजनका साथै उम्मेदवारहरू पनि लाइनमा भेटिए । ८.    यसपल्ट सप्तमीका दिन फूलपाती निकाल्दा भीड कम र तामझाम न्यून थियो । ९.    अष्टमीको मेलामा हुल्लडबाज र पाकेटमारहरूको बिगबिगी नै थियो । १०.    यसपल्ट मेलामा भीडभाड विगतभन्दा कम र हराउनेहरूको सङ्ख्या थोरै रह्यो । ११.    यसपटक अ

वारिस र लावारिस

Image
–कुमार रुपाखेती     पञ्चायती व्यवस्थालाई सबक सिकाउन काठमाडौंका जनताले नानीमैयाँ दाहाललाई अत्यधिक बहुमत दिएर राष्ट्रिय पञ्चायत (संसद्)मा हुलिदिए । फरिया उठाएर बाझ्न खप्पिस मैयाँले आफ्नो छनक पनि देखाइन् । वीरगंजमा पनि कबुतरी देवी (हँसिया छाप) पनि झन्डैझन्डै मेयर बनेकी ।     अहिले राजतन्त्रको पत्ता साफ (बायकट) र गणतन्त्रको रास्ता साफ (सफा) छ । दमदार उम्मेदवारहरू संविधानसभामा भित्रिनुपर्ने हो तर पर्सा क्षेत्र नं. १ बाट प्रत्यक्ष र समानुपातिकका केही अनुहारहरूले त नानीमैयाँ र कबुतरीको सम्झना ताजा गराएका छन् । पर्सा १ मात्रै किन मुलुकभरि नै अधिकांश उम्मेदवारहरूको हैसियत ‘चारों ओर देखा, एके लेखा’ भनेजस्तो छ । उम्मेदवारको खडेरी (अकाल) पर्दा नेपाली काङ्ग्रेसले पर्सा क्षेत्र नं. १ बाट सदाबहार पराजित एवं सम्मानित नेता कृष्णप्रसाद भट्टराईलाई तेर्साएको कुरा सबैलाई अवगत नै छ । अहिले पनि पर्सा १ मा थुप्रै राष्ट्रिय र क्षेत्रीय दलहरूले कर्मठ उम्मेदवारको कमी महसुस गरिरहेका छन् । एमालेका पटके उम्मेदवार चिरञ्जीवी आचार्यले यहाँबाट चुनाव लड्न इनकार गरेपछि आननफाननमा जुनियर एमालेहरूको नाम चर्चामा छ ।     प

हार रे प्याज

Image
–कुमार रुपाखेती     कुनै बेला गरिबको भान्सामा लडीबुडी गरिरहने प्याज अहिले गरिबको भान्साबाट एकाएक गायब भएको छ । त्यसो त यसपालि प्याजको उम्दा खेती पनि भएकै हो । हाम्रा बाबु बराजु र पुर्खाका पालादेखि नै प्याज सस्तोमा बिक्दै आएको तथा गरिबको भान्साको शोभा बन्दै आएको हो । सदाबहाररूपमा सस्तोमा बिक्न थालेपछि आजित भएर प्याजले आफ्नो स्तर बढाउने सोच्यो र यसको मूल्य अकासियो । सस्तो भाउमा प्याज खान पल्केकाहरू यसबाट रन्थनिनु स्वाभाविकै हो । ‘सस्ता रोए बार बार, महँगा रोए एक बार’ भन्दै प्याजले आफ्नो दररेट घटाउन चाहेको छैन ।     हामी प्याज रुचाउनेहरूले पनि प्याजको समस्या बुझिदिनुपर्छ । प्याज रोप्ने जग्गाको दाम एकदम अकासिनु हुने, अनि महँगो जग्गामा हुर्किने प्याज कसरी सस्तो हुने ?     फेरि फुटपाथे होटलदेखि फाइभ स्टार आलिसान होटलहरूले समेत खपत गर्ने प्याजको महिमा त्यत्तिकै पनि अपरम्पार छ । हिजोअस्ति भान्सामा प्याज आए भान्सा नै गन्हायो भन्ने पण्डित–पण्डा–पुजारीहरूसमेत आजकल प्याजको सोखिन भएका छन्, अनि प्याज कसरी सस्तो होस् । महँगो प्याजले ‘खर्च कटौती गर’ भन्ने सन्देश पनि दिएको छ । प्याजको भनाइ छ– “६ स

हाय नागरिकता !

Image
– कुमार रुपाखेती     मुलुक जबजब संवेदनशील अवस्थामा पुग्छ, त्यसबेला यहाँ नागरिकताको बखेडा खडा गरिन्छ जुन रामवाण साबित भएको इतिहास छ ।     आफ्ना नागरिकलाई नेपाल सरकारले धेरै अघिदेखि नै सरल र सहज तरिका अपनाई नागरिकता वितरण गर्दै आएको हो । स्व. गजेन्द्रनारायण सिंह संसद्मा पुगेपछि तराईमा नागरिकता वितरणमा ढिलाइ भइरहेको कुरा सर्वप्रथम उठाएका थिए । २००७ सालको क्रान्ति, २०१७ सालको राजा महेन्द्रको कदम तथा २०४७ र २०६२ को जनान्दोलनपश्चात् निकै जोरजुलुमका साथ तराईमा नागरिकता वितरण हुँदै आएको छ । अहिले त तराईमा सबै एकमुख भएर नागरिकता–नागरिकताको रट र हठ लगाइरहेको सुनिन्छ । २०६२ पछि तराईमा धडल्लेका साथ नागरिकता विरण भए पनि सुरसाको मुखझैं आँ गरेर अझै पुगेन, अझै बाँड्नुस्को अवस्था छ ।     मधेसी दलहरू चिरा परेर समूह–समूहमा बाँडिए पनि तराईमा नागरिकता पाउनेले उनीहरूलाई नै भोट दिने विश्वास गर्दछन् र केहीलाई नेपालमा ‘टोपीभन्दा धोती बढी छन्’ भनी देखाउने लहड पनि छ । गजेन्द्रनारायणको पालादेखि नै तराईमा नागरिकता प्रमुख मुद्दा बनाइएको छ, जसलाई निरन्तरता दिनुमैं आफ्नो कल्याण छ भन्ठान्नेहरूको जमात यहाँ बढी छ । जस

जुवा

–कुमार रुपाखेती     ‘नखेल्नु है जुवा र तास, धनको नाश समयको बर्बाद’ भन्ने नारा जति घन्काए पनि तिहारताका जुवा र तासमा मान्छेहरू आकर्षित हुन्छन् । जुवाडेहरूलाई तह लगाउन प्रशासन निकै सक्रिय हुन्छ, यो बखत । हुनत नेपालमा सधैं जुवा खेल्ने पनि छन्, यस्तालाई ‘बार्‍हमासे’ भनिन्छ ।     नेपालमा जुवा खेल्नेहरूमा स्कूले विद्यार्थीदेखि सत्तरी बर्से वृद्धसमेत भेटिन्छन् । आजकल त जुवाको खालमा महिलाहरूको समेत सहभागिता देखिन्छ । तिहारतामा सोखका लागि जुवातास खेल्नेहरू निकै भेटिन्छन् । भनिन्छ, लक्ष्मीपूजाका दिन दुईचार रुपियाँको जुवा खेल्नु लक्ष्मीलाई प्रसन्न पार्नु हो रे । तर तिहारमा एकै रातमा जिन्दगीभरको कमाइ गुमाउनेहरू पनि थुप्रै भेटिन्छन् ।     बार्‍हमासेहरूलाई त सधैं तिहार लागिरहन्छ । निश्चित समयमा निश्चित स्थानमा निश्चित मान्छेहरू जम्मा भएर जुवा खेलिरहेको प्रायस: सुनिन्छ । ‘हिङ लगे न फिटकिरी, माल चोखा’ भन्दै केही चल्तापूर्जा मान्छेहरू बोट काटेर जुवामात्र खेलाउँदैनन्, अपितु जुवाडेहरूलाई सुरक्षासमेत दिन्छन् र टाट पल्टेकाहरूलाई हैसियत अनुसार चर्को ब्याजमा खालमैं ऋण सापटीसमेत दिन्छन् । हुन त नेपालको राजधा

राजावादी देवेन्द्र दाइ– कुमार रुपाखेती

    पञ्चायतकालमा वीरगंजमा काङ्ग्रेस भन्ने बित्तिकै ‘देवेन्द्रलाल नेपाली’ को स्मरण हुन्थ्यो । उतिखेर पञ्चायती व्यवस्था विरोधी कार्यक्रम अगावै देवेन्द्र दाइको घर वरपर सरकारी जासुसहरूको निगरानी चर्को हुन्थ्यो, काङ्ग्रेसी कार्यक्रममा देवेन्द्र दाइ अनुपस्थित हुँदा खल्लो लाग्थ्यो । सटिक भाषण, चोटिलो प्रहार, दर्‍हो आवाज, कानुनी दाउपेचमा राजनीतिक भाषण उनको विशेषता थियो । पञ्चहरू उनलाई कर्के नजरले हेर्थे । त्यतिखेरका शीर्ष काङ्ग्रेसी महारथीहरूको वीरगंज आगमनमा बसाइ, खुवाइ र सुरक्षाको केन्द्रसमेत देवेन्द्र दाइको माइस्थानको घर हुन्थ्यो । उनले आफ्नो जवानी र जीवन काङ्ग्रेसकै लागि अर्पित गरेका थिए । तर त्यतिखेरका वीरगंजका प्रखर, प्रख्यात काङ्ग्रेसी नेता एवं पोपुलर कानुन व्यवसायी देवेन्द्र प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र आउँदासमेत जहाँको त्यही रहे । सङ्क्षेपमा भन्ने हो प्रजातन्त्र आएपश्चात् काङ्ग्रेसबाटै उनको नाता नै टुटयो । काङ्ग्रेसको मूलधारबाट उनी पछि, झन्–झन् पछि पर्दै गए । यसरी वीरगंजे काङ्ग्रेसका खम्बा, नेविसङ्घका संस्थापक सदस्य देवेन्द्र दाइ आफ्नैहरूको शिकार हुन थाले, षड्यन्त्रबाट पाखा लगाइँद

दशैं: जे देखियो त्यही कोरियो

–कुमार रुपाखेती     उत्साह र उमङगको चाड मानिन्छ दशैं। हिन्दूहरूको यो महान् चाडलाई नेपालीहरू उत्साहपूर्वक मनाउँछन्। हुनेखानेहरूका लागि ‘फेसन’ र भए खानेहरूका लागि ‘दशा’ साबित हुँदै गएको छ दशैं। दशैका लागि तिब्बतबाट भेंडा, च्याङ्ग्रा, हङकङे लुगा, कपडा, विदेशबाट रक्सी आए पनि सरकारले हिमालपारिका दुर्गम जिल्लाहरूमा दशैं मान्न त परै जाओस् टीकाका दिनमा अक्षताका लागि समेत चामलको गेंडा पठाउन सकेन तर पनि राष्ट्रपति, प्रधानमन्त्री र नेताहरूले अनि पूर्वराजा समेतले देशवासीमा ‘मङगलमय दशैं’ को शुभकामना दिए। हेरौं यसपालिको दशैंमा के–के भयो मुलुकमा। १) रक्सौल आऊ–जाऊ झन्झटिलो भएकोले यसपालिको दशैंमा वीरगंजका  कपडा पसलहरूमा झिनो रौनक थियो। मनग्गे तलब बढेकोले कर्मचारीहरूले दिल फुकाएर किनमेल गरे। २) दशैं अगावै सुलसुलेझैं कृत्रिम अभाव र महँगी बढ्दै गयो। वीरगंज उद्योग वाणिज्य सङ्घले दशैंको अवसरमा यसपल्ट ‘सस्तो बजार’ खोल्न सकेन। ३) यात्रुवाहक गाडीहरूले सवारी भाडामा लुट मच्चाए। कोचाकोच मान्छे राखे। तर दुर्घटनाको प्रमुख कारण मदिरा बन्यो । यसपटक दशैंमा पूर्वाञ्चलमा बढी दुर्घटना र क्षति भयो। ४) भारतीय सीमा कटे

सावधान !

–कुमार रुपाखेती २०३७ सालमा बहुदल कि निर्दल भनेर जनमत सङ्ग्रह भएको थियो। निर्दल अर्थात् पहेंलो, बहुदलले नीलो रङग पाएको थियो। त्यतिखेर पहेंलो र नीलो रङगको बिगबिगी नै थियो। त्यो जनमत सङ्ग्रहमा निर्दलीय अर्थात् सुधारिएको पञ्चायती व्यवस्थाले विजय प्राप्त गरेको थियो। जनमत सङ्ग्रह भएको ३० वर्ष बितिसकेको छ। सुधारिएको पञ्चायती व्यवस्था ढलेको पनि दुई दशक नाघिसकेको छ। यस अवधिमा नेपाल र नेपालीको हितमा थुप्रै किसिमका सरकारहरू नानाथरिका तामझामसहित अस्तित्वमा आए र इतिहासको गर्भमा विलीन भए।     अहिले पनि नेपाल र नेपालीको नाममा, शान्ति र संविधानको नाममा सरकारको नेतृत्व कसले गर्ने भन्ने जोरआजमाइस जोरशोरले, धडल्लेले सात जारी छ। गणतान्त्रिक नेपालले अल्पायुका तीनवटा सरकार खेपि (देखी) सक्यो। राजासमेत प्रजामा परिवर्तन भइसकेको यो अवस्थामा नेपाल र नेपालीको कल्याण हुनु त कता हो कता उल्टै पशुपतिनाथदेखि सेनासम्म, नागरिकदेखि राष्ट्रियतासम्म पतनोन्मुख र विवादित अवस्थामा छन्। नेपालको राष्ट्रिय पोशाक सम्बन्धी सर्वोच्चले गरेको फैसलासमेत केहीलाई अपाच्य भएको छ । दौरा, सुरुवाल र टोपी नपच्नेलाई तपाईं के भन्नुहुन्छ ? पशु

मेरा भारत नादान

–कुमार रुपाखेती १५ अगस्त स्वतन्त्रता दिवसको हयाङओभरपछि १६ अगस्तमा भारत सरकारले अन्ना हजारेलाई गिरफ्तार गर्‍यो। अन्ना हजारे वर्तमान भारतको भ्रष्टाचारविरोधी आन्दोलनका अगुवा तथा हिन्दुस्तानी प्रधानमन्त्री मनमोहन सिंहभन्दा कैयौं गुणा बढी प्रसिद्ध र चर्चित हस्ती हुन्। समाजसेवीसमेत रहेका अन्नाले समाज र सरकारमा देखिएका विकृति र विसङगतिविरुद्ध शान्तिपूर्ण आन्दोलन, अनशन गर्दै आएका हुन्। भ्रष्टाचारको विरोधमा चालू उनको यो आन्दोलनलाई अधिसङ्ख्य भारतीय तथा अमेरिका समेतले चासो लिएको, समर्थन गरेको थियो। यसै कारण भारतको मनमोहन सरकारलाई १५ अगस्त स्वतन्त्रता दिवसको रौनकभन्दा अन्नाको आन्दोलनले बढी पिरोलेको थियो।     भ्रष्टाचारको मामिलामा भारतको केन्द्रीय र क्षेत्रीय सरकारको अवस्था ‘चारो ओर देखा एके लेखा’ अर्थात् भ्रष्टाचारमा चुर्लुम्म छन्। भारतीय शासकहरूको ‘नादानी’ को किस्सा–कथा अङ्ग्रेज शासनभन्दा अघिदेखि नै चर्चित छ। शासकहरूका नादानीकै कारण भारतले लामो समय अङ्ग्रेजी हुकुमत झेल्नुपर्‍यो, शासकहरूकै नादानीका कारण पाकिस्तान बन्यो, पाकिस्तानबाट बङगलादेश बनाउने सनक पनि भारतीय शासककै हो। आफ्ना शासकहरूका नादान

लोकप्रिय कि अलोकप्रिय–कुमार रुपाखेती

    नेपालमा राजसंस्थाको अवसान भएको लामो समय बितिसक्दा पनि राजसंस्था, लोकप्रिय कि अलोकप्रिय भन्ने प्रश्न टड्कारो देखिन थालेको छ। अझै पनि जनता राजतन्त्र र लोकतन्त्रलाई दाँजेर हेर्दैछ। आजकाल पूर्व राजाका परिवारजन धार्मिक र सामाजिक क्षेत्रमा आफ्नो उपस्थिति देखाउन थालेका छन्, जहाँ उनीहरू पुग्नुअगावै हजारौंको सङ्ख्यामा आम जनता उनीहरूको स्वागतमा व्यग्र पर्खाइमा अनुशासित किसिमले खडा भएको देखिन्छ। पूर्व राजा ज्ञानेन्द्र, पुत्र पारस र बुहारी हिमानी आजकाल विभिन्न धार्मिक सभा–समारोह र सामाजिक सेवाका क्षेत्रमा आकर्षणका केन्द्र बन्न थालेका छन्। नेपाली राजपरिवारमा पारस गन्हाइसकेको नाम भएपनि आजकाल उनको समेत दिन फिरेको छ। कतिपय स्थानमा पारसको उपस्थितिले ऊर्जा र उत्साह थपेको महसुस हुन थालेको छ।     राजतन्त्र निरङ्कुशताको प्रतीक मानिन्छ। २०१७ सालपछि स्व. राजा महेन्द्रले नेपालमा राजतन्त्रको जरो मजबुत पार्न कुनै कसर बाँकी राखेनन् भने राजा वीरेन्द्रको वंशनाश र पूर्व राजा ज्ञानेन्द्रको पतनपछि नेपालमा राजतन्त्र सदाको निम्ती अस्ताएको अनुमान धेरैले गरेका थिए। तर लोकतन्त्रवादी भनाउँदाहरूको काला करतूतले राजतन्त

माओवादी दुलहा पक्ष र एमाले दुलही पक्ष

सञ्जय साह ‘मित्र’     विषय वा प्रसङग (वा सन्दर्भ)ले अर्को अर्थ नलागेमा ‘माओवादी’ भन्नाले वर्तमान झल्लु सरकारको प्रमुख घटक एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ‘एमाले’ भन्नाले आफ्नो पार्टीको सरकार बनाउन–बिगार्न खप्पीस झल्लु सरकारको आफ्नै भन्न मिल्ने नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी र लेनिनवादी) बुझ्नुपर्छ। दुईटै पार्टीमा एकीकृत शब्द दोहोरिएको भए पनि दुइटै पार्टीको सन्दर्भमा एकीकृत हुने अर्थ लगाउने स्वत: गधाभन्दा विद्वान् ठहरिने पनि बुझिन्छ।     बिहावारीको घमासान लगन चलिरहेको याम (१६ फागुन २०६७) मा संसद्मा माओवादी र एमालेको ठुस्काठुस्की केही मत्थर भएपछि दुई पक्षीय वार्तामा खड्गप्रसाद गोली पड्के–“आफूलाई मन पराएकी केटीलाई झुक्याएर सिन्दुर हालिदियो, आफ्नो बनाउन।” लगत्तै उनले फेरि थपे (अलि लाडिएर)–“माइती पक्षले यसो हप्कीदप्की के गरेका त्यत्तिकैमा भागेका ज्वाइँ फर्केर आएका छैनन्।”     सधैं गोली समान निस्कने ओलीको बोली बदलिएपछि माओवादीका नेतालाई पनि साँचो कुरा भन्न करै लाग्यो। पोस्टबहादुर बोगटीले माओवादीले एमालेलाई सिन्दुर हालेको रहस्य खोले–“जबर्जस्ती होइन दुलहीले पनि मन परा

हेडक्वाटर

कुमार रुपाखेती     कुनै बखत नेपालमा दुई हेडक्वाटरहरू निकै प्रचलित र प्रसिद्ध थिए। राजनीतिको हेडक्वाटर ‘नारायणहिटी’ र महादेवको हेडक्वाटर ‘पशुपति’।     नारायणहिटीले राजनीति हाँक्थ्यो, पशुपतिनाथले धर्म। तर दुवै एक अर्काका पूरक र सहयोगी थिए। राजाहरूले आफ्नो भाषणको पुछारमा–“श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून्” भन्थे। अनि हिन्दू धर्मले पनि राजालाई नारायण अर्थात् विष्णुको अवतार मान्थ्यो। वर्तमानमा नारायणहिटीको हविगत कसैसँग छिपेको छैन। नारायणहिटीबाट नारायणलाई लखेटिएको छ भने पशुपति क्षेत्र आजकल गँजेडीहरूको हेडक्वाटर बनेको छ। यसरी दुई लोकप्रिय हेडक्वाटरको पतनपछि थुप्रै हेडक्वाटरहरूको उत्पत्ति भएको छ, हाम्रो नेपालमा। यस्ता नवजात ‘बतासे हेडक्वाटर’ हरूको चर्तिकला महाभारतको ‘शकुनि पासा’ भन्दा कम खतरनाक छैन। अहिले अन्तर्राष्ट्रिय अपराधीहरूको हेडक्वाटर काठमाडौं, बन्दूके आतङककारीहरूको हेडक्वाटर तराई, शान्तिसुरक्षाको हेडक्वाटर अपराधीहरू, उद्योग–व्यापारको हेडक्वाटर चन्दा मगन्ते र फोनमा धम्की दिनेहरू, महँगाइको हेडक्वाटर कालाबजारियाहरू र मुलुकको राजनीतिको हेडक्वाटर विदेशतिर सरेको छ।     परम्परामा आ

थप्पड महिमा अपरम्पार, गजबको छ यो संसार

सुजीत अर्याल     नेताजी आफ्नो मखमली गाला सुम्सुमाउँछन्। अनि सोच्न थाल्छन्। आहा १ ती ढुङगासरी थप्पड हान्ने व्यक्ति कति महान् १ कति राम्रो मानिस। कसरी चेतावनी दिएका। कसरी मेरो अलच्छिन जति हटाइदिएका। उनको थप्पड फूलसरी भयो मलाई। यो देशको अजब गजबको कुर्सी त्यही थप्पडले दिलाइदियो। नत्रभने पार्टी फोड्न तयार हुँदासम्म त्यो महान् तथा पवित्र कुर्सी हात लागेन। कति जुगाड गरियो के–के न महान् तटस्थताको सिद्धान्त अपनाइयो। अँ हँ केही भएन। कतैबाट केही सीप  लागेन। कति धाइयो, कति बात खाइयो, हुँदै भएन। त्यो महान् कुर्सी एक दिनको लागि पनि प्राप्त भएन। तर जाबो एउटा अदना जनताको थप्पड। क्रान्तिकारी थप्पड, जसको लागि प्रशंसाको  कुनै शब्द छैन। त्यसले यति महान् काम गर्‍यो। नेताजीको सोचाइ तीव्र भयो। यसै क्रममा एउटा हुक्के, ढोके–बैठके चमचाजी नेताजीको सोचाइको क्रम भङग गर्दै कोठामा प्रवेश गर्‍यो। हो हजुर जस्तो महान् क्रान्तिकारी यो संसारमा कोही छैन। यत्रो क्रान्ति पश्चात् हजुरले कुर्सी भाग्योदय उपहारमा पाउनुभयो। योभन्दा ठूलो केही हुँदैन। हो होइन। यस्तो हुँदै होइन। नेताजी झल्याँस्स भए। आफ्नो लघु प्रशंसाको गीतले उनी प

पर्सा पत्रकारहरूको ‘पुच्छर छिर्‍यो– हात्ती अड्क्यो’

-कुमार रुपाखेती     त्यसो त उखानमा ‘हात्ती छिर्‍यो पुच्छर अड्क्यो’ भनिन्छ तर पत्रकार महासङ्घ पर्साको नवौं जिल्ला अधिवेशनको परिणाम ‘पुच्छर छिर्‍यो– हात्ती अड्क्यो’ सरह भयो। १५१ मतदाताहरूले सबै पदको छिनोफानो गरे पनि जिल्ला सभापतिका दुवै उम्मेदवारलाई ७५–७५ मत दिएर पुच्छर छिराई हात्ती अड्काइदिए। अहिले मुलुकमा निर्वाचनविहीनता छ। स्थानीय निकाय लामो समयदेखि प्रतिनिधिविहीन छ। तर कर्मचारी निर्वाचन, मजदुर निर्वाचन, स्कूल सञ्चालक समितिको निर्वाचन, शिक्षक नेताको निर्वाचन र पत्रकार नेता निर्वाचन धडल्लेका साथ सम्पन्न भइरहेको छ। जनप्रतिनिधिको अभावमा स्थानीय निकायहरू नङ्ग्रा–दार्‍हा झरेका बाघ भएका छन् भने कर्मचारी, नेता, मजदुर नेता र पत्रकार नेताहरू आफूलाई दार्‍हा, नङ्ग्रा भएको बाघ ठान्न थालेका छन्।     अस्ति फागुन ४ गते म पनि दर्शक बनेर वीरगंज उद्योग वाणिज्य सङ्घमा पत्रकार मेला हेर्न गएको थिएँ। १५१ मतदाता भएको महासङ्घमा मतदाता र उम्मेदवारको सङ्ख्या झन्डै–झन्डै आधाआधी भएको थाहा पाउँदा दङग परें। गुट–उपगुट, पत्रकार–गैरपत्रकार, काङ्ग्रेस–कम्युनिस्टबावजुद पहाडे–मधिसे स्थानीय र बाहिरिया गरमागरम बहस बनेको

एक, दुई, तीन संबिधान समयमा बन्दैन्

–सुजितकुमार अर्याल एक, दुई, तीन... नेताजी गिन्ति सिकिरहनुभएको छ। उहाँ आन्दोलनहरूको सफलताबाट हाम्रो महान् नेता बन्नुभएको हो। हाम्रा मुक्तिदाता शुद्ध नेता औंठाछाप हुनुहुन्छ। सबैलाई थाहा भएकै कुरा हो निरक्षरता उन्मूलन अभियानको उहाँ विरोधी हुनुहुन्छ। उहाँको मुखारबिन्दबाट सधैं एउटै आवाज आउँथ्यो पढने–लेख्ने बेलामा भैंसी चराउन गएपछि कसरी साक्षर हुने ? त्यसैले उहाँलाई साक्षरता तथा पढेलेखेका मानिस कम मन पर्छन्। त्यैपनि जुगको प्रभावले भनौ या जवाफदेहिताको आग्रहले भनौं उहाँ गिन्ति सिकिरहनुभएको छ। यो समाजको लागि ठूलो उपलब्धि हो। तपाईंहरूलाई थाहा नै छ कुनैपनि चीज शुद्ध पाइँदैन। जस्तो शुद्ध दूध , शुद्ध घ्यू, केहीपनि शुद्ध पाइँदैन। तरपनि हाम्रा नेताजी हामीलाई शुद्धरूपमा प्राप्त भएका हुन्। यो हाम्रो परम सौभाग्य हो। हामी भाग्यमानी छौं शुद्ध नेताजीका विशुद्ध जनता बन्न पाएकोमा। हामी ती दललाई पनि धन्यवाद दिन्छौं जसले हामीलाई एकथान शुद्ध औंठाछाप नेताजी शुद्ध भावनाले उपलब्ध गराइदिएका छन्। हामी त्यस दलप्रति आभारी छौं, जसले हाम्रो शुद्ध भावनालाई बिटुलो हुन दिएन। नेताजीको कमिशने चमचाले उहाँलाई गिन्ती सिकाइरह

र्सकस

-कुमार रुपोखती  र्सकसमा मान्छेहरूका अलावा जनावरहरू पनि मुख्य पात्र हुन्छन्। र्सकसमा उल्टापुल्टा गरेर हंसाउने जोकर, मान्छेहरूका कलाबाजी र जनावरहरूको करतब हेर्न ठूलै हुल र्सकलस्थल पुग्ने गर्दछ। हामी केटाकेटी हुंदा रक्सौलमा ठूल्ठूला र्सकस आउंथे। मेरो बुबा सिनेमाको एकदम खिलाफ तर रक्सौलमा र्सकस आउंदा र्सकस वास्तविकता हो, र्सकस हेर्न जाओ भनेर पैसा दिनुहुन्थ्यो। आजकल रक्सौलमा ठूल्ठूला र्सकस पनि आउंदैन र हेर्न पनि  गइंदैन। बरू अहिले आफनै देशमा र्सकस भैरहेकोले धेरैको मनोरञ्जन पनि भइरहेको छ।     संविधानसभा र्सकसमा परिणत भएको छ। संविधानसभारूपी र्सकसमा नेताहरूले जोकर र जनावर दुवैको भूमिका बखुबी निर्वाह गर्दै आइरहेका छन्। कोही जोकर बनेका छन्, कोही जनावर। सबैले बराबर मनोरञ्जन दिइरहेका छन्। नेपाली सञ्चार पनि के कम - प्रचण्ड सातपटक पराजित भन्छ, तर विजयी को भयो, भन्दैन - यो पनि र्सकसकै हिस्सा हो। तर रक्सौलका ठूल्ठूला र्सकसभन्दा बढी सदस्य सङख्या हुंदाहुंदै पनि यो नेपाली र्सकस निस्कर्षीनरूपमा मुलुकभर धडल्लेका साथ असफलरूपमा पर््रदर्शन भइरहेको छ। संविधानसभारूपी नेपाली र्सकसका जन्मदाता र सबैभन्दा पपुलर खल

कार्कीमाथि कलिको प्रभाव

नूतनदेव     नेपालमा आज पनि कुनै देउताको बढी माहात्म्य गाइन्छ भने ती हुन्, श्रीकृष्ण। हुन त नेपाल पशुपतिनाथको देश हो। नेपालको राष्ट्रिय देउता नै पशुपतिनाथ हुन्। यति भन्दा आज धर्मनिरपेक्ष भएको मुलुकको बासिन्दाहरूलाई अर्को पिरलो नआइपरोस् नि १ यो मुलुक खांटी हिन्दूहरूले कज्याएको भएको हुंदा यसो भनिएको हो। अं कुरा श्रीकृष्णको चल्दै थियो। कृष्णले कुब्जाजस्ती कुरूपा र अपाङगलाई निमेषमा साङग र रूपवती बनाइदिएर प्रकृतिमाथि विजय प्राप्त गरेको उद्घोष गरेका थिए।     नेपाल धार्मिक देश थियो। यहां अधार्मिक र नास्तिकजस्ताको कुनै स्थान थिएन। तर कलिकालले थिच्दै ल्याएर यहीं पुण्यभूमिमा यस्ता मानवहरू जन्मिए जसले कृष्णले जस्तै प्रकृतिमाथि विजय प्राप्त गरेको घोषणा गरे। झापा आन्दोलनको नाउंमा वामपन्थीहरूले मानिसको उंचाइ छ इन्ची कम गर्ने पौरख गरे। भनिन्छ नेपालमा आदिकालमा अघोरपन्थ, तान्त्रिक विद्या आदिको प्रचुर प्रचार भएको थियो। तन्त्रविद्या र अघोरपन्थमा लागेकाहरूलाई वाममार्गी भन्छन्। त्यही अनुसार विश्वमा पछिल्लो समयमा उदाएर अघिल्लै समयमा अस्ताएको एउटा राजनीतिक वाद निस्कियो, वामपन्थस जसका अनुयायीहरूलाई वामपन्थी

बिनाजनान्दोलन, बिनासहादत एक-दुइ-तीन सरकार बन्दैन

-सुजीतकुमार अर्याल     आजकल हाम्रा शहरका नेताजी नामका जीव सरकार बनाउन व्यस्त हुनुहुन्छ। सरकार नभै जनताले नेतालाई अनुभूत गर्न छाडेकोले उहां सरकार बनाउन जुटनुभएको हो । हर्ेनुस् सरकार प्रभुले मनोगतरूपमा राजीनामा दिनुभयो। बहुमत हुंदाहुंदै प्रचण्ड बहुमतको लागि राजीनामा गर्नुभयो। त्यसैले यो समस्या आएको हो। सरकार  प्रभुले राजीनामा गरेपछि यो देश कामचलाउ देश भएको छ।  काम चलाउ देश भएपछि देशलाई निकास दिन एक अदद सरकारको आवश्यकता छ।     सरकार नभएको कारण प्रहरी प्रशासनले समेत आफूहरूलाई र्टेन छाडिसकेको छ। प्रहरी प्रशासनलाई नेताशासित बनाउन भ्रातृ सङगठनसमेत अपर्याप्त हुंदै गएको अनुभव भएको छ। त्यसैले म सरकार बनाउन व्यस्त भएको छु। मलाई अवरोध नगर्नुस् आफनो कोठामा बसी एक कागजमा सभासद्हरूको नाम लेख्दै गरेका नेताजीले हाम्रा शहरका गण्यमान्य डटपेन डायरी छाप आफनो वडाका कालीदासलाई मोबाइलमा हकारे।     संस्कृत वाङ्मयका महाकवि कालिदास आजकाल यस देशमा छयापछयाप्ती छन्। यहां प्रचलित सबै भाषामा कालीदास वर्षे च्याउझैं उम्रिएका छन्। झयांगिएका छन्। भाषाहरूमा समेत कालीदासहरू अट्न नसकेपछि कोही देशका कालीदास कहलिन्छन् भने