Posts

Showing posts with the label नियात्रा

उपनिषद्को प्रश्न

-शीतल गिरी आरुणिको समय आफ्नो शिष्य याज्ञवल्क्य (६५०ई.)भन्दा केही पहिले होला र आरुणिको गुरु हुनाले प्रवाहण जैवलिलाई हामी त्योभन्दा केही पहिलेको मान्दछौं । प्रवाहण पञ्चालको क्षत्रिय राजा थिए । प्रवाहणको बारेमा उपनिषद्भन्दा बाहिरको कुरो मलाई थाहा छैन । उसलाई त्यसैगरी बुझ्नुपर्दछ जसरी उपनिषद्ले बताएको छ । यस कारण उपनिषद् प्रति आस्थाको प्रश्नले मलाई लोभ्याएको छ, धर्मप्रतिको आस्थाले होइन । धर्मलाई जीविकोपार्जनको माध्यम बनाएर धर्मप्रति आस्था देखाउँदैमा कोही पनि विशिष्ट बन्न सक्दैन । त्यस्तो विशिष्टको चर्चा पनि मलाई गर्नुछैन । त्यहाँ लोभ, लालच र द्वेषसँग स·त गर्नुपर्ने हुन्छ । वास्तवमा धर्मको मत–मतान्तरबाट द्वेषको जन्म हुन्छ । म त्यस्तो धर्मको बाटोबाट एकदम पृथक छु । यसरी पृथक बस्दा मेरो कुनै अहित भएको छैन । अत: स्वार्थपूर्ण धार्मिक चर्चाहरूबाट टाढा एकान्तमा बसी स्वअध्ययनमा रम्न रुचाउँछु ।     आस्थालाई म बुझ्ने कोशिश गर्दैछु । तर प्रेमलाई त सबैले जानेकै छ । त्यस प्रेमको रहस्य कसैले बुझ्न सकेको छैन । ‘ढाई अक्षर प्रेम’ पढेर कसैले पनि पार पाउन सकेको छैन । तर पनि अनुभवमा सबैले यो जानेकै छ । प्रेमब

हेटौंडा घुम्दा

- शीतल गिरी मनै त हो, कहिलेकाहीं डोरो चुँडिएको च·ाझैं हावामा कावा खेल्न चाहन्छ, बाढी भई छताछुल्ल हुन चाहन्छ, महादेवले किराँत रूप धारण गरी वन ज·लमा रमण गरेझैं प्रकृतिलाई नजिकबाट छाम्न चाहन्छ, कोइलीसँग मितेरी लगाउन चाहन्छ । यसो भनौं शहरी र पारिवारिक वातावरणबाट टाढा भई जिम्मेवारीबाट मुक्त भई साथीस·ीबीच हराउन चाहन्छ ।     यसो त म धेरैपटक हेटौंडा गएको छु साहित्यिक कार्यक्रममा, गोष्ठीहरूमा । यस संस्मरणमा म साहित्यिक कार्यक्रम र गोष्ठीको चर्चा नगरेर बरालिंदै, हल्लिंदै हिडेको प्रस· कोटयाउँछु ।     विशुद्ध गैरसाहित्यिक मित्रहरू रवीन्द्रलाल सिंह, शड्ढर थापा, पुष्पराज श्रेष्ठ र ओम अधिकारीसँग रमाइलो गर्न सुन्दर नगरी हेटौंडा पुगेको उल्लेख गर्दैछु । यसपटक हामी भित्री मधेसको शहर हेटौडामा औद्योगिक क्षेत्र घुम्न, सेनवंशी राजाको दरबार मकवानपुरगढी पुग्न चाहन्थ्यौं । डाँडामा स्थित मनकामना थानमा ढोग्न त्रिखण्डी र पुण्यक्षेत्रको प्रकृति अवलोकन गर्न, मानिसको मेहनत शहीद पार्क नामक नयाँ स्वर्गको अनुभूति गर्न चाहन्थ्यौं । हेटौंडा नगरपालिकाले आफ्नो अनुकूल बनाएको सुन्दर, सुगम स्वर्ग शहीद पार्क हाम्रो समूहको ओम अ