Posts

Showing posts with the label चियोचर्चा

यसपालिको बडादशैं

Image
–कुमार रुपाखेती     नेपालीले हर्षोल्लासका साथ लामो समयसम्म मनाउने चाड बडादशैं हो।     लामो बिदा, आफन्तहरूको आगमन, रक्सी, मासु र तासको सङगम आदि इत्यादि कारणहरूले गच्छेअनुसार रमाइलो गरी मनाउने बडादशैं–२०६९ भर्खरै हामी माझबाट बिदा भएको छ। प्रत्येक वर्षभैंm यसपालि पनि वीरगंज नगरीमा देखिएका केही कुराहरू तल उल्लिखित छन्। १) बहुचर्चित गहवामाई मन्दिर यस वर्षसमेत व्यवस्थित देखिएन। मन्दिर वरपर घटस्थापनादेखि नै फोहरका डुङ्गुर थुप्रिएको देखिन्थ्यो। तर वीरगंजेलीले आफ्नो घरदैलो आँगन सफा राखे। २)    दशैं मान्न नेपाल फर्कनेहरूलाई भारतीय लुटेरा र सुरक्षाकर्मीहरूले दु:ख दिने, लुट्ने गरेकाले यसपल्ट वीरगंज नाकाबाट नेपाल भित्रिनेहरूको सङ्ख्यामा वृद्धि भएको थियो। यसअघि पश्चिमी नेपाली नाका प्रयोग हुन्थ्यो। ३)    सिलाएको लुगा महँगो हुने भएकोले यसपल्ट रेडिमेड कपडा धेरै बिक्यो । टेलर मास्टरहरूले कम काम पाए। ४)    यसपल्ट कालाबजारी चरममा रहेकोले सबैथोक महँगोमा किन्नुपर्‍यो । कुखुरा र खसीको मासुमा समेत भाउ वृद्धि गरियो। ५) सुरक्षाकर्मीको सतर्कताका बाबजुद मेला अव्यवस्थित थियो। तर मेलामा चोरी चकारी भएन। बरु व्यवस