Posts

Showing posts with the label इतिहास

ब्रह्म

Image
शीतल गिरी  गताङ्कको बाँकी... हाम्रो जीवन जब त्यस मार्गमा प्रेरित हुनेछ, तब निष्फल आशाहरू एवं भयको नै अधीन हुनेछ । विवेकी जीवनमा एकता एवं सङ्गति स्पष्ट लक्षित हुनेछ । “त्यो जहाँसम्म पुग्दछ, त्योभन्दा पनि टाढा बस्न चाहन्छ । यदि आकाशमा पनि पुग्यो भने तब पनि त्योभन्दा पर जाने कामना गर्दछ।” (ऐतरेय आरण्यक, २ ३, ३ ः १) हामीमध्ये धेरैजसो व्यक्ति त्यस मार्गमा छौं, जसबाट धनसम्पत्ति प्राप्त हुन्छ तर धेरै मानिस त्यसमा नाशिन्छ । (कठ उपनिषद्, २ ः २–३) पदार्थहरूका दास बनेर र बाह्य वस्तुहरूमा आफूलाई लिप्त पारेर हामी यथार्थ आत्मालाई बिर्सन्छौं ।   नित्यको प्रति जुन प्रेम छ, त्यो मात्र सर्वोपरि प्रेम हो र स्वयम् आफ्नो पुरस्कार हो, किनभने परमेश्वर प्रेम स्वरूप छ। (वृहदारण्यक उपनिषद्, ३ ः ९, ११) परमेश्वरको प्रेम आनन्द हो ः ऊसँग प्रेम नगर्नू दुःखको कारण हो । परमात्मासित प्रेम गर्नु ज्ञान एवं अमरत्व प्राप्त गर्नु हो । उनकोप्रति प्रेम नराख्ने मनुष्यको जीवन संशय र भ्रान्ति, दुःख एवं मृत्युको शिकार बन्दछ (वृहदारण्यक उपनिषद्, ४ ः ४, ५) ।   यदि मनुष्यको इच्छा विषयासक्तिप्रति छ, तब ऊ व्याभिचारी भइहाल्छ, यदि सुन्द

ब्रह्म

Image
शीतल गिरी  गताङ्कको बाँकी... साङ्ख्य–प्रतिपादित द्वैतवाद उपनिषद्को लागि रुचिकर छैन। सर्वातिशायी यथार्थसत्ता आधार अथवा व्याख्या हो त्यस संघर्षको जो आत्मा एवं प्रकृतिको मध्य चल्दछ  (प्रश्नोपनिषद्, १ ः ३)। यस्तो ठान्ने पनि गरिएको छ कि सम्पूर्ण संसारमा एउटै सामान्य प्रयोजनले काम गर्दछ र परिवर्तनको आधारभूमि पनि एक समान छ। उपनिषद्हरू थुप्रै अद्भुत र मिथ्या कल्पनाहरूद्वारा सृष्टि–रचनाको वर्णन गर्दै संसारका एकत्वरूपक सत्य सिद्धान्तको प्रतिपादन गर्दछ। ब्रह्म नै यस सृष्टिको एकमात्र र सम्पूर्ण व्याख्या हो अर्थात् त्यही यस सृष्टिको उपादान एवं कारण पनि हो। संसारका विभिन्न सत्व त्यस एउटै विकासरूपी रस्सीको गाँठो समान हो, जो प्रकृतिबाट प्रारम्भ भएर आनन्दमा अन्त हुने गर्छ। आत्मा पदार्थमा ठीक त्यसैगरी व्याप्त हुने गर्दछ, जसरी नून घोलिएर सम्पूर्ण पानीमा आफ्नो प्रभाव पार्दछ, आत्माबाट पदार्थ ठीक त्यसैगरी प्रार्दुभाव हुने गर्दछ, जसरी प्रज्वलित अग्निबाट फिलिङ्गो निस्किन्छ, अथवा जसरी माकुराको भित्रबाट उसले बुनेको जालको धागो निस्किन्छ (छान्दोग्य उपनिषद् ७ ः २१)। जहाँ कुनै वस्तुको प्रार्दुभाव हँुदा पनि त्यसबाट

वीरगंज – एक ऐतिहासिक सन्दर्भ

Image
बासुदेवलाल दास, पीएच.डी. नेपालको प्रदेश नं २ अन्तर्गतको एकमात्र महानगरपालिका वीरगंज हो। यस नगरको स्थापना नेपालका राणा प्रधानमन्त्री वीरशमशेरको नामबाट आजभन्दा लगभग सवा सय वर्ष पहिले भएको थियो। ब्रिटिश महारानी भिक्टोरियाको हीरक जन्मोत्सवको उपलक्ष्यमा प्रधानमन्त्री वीरशमशेरलाई नाइट ग्रान्ड कमान्डर अफ दि स्टेट अफ इन्डिया नामक मानद उपाधिबाट विभूषित गरिएको सन्दर्भलाई स्मरणीय बना उन उनको नामबाट वीरगंज शहरको स्थापना सन् १८९७ मा गरिएको भनिन्छ। यसको उल्लेख एलएफ स्टीलरको ‘नेपाल ः ग्रोथ अफ ए नेशन’ नामको आधारमा घनश्याम भट्टराईले आफ्नो वीरगंजको ऐतिहासिक रूपरेखा भन्ने पुस्तकमा गरेका छन्। परन्तु यस स्थानलाई ऐतिहासिक सन्दर्भमा हेर्दा प्राचीनकालको विदेह राज्यको अवस्थितिसम्म पुग्नुपर्ने हुन्छ। यस क्षेत्रको ऐतिहासिकतालाई यो आलेखमा प्राचीन तथा आधुनिक गरी दुई भागमा प्रस्तुत गर्दै सङ्क्षेपमा चर्चा गरिएको छ। प्राचीन भाग ः जनकवंश ः पौराणिक साहित्यमा उल्लेख भए अनुसार यो भूखण्ड विदेह राज्यभित्र पर्दथ्यो। बृहद्विष्णुपुराण ग्रन्थको मिथिलाखण्डमा उल्लेख भए अनुसार विदेह राज्यको सिमाना पूर्वमा कोशी नदी, पश्चिममा सदान

अवमूल्यनमा परेको मानिस

Image
      शीतल गिरी   गताङ्कको बाँकी... अमरसिंहको नेतृत्वमा सिपाहीहरू जन्मभूमिको रक्षा गर्न स्वाहा हुन तयार थिए। देशलाई बचाउन आफ्नो रगत बगाउन तयार थिए सिपाही। यदि लडाइँका हतियार तरबार, छुरी, भाला, खुकुरी, खुडा जस्ता मात्रै पर्याप्त हुँदा हुन् त निश्चय नै रणसङ्ग्राममा नेपाली सिपाहीले छप्काउने थिए।   हिन्दूका राजा अङ्ग्रेजसित मिले, एशियावासीलाई हिमालका नेपालीको रित्तो अङ्कमाल स्वीकार्य नभएको हुँदा स्थिति बडो जटिल थियो। हिन्दुस्थान पराधीन बन्न तयार थियो, एशियाबाट अङ्ग्रेज धपाउने हिमालका नेपालीको प्रस्ताव स्वीकार्य नहुनु स्वाभाविक थियो। तर अमरसिंह हिमालको देश स्वतन्त्र राख्न चाहन्छन्। बहादुर शाहको पहिलो कदम भनेको रानीको समूहमा काम गरेको आशङ्कामा भारदारीबाट अमरसिंहलाई हटाइदिए। तर बहादुर शाहले उनको सैनिक योगदानको चाहिं चाहेर पनि उपेक्षा गर्न सकेनन्। शीघ्र नै उनलाई आफ्नो वृहत् पश्चिमी अभियानमा जीव शाहको सैनिक टोलीमा संलग्न गराइ पर्वत–प्यूठान हान्न पठाउने निर्णय गरे। यसैगरी। यसैताका शुरू भएको प्रथम नेपाल–तिब्बत युद्धमा पनि अमरसिंहको सक्रिय संलग्नता नै रह्यो र यस युद्धमा पनि उनले आफ्नो सैनिक योग्यत

लखन थापाको मूल्य

- शीतल गिरी     गोर्खाको बु·कोटमा लखन थापा नामको बालकको जन्म भयो । यो शुभ वर्ष जुरेको थियो, वि.सं.१८९० लाई ।     उनका प्रायजसो नातेदारहरू इस्ट इन्डिया कम्पनीको तेस्रो गोर्खा राइफल्समा नोकरी गरी अलमोडामा रहने गर्थे ।     तिनी सैनिक जनजाति युद्धजीवी मगर जातिका एक सच्चा योद्धा थिए ।     बालक लखन थापा जन्मदेखि नै बलियो र हष्टपुष्ट शरीरका थिए । लखन थापा बाल्यकालदेखि नै व्यायाम गर्ने, हतियार चलाउने अभ्यास र डाँडाकाँडा साथीहरूसँग घुम्न मन पराउँथे । तरवार, खुँडा, खुकुरी चलाउन, धनुषकाँड हान्न र भरुवा बन्दुक चलाउन बाल्यकालमैं सिकिसकेका थिए ।      खेतीको काममा पनि मन लगाएर परिश्रम गर्थे । यस किसिमबाट लखन थापा एउटा निपुण, परिश्रमी, चरित्रवान, सुन्दर र बलिया युवकको रूपमा वरिपरिको गाउँमा चिनिन्थे । आफ्ना नातेदार अलमोडामा हुनाले त्यहाँ गई प्रारम्भिक शिक्षा लिएका थिए । त्यस समय नेपालमा आम जनतालाई शिक्षा हासिल गर्ने सुविधा थिएन ।     एक दिन लखन थापा साथीहरूसँग मिलेर ज·लमा शिकार खेल्न गए । केहीपर उनले चित्तलको बथान देखे ।     चित्तल शिकारीहरू आइरहेको देखेर भाग्न थाल्यो । तर एउटी गर्भिणी चित्तल भने भाग्न

अशोककालीन पुरातत्त्व

सुशील मुडभरी प्राचीन भग्नाव शेष, अवशेष, अभिलेखहरू, स्तम्भ, शिलालेख, भोजपत्र, ताम्रपत्र, अनेक वंशी आलेखहरू आदि पौराणिक वा ऐतिहासिक कुराहरू वा घटनाहरूको विश्वसनीय प्रमाण हुन सक्छन् । यस्ता प्रमाणहरू खोजी र सड्ढलन गर्नाले पूर्वकाल कस्तो थियो भन्ने जानकारी लिनको लागि ठोस प्रमाणहरू हुन जान्छ । तत्कालीन समयका शासक, नायक, अगुवा या खलनायकका नामहरू, गतिविधि र महत्त्वपूर्ण घटनाहरू, तिथिमितिहरू प्राप्त गर्ने यी महत्त्वपूर्ण कुराहरू हुन् । यस्ता कुराहरू राजा, राज्य र उसका सिमाना अग्राधिकार पत्ता लगाउनुका साथै कला–कौशलको लागि साक्षी बसिदिन्छन् । पुरातात्त्विक उत्खननहरूले सिन्धुघाटीका सभ्यता, मोहनजोदडो, तक्षशिला, बौद्ध समयका गतिविधि, अशोककालीन महत्त्वपूर्ण कुराहरू झर्ल· हुँदै गएका छन् । यसको साथै विदेशी यात्री मित्रहरूले पनि बेला–बेलामा यात्रा वर्णन लेखेर गुण लगाएका हुन्छन् । पाचौं सदीमा चिनियाँ यात्री फाहियान, सातौं सदीका हु–एन सा· आदिले त भारतमा राजा अशोकलाई अभिलेखकर्तामा विश्वका सर्वश्रेष्ठतम व्यक्तित्वमैं तुलना गरिदिएका छन् । नेपालका लागि यी दुवै यात्रीका साथै भारतका राहुलले अझ खुलस्त गरिदिएका

शहीद शुक्रराज

- सुशील मुडभरी   शहीद शुक्रराज शास्त्री (शुक्रराज जोशी)लाई नेपालको ज्येष्ठ शहीदको रूपमा हेरिन्छ । कतिपय विद्वानले यिनलाई प्रथम शहीदको रूपमा चित्रण गरेका छन् भने कतिपयले पहिलो धार्मिक शहीदको माला पनि गुथाइदिएका छन् । जहाँसम्म धार्मिक शहीदको प्रश्न छ, वास्तवमा नेपालको पहिलो धार्मिक शहीद शुक्रराज नभई आध्यात्मिक जोसमनी मतका महान् प्रचारक लखन थापा हुन् । लखन थापाको प्रस· आउँदा हामी ज·बहादुरभन्दा पनि अगाडिको नेपालमा पुग्नुपर्ने हुन्छ । जोसमनी सम्प्रदायका प्रथम गुरु शशिधर आचार्य हुन् । यी शशिधर आचार्य गण्डकी त्रिशूलीको आसपास जन्मेका हुन् र यिनी सानैमा धार्मिक यात्रामा भारततर्फ गए । यिनले जगन्नाथपुरीमा एघार वर्ष बिताए । यसैबीच त्यहाँ ‘दरिया’ नामक एकजना सन्यासीसँग यिनको चिनजान भयो । यी दरिया भक्तिमार्गका उपासक र कबीरका अनुयायी थिए । यी दरियाबाट शशिधर निकै प्रभावित भए र यिनीबाट धेरै ज्ञानगुनका कुरा सिके । शशिधर नेपाल फर्केपछि यिनले आफ्नै खालको जोसमनी धार्मिक स·ठनको परिकल्पना गरे र त्यसलाई नेपालीपनको सम्प्रदायको रूपमा विकसित गरे । शुरूमा यो सम्प्रदायले खास विकास गर्न सकेको थिएन । पृथ्वीनारायण शा

भृकुटीको विवाह

- शीतल गिरी  गताङ्कको बाँकी..... इतिहासको नियमलाई स्वीकार गरेमा नेपालको इतिहासको विवाद सुगम तरिकाबाट सल्टिनेछ । तब स्वच्छ एवं प्रष्ट इतिहास निर्माण हुनेछ । इतिहासविद् मीनबहादुर शाक्यका अनुसार ई. ६३३ (भाद्रपद्)को समयमा श्रङ् चङ् गम्पोले भृकुटीको हात माग्न आफ्ना मन्त्रीलाई गोचाको दरबारमा पठाएका थिए र गोचाले कुनै पनि दृष्टिले तिब्बती राजाको उक्त प्रस्ताव अस्वीकार गर्न नसकी भृकुटी दिनुपरेको थियो । उपयुक्त भनाइहरूमाथि दृष्टि लगाउँदा तिब्बती स्रोतले श्रङ् चङ् गम्पोको जन्मको मिति ई. ६१७ बताउने हुँदा आचार्यको भनाइ मेल खाँदैन । मीनबहादुर शाक्यले उल्लेख गर्नु भएअनुसार ई. ६१७–६५० गम्पोको जीवनकाल हो । स्मरण रहोस्, ई. ६२१ मा अंशुवर्मा मरिसकेका हुनाले उनको समयमा गम्पो र भृकुटीको विवाह भएको थिएन । यो समय उदयदेव सपरिवार तिब्बतमा निर्वासनमा रहेको समय हुँदा कैलाशकुट भवनमा उनको शासन पनि थिएन ।     इतिहासका अन्य पुस्तकहरूले पनि ई. ६२१ पछि ६४१ सम्मको समय राजनीतिक सड्ढटपूर्ण रहेको र उदयदेवको शासन कैलाशकुट दरबारमा नभई उनी तिब्बतमा राजनीतिक शरणार्थी भएर रहेको स्पष्ट गरेको छ । तिब्बत निर्वासनको २० वर्षपछि मा

भृकुटीको विवाह

- शीतल गिरी राजकुमारी भृकुटीको इतिहास नेपालको एउटा विवादास्पद विषय हो भन्ने कुरा सर्वस्वीकार्य सत्य हो । प्राचीनकालको यो ऐतिहासिक विवादमा समकालीन नेपाली स्रोतहरू मौन रहेको हुँदा वर्तमानकालसम्म पनि टु·ो लागेको छैन । केही इतिहासकारहरूले भृकुटीको इतिहास नेपालको इतिहासको पाना होइन भन्ने उल्लेख गर्दागर्दै पनि इतिहासका थुप्रै प्रकाशित पुस्तकहरूमा छरिएर रहेका  भृकुटीको सामान्य ऐतिहासिक गाथाको सारसङ्क्षेप यस्तो छ– कैलाशकुट भवनमा ई. ६१७ मा जन्मिएकी उदयदेवकी छोरी लिच्छवी राजकुमारी भृकुटी (जो सुन्दर, गुणवती र धर्मपरायण थिइन्)को विवाह छिमेकी राज्य तिब्बतका राजा स्रङ् चङ् गम्पोसँग १६ वर्षको उमेरमा ई. ६३३ मा भयो ।     नेपाली राजकुमारी बौद्ध धर्मानुरागी भृकुटीको सत्प्रयासले असभ्य तिब्बतीहरू बौद्ध धर्ममा दीक्षित भए । भृकुटीले एउटा पुत्रलाई जन्म दिएकी थिइन्, तर ऊ पनि चाँडै नै मर्‍यो । एकथरी इतिहासकारले राजा स्रङ् चङ् गम्पो ३३/३४ वर्षको अल्पायुमैं मृत्यु भएको भनेकाले र उनका उत्तराधिकारी पनि नाति बनेका हुनाले गम्पोकालीन तिब्बती इतिहासको स्रोतमा राजा स्रङ् चङ् गम्पोको मृत्यु र जन्मको तिथिमिति सम्बन्धमा

प्रश्न शकहरूको कुरा नेपाली संस्कृतिको

गतअङ्कको बाँकी - शीतल गिरी    कनिष्कले चीनलाई हराएर चिनियाँ राजकुमारहरूलाई ल्यायो र उनीहरूलाई बस्नको लागि कपिशा (कोहदामन) उपत्यकामा डाँउ बनायो, जसलाई शे–लो–क–विहार भन्दछौं । स्वेन–चाङले आफ्नो यात्रामा सातौं शताब्दीको पूर्वार्धमा यो देखेका थिए । गन्धारको प्राचीन देश (पख्तुनिस्तान) पाकिस्तान र स्वतन्त्र कबिलाहरूमा बाँडिएको थियो । फर्गानको उर्वर र समृद्ध उपत्यका मात्र कनिष्कको मातहत नभएर, सिङ क्यानको पूर्वी सीमादेखि पार्थिव (इरानी) सीमासम्मको रेशम मार्ग कनिष्कको हातमा थियो । फर्गान तथा सोग्दको समरकन्द आदि व्यापारिक नगर उसको हातमा थियो । ठूला नदी मात्र हैन, यस्ता नदीहरू पनि उसले प्रयोगमा ल्याएको थियो जसमा वर्षाको दुई तिन महिनामात्र डु·ा चल्न सक्दथ्यो ।     शकहरूलाई पराजित गरेर कनिष्कले शासन गर्न थालेपछि शुरु भएको संवत् नै शक संवत् हो । कनिष्कको सिक्काको अग्रभागमा लामो लवेदा, चुच्चो टोपी, घुँडासम्मको शकीय जुत्ता लगाएको भाला, अंकुश लिएको कनिष्कको मूर्ति अड्ढित छ, जसमा ग्रीक लिपि र भाषामा वेसीलियोस् वेसीलियोन शाओ कनिष्को कुषाणे लेखिएको छ । बिभाषाहरूलाई ताम्रपत्रमा लेखाएर कश्मीरको कुण्डलवनक

प्रश्न शकहरूको: कुरा नेपाली संस्कृतिको

- शीतल गिरी प्राचीन मानव जातिमा पनि जाति–सम्मिश्रण भयो, किनभने मानव उहिल्यैदेखि घुमन्ते रहेको छ ( कृषि युगभन्दा पहिले त ऊ घुमन्ते छाडेर अरू केही थिंदै थिएन । हामी आजको मानव जातिको इतिहासमा पनि यस्तो धेरैजसो उदाहरण पाउने गर्छौ, जसमा दुई चार व्यक्ति होइन, जातिहरूकै सम्मिश्रण भयो । बुलगार कालासागरको किनार छाडेर स्लावहरू बाल्कान गए । कतिपय हूण कबिला म·ोलियाबाट शुगरीमा पुगेर मगियारको रूपमा बसे ।     युरेसिया द्वीपमा एक समय दुनाई (डेन्युब) बाट त्यानशान् अल्ताई (पर्वत–श्रेणी) सम्म पाइने शक जातिको भूमिलाई शकद्वीप भन्न सक्दछौं, पुरानो इरानी शब्दानुसार शकानवेइजा या पछिको भाषा अनुसार शकस्तान पनि भन्न सक्दछौं ।     अहिले हामीसँग शक भाषाको नाम मात्रको शब्द उपलब्ध छ, र जेजति छ, त्यो ईस्वी सन् प्रारम्भ भएपछिको हो । तर शकहरूका उत्तराधिकारीहरूको भाषा हेर्दा थाहा हुन्छ, उनीहरूको भाषा विश्लेषणात्मक नभएर, संश्लेषात्मक मात्र छ, यसको कारण पूर्वजहरूको सामाजिक गतिरोध नै हो ।     शकहरूले मुर्दालाई रूखमा झुन्डयाउँथे र मासु चराहरूले खाएपछि हाड सङ्ग्रह गरेर गाड्थे । पारसीहरूमा एक शताब्दी अघिसम्म यो प्रथा प्रचलनम