Posts

Showing posts with the label सन्दर्भ: विश्व मौसम दिवस

२३ मार्च–विश्व मौसम दिवस : मौसमको परिवर्तित स्वभाव

Image
निर्भय कर्ण     मानिसले प्रत्येक मौसममा आफूलाई त्यस अनुरूप सामञ्जस्य गर्नुपर्छ । जसले मौसमको साथ समन्वय मिलाउन सक्यो उसलाई खासै समस्या हुँदैन । तर केही वर्षदेखि मौसममा यति तीव्र गतिले परिवर्तन भइरहेको छ–मानिसलाई यो बुझ्न कठिन भइरहेको छ कि आखिर जाडोमा गर्मीको अनुभूति र गर्मीमा चिसोको अनुभूति किन भइरहेको छ । कहिले बादलबिना पानी पर्ने, कहीं अनिकाल त कहीं बाढीको दृश्य किन देख्न पाइन्छ । यस्तोमा मौसमको परिवर्तनशील स्वभावले मानिसलाई सड्ढटमा पारिदिएको छ र  ऊ आफूलाई परिवर्तनशील मौसम अनुसार समन्वय गर्न सकिरहेको छैन ।     बादलको लुकामारी खेल्ने प्रवृत्तिले किसानलाई झन् असमञ्जसमा पार्ने गरेको छ ।  किसान कहिले पानी पर्ला र खेती गरूँला भन्ने आशमा बसेको हुन्छ, तर उसको उम्मेद कहिले पूरा हुन्छ भने कहिले ठाम्मै पानी पर्दैन । कहिले यति पानी पर्छ कि खेतको बाली नै नष्ट हुन पुग्छ, कहिले भने लुकामारी खेलेर बादल आकाशबाट बेपत्ता हुन्छ । कहीं यति पानी पर्छ कि बाढी नै बाढी देखिन्छ भने कहीं अनिकाल नै आइपर्छ । प्रत्येक वर्ष के देखिएको छ भने पानी आफ्नो औसतभन्दा थोरै पर्छ र त्यो पनि बेला घर्काएर, बेमौसममा, जसले ग