Posts

Showing posts with the label अन्तरार्टिय समाचार

अमेरिकाली सैनिक पक्राउ

अफगानिस्तान, २८ फागुन/एएफपी     अफगानिस्तानको कन्धार प्रान्तमा  अफगान नागरिकलाई गोली हानेको आरोपमा एक अमेरिकाली सैनिक पक्राउ परेका छन् ।     कन्धार प्रान्तमा भएको यस हताहति पश्चात् एक अमेरिकाली सैनिक सदस्य पक्राउ परेको नेटोसँग आबद्ध अन्तर्राष्ट्रिय सुरक्षा सहयोग बलद्वारा प्रकाशित विज्ञप्तिमा आज जनाइएको छ ।     एएफपीलाई बताइएअनुसार शिविर वरिपरि हिंडिरहेका ती सैनिकले आइतवार बिहान सबेरै गोली  प्रहार गरेका थिए । गोली प्रहारपश्चात् उनी आफ्नै  शिविर फर्केका र त्यस शिविरबाट पक्राउ परेको जनाइएको थियो ।     एक पश्चिमी अधिकारीले अन्तर्राष्ट्रिय सुरक्षा सहयोग बलका एक सैनिक सदस्यबाट भएको गोली प्रहारबाट तीन व्यक्तिको मृत्यु भएको र ती सैनिकलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको एएफपी  समाचार समितिलाई जनाएका छन् ।     तालिबानको धार्मिक जन्मस्थान कन्धारमा अमेरिकाली सैनिकको बाक्लो उपस्थिति छ । करजयी सरकारको सुरक्षा अर्थात् तालिबानीसँग युद्धरत नेटोसँग आबद्ध एक लाख ३० हजार सैनिक अफगानिस्तानमा छन् । रासस

भारतमा नयाँ आयकर छुट सीमा

नयाँ दिल्ली, २८ फागुन/पिटिआई     भारतमा व्यक्तिगत आयकरको सिलिङ बढाएर कम्तीमा पनि वार्षिक तीन लाख भारतीय रुपियाँ पुर्‍याइएको समाचार छ ।     भारतको प्रत्यक्ष कर संहितामा संसदीय समितिले आयकर सीमा बढाएर वार्षिक तीन लाख भारु बनाउने सिफारिस गरेको आज जनाइएको छ ।     बजेट सत्रभन्दा ठीक पहिले प्रस्तुत प्रतिवेदनमा समितिले करमा छुटको प्रावधान भएको, बचत योजनाहरूमा लगानीको छुट सीमा बढाएर तीन लाख २० हजार भारु गर्नुपर्ने उल्लेख छ ।     पूर्व वित्तमन्त्री तथा भारतीय जनता पार्टीका नेता यशवन्त सिन्हाको अध्यक्षतामा रहेको संसद्को स्थायी समितिले प्रत्यक्ष कर संहितामा आफ्नो प्रतिवेदन लोकसभा अध्यक्ष मीरा कुमारलाई बुझाएको छ ।     समितिले सम्पत्ति करको सीमा पाँच करोड भारु गर्ने सुझाव दिएको छ र प्रतिभूति लेनदेन करलाई समाप्त गर्ने सिफारिस गरेको छ । समितिले कम्पनीहरूको आम्दानीमा करको दरलाई ३० प्रतिशतको विद्यमान स्तरलाई कायमै राख्ने सुझाव पनि दिएको समाचारमा जनाइएको छ ।     सो प्रतिवेदनबाट संसद्मा प्रत्यक्ष कर संहितामा बहस भएर यसलाई पारित गर्ने मार्ग प्रशस्त हुनेछ । प्रत्यक्ष कर संहिता विधेयकले करिब पाँच दशक

शवयात्रामा बम विस्फोट, १२ को मृत्यु

पेशावर, २८ फागुन/एएफपी     पाकिस्तानको उत्तरपश्चिम सहर पेशावर नजिकै आइतवार सुरु भएको शवयात्रामा बम विस्फोटन गराइएको समाचार छ ।     सो विस्फोटमा परी १२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३१ जना घाइते भएका प्रहरी स्रोतले जनाएको छ । घाइतेको अवस्था निकै गम्भीर रहेकोले मृत्यु हुनेको सङ्ख्यामा पनि वृद्धि हुन सक्ने जनाइएको छ ।      पेशावरको बाहिरी इलाका बादावेर क्षेत्रमा अन्त्येष्टिको बेला भइरहेको प्रार्थनासभामा  बम विस्फोट गराइएको वरिष्ठ प्रहरी अधिकारी कलाम खानले बताएका छन् ।     यस विस्फोटमा १२ व्यक्तिको मृत्यु हुनुको साथै ३१  घाइते भएका समाचार स्थानीय प्रहरी अधिकारीले पुष्टि गरेको समाचारमा उल्लेख छ ।      सो बम विस्फोटका जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन । तरपनि मुस्लिम स·ठनहरूबीच आपसी द्वन्द्व सो सहरमा व्याप्त रहेकोले कुनै यस्तै स·ठनको संलग्नता रहेको प्रहरीले जनाएको छ । रासस

सिरियाको होम्समा नियन्त्रण बाहिरको रक्तपात

दमास्कस, २७ माघ/एएफपी     सिरियाको होम्स सहरमा सरकारी सेनाले गरेको पछिल्लो आक्रमणमा कम्तीमा ८० व्यक्तिको ज्यान गएको मानवअधिकारवादीहरूले जनाएका छन् ।     सिरियामा भएको यस आक्रमणलाई अमेरिकाली राष्ट्रपति बराक ओबामाले नियन्त्रण बाहिरको रक्तपात भनेर व्याख्या गरेका छन् ।     बेलायतसँग आबद्ध मानव अधिकारवादीहरूले बिहीवार मात्र कम्तीमा ८३ जना व्यक्तिले ज्यान गुमाएको जानकारी दिएका छन् ।     होम्स सहरमा राष्ट्रपति बासिर अल असद विरोधी र सरकारी सैनिकबीच भएको झडपमा छ दिनभित्र कम्तीमा चार सय व्यक्तिको ज्यान गुमाउनुपरेको अधिकारवादीले जनाएका छन् ।     ब्रिटिश प्रधानमन्त्री डेभिड क्यामरूनले राष्ट्रपति अल–असादको सत्ता आफ्नै जनता मार्नका लागि भएको जनाएका छन् । असदको सत्ता आफ्नै नागरिक मार्ने नर्क भएको क्यामरूनले संवाददाताहरूलाई बताएका हुन् ।     टर्कीका विदेशमन्त्री अहमेट दाभुटोग्लुले वाशिंगटन भ्रमणको क्रममा अन्तर्राष्ट्रिय समुदायले सिरियामा जारी आमहत्या हेरेर बस्नु नमिल्ने बताएका छन् । उनले जर्ज वाशिंगटन विश्वविद्यालयमा दिएको एक भाषणमा  अन्तर्राष्ट्रिय समुदायले चुपचाप लागेर प्रत्येक दिन सिरियाली जनत

आठ तालिवानीको मृत्यु दुई पक्राउ

काबुल, २७ माघ/सिन्ह्वा     पूर्वी अफगानिस्तानमा अफगान र नेटोसँग आबद्ध सैनिकले गत २४ घण्टाभित्र गरेको कारबाईमा आठ सशस्त्र तालिबान आतड्ढकारीको मृत्यु हुनुको साथै अन्य दुईजना पक्राउ परेका नेटोले जनाएको छ ।     अफगान राष्ट्रिय प्रहरी, सैनिक र संयुक्त विदेशी सैन्यबलले संयुक्तरूपमा कारबाई गरेका थिए ।     कापिसा प्रान्तका निज्राब जिल्लामा सो सैन्यबलले गरेको हवाई आक्रमणमा छजना र खोस्त प्रान्तको खोस्त जिल्लामा गरिएको छुट्टै कारबाईमा दुईजना सशस्त्र तालिवानी आतड्ढकारीको मृत्यु हुनुका साथै अन्य दुईजना पक्राउ परेका नेटोसँग आबद्ध अन्तर्राष्ट्रिय सुरक्षा सहयोग बलले जनाएको छ । अफगान अधिकारीहरूले तालिबानलाई आतड्ढकारीको ‘संज्ञा’ दिएका छन् ।     सन् २०११ को मे महिनामा अफगान र नेटो सैनिकमाथि आक्रमण गर्ने घोषणा गरी बसेका तालिवान आतड्ढकारीहरूले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन् ।     यस वर्षको सुरुदेखि हालसम्म यस प्रकारको कारबाईमा १२० तालिबानी मारिएका छन् भने ४६२ जना पक्राउ परेको पनि समाचारमा उल्लेख गरिएको छ । रासस

अवैध लगानी गरेका ११ जनालाई जेल सजाय

होह्होत,३ माघ/सिन्ह्वा     चिनियाँ एक अदालतले अवैध लगानी गरेको आरोपमा ११ जना व्यक्तिलाई जेल सजाय दिएको समाचार प्राप्त भएको छ ।     करिब आठ महिनाअघि एक अरबपति व्यापारी जलेर आत्महत्या गरेको प्रहरीले अनुसन्धान गर्ने क्रममा उनकै ११ जना कर्मचारीको पनि सो कम्पनीमा अवैध लगानी पत्ता लागेको थियो । वाआतोउ हुइलोङ्ग टेडिङ कम्पनीमा काम गर्ने ११ जना कर्मचारीलाई एकदेखि सात वर्षसम्म अदालतले जेल सजाय तोकेको समाचारमा उल्लेख छ ।     ती कर्मचारीले दुई अर्ब २२ करोड युआनभन्दा बढी अवैध लगानी गरेको समाचारमा प्रस्ट गरिएको छ । सो कम्पनीको म·लवार भएको सुनवाइमा कम्पनीले जरिवानास्वरूप पाँच लाख युआन तिर्नुपर्ने बताइएको छ । जेल सजाय पाउने ११ जना व्यक्तिहरूले २० हजारदेखि १८० हजार युआनसम्म जरिवाना तिर्नुपर्ने पनि अदालतद्वारा सुनवाइ भएको समाचारमा उल्लेख छ । रासस

डुबेको जहाजका यात्रुको खोजी जारी

रोम, ३ माघ/एएफपी     इटलीको एक द्वीपनजिकै गत शुक्रवार पर्यटक जहाज डुब्दा हराएका यात्रुको खोज जारी रहेको इटलीका अधिकारीहरूले जनाएका छन् ।     करिब चार हजार यात्रुको उद्धार गरिएको भएपनि जहाज डुब्दा हराएका अझै २९ जनाको अवस्था भने अज्ञात नै रहेको समाचारमा जनाइएका छ । उद्धार कार्यमा खटेका अधिकारीका अनुसार आज थप दुईजना यात्रुको शव भेटिएको छ । यसपछि सो विमानमा हराएका नागरिकमध्ये सातजनाको  मृत्यु भएको पुष्टि भएको छ ।     सो जहाजमा डुबेर सोही दिनमात्र तीन व्यक्तिको मृत्यु भएको थियो । उद्धारकर्मीले अहिलेसम्म २९ जना हराएको जनाएका छन् । तर अझैपनि हराइरहेका पर्यटकको सङ्ख्याबारे निश्चित नभएको उनीहरूको भनाइ छ ।     ग्रोसेटोका एक उच्च अधिकारी गुइसेपे लिन्दार्दीले सात व्यक्तिको मृत्यु भएको पुष्टि भएको बताए । यात्रुको उद्धार कार्य सञ्चालन भइरहेको अवस्थामा मृतकको सङ्ख्या यकिन हुन कठिनाइ भएको उनले बताए ।     कोस्टा कोनकोर्डिया नाम गरेको उक्त जहाज भूमध्यसागरीय यात्रामा रहेको र इसोला डेल गिग्लियो नजिकै शुक्रवार मुगाको पहाडमा ठक्कर खाएको बताइएको छ ।     जहाज दुर्घटनामा परेको थाहा भएपछि धेरै व्यक्ति समु

पाकिस्तानी तालिबानी नेताको मृत्यु

इस्लामाबाद, २ माघ/एपी     आतड्ढवादबाट मुलुकलाई शिथिल बनाउन प्रयासरत पाकिस्तानी तालिबानी उच्चस्तरीय नेताको अमेरिकाद्वारा हालै गरिएको हवाई आक्रमणमा मृत्यु भएको  गुप्तचर अधिकारले आइतवार जनाएको छ ।     पूर्वी पाकिस्तानको मध्यभागमा आइतवार शिया मुसलमान धार्मिक समूहको यात्रामा एक बम विस्फोट गराई १४ व्यक्तिको हत्या भएको दिनमैं यस हवाई आक्रमणको समाचार प्राप्त भएको उल्लेख गरिएको छ ।     तालिबानीले गोप्यरूपमा वायरलेस सेटबाट एक आपसमा कुरा गरी उनका नेता हाकिमुल्लाह महसुद कसरी मारिए भन्ने चर्चा गरेको पाकिस्तानी गुप्तचर अधिकारीहरूले सुनेको समाचारमा उल्लेख छ ।     तालिबानीको यस कुराकानीमा नेता महसुद अफगानिस्तान सीमानजिक पर्ने उत्तरी वजिरिस्तानमा जनवरी १२ का दिन मारिएको चर्चा भएको समाचारमा उल्लेख गरिएको थियो ।     महसुद वजिरिस्तानमा एक बैठकलाई सम्बोधन गर्न वेश बदलेर यात्रा गरिररहेका बखत मारिएका जनाइएको छ ।     वायरलेस सेटको कुराकानीमा केही तालिबानी आतड्ढकारीले पनि महसुद मारिएका पुष्टि गरेको तर एकले यसलाई छोप्न खोजेको पनि गुप्तचर स्रोतले प्रस्ट पारेको छ ।     गुप्तचर अधिकारीहरूले आफ्नो नाम नबताउन

क्याम्बोडियामा औलोबाट ९८ को मृत्यु

होमपेन्ह, २ माघ/सिन्ह्वा     क्याम्बोडियामा सन् २०११ मा औलो रोगबाट ९८ जनाको मृत्यु भएको र यो सङ्ख्या विगत वर्षको तुलानामा ३५ प्रतिशतले घटेको वरिष्ठ स्वास्थ्य अधिकारीले सोमवार जनाएका छन्  ।             गत वर्ष ६२ हजार ६९० जनालाई औलो लागेको र जसमा ९८ को मृत्यु भएको राष्ट्रिय औलो केन्द्रका निर्देशनले जनाएका थिए  ।     जनतामा आएको जनचेतना समयमैं उपचारको कारण सन् २०१० को तुलनामा यस रोगबाट हुने मृत्युदर ३५ प्रतिशतले घटेको पनि समाचारमा उल्लेख छ ।     निर्देशक चार मेङ्ग चुअरले सन् २०१५ सम्म क्याम्बोडियामा औलो उन्मूलन नै उद्देश्य रहेको जनाएका छन् ।     तर यस उद्देश्य प्राप्तिको लागि दुई करोड अमेरिकी डलरको आवश्यकता पर्ने पनि चोअरले बताएका छन्  ।     औलो लामलुट्टेको टोकाइबाट हुने गर्दछ र क्याम्बोडियामा वर्षात्को मौसममा यो रोग प्राय: देखिने गरेको जनाइएको छ ।     क्याम्बोडियाको सीमा प्रान्त र पहाडी प्रान्तहरूमा बढी औलो फैलिने गरेको समाचारमा जनाइएको छ । रासस

पेरूमा पानी जहाज दुर्घटना

लिमा -पेरू), १३ जेठ/सिन्ह्वा     पेरूको लोरेटो क्षेत्रमा पर्ने अमाजोवास नदीमा हिजो एक पानीजहाज दुर्घटनाग्रस्त भई आगलागीसमेत हु“दा पा“चजनाको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भएका छन्। लोरेटोस्थित राष्ट्रिय प्रतिरक्षा निकाय प्रमुखका अनुसार उद्धार कार्य तीव्र तुल्याएको र ठूलो सङ्ख्यामा अग्नि नियन्त्रणमा पौडीबाजहरू तथा स्वयसेवीहरू र क्रेनलगायत ठूला उपकरणसमेत परिचानल गरिएका छन्।     घटनाको अनुसन्धान गरिएको र प्रारम्भिक प्रतिवेदनले जनाए अनुसार १६० जना यात्रुको क्षमता रहेको उक्त जहाजमा कम्तिमा दर्ुइ सयजना यात्रु र ठूलो परिमाणमा इन्धन कार्गोसमेत लादिएको थियो।     दुर्घटनाबाट भयभित यात्रुहरू आ-आप\mनो स्वजनको पखाईमा नदीमैं अलपत्र परिरहेका छन्। उक्त जहाज इक्विटोस भन्ने नगरबाट जलमार्ग हु“दै लिमातर्फआइरहेको थियो। रासस