Posts

Showing posts with the label सन्दर्भ: रेडक्रस दिवस

रेडक्रस यात्रामा मेरो बुझाइ

Image
फुलमहम्मद मियाा     शैक्षिक चेतना र प्राज्ञिक क्रियाकलापले मानव व्यक्तित्व उच्च बनाउँछ तर त्यो स्वरूप मात्र हो । सामाजिक काममा सहभागिताबिना मानिसको व्यक्तित्व विकास अपूरो हुँदो रहेछ । त्यसको गुणात्मकता समाजप्रतिको जिम्मेवारी बोध र निस्स्वार्थ सेवाभावमा प्रकट हुन्छ । निष्ठापूर्वक गरिएको सेवाले आत्मसन्तुष्टि पनि प्राप्त हुन्छ ।     हाम्रो समाजमा समाजसेवीको रूपमा राजनीतिक कार्यकर्ता अग्रस्थानमा देखिन्छन् । यथार्थमा जनताको दु:ख–सुखमा सहभागी नभएका र समग्र सामाजिक समृद्धिको अभियानमा जनताको साथमा नरहेका ती कार्यकर्ता कोरा राजनीतिक व्यापारीको रूपमा  हुन्छन् । समाजसेवीको पूर्णता सामाजिक कामबाट नै हुनुपर्दछ न कि खोक्रो राजनीतिबाट । व्यक्तिगत स्वार्थ र लाभका निम्ति गरिने सेवा समाजसेवा हुन सक्दैन । सामाजिक काममा आफूलाई निस्स्वार्थ समर्पण गर्ने उसको सार हो । यिनै धेरै सामाजिक काम गर्ने क्षेत्रमध्येको एउटा मानवीय सेवा गर्ने संस्था रेडक्रस हो ।     कुनै राष्ट्रको लागि राष्ट्रियता ठूलो कुरा होला तर रेडक्रसमा त राष्ट्रियता भनेको केही हुँदो रहेनछ । रेडक्रस मानवीय सेवा गर्ने विश्वव्यापी संस्था हो, तसर्