राजेश मिश्र
गत साता जुन व्यक्तिसँग कुराकानी भयो, उनी साधारण किसान परिवारमा जन्मेर पनि आप्mनो कर्मठताले भाग्यलाई बदलेका व्यक्ति हुन् । बाल्यावस्थामा उनको विवाह भएको थियो, करीब ६ वर्षको उमेरमा । उनकी पत्नी शहीदन बानोको निधन भएको ३० वर्ष भइसक्यो । दुई छोरा र एक छोरीका बुबा उनी हाल गाउँमा बस्छन् । फुलेको कपाल र चम्किलो अनुहारसँगै यो उमेरमा पनि उनी ह्ष्टपुष्ट छन् ।
उनको पढाइ भने ७ वर्षको उमेरदेखि शुरू भएको थियो । उनले कखरा कसरी शुरू गरे ? उच्च शिक्षा हासिल कसरी गरे ? हाकिम कहिले भए ? मेडल किन पाए ? कति विदेश यात्रा गरे ? एकपछि अर्काे चुनौतीको सामना कसरी गर्नुप¥यो ? लगायतका उनको जीवन सङ्घर्ष वर्तमान पुस्ताको लागि प्रेरणादायी साबित हुनेछ । यो ज्येष्ठ अनुभव पाठकलाई चलचित्रजस्तो लाग्न सक्छ । तर युवा पुस्ताले विगतका चुनौती र आजको सुविधाबीचको अन्तर जान्न र बुभ्mन आवश्यक देखिन्छ । पोखरिया नगरपालिकाले युवाहरूको लागि अनुभवी कृषि विज्ञ ज्येष्ठ नागरिकसँग कृषि क्षेत्रमा अतुलनीय योगदान लिन सक्छ । पर्साको पोखरिया नगरपालिका वडा नं ७ रानीगंजका ८० वर्षीय खलिल मियाँँसँग गरिएको कुराकानीको संक्षिप्त अंशः–
प्रारम्भिक शिक्षा ः
खलिल मियाँ बाल्यावस्थामा हुँदा औपचारिक शिक्षार्जनको लागि गाउँघरमा विद्यालय हुँदैनथियो । वीरगंजमा मात्र दुईवटा विद्यालय थिए, श्री त्रिजुद्ध मावि र कन्या मावि । उतिबेला शिक्षाको खासै महŒव हुँदैनथियो । शिक्षा ग्रहण गर्नुपर्ने अनिवार्य बाध्यता थिएन । ग्रामीण इलाकामा भारतबाट आएका गुरुजीहरू गाउँघरमा केही केटाकेटीहरूलाई जम्मा गरी अनौपचारिक शिक्षा दिन्थे । ती गुरुजीहरूले साधारण लेखपढ गर्न सिकाउँथे । जस्तै पहाडा (टेबल), कक बिरकने क (बा¥हखरी)लगायतका गाउँघरमा काम लाग्ने प्रकारका कुराहरू सिकाउँथे । विद्यार्थीहरू केही वर्ष पढेपछि तमसुक लेख्न, खेतबारी नाप्न, हिसाब निकाल्नलगायतका कुराहरू सिकाएपछि पढाइ सकिन्थ्यो । प्रमाणपत्र भने पाइँदैन थियो । ती गुरुजीहरूको लागि बस्ने बास र खानेकुराको बन्दोबस्त गाउँलेहरूले गर्नुपर्दथ्यो । प्रत्येक शनिवारको दिन शनिचरा (चामल, पीठो र आधा आना वा एक आना पैसा) सामथ्र्य अनुसार अनिवार्यरूपमा गुरुजीलाई दिनुपथ्र्याे । यति नै दिनुपर्छ भनेर थिएन । शनिचरा नै गुरुजीहरूको पारिश्रमिक हुन्थ्यो । भारतबाट आएका गुरुजीहरू ६ महीना पढाउँथे र घर जान्थे । तीन वर्षको पढाइको अवधिमा पाँचजना गुरुजीसँग खलिलले पढ्ने मौका पाए । गुणेश्वर दत्त गुरुजीसँग सबैभन्दा बढी कुरा सिकेको आज पनि उनी सम्झन्छन् । उतिबेला रानीगंज–श्रीसिया पञ्चायतको श्रीसिया गाउँमा बङ्गाली श्रीवास्तव गुरुजीको आगमन भएको थियो । पछि उनी रानीगंज आए । केही महीना पढाएपश्चात् पुनः श्रीसिया फर्के । र, खलिललगायत रानीगंजमा पढिरहेका सबै बालबालिका प्रतिदिन हिंडेर श्रीसिया जानुपर्दथ्यो । त्यतिबेला बालबालिकाहरू खलिहानमा बोरा बिछ्याएर बस्दथ्ये र पढ्थ्ये ।
कक्षागत शिक्षाको सुरूआत ः
केही महीनापछि बङ्गाली गुरुजीले पढाइलाई परिवर्तन गर्दै कक्षागतरूपमा सुरुआत गरे । भारत बिहार राज्यको पूर्वी चम्पारण जिल्लामा अध्यापन भइरहेको पाठ्यक्रम लागू गरे । र, सोही अनुसार इतिहास, भूगोल, हिन्दी, अङ्ग्रेजीलगायतका विषयका साथ कक्षा ४ को अध्यापन शुरू भयो । वार्षिक परीक्षा सीमावर्ती पूर्वी चम्पारणको भेलाहीमा सम्पन्न भयो । विसं २००७ सालमा खलिल मियाँले कक्षा ४ उत्तीर्ण गरे । अगाडिको पढाइ कहाँ पढ्ने ? भन्नेबारेमा उनलाई थाहा थिएन । साथै उनलाई आप्mनो पढाइ अन्त्य भयो जस्तो पनि लागिरहेको थियो । तर एउटा गज्जबको संयोग जु¥यो ।
विसं २००४ सालमा पर्साको महुवनमा महोवनी पद्म आधारभूत विद्यालयको स्थापना भएको थियो । ग्रामीण क्षेत्रमा पहिलोपटक व्यावसायिक पढाइको सुरुआत भएको थियो । घर बनाउने, कृषि कार्य गर्नेलगायतका स्थानीयस्तरमा काम लाग्न सक्ने पढाइ हुन्थ्यो । तर त्यो विद्यालयमा विद्यार्थीहरू भने थोरै हुन्थे । नाम लेखाए पनि उपस्थिति न्यून हुन्थ्यो । थोरै विद्यार्थी सङ्ख्या र अपायक ग्रामीण इलाका भएकोले शिक्षकहरू पनि सन्तुष्ट थिएनन् ।
रानीगंजमा राणाहरूको बसोबास थियो । गाउँदेखि उत्तरतर्पm ठूलो दरबार थियो । महुवन अवस्थित विद्यालयका शिक्षकहरूले रानीगंज दरबारकी रानीसित भेटे । विद्यालय स्थानान्तरण गर्ने प्रस्तावसहित अनुरोध गरे । रानीले उक्त कुरामा सहमति जनाइन् । दरबारनजीकै उत्तरतर्पm फुस र खपडाको ४ वटा कोठा विद्यालयको लागि प्रदान गरिन् । महुवनको विद्यालय रानीगंजमा स्थानान्तरण भयो । र, सोही विद्यालयमा विद्यार्थीहरूको नामाङ्कनसहित अध्यापन गर्नको लागि बङ्गाली श्रीवास्तव गुरुजीलाई पनि आग्रह गरियो । गुरुजी पनि राजी हुनुभयो । विसं २००८ सालमा कक्षा ५ को पहिलो ब्याचको विद्यार्थीको रूपमा खलिलसहित २० जना विद्यार्थी भर्ना भए । अब नेपाली विषयसहित नेपालको पाठ्यक्रम पढ्ने मौका उनले पाए । कक्षा ५ देखि प्रथम हुँदै ७ सम्म पढ्ने मौका पाए । कक्षा वृद्धिसँगै पढाइप्रति उनको रुचि बढ्दै गइरहेको थियो । तर कक्षा ७ पछिको पढाइ यहाँ थिएन । अब कहाँ पढ्ने ? भन्ने निश्चित थिएन । उनलाई मनमा लाग्यो, मेरो पढाइको अन्तिम कक्षा ७ नै हो ।
उनको पढाइप्रतिको रुचि र लगनशीलताले बाटो खोज्यो । थप पढाइको लागि उनीसित दुईवटा विकल्प थिए, वीरगंज वा सीमावर्ती रक्सौल । शुरूदेखि हिन्दी माध्यममा पढेकाले हिन्दी भाषा उनको लागि सजिलो थियो । अङ्ग्रेजी विषयमा पनि उनी राम्रा थिए । आट्र्स विषय उनको रुचिको विषय थियो । अन्ततः रक्सौलको धेरै पुरानो सरकारी विद्यालय हजारीमललाई उनले रोजे । त्यतिबेला कक्षा नौदेखि नै सबै विषय पढाइ हुन्थ्यो– हिन्दी, अङ्ग्रेजी, भूगोल, विज्ञान आदि । त्यतिबेला भारतमा एघारौं कक्षामा मैट्रिक अर्थात् एसएलसी हुन्थ्यो । कक्षा दशसम्म अर्थात् तीन वर्षसम्म वीरगंजको मुडलीदेखि रक्सौलको विद्यालयसम्म आउनजान करीब १० किलोमिटर दैनिक पैदल हिंड्थे । उनले मेजर आट्र्स र ऐच्छिक विज्ञान विषय लिएर प्रथम श्रेणीमा मैट्रिक पास गरे । पुनः अन्योलमा परे, अगाडिको पढाइ कहाँ पढ्ने ? वीरगंज र रक्सौलबाहेक टाढाको शहरमा गएर पढ्ने पारिवारिक हैसियत थिएन ।
क्याम्पसस्तरीय शिक्षा ः
वीरगंजको बिर्तामा एउटै भवनमा दिनमा त्रिजुद्ध मावि र साँझ ठाकुर राम क्याम्पस सञ्चालित भइसकेको थियो । ठाकुर राम क्याम्पसमा मैले प्रमाणपत्र तह मानविकी सङ्कायमा नाम लेखाएँ । त्यतिबेला ठाकुर रामको परीक्षा केन्द्र काठमाडौंमा हुन्थ्यो । प्रमाणपत्र तहको अन्तिम परीक्षा दिन पहिलोपटक काठमाडौंको यात्रा गरें । परीक्षा सकिएको केही दिनपछि पत्रिकामा भारतीय राजदूतावासमा नेपाली विद्यार्थीको लागि कोलम्बो प्लान अन्तर्गत बिएस्सी कृषिको लागि आवेदन माग भएको सूचना प्रकाशित भएको थियो । विज्ञान विषय पढेका समकक्षी साथीहरू आवेदन भरिरहेका थिए । साथीहरूले मलाई पनि फर्म भर्न सुझाए । एसएलसीमा विज्ञान पढेकोलाई समेत आवेदन गर्न प्रोत्साहित गरिएको थियो । साथीहरूको लहलहैमा मैले पनि फर्म भरें । अर्काेतर्पm, रेन्जर र कस्टम एक्जेक्युटिभको लागि पनि सूचना प्रकाशित भएको थियो । यी सबैमा पनि फाराम भरें । मानविकी विषय पढेकोले कस्टम एक्जेक्युटिभमा हुन सक्ने आशा थियो ।
केही दिनपछि भारतीय राजदूतावासले अन्तर्वार्ताको लागि मिति प्रकाशित ग¥यो । अन्तर्वार्ता दिन काठमाडौं पुगें । मसँग सोधियो, घर कहाँ है ? जवाफ दिएँ, पर्सा जिल्ला के देहात में एक गांव है रानीगंज, वहीं मेरा घर है । अर्काे प्रश्न आयो, पर्सा जिल्लाका नाम पर्सा क्यों पडा ? गाउँघरमा बूढापाखाहरूले पर्सा जिल्लाको नामकरण सम्बन्धमा कुराकानी गरेको सम्झना आयो । उत्तर दिएँ, पर्सा जिल्ला में एक गांव है महुवन । वहाँ पारसनाथ महादेव मन्दिर है । उसी पारसनाथ महादेव के नाम से पर्सा जिल्लाका नाम पर्सा पडा है । पुनः अर्काे प्रश्न आयो, अधिक पानी किस खेती मे लगता है धान या ऊख ? किसानको छोरा भएकोले बुबाको मुखबाट सुनेको थिएँ, खालार में धान आ उँचासी में ऊखी, जे एपर ध्यान दि उ रही सुखी । उत्तर दिएँ, धान के खेत में । अनेकौं प्रश्नहरू सोधिएको थियो ।
केही दिनपछि रेन्जरको परीक्षाबारे सूचना प्राप्त भयो । काठमाडौं पुगेको भोलिपल्ट पहिलो चरणमा शारीरिक तन्दुरुस्तीसम्बन्धी परीक्षा लैनचौरमा हुने भएको थियो । दौड हुन्छ भनेर अग्रीम जानकारी थिएन । शारीरिक अभ्यास पनि गरिएको थिएन । जे हुन्छ भनेर दौडको लागि आपूmलाई तैयार गरें । भोलिपल्ट सबै परीक्षार्थी लैनचौरमा उपस्थित भए । आवश्यक प्रक्रियापश्चात् ‘रेडी’ भन्ने आवाज कानसम्म पुग्यो । त्यसपछि सिटी बज्नेबित्तिकै ८ माइलको दौड शुरू भयो । पर्सा जिल्लाका हामी सबै साथी बिस्तारै दौडिरहेका थियौं । अरूहरू त टाढासम्म पुगिसकेका थिए । तीन चौथाइ कटिसकेपछि अब गति बढाउनुपर्ने सोचें, साथीहरूले आँट नगरेपनि मचाहिं तेज गतिमा दौडें । अब एकजना मात्र मभन्दा अगाडि थियो, आपूm निश्चितरूपमा दोस्रो हुन सक्ने अनुमान गरें । करीब एक माइल दूरी पार गर्नु थियो । गति बढाए भने प्रथम हुन्छु कि भने सोचें र गति झन् तीव्र गरें । अगाडिको व्यक्तिलाई कसैले आपूmलाई पछ्याइरहेको चाल पाएर हावाभैंm गति बढायो । दौड समाप्त भयो । म दोस्रो भएँ ।
राति खाना खाएर सुतेपछि बिहान आँखा खुल्दा ८ बजिसकेको थियो । पूरै जीउ दुखिरहेको थियो । शरीरको कुनै ठाउँमा हात राख्दा दुख्थ्यो । शरीरको तापक्रम सामान्यभन्दा बढी थियो । ज्वरो जस्तो महसूस भइरहेको थियो । दिउँसो सिंहदरबारतिर घुमफिर गर्दै थिएँ । एकजना साथीसँग भेट भयो । साथीले भन्यो– खलिल तिम्रो नाम कृषि विज्ञानमा निस्किसकेको छ । मैले भनें– कस्तो मजाक गरेको यार १ हिजोको दौडले गर्दा मेरो जीउ दुखिरहेको छ, ज्वरो लागे जस्तो छ, अनि तिमी ठट्टा गरिरहेका छौ ? साथीले भन्यो– ठट्टा होइन दोस्त, भारतीय राजदूतावासको सूचनापाटीमा पढेको हँु । पहिलो नम्बरमा तिम्रै नाम छ ।
आप्mनै आँखाले नहेरुन्जेल ख्यालख्याल जस्तै लागिरहेको थियो मलाई । जीउको दुखाइ र ज्वरो सबै बिर्सिएँ । अब दिमागमा भारतीय राजदूतावास र परीणामको कुरा खेलिरहेको थियो । सिंहदरबारदेखि दूतावासतर्पm लागियो । आप्mनै आँखाले हेरियो । साथीले भनेको कुरा शतप्रतिशत सही थियो । कोलम्बो प्लान अन्तर्गत बिएस्सी एग्रिकल्चरको लागि म छनोट भइसकेको थिएँ । एकपटक छात्रवृत्ति पाइसकेपछि अर्काे कुनै पढाइको लागि छात्रवृत्ति पाइँदैन थियो । अन्ततः मैले कृषि विज्ञानको पढाइ रोजें, र सन् १९६० मा भारत गएँ । भारतमा अध्ययन गर्दै रहँदा छोरी जलेखा खातुनको जन्म भएको थियो ।
सरकारी सेवामा प्रवेश ः
सन् १९६४ मा भारतबाट पढेर आएपछि मेरो जागीरे जीवन शुरू भयो । कृषि अधिकृतको रूपमा देशको सेवा गर्ने मौका पाएँ । चितवन जिल्लामा मेरो बहाली भयो । हालको चितवनको क्यान्सर अस्पताल क्षेत्र पूरै जङ्गल थियो । भर्खरै पढेर आएको थिएँ । जोश र उत्साह थियो । उक्त जङ्गल क्षेत्र मेरो जिम्मामा दिइयो । सोही ठाउँलाई मैले सुन्दर बागवानी केन्द्रको रूपमा विकसित गर्ने मौका पाएँ । विभिन्न किसिमका बोटबिरुवा नयाँनयाँ प्रयोग गर्दै लगाएँ । निकै जोश र उत्साहका साथ कर्तव्य निर्वाह गर्दै गएँ । सन् १९७० अर्थात् विसं २०२७ सालमा गोर्खा दक्षिण बाहुबाट सम्मानित भएँ ।
केही वर्षपछि एमएस्सी एग्रिकल्चर (हर्टिकल्चर)को लागि छनोटमा परें । सन् १९७५ अर्थात् विसं २०३२ सालमा भारतको साबौरबाट पढाइ सकेर उत्कृष्ट भई नेपाल फर्कें । उत्कृष्ट नतीजा अर्थात् ४ क्रेडिट आवरमा ४ ल्याएको कारण महेन्द्र विद्या भूषण पदकबाट सम्मानित हुने अवसर पाएँ । कृषि विज्ञानमा नयाँनयाँ विषयसम्बन्धी कार्यक्रमहरूमा सहभागी हुन अन्य मुलुकहरूमा जाने अवसर पाएँ । तिब्बत, फिलिपिन्स, मलेसिया, इन्डोनेसिया, अफगानिस्तान, इरान, युएई, रूस, युक्रेन, इङ्गल्यान्ड, अमेरिका, फ्रान्स, जर्मनीलगायत करीब २५ देशको कृषि अनुभव नेपाल लिएर आएँ । विसं २०३९ सालमा सरकारी सेवाबाट राजीनामा दिएँ । लगत्तै कृषि आयोजना सेवा केन्द्र काठमाडौंमा बागवानी विज्ञको रूपमा ८ वर्ष काम गर्दै उपकार्यकारी निर्देशकसम्म भएँ । विसं २०४६ सालमा एफएओ (युएनडिपी) अन्तर्गत ट्रेनी एडभाइजर भएर पाकिस्तानमा काम गर्ने अवसर पाएँ । त्यस्तै, गरीबी निवारणलगायतका गैरसरकारी संस्थामा समेत जिम्मेवारीपूर्वक काम गरें ।