Posts

Showing posts with the label स्वान्तः सुखायः

मासु खानु शास्त्रसम्मत हुन्छ कि विपरीत

Image
सञ्जय मित्र आजभोलि मांसाहार भोजनलाई सामान्य मान्न थालिएको छ। एकातर्फ शाकाहारी बन्नुपर्छ भन्ने एक किसिमको समूह नै बनेको छ, जो शाकाहारीबाहेकलाई अछूतजस्तो व्यवहार गर्दछ र तर्क दिइन्छ कि मांसाहार भोजन राक्षस भोजन हो। मानिसले मांसाहार भोजन गर्नुहुँदैन। यहाँ राक्षस भनेर कसैलाई हेपिएको हो भने म त्यसलाई यस अर्थमा अस्वीकार गर्छु कि मेरो विचारमा कुनै दिन राक्षस एक जाति थियो, जो अहिले सम्भवतः लोप भइसकेको छ। अर्काथरी छन् जो मांसाहार भोजन शरीर र स्वास्थ्यअनुकूल छ भन्ने तर्क दिन्छन्। हाम्रो समाजलाई नियाल्ने हो भने धार्मिक कार्य दुवै किसिमले हुने गरेको पाइन्छ। धार्मिक कार्यमा पनि बलि चढाइन्छ र प्रसादको रूपमा मासु खाइन्छ। यसैगरी, माछा वा मासु अर्थात् मांसाहारी पदार्थबाट सम्पूर्णतः टाढा रहनुपर्ने धार्मिक क्रियाकलाप पनि हुन्छ। अझ ताज्जुब त त्यतिबेला लाग्छ, जब एउटै देवतालाई कतै शाकाहारी र कतै मांसाहारी मानिन्छ। काठमाडौं उपत्यका र अन्य कतिपय स्थानमा भगवान् गणेशलाई अन्डा चढाइने र महादेवलाई पश्चिम बङ्गालको कतिपय स्थानमा माछाको भोग लगाइने गरेको पनि सुनिन्छ। मधेसका अत्यन्त लोकप्रिय ग्रामदेवता जो प्रायः हरेक ग

नक्कली पहाडले गराउने सक्कली अनुभूति

Image
सञ्जय मित्र रौतहटको गुजरा नगरपालिकाको चोंचामा रहेको गुजरा फन पार्क गन्तव्य हो । गरूडाबाट निस्केर झन्डै सोझो हुने नहर नसमात्दासम्म अनगिन्ती मोडहरूको ग्रामीण बाटो गुड्दा अलिकति पनि लाग्दैनथ्यो कि नगरपालिकाको बाटो पनि यस्तो हुन्छ । धूलो र माटोका सडकहरू नाघ्दै अगाडि बढ्दैछौं । एउटा मोडमा मैले स्कूटर रोकेर देखाउँछु– “ऊ... त्यो अलिकति माटो भत्केको र खाल्डो परेको ठाउँ छ, त्यहाँ नै लमाहा नदीमा नहर मिलाइएको छ। नहरलाई खोलामा मिलाइएको हो । अधिकांश ठाउँमा नहर खोलाबाट निकालिन्छ तर यहाँ नहरलाई खोलामा मिसाइएको छ । हो, यो नहर जहाँबाट वाग्मती मूल नहरबाट छुट्याइएको छ, हामी त्यहाँ पुग्दछौं अहिले । मैले देखाउनुपर्ने कारण यहीं हो ।” अनि हुइँकिन्छौं । साथीहरू अगाडि बढिसकेका छन् । नजीकै एउटा मोड छ । मोडले त्यहीं नहरको किनारमा पु¥याउँछ, जसलाई नजीकैको खोलामा विसर्जन गरिएको छ। त्यहाँ अलिक पर खोला देखिन्छ र नहरलाई खोलामा विसर्जन गरिएको ठाउँको विपरीत दिशामा विशाल सरेह छ । धरतीको मुहारलाई नयाँ बालीले हरियो बनाएको छ । त्यहीं एकातिर धरतीको अनुहार मलीन देखिन्छ भने अर्कोतिर उज्यालो । नाकको डेडीजस्तो नहर छ, जसले त्यहाँ

माई बेस्ट फादर...

Image
            सञ्जय मित्र मेरो गाउँमा एकजनाका धेरै सन्तान छन् । दुई/चार जना हुँदासम्म त सबैको नाम कण्ठस्थ हुन्थ्यो तर सन्तान बढ्दै गएपछि नाम जन्मदर्तामा सीमित हुन पुग्छ । अनि बोलाउन शुरू हुन्छ जन्मक्रमको आधारमा एक, दुई, तीन... उन्नाइस । संयोगले जेठो छोरा र त्यसपछि छोरी छे । छोरो बदमाश, उसको नाम भएको एक नम्बर । छोरी भलाद्मी तर नाम चाहिं दुई नम्बर । कहिलेकाहीं त आफ्नै सन्तान चिन्न गा¥हो हुन्छ । हो, म तपैंकै छोरो हुँ भनेपछि मान्नुपर्ने । कहिलेकाहीं त मेरा हुन् कि छिमेकीका छुट्याउन नसकेर नाम सोध्नुपर्छ । हरेकलाई नाम त थाहा छ तर जन्मदर्ताको नाम बतायो भने छिमेकीको छोराछोरी भन्ठान्लान् भनेर छोराछोरीले पनि आफ्नो रोलक्रम नै बताउँछन् । धेरै सन्तान हुनेले मात्र यस्तो आनन्द प्राप्त गर्न सक्छन् । बीसौं प्रसवभन्दा पहिले सारै सहयोग गर्ने छोरीलाई आमाले प्रशंसा गर्छिन्– बेस्ट छोरी । हेर्दा सबैभन्दा मरन्च्याँसी र फोहोरीको नामै भयो बेस्ट छोरी । ऊभन्दा कैयौं क्रम पछाडिकाले पनि उसलाई बेस्ट छोरी नै भन्छन् । भाइबहिनीका पनि बेस्ट छोरी । म बोर्डिङमा पढ्दा एकजना मास्टर साहेबले निबन्ध लेख्नलाई भनेका थिए । शीर्षक थ

नवराज रिजालको ‘बोक्सी बूढी’ बालकथा सङ्ग्रहका कथानायकहरूको प्रवृत्तिगत विश्लेषण

Image
      सञ्जय मित्र १. परिचय शताङ्कतर्फ उन्मुख नवप्रज्ञापन साहित्यिक त्रैमासिकका सम्पादक/प्रकाशक नवराज रिजाल प्रतिष्ठित साहित्यकार हुन्। शिक्षण/प्राध्यापन पेशामा आबद्ध रिजाल कुशल सम्पादक हुन्। रिजालले देवकोटा व्याख्यान सङ्ग्रह, समायोजन, मैदान, मूच्र्छना, उत्तराद्र्ध, महेश आवाज, नेश्चिल, प्रलेस, बालप्रज्ञा र आलेखनजस्ता साहित्यिक पत्रिकाको सम्पादन गरिसकेका छन्।बारामा जन्मेर काठमाडौंमा जीवनवृत्ति गरिरहेका रिजालका नेपाली तथा अङ्ग्रेजी भाषामा विभिन्न विधाका डेढ दर्जन साहित्यिक कृति प्रकाशित छन्। उनले कथा/बालकथा/लघुकथा, कविता, गजल, गीत, नियात्रा, समालोचना/समीक्षा क्षेत्रमा कलम चलाएका छन्। रिजालका बालकथाहरू विभिन्न प्रकाशनका पाठ्यपुस्तकमा पनि परेका छन् र संस्थागत विद्यालयमा पठनपाठन पनि भइरहेका छन्। २०७७ को प्रदेश २ को प्रादेशिक प्रतिभा पुरस्कारबाट सम्मानित रिजालले यसअघि नै सुगन्ध लघुकथा पुरस्कार, शिक्षकश्री पुरस्कार, नारायणी वाङ्मय पुरस्कार, राष्ट्रिय वाङ्मय सम्मान, अनेसास पुरस्कार, तेस्रो बालसाहित्य सम्मान, नवसिर्जना उदयमञ्जरी सम्मान, कालीगण्डकी साहित्य कला पुरस्कार, नेपाल भोजपुरी बौद्धिक

अभ्यन्तरमा दीपोत्सव होओस् ज्ञानको

Image
    सञ्जय मित्र प्रकाशविहीन दीप हुन सक्दैन । जहाँ दीप छ त्यहाँ प्रकाश हुन्छ । दीप उज्यालोमा भए पनि त्यसले दिने प्रकाश नै हो । हो, दीपले दिने प्रकाशभन्दा बाहिरको प्रकाश बढी हुन पुग्दा दीपको प्रकाशको मूल्य कम हुन्छ । मूल्य कम हुनु भनेको मूल्यहीन हुनु होइन । उज्यालोमा बलेको दीपको उज्यालोको महŒव नभए पनि बलेको दीपले दीपकमा जीवन रहेको अनुभूति दिलाउँछ । यसर्थ दीपकको महŒव छ र अँध्यारोमा दीपकले काम दिन्छ भन्ने विवेक प्रदान गर्दछ । दीप भन्नु पनि एक अर्थमा यही विवेक हो, ज्ञान हो, प्रकाश हो । निरर्थक भाँडो होइन, जसरी जीवन निरर्थक हुन सक्दैन । निभेको दीपकजस्तै निरर्थक जीवनदीपलाई उसको मूल्य बुझाउनुपर्ने हुन्छ। बौद्ध दर्शनमा पनि प्रकाशको महŒवलाई उच्च स्थान दिइएको छ । अप्पो दीपो भवः भनी प्रकाशको त्यस महŒवलाई प्रकाशित गरिएको छ, जसमा व्यक्ति आफैं प्रकाशवान बन्नुपर्ने बताइएको छ । हरेक व्यक्ति विशिष्ट हुन्छ र हरेक व्यक्ति आफैंमा प्रकाश पनि हो । प्रकाशलाई चिन्नुपर्दछ र आफूभित्रको प्रकाशलाई बाहिर ल्याउनुपर्दछ । प्रकाश स्वतः प्रकाशित हुने अवस्था पनि हुन्छ तर पनि वातावरणले प्रभाव पार्दछ । वातावरणले प्रकाशलाई

पहिचानवादको दिग्भ्रमपथ

Image
- सञ्जय मित्र     कुनै पनि समाजको पहिचानको मूल आधार के हो ? समाजलाई के के वा कुन कुन कुराले चिनाउने गर्दछन् ?     कुनै पनि समाजको पहिचान उसको वाङ्मय हो। यो उत्तर सही हो, सतही होइन।     वाङ्मयले विशाल परिवेश ओगटेको हुन्छ। यसलाई छोटकरीमा यसरी भन्न सकिन्छ– मानिसको अभिव्यक्ति र जीवनशैलीको सम्पूर्णता वाङ्मय हो।     वाङ्मयलाई सङ्कुचित अर्थमा साहित्य भन्न थालिएको छ। साहित्य, कला, संस्कृति, जीवनशैली आदि जे जति अभिव्यक्तिका माध्यम हुन्, सबै वाङ्मय हुन्। यसैले के भन्ने गरिन्छ भने वाङ्मय भन्नु नै पहिचानको आधार हो।     मानिसको परिचयका अनेक आधारहरू हुन सक्छन्। बनाउन सकिन्छ। परिवेश तथा कालक्रम र चेतना तथा आधुनिकताको प्रभावले धेरै कुरा प्रभावित भइरहन्छन्। चेतनाले आफूलाई चिनाउन ठूलो भूमिका खेल्दछ तर चेतनशील मानिस चाहिं विवेकशील हुनु आवश्यक छ। होइन भने आफूलाई चिनाउनुको साटो आफूलाई बिर्संदै अरूको पहिचान आत्मसात् गर्न बेर लाग्दैन। तब जब आफूलाई थाहा हुन्छ कि म मेरो पहिचानको बाटोमा छु वा म मेरो पहिचानको बाटोबाट अलग भइसकेको छु, तब पहिचानले मनमनै गिज्याउन थाल्दछ। सम्भवतः यसै कारण डायस्पोरिकहरू आफूलाई नेपाली

मधेसमा भानुभक्तको लोकप्रियता

Image
    -सञ्जय मित्र  तराई–मधेसका शिक्षित वा साहित्यमा दीक्षित व्यक्तित्वहरूको मूल आधार नै नेपाली भाषा र साहित्य हो । देशभरिको संवादको मूल माध्यम नै नेपाली भाषा बनिसकेको वर्तमान परिवेशमा नेपाली साहित्यका अध्येताहरूले भानुभक्त आचार्यलाई अन्तरह्दयदेखि सम्मान गर्दछन् । भानुलाई मधेसीले पनि उच्च सम्मान गर्दै आएका छन् ।     वास्तवमा नेपालको तराई–मधेसमा अहिलेसम्मको अवस्थामा नेपाली साहित्यकारहरूकै लोकप्रियता रहेको छ । स्थानीय मातृभाषाका साहित्यकारहरूको पनि नेपाली साहित्यप्रति प्रगाढ पे्रम हुनु तथा आफ्नो लोकप्रियताको कसी नेपाली साहित्यलाई मान्नु पनि नेपाली साहित्यकारहरू बढी प्रिय बन्ने कारणहरू हुन् । मूलधारको शिक्षामा नेपाली मातृभाषी साहित्यकारहरूको करीब एकाधिकार हुनु त मुख्य कारण हो नै । हाम्रो परम्परागत शिक्षा प्रणालीले पनि यसमा प्रभाव पारेको देखिन्छ । नेपाली मातृभाषीबीच प्रख्यात साहित्यकारहरू नै तराई–मधेसमा पनि प्रख्यात छन् । ती प्रख्यात साहित्यकारमध्ये भानुभक्त आचार्य पनि एक हुन् ।     देश–विदेशमा भानुभक्त आचार्यको लोकप्रियताको एउटा मापन रामायण रहिआएको छ । कतिपय सन्दर्भमा भानुभक्त आचार्य र रामा

बौद्धिकता र प्राज्ञिक पत्रकारिता

Image
- सञ्जय मित्र     आजभोलि कपि–पेस्ट पत्रकारिता फस्टाएको छ। अझ सामाजिक सञ्जालले नै पत्रकारिताको काम गरिरहेको छ। पत्रकारहरूको अब कामै छैन। अलिकति पनि मिहिनेत गर्नुपर्दैन अब पत्रकारलाई। कतै केही भयो कि तुरुन्त सामाजिक सञ्जालमा आइहाल्छ। त्यसैलाई अलिकति यताउति मिलायो र समाचार बनायो। उस्तै परे एकाधलाई फोन ग–यो र समाचार बनायो।     पत्रकारिताको वास्तविकता हुँदै होइन यो। हो, धेरैले परिश्रम गर्न चाहँदैनन् र एउटा अनलाइनमा आएको समाचारलाई कपि गरेर आफ्नोमा पनि हाल्दछन्, लेखलाई समेत यसै गरी प्रकाशन गरेको पाइन्छ तर यसको अर्थ यो हुँदै होइन कि पत्रकारको कुनै कामै छैन। सबैले विज्ञप्तिकै भरमा पत्रकारितालाई धानेका छन्।     पत्रकारिताको मेन स्ट्रिममा जुन किसिमको तँछाडमछाड रहेको छ, प्राज्ञिक पत्रकारितामा यस किसिमको लिगलिग दौड रहेको छैन। प्राज्ञिक पत्रकारिता भन्नुको अर्थ साहित्यिक पत्रकारिता हो र मेन स्ट्रिमको पत्रकारिताभित्र पनि दार्शनिक, साहित्यिक चिन्तन र खोजको पत्रकारिता हो। वास्तवमा मेन स्ट्रिमको पत्रकारितालाई पनि विचार गर्ने हो भने बजारमा ठूलो नाक देखाएर हिंड्नेको पत्रकारितामा गुदी कति रहेछ र बोक्रा कति

दुखन धामीको शासनकाल

Image
- सञ्जय मित्र     सामाजिक सुखको आफ्नै सत्ता हुँदोरहेछ। सत्तासुखको प्राप्तिमा मानिस बाहिरको संसारसित जोरी खोज्दो रहेछ। आफूलाई श्रेष्ठ बताउन प्रत्यक्ष र छद्म प्रयास गर्दोरहेछ। सामाजिक सुख एकातिर सामाजिक सत्तासित सम्बन्धित छ, जसले प्रतिष्ठा र अहम्को ऐनामा आफ्नो अनुहार देख्दछ।     सुखको खोजी नगर्ने कोही हुँदैन। जसले अरूको नजरमा सुखको प्राप्ति गरेको छ, उसले झन् बढी मिहिनेत गरेर सुखको खोजी गरिरहेको हुन्छ। वर्तमान सुखलाई टिकाउने चुनौतीहरूसित सङ्घर्ष गर्दै थप सुखको प्राप्तिको अभिलाषाले निरन्तर ‘लिगलिग’ दौड गरिरहन्छ मान्छे। यस प्रकारको सुखको खोजीलाई भौतिक सुखको खोजी भन्न सकिन्छ।     सुख आफैंमा अपरिभाषेय छ। यससित अपरिचित भने कोही छैन। हरेकले सुखको अनुभूति गरेको हुन्छ। सुखको अनुभूति नगरेको मानिस कहिल्यै पनि म दुःखी भएँ भनेर भन्न सक्दैन। सुख भोग्ने र अनुभूति गर्ने दुई किसिमका हुन्छन्। भोग्ने भनेको भौतिक र अनुभूति गर्ने भनेको आत्मिक सुख हुनुपर्छ। दुवैमध्ये कसको संसार ठूलो छ ?     आत्मिक सुखको खोजीको संसार संस्कृतिको घेराबन्दीमा हुन्छ। उन्मुक्त हुँदैन। स्वच्छन्द हुँदैन। हो, आफ्नो संस्कृति र परिवेशको

आख्यान निबन्धको दोसाँधमा जीवाश्म

Image
    सञ्जय मित्र      संस्कृति, साहित्य, भाषा र माटो जानेर– नजानेर, चाहेर–नचाहेर, बुझेर–नबुझेर बचाइराखेका लाखौं मुटुमा समर्पण गरिएको शीतल गिरीको ‘जीवाश्म’ ओरिएन्टल पब्लिकेशन, काठमाडौंले बजारमा ल्याएको छ । समर्पण पढ्दा नै यस कृतिको विषयवस्तुको आकलन गर्न सकिन्छ र कृतिको उद्देश्य बुझ्न सकिन्छ ।     आख्यानको तुलनामा निबन्ध बढी स्वतन्त्र हुन्छ । आख्यानमा केही बन्धन कसिला हुन्छन् तर निबन्धमा स्वच्छन्दता बढी हुन्छ । निबन्धमा हुने आख्यानत्मकता र आख्यानमा हुने निबन्धात्मकतामा भिन्नता हुन्छ । यस कारण कतिपय अवस्थामा निबन्धात्मक तत्वव भएको आख्यान र आख्यानात्मक तत्व भएको निबन्ध कहिलेकाहीं निकटजस्तो भएर पनि निकट हुन सकेको हु“दैन । निबन्धको आयाम वृद्धि हु“दै जा“दा आख्यानकै स्वरूप ग्रहण गर्ने हुन्छ । यसकारण पनि लघु आयामका कतिपय आख्यान र निबन्धमा कहिलेकाहीं असमञ्जस उत्पन्न हुन्छ ।     राष्ट्रियताको दृष्टिकोणले पनि ‘जीवाश्म’ महत्ववपूर्ण कृति हो । यसका करीब सम्पूर्ण निबन्धले ऐतिहासिक विषयवस्तुमा भौगोलिक राष्ट्रियतालाई वरण गरेका छन् । वर्तमानमा भूगोलसित राष्ट्रियता अत्यधिक घुलमिल देखिएको विश्व परिदृश्यको आ

संस्कार: अन्धविश्वास या उत्तर आधुनिक व्यवहार

Image
सञ्जय मित्र     आउने बित्तिकै मैले पण्डितजीलाई भनिदिएँ प्रश्नसूचक भावले, “किन आउनु भो मकहाँ ?”     प्लास्टिकको कुर्सीमा बस्न अलमल गर्दै थिए पण्डितजी। अप्रत्याशित र अकल्पनीय मेरो प्रश्नले अनुहारमा विषाक्तयुक्त अप्ठ्यारो हाँसोजस्तै भर्दै पण्डितजी बोल्छन्, “किन आउँदैमा के भइहाल्यो ?”     भर्खर कसैकहाँ पूजा गराएर आउँदै थिए। जसकहाँ पूजा गराए, खाना भने खाएनन्। उनको घरबाट निस्कनासाथ प्रहरीले देखिहाल्यो। बिहानको समय भएपनि प्रहरीले कडाइ गरेको छ बजार क्षेत्रमा। प्रहरीले देखेको पण्डितजीले थाहा पाएपछि चिटचिट पसिना आइहाल्यो । तर प्रहरीले केही पनि भनेन, सम्भवतः सहानुभूतिपूर्ण आँखाले हेर्दै अगाडि बढ्यो। मनभरि त्रास लिएर पण्डितजी बिहानै मेरो घरमा पसेका थिए।     “हामीलाई छुतका छ। यस्तो अवस्थामा अरू हामीकहाँ आउनुहुँदैन, अझ हामी पनि अरूकहाँ जानुहुँदैन भन्ने मान्यता छ। त्यसमा त तपाईं पण्डितजी । अरूले के भन्लान् ?”     कोरोनाको कहरले बजारमा झन्डै कफ्र्यूको स्थिति रहेको छ। एकले अर्कालाई छुनुहुँदैन। सम्भव भए एक मिटर टाढा नै बस्नुपर्ने सबैतिरको सुझाव छ। त्यसमा पनि छुतकामा परेको मानिसको घरको नून चल्दै

अआश्चर्य दृश्यभन्दा पृथक

Image
सञ्जय मित्र     हिमालय शृङ्खलाको दर्शन अआश्चर्यजनक होइन। दशगजाको आसपासबाट हिमालयको दृश्य देखिनु पृथक आश्चर्य हो।     दुई भिन्न धरातलका एकै यथार्थ हुन्। गत हप्ता हिमालय शृङ्खलाको दर्शन भएपछि सामाजिक सञ्जाल र केही भारतीय चर्चित अखबारहरूले दुवै पृथक आश्चर्यलाई प्रस्तुत गरे।     जनकपुरका कलाकार उपेन्द्रभगत नागवंशी, सर्लाहीको बलराबाट पत्रकार चन्द्रकिशोर र रौतहटको गेंडहीगुठीबाट उत्तरका हिमालय शृङ्खलाको दृश्य देखिएका फोटाहरू नै सामाजिक सञ्जालमा सार्वजनिक ग¥यौं। दैनिक जागरणलगायतका भारतीय चर्चित दैनिक अखबारहरूले नेपाल–भारत सीमावर्ती क्षेत्रबाट हिमालयको दृश्य देखिएका फोटा तथा खबरहरू प्रकाशित गरे। साथै विभिन्न व्यक्तित्वका विचारहरू पनि प्रवाहित गरे।     हिमाल देखिनु अआश्चर्यजनक हो। चालीस उमेर काटेकालाई यसो लाग्नु स्वाभाविक छ। मलाई राम्ररी सम्झना छ, आकाश सफा हुँदा यो नियमित दृश्य थियो। वर्षापछि पहाडतिर पनि बादल नभएको बेला मुख्यगरी बिहान र साँझतिर हेरेर रमाउने दृश्य थियो। नेपाल–भारत सीमा क्षेत्रको अलिकति मात्र दक्षिणमा निर्माण भएको बाँधबाट पनि यो दृश्य धेरैपटक देखेको सम्झना छ। बैरगनिया छिर्ने मू