Posts

Showing posts with the label टाकन–टुकन

शराबबन्दी, नोटबन्दी

Image
–कुमार रुपाखेती     भारतमा विहार सरकारले विहारमा शराबबन्दी गर्दा सीमा क्षेत्रका रक्सीपसलहरूको बल्लेबल्ले थियो । झमक्क सा“झ पर्नुअगावै सीमा क्ष्ँेत्रका दरुवा विहारीहरू नेपाली मदिरालयहरूमा ठेलमठेल जम्मा हुन्थे । तर अचेल हाम्रा मदिरालयहरूमा पुनः सुक्खा लागेको छ । भारत सरकारले भारु ५ सय र १ हजारको नोट बन्द गरिदियो । मदिरालयमा लाइन लाग्ने बिचरा विहारीहरू अचेल त्यहा“का बैंकको लाइनमा खडा देखिन्छन् । बरु नेपालमा जतासुकै रक्सी पाउन सजिलो छ तर भारतमा बैंकमा रहेको आप्mनो पैसा झिक्न हम्मेहम्मे पर्छ । दिनरात लाइनमा बसी पाएको थोरै पैसा पनि दैनिक उपभोग्य वस्तुमा खर्च गर्नुपर्ने हुन्छ, अनि बिचारहरूले कसरी नेपाली मदिरालयलाई गुलजार पारुन् । तसर्थ नेपाली मदिरा सञ्चालकहरूको आग्रह छ, बरु भारतमा शराबबन्दी कायम राख, नया“ रुपैया“को आपूर्ति सहज गर ताकि भारतीय मदिराप्रेमीहरू ‘यह शाम तेरे नाम’ भन्दै सीमा पार आऊन् । गरीब प्रधानमन्त्री     सर्वहारा नेता प्रचण्ड आखिरकार बिचरा सुशील कोइरालाभन्दा पनि क·ाल रहेछन् । प्रचण्डलाई हरिक·ाल त भन्न मिल्दैन, तर पनि उनी गरिबीको रेखामुनि रहेछन् । कर्णालीवासी भएको भए मरणहरणमा ब

ओम शान्ति

Image
–कुमार रुपाखेती     एउटा शिकारीले चरा समात्न ठूलो जाल थापेछ। केही बेरपछि त्यो जालमा अजङ्गका बलिया र ठूला एकै जातका दुई चरा फसेछन्। ठूला चरा जालमा फसेको देखेर शिकारी दङ्ग पर्दै जालतिर बढ्न थाल्यो, यो देखेर जालमा परेको एउटा चराले अर्को चरालाई भन्यो –“हामी बलिया छौं, शिकारी आउनु अघि हामीले एक भएर प्रयत्न ग¥यौं, बल प्रयोग ग¥यौ भने यो जालसहित उडेर जान सक्छौं। दुवैले प्रयत्न गरे र जालसहित उड्न थाले। अनि शिकारी पनि जता चरा उठ्थे, त्यतै पछिपछि दगुर्न थाल्यो। बाटोमा एउटा साधुले शिकारीलाई यसरी हताश हुँदै किन दगुरेको भन्दै रोक्न खोज्दा जालसहित उडिरहेको आप्mनो शिकार (चराहरू)लाई देखायो। अनि साधुले शिकारीलाई सम्झाउँदै भन्यो– “अब व्यर्थ छ प्रयत्न नगर।”     तर ती चराहरूको गुण–अवगुणबारे जानकार शिकारीले भन्यो– “साधु महाराज, मलाई यी चराहरूको स्वभावबारे जानकारी छ। यी घमण्डी जातका चरा हुन्, केही बेरपछि यी तँ ठूलो कि म ठूलो, तँ बुद्धिमान कि म, तँ बलियो कि म भन्दै तँछाडमछाड गर्छन्, झगडा गर्छन्, थाक्छन् अनि भुइँमा पछारिन्छन्।” फेरि चराहरूको पछिपछि दगुर्न थाल्यो। नभन्दै उड्दाउड्दै एउटा चराले अर्कोलाई भन्य

मृत्यु शैयामा संविधान

Image
–कुमार रुपाखेती     संसारकै उत्कृष्ट भन्ने उपाधि पाएको नेपालको संविधान २०७२ कार्यान्वयन हुनुअघि नै संशोधनको नाममा धराशयी हुने अवस्थामा पुगेको छ। संविधानको मूल मर्मविपरीत अङ्गीकृत नागरिकता प्राप्त गर्नेहरूसमेतले मुलुकका सर्वोच्च पदहरूमा बहाल हुने चर्चा–परिचर्चा चल्न थालेपछि मुलुक राष्ट्रवादी र गैरराष्ट्रवादी खेमामा विभाजित भएको प्रतीत हुन थालेको छ। भनिन्छ, मुलुकभर कुल जनसङ्ख्याको झन्डै १० प्रतिशत अर्थात् ३० लाख जति अङ्गीकृत नागरिक छन्। मुलुकका सबै ठूला दलहरू र ९० प्रतिशतभन्दा बढी सभासद्हरूले कर्तल ध्वनिले पारित गरेको नेपालको संविधान २०७२ को कार्यान्वयनमा आखिर अप्ठेरो के छ ?     भनिन्छ, नेपालका राजनीतिक दलहरूमा इच्छाशक्तिको अभाव र लोभीपापी प्रवृत्तिको कारण संविधान २०७२ चलायनमान हुनुअगावै मृत्युशैøयामा पुगेको छ। त्यसो त यो संविधान तोकिएको मितिमा नआओस् भनेर भारतले हरसम्भव प्रयत्न गर्दा समेत त्यतिखेरको नेपाली राजनीतिले त्यसलाई लोप्पा खुवाइदिएको सबैलाई थाहै छ। भनिन्छ, त्यसैको बदलास्वरूप भारतले न खुलेर नेपालको संविधानको समर्थन ग¥यो, न यो सफलतापूर्वक लागू होस् भन्ने चाहना नै राख्यो। उल्टै न

कुकुर र वीउमनपा

Image
–कुमार रुपाखेती     गत भदौमा भएको उच्छृङ्खल काण्डपछि वीरगंज उपमहानगरपालिकाको काम, कारबाई लथालि· भएको सबैलाई थाहै छ ।     कार्यकारी प्रमुख विष्णु कोइराला अत्यावश्यक कार्यवश आक्कल–झुक्कल आउनेजाने गरेका छन् । कर्मचारीबीचको अनावश्यक झमेला र बखेडाले गर्दा नगरको सरसफाइ, विकास निर्माणको कार्य करिब–करिब ठप्प छ ।     ‘काम नपाएकी बुहारी पाडोको.... कना’ भनेभैंm नगरपालिकाको कर्मचारी झगडामा राजनीतिक दलहरूसमेत प्रत्यक्ष–अप्रत्यक्ष सामेल भएका छन् । यो झगडा अब कर्मचारी–कर्मचारीबीच मात्र सीमित रहेन, राजनीतिको चौखटमा लम्तन्न परिसकेको छ । नेपालको कानुन शायद पुड्को छ अहिले । पर्साका अधिकांश राजनैतिक दलका अगुवाहरूको मनोदशा तपाईं हामीस“ग छिपेको छैन । नपाकै केही कर्मचारीहरूका निम्ति यो झगडा वरदान साबित भएको छ, अन्योलताको यो माहौलको फाइदा उठाउ“दै दिन दुगुना रात चौगुन्ना गर्न उनीहरू मस्त छन् ।     नगरपालिकाले अहिलेको सिजनमा प्रायः भुस्याहा कुकुरहरू मार्ने गर्दथ्यो । तर अहिले यस सम्बन्धमा नपा मौन बसेकोले प्रत्येक टोल र गलीहरूमा समूह–समूहमा हिंड्ने भुस्याहा कुकुरहरूले आतड्ढ मचाएका छन् । दशैंका बखत टोले कुकुरहर

भारत–पाकिस्तान र सार्क

Image
–कुमार रुपाखेती     दक्षिण एसियाको शान्ति, सुरक्ष्Fा, विकास अनि एकताका लागि सार्कको स्थापना भएको हो । भारत, पाकिस्तान, नेपाल, भुटान, मालदिप्स, श्रीलङ्का, बङ्गलादेश सार्कका स्थापनाकालदेखिका सदस्य राष्ट्रहरू हुन् भने पाकिस्तान धेरैपछि आएर सार्कमा जोडिएको हो ।     तर सार्क स्थापना भए पनि समय–समयमा यसको सम्मेलन भए पनि, निरन्तर छलफल जारी रहे पनि सार्कले कहिल्यै आप्mनो भावना र नीति अनुरूप स्वतन्त्र भएर चल्न पाएन । संयुक्त राष्ट्र सङ्घमा अमेरिकी भिटो प्रभावशाली भएभैंm सार्कलाई समेत यसका केही बलिया सदस्य राष्ट्रहरूले हाँक्न चाहे । गत वर्ष नेपालले लामो नाकाबन्दी बेहोर्नुपर्दासमेत सार्क राष्ट्रहरू हल न चल मौन रहे । सबैलाई थाहा छ भारत र पाकिस्तानलाई सार्कमा हैसियतदार सदस्य मानिन्छ । अनि यी हैसियतदारहरूबीच विद्यमान वैमनस्यता जगजाहेर छ ।     सार्कमा हावी हुन चाहने यिनको कुत्सित चालले गर्दा सार्क सदा न हाँसको चाल न बकुलाको चालमा रह्यो । यी दुई राष्ट्रको मनमुटावले गर्दा निर्धारित समयमा हुने सार्क राष्ट्र प्रमुखहरूको सम्मेलन भताभुङ्ग भएको छ । भारत र पाकिस्तानको अन्तहीन झगडा जिन्ना र जवाहरकै पालादेखि

अपराधी कि आन्दोलनकारी

Image
–कुमार रुपाखेती     मधेस आन्दोलनताका ठूलो जनधनको क्षति भएको सबैलाई थाहै छ । अभैm पनि छुट भन्दै नाम थप्ने कार्य जारी छ । मधेस आन्दोलनको नाममा कैलालीमा एसएसपी लक्ष्मण न्यौपानेसहितका आधा दर्जनभन्दा बढी सुरक्षाकर्मीको जघन्य हत्या षड्यन्त्रपूर्ण तरिकाले गरियो । सम्पूर्ण राष्ट्रले यो जघन्य हत्याकाण्डको एक स्वरले भत्र्सना ग¥यो । रेशम चौधरी भनिनेहरू यो काण्डको प्रमुख कसूरदार भएको प्रहरीले ठहर ग¥यो र खोजतलास जारी ग¥यो । तर घटनापश्चात् खुला सिमानाको फाइदा उठाउँदै रेशम चौधरीहरू भारत कुलेलम ठोके । राजनीतिक शरणको नाममा अपराध गरेर लुक्न यताकाहरूलाई दक्षिणी खुला सिमाना वरदान नै साबित भएको छ ।     दुई देशबीचको चिसिएको सम्बन्ध सुधार्न भारत हान्निएको प्रचण्ड एन्ड कम्पनीले भारतसँगको सम्बन्धमा गर्माहट ल्यायो कि ल्याएन, त्यो त थाहा भएन । तर ताज होटल दिल्लीमा प्रहरी रेकर्डमा अपराधी किटान गरिएका रेशम चौधरीलाई प्रधानमन्त्री प्रचण्डले गर्मजोशीका साथ स्वागत गरेको देखियो । भनिन्छ, प्रचण्डले उनको मुद्दामाथि पुनर्विचार गर्ने आश्वासनसमेत दिए । प्रचण्डको भारत भ्रमणलगत्तै गृहमन्त्री विमलेन्द्र निधिले मधेस आन्दोलनका

चर्चामा वीउमनपा

Image
–कुमार रुपाखेती     काम गरेर होइन, काम नगरेरै वीरगंज उपमहानगरपालिका अहिले चर्चामा छ । वीरगंज उपमहानगरपालिका स्वयं आप्mनै कर्मचारीहरूबाट पीडित र आतङ्कित छ । वीउमनपाको दुर्दशामा बदनियति राख्ने कर्मचारीहरूको ठूलो योगदान छ । सार्वजनिक स्थल, पिकनिक स्थल र कार्यालयमैं रक्सीले मात्तिने, महिला कर्मचारीहरूलाई तर्साउने, ठाडै घूस माग्ने, समयमा कार्यालय नआउने, हाजिरी पड्काएर छुमन्तर हुने, रोजी रोजी कमाइदार, मालदार फाँट माग्ने, बाहिरिया भन्दै कार्यकारी अधिकृतलाई थर्काउने, सेवाग्रहीसँग राम्रो व्यवहार  नगर्ने आदि इत्यादि काला कर्तुतहरू त्यहाँका कर्मचारीहरूका विशेषता हुन् । मालपोत र भन्सारभन्दा चर्को चलखेल गर्छन् यहाँका कर्मचारीहरू । थुप्रै अयोग्यहरू महŒवपूर्ण फाँटमा कुखुराले ओथरा बसेभैंm फाँट ओगटेर बसेका छन्, नचाहेर पनि कार्यकारी प्रमुख तिनलाई त्यहाँ राख्न बाध्य छन् ।     विशेष बढुवा व्यवस्थाबाट नायब सुब्बा बनेका र वडासचिव भएर वडा समितिमा खट्नुपर्ने १९ जना वडासचिव स्तरमा काम गर्नुपर्नेहरू कोही सामाजिक विकास शाखा त कोही राजस्व जस्ता महŒवपूर्ण फाँटमा अजिङ्गरभैंm बसेका छन् । यस्ताहरूलाई नगरपालिका ऐन न

प्रधानमन्त्री र भारत

Image
–कुमार रुपाखेती     राणाशासनकालमा राजाहरूको स्थान खोपीका देवतासरह हुने भएकोले त्यतिखेर श्री ३ मोहन शम्शेरहरूले प्रधानमन्त्रीको हैसियतमा भारतसँग डिल गर्थे । सक्रिय राजतन्त्रका बखत स्वयम् श्री ५ हरूले नै भारतसँगको सम्बन्ध निर्धारण गर्थे । २०४७ सालपछि नेपालका  प्रधानमन्त्रीहरू भारतका निम्ति सर्वेसर्वा बनेका छन् । हाम्रा प्रधानमन्त्रीहरू  दुई मुलुकबीचको सम्बन्ध विस्तार र सुधारभन्दा आप्mनालागि भारतको आशीर्वाद अपरिहार्य ठान्छन् । यो कुरा बेग्लै हो कि कतिपय बेला यस्ता आशीर्वादहरू महादेवले भस्मासुरलाई दिएको आशीर्वाद साबित भएको छ । आप्mनो प्रथम प्रधानमन्त्रीत्वकालमा पहिलो विदेश भ्रमणमा चीन गएका प्रचण्ड अहिले राजीखुशीले भारत हानिएका छन् ।     केही अपवादबाहेक नेपालका सबै प्रधानमन्त्रीहरूको विदेश भ्रमणको पहिलो रोजाइ भारत नै हो । अनि यो सिलसिला श्री ३ मोहन शम्शेरहरूको पालादेखि अहिलेसम्म कायम छ । सबै प्रधानमन्त्रीहरू सधैं भारत जान रुचाउने अनि झन्डै सात दशकदेखि चलिरहेको यो परम्पराकाविपरीत नेपाल–भारतको सम्बन्ध जहाँको तहीं मात्र होइन, झन्झन् चिसिंदै गएको छ । मधेस आन्दोलनलाई अघोषित सहयोग गर्न भारतले ग

दरको डर

Image
–कुमार रुपाखेती     लोग्नेको सुस्वास्थ्य र दीर्घायुका खातिर नेपाली महिलाहरूले निराहार व्रत बस्ने, तीज पर्व मनाउने परम्परा पुरानै हो । भनिन्छ पार्वतीले समेत आप्mनो लोग्ने महादेवका खातिर यस्तो व्रत वर्षमा एकपल्ट गर्ने गर्थिन् ।     अचेल तीजको सुरताल र मर्म सबै बदलिएको छ, आधुनिकताको नाममा खर्चिलो, बोझिलो बनेको छ । महिना दिन अघिदेखि टिभी, रेडियोमा तीजका गीत गजल छाएका छन् । राजधानीका ठूल्ठूला होटल र रिसोर्टहरू महिनौ अघिदेखि तीजको नाममा बुकिङ भएको छ । तीजको रौनक र सनकले प्रभावित भई राजधानीका होटलहरूले नै शुल्क लिएर तीज कार्यक्रम आयोजना गर्न थालेका छन् । तीजको एक दिन अगाडि दर खाने प्रचलन अब महिनौं, हप्तौ चल्न थालेको छ ।     तीज अचेल महिलाको तडकभडक देखाउने, सजिने, सजाउने, महँगो खाने, लगाउने खर्चिलो चाड बनेको छ । एउटा पीडित मध्यमवर्गीय लोग्नेका अनुसार तीज व्रतको नाममा गरिने खर्चिलो तडकभडकले दीर्घायुको सट्टा अल्पायुमैं मर्ने सम्भावना बढेको छ रे । पत्नीको सधैं नयाँनयाँ र खल्ती नै रित्तिने डिमान्डले गर्दा बरु बडादशैं नै कम खर्चिलो चाड लाग्न थालेको छ रे । तीजको नाममा हुनेखानेका छोरीबुहारीहरूको छा

आगे राजनैतिक दल की मर्जी

Image
–कुमार रुपाखेती     पञ्चायती व्यवस्थालाई हामी निरङ्कुश र तानाशाही भन्ने गर्दथ्यौं । यो व्यवस्था समावेशी, सङ्घीयताको विपक्षी मानिन्थ्यो, तर पञ्चायतको इतिहास पल्टाउ“दै यी सबै कुरा भूmटा र बकवास लाग्न थालेको छ । त्यतिखेर पा“च विकास क्षेत्र, १४ अञ्चल र ७५ जिल्ला थिए । प्रत्येक ५ वर्षमा राष्ट्रिय पञ्चायत र स्थानीय निर्वाचन नबिराएर सम्पन्न हुन्थ्यो ।     स्थानीय निर्वाचनमा विभिन्न जातजाति, उपल्ला–तल्ला वर्ग जनप्रतिनिधि निर्वाचित हुन्थे । नियमित निर्वाचन हुने भएकोले मान्छेहरू खेमा–खेमामा विभाजित भई गलत सहीबारे भेला गरी छलफल गर्थे, विकास निर्माणका कुराहरूलाई प्राथमिकता दिन्थे । पर्सा जिल्लामैं फजील अहमद पटक–पटक जिल्ला सभापति बने, कबुतरी देवी ‘ह“सिया छाप’ झन्डै वीरगंजको मेयर बन्नेवाला थिइन्, हेटौंडा नगरपालिकामा ओम्बु टेम्पा लामा मेयर नै भइन्, नानीमैया“ दाहाल रापस बनिन्, त्यस्तै समावेशी तरिकाले थुप्रै जनप्रतिनिधिहरू नियमित निर्वाचित हुने प्रचलन थियो । नियमित र निर्धारित समयमा निर्वाचन हुने भएकोले गाउ“देखि शहरसम्म निर्वाचनको लहर र रौनक देखिन्थ्यो । त्यतिखेर बिहारमा दशौं वर्षदेखि स्थानीय निर्वाच

गरिबका लागि सरकार

Image
–कुमार रुपाखेती     प्रधानन्त्रीको कुर्सी सम्हाल्ने बित्तिकै प्रचण्डले ‘गरिबका लागि सरकार’ भन्ने उद्घोष गरेका छन् । तर राजनैतिक विश्लेषकहरू प्रचण्डलाई ‘नौ महिनाका खातिर सरकार’ भनिरहेका छन् ।     नेपालका प्रधानमन्त्रीहरू कुर्सीमा बस्ने बित्तिकै नयाँ कामको सट्टा नयाँनयाँ नारा घन्काउनुलाई आफ्नो बहादुरी ठान्दछन् ।     स्व. राजा महेन्द्रले वि.सं. २०२८ सालमा किसानको हितमा भूमिसुधार कार्यक्रम लागू गर्दा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी मसाल (मोहन विक्रम सिंह)ले राजा महेन्द्रको भूमिसुधारको विरोधमा एउटा गीत बनाएको थियो । जसको बोल थियो– “भित्रभित्रै कुहेको अनार, देख्दा राम्रो यो भूमिसुधार, मिठाइ खुवाएर फकाउँछ किसानलाई खुबै रुवाएर ।” तर धेरैले त्यस बेला भूमिसुधारलाई क्रान्तिकारी कदमसमेत भने । प्रचण्डको गरिबका लागि सरकार पनि स्व. राजा महेन्द्रको भूमिसुधारको अर्को रूप हो भन्ने पनि धेरै भेटिए ।     गरिबका लागि सरकार प्रमाणित गर्न प्रचण्डको अपूरो, अधूरो मन्त्रिमण्डलले बाढी, पहिरो पीडितलाई राहतमा थप एक लाख दिने निर्णय गर्दै आफ्नो पल्ला झारिसकेको छ ।     नेपालको गरिब जनतालाई सरकार होइन, रोजगार र कामक

सरकार परिवर्तन कि व्यक्ति

Image
–कुमार रुपाखेती     बर्सेनि नियमितरूपमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भएझै नेपालमा बर्सेनि सरकार परिवर्तन प्रतियोगिता सम्पन्न हुने गर्दछ। कतिपयले यसलाई ‘राजनैतिक म्युजिकल कुर्सी प्रतियोगिता’ भन्ने गर्दछन्।     सरकार परिवर्तनको नाममा हुने यस्ता जालझेल वास्तवमा सरकार परिवर्तन नभई व्यक्ति परिवर्तनमा केन्द्रित रहन्छ। मिसनलाई सफल पार्न सरकार परिवर्तनको जामा भिराइन्छ तर टार्गेटमा व्यक्ति हुन्छ, त्यो व्यक्ति जो प्रधानमन्त्रीको कुर्सीमा बसेको हुन्छ।     बर्सेनि सरकार परिवर्तन नेपाली नेताहरूको पहिलो रोजाइ बन्ने गरेको छ । जसले मुँहजबानी, मँुहमाँगा पद दिन्छ, त्यसैले सरकार परिवर्तनको नाममा नयाँ नेतृत्व लिने परम्परा छ। सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दकालको कथा–व्यथा र अहिलेको यो खेल उस्तैउस्तै हो । त्यतिखेर दरबार रिझाउन नसक्ने हुत्तिन्थे, अचेल उत्तर–दक्षिण–पूर्व–पश्चिम चारै दिशा नजाने कता–कता रिझाउने कुरा चलन–चल्तीमा देखिएको छ। नेपाल गणतन्त्रसम्म पुग्दासमेत अन्य कतिपय जल्दाबल्दा समस्या ज्यूँका त्यूँ रहेको, परिवर्तन नभएको अवस्था जगजाहेर रहेको बेला सरकार परिवर्तनको नाममा व्यक्ति परिवर

कुर्सीको शोभा

Image
–कुमार रुपाखेती     वीरगंजका ऋण तथा बचत सहकारी संस्था र नेपाल सरकारहरू मलाई उस्तै उस्तै लाग्छन् । सहकारी संस्थाहरू जनताको रगतपसिनाको जम्मा रकम लिएर कुन बखत अलप (गायब) हुन्छन् भन्ने थाहा नभएभैंm जनतामाझ ठूल्ठूला बाचा वचन गर्ने संस्कार कुन बेला बालुवाको घरभैंm ढल्छ, कसैले भन्न सक्दैन । त्यसो त यो सरकार बालुवाको नभई पिलरवाला हो भन्छन्, ओलीहरू ।     एकपटक फेरि सरकार ढाल्ने कसरत प्रारम्भ भएको छ । करिब एक वर्षअघि गठन भएको वर्तमान सरकारको स्वामी धेरै छन् । थुप्रै राजारजौटाहरूबाट सञ्चालित यो सरकार धेरैअघि नै ढलिसक्नुपथ्र्यो । तर मधेस आन्दोलन, भारतीय थिचोमिचो (नाकाबन्दी) आदि इत्यादि कारणहरूले गर्दा यो सरकार यतिन्जेल टिक्न सफल भएको छ । नेपालमा घरिघरि अल्पायुकै सरकार बन्ने गरेको र वर्तमान सरकारको नियति पनि त्यही नै हो भन्ने कुरामा कुनै सन्देह छैन । एकलौटी सरकारसमेत पूर्ण अवधि टिक्न नसक्ने यो राजनैतिक मरुभूमिमा साझा र साझेदारीको काम कति नै दिगो र भरपर्दो होला र ?     यो सरकार कुनै आन्दोलनले धराशयी हुने नभई आन्तरिक छलकपट र स्वार्थको शिकार बन्ने निश्चितभैंm छ । अस्ति वीरगंज आउँदा सीके लालले मधेसल

जो जिता वही सिकन्दर

Image
कुमार रुपाखेती     खाइलाग्दो जीउडाल भएका अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई धेरैले लालमोहरिया दादा र लिखुरे शारीरिक बनावटका डा. गोविन्द केसीलाई लिंडेढिपीवाला डाक्टर भन्दा रहेछन् ।     अचेल लालमोहरिया लोकमान र भोकहडताल गर्न खप्पिस डाक्टरसाहब एकअर्काको आमुन्नेसामुन्ने भएका छन् । अवैधानिक तवरले धनसम्पत्ति जम्मा गर्नेहरूलाई तह लगाउँदै आएका कार्कीलाई लिखुरे डाक्टरसाहबले महाअभियोग लगाउनुपर्ने भनेपछि यी दुईबीच भनाभन शुरू भएको छ ।     कसैलाई नदेख्ने, रिझाउन सक्ने क्षमता भएका, हेर्दै पहलमान प्रकृतिका कार्कीलाई लिखुरे डाक्टरको चुनौतीले रक्तचाप बढ्नु स्वाभाविकै हो ।     अख्तियारले ठूलो माछा समात्न सक्दैन, सानो माछा मात्र समात्छ भन्ने आरोप खेपिरहेको अवस्थामा लोकमान जस्तो ह्वेलमाछालाई डाक्टरसाहबले निशाना बनाउनु चानचुने कुरा होइन ।     डाक्टरसाहबको अस्त्र ‘आमरण अनशन’ हो भने कार्की धेरै प्रकारका अस्त्रशस्त्र र वस्त्रले सुसज्जित कुशल योद्धा हुन् । भर्खरै उनको चङ्गुलमा परेका ख्यातिप्राप्त पत्रकार कनकमणि दीक्षित यसको ज्वलन्त नमुना हुन् । त्यसो त कार्कीको कारबाईमा परेपछि दीक्षितले हडपेको भनिएको अरर्

हात्ती आयो हात्ती आयो फुस्सा

Image
–कुमार रुपाखेती     प्रधानमन्त्री ओलीले उखान टुक्का मात्र सुनाए, कमल थापाले मुमा बडामहारानी रत्नराज्यलक्ष्मी देवीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै ट्वीट गरे, चित्रबहादुर केसीले सङ्घीयताको विरोध गरे, टोपबहादुर रायमाझीले सरकारको विपक्षमा बोले, सिपी मैनाली कर्मचारी भर्ना गर्न र कमाउन व्यस्त भए, विजय गच्छदारको दोधारे नीति छ आदि इत्यादि आजकलका प्रमुख समाचार हुन् ।     माथि उल्लिखित सबै महानुभावहरू सरकारको नेतृत्वमा रहेका प्रधान र उपप्रधान हुन् । त्यस्तै सरकारको विपक्षमा रहेका देउवा काङ्ग्रेस पनि के जाती झर्ला र खाउँला गीत बजाएर मात्र बसेको छ । मधेसवादी दलहरू बासी मुद्दा उठाएर घर न घाटको, छन्द न छाँटको ढटुवा आन्दोलनमा रमाएका छन् ।     अब यस्तो अवस्थामा मुलुकमा अव्यवस्था, बेरोजगार, अशान्ति र भ्रष्टाचार मौलाउनु नौलो कुरा होइन । गणतन्त्र नेपालमा सबैभन्दा पीडित र शोषित छ आम जनता ।     राणाकाल श्री ३ हरूका खातिर, पञ्चायती व्यवस्था सक्रिय राजतन्त्र र श्री ५ का निम्ति, अनि गणतन्त्र राजनैतिक दलका भागबन्डाका लागि बदनाम छ ।     भागबन्डाकै चपेटमा परेर वीरगंज चिनी कारखाना, कृषि औजार कारखाना, जनकपुर

वीरगंजमा रक्सी पर्यटनको विकास

Image
–कुमार रुपाखेती     परेवा शान्तिको प्रतीक मानिन्छ । ज·ली ढुकुरलाई परेवाको पुर्खा मानिन्छ । तराईमा परेवाको मासु खाने चलन छ । कतिपयले बिक्रीको उद्देश्यले तराईतिर परेवा पाल्दछन् । तराईमा परेवा खाने भएकाले यताका मठमन्दिरमा चढावाका परेवाहरू देखिंदैनन तर पहाडतिरका मन्दिरमा भरमार परेवा देखिन्छन् । पहाडतिर परेवाको मासु खाने चलन हुँदैन, जसले गर्दा मन्दिर छोडिएका जिउँदा परेवाको सङ्ख्या त्यता निकै देखिन्छन् । इलामको मूलचोकमा त्यहाँको प्रसिद्ध माईस्थान र नारायणथानमा छोडिएका परेवाहरूले बिहानैदेखि मूलसडकमा बसेर सडकजाम गरेका देखिन्छ । त्यस सडक भएर गुड्ने यातायातका साधनहरू रोकेर, उत्रिएर, परेवा भगाएर, परेवाबाट जाम सडक खाली गराएर मात्र जान सकिन्छ । मठमन्दिरमा जिउँदा परेवा उडाउनाले फलिफाप हुने र यस्ता परेवाहरूले मन्दिर परिसरमा छरिएका फोहर आदि खाने गर्दा मन्दिर सफा रहने, मन्दिरको शोभा बढ्ने, तीर्थालुहरूलाई आनन्द आउने विश्वास गरिन्छ ।     वीरगंजमा रहेका थुप्रै मठमन्दिरहरूमा समेत भक्तहरूले बर्सेनि सयकडौं परेवा उडाउने गरेका र केही दिनमैं यी परेवा  हराउने गरेका छन् । रक्सी     अचेल भारतको विहारमा रक्सी बेच

मौकामा चौका

Image
–कुमार रुपाखेती     नेपाल बैंक लिमिटेड मौकामा चौका हान्न खप्पिस व्यापारी संस्था हो । नेपाल बैंक नेपालकै सबैभन्दा पुरानो र नेपाल राष्ट्र बैंकभन्दा जेठो बैंक हो । नेपाल राष्ट्र बैंकको स्थापना अगाडि राष्ट्र बैंकले गर्ने कार्यसमेत नेपाल बैंकले नै गर्दै आएको थियो ।     बैंकिङ क्षेत्रमा प्रतिस्पर्धा बढ्दै गएपछि आधुनिकीकरणको नाममा कम्प्युटराइज्ड भएपछि नेपाल बैंकमा अहिले दुई हजारको हाराहारीमा कर्मचारी, एक सयभन्दा बढी शाखा छन् । कुनै बखत दश हजार कर्मचारी र दुई सयभन्दा बढी शाखाहरू, ६४ जिल्लामा फैलिएको थियो, नेपाल बैंकको । माओवादी आक्रमण र बैंक सुधारको नाममा नेपाल बैंकले विगतमा थुप्रै शाखाहरू बन्द गर्‍यो, घाटामा गइरहेको महुवन शाखा, भिस्वा, परसौनी, सिमरा, चिनीमिल, अमलेखगंज शाखा अझै सञ्चालनमा आउन नसकी बन्द छन् । वीरगंज भन्सारमा रहेको नेपाल बैंकसमेत अहिले सञ्चालनमा छैन ।     अचेल नेपाल बैंकले कर्मचारी भर्ना गर्दासमेत ‘करारमा’ भन्ने शब्द राख्दछ । विगतमा ६ महिनाको परीक्षणकालपछि स्वत: स्थायी हुने चलन थियो । २०५२ सालपछि भर्ना हुने कर्मचारीले अवकाश पश्चात् पाउने पेन्सन पनि कटौति गरेको छ बैंकले । सात वर

कोइरालाको दोसो पारी

Image
–कुमार रुपाखेती     कुनै बखत आकर्षणको केन्द्र मानिने वीरगंज उपमहानगरपालिकाको कार्यकारी अधिकृतको कुर्सीमा अब त्यो दमखम नरहे पनि विष्णु कोइराला पुन: दोस्रोपल्ट वीउमनपा आएका छन् । वीरगंज फोहर भए पनि उनले नगरपालिकाको बगैचामा फूल  फुलाउने र नपा परिसर साफ सुथरा राख्ने काम चाहिं गरेका छन् । कोइरालाको पहिलो वीरगंज नपा बसाइ न अति उत्तम थियो, न अति खराब । मध्यम खालको प्रदर्शन गरेका उनको दोस्रो कार्यकाल कस्तो होला भन्ने कौतूहलता सबैमा छ । कर्मचारी थर्काउन उनी खप्पिस मानिन्छन् । कोइरालाको अफिसमा खास–खास फाँट र विभागमा बसी काम गर्न नजराना टक्रयाउनुपर्ने प्रावधानबाट उनी वाकिफ छन्, छैनन् त्यो त मलाई यकिन भएन । एउटा एफएममा त कोइरालालाई मार्ने धम्की दिएको कुरासमेत प्रचारमा आयो । कोइरालाले यसको आधिकारिक खण्डन नगरे पनि पत्रकारहरूमाझ आफूलाई कुनै कर्मचारीले त्यस्तो धम्की नदिएको बताएका छन् । वीरगंजको विकास गर्न आफू फर्किआएको बताउने कोइराला साना कर्मचारीप्रति पूर्वाग्राही भएको, हेपाहा नीति लिएको तथा केही चल्तापुर्चा अधिकृत–कर्मचारीहरूको चंगुलमा परेको नपा सूत्र बताउँछ । कोइरालाजी ‘ऐसे कैसे वीरगंजके विकास हो

खुमेले खोला फर्काए

Image
–कुमार रुपाखेती     कुनै भिजन नभएको अस्पष्ट वक्ता  सांसद्हरूलाई पजेरो सुविधा दिलाउन सक्ने र विलासी जीवनयापन गर्ने, स्वास्नीको लहलहैमा बग्ने, राजा ज्ञानेन्द्रले अक्षमको लालमोहर ठोकेका, दरबारतिरै ससुराली घर भएका, काङ्ग्रेस टुक्र्याउने क्षमता भएका श्री शेरबहादुर अचेल काङ्ग्रेसका सर्वेसर्वा अर्थात् सभापति भएका छन् । यस्तो कुनै ल्याकत नभएका, बिग्रेको माइकभैंm घ्यारघ्यारे पाराले बोल्ने, सत्रपटक प्रधानमन्त्रीमा पराजित, पार्टीमा आफ्नो बेग्लै गुट बनाउन असमर्थ रामचन्द्र पौडेलले के सोचेर देउवासँग भिडन्त गरे मलाई के थाहा ? यही पर्सा जिल्लामा पनि ‘लिख लोढा, पढ पत्थर’ अर्थात् अनपढहरूको जमघटमा समेत मजाले रमाइरमाई अङ्ग्रेजीमा भाषण गर्ने, अङ्ग्रेजी उखान टुक्का धडल्लेले प्रयोग गर्ने विद्वान् श्री सुरेन्द्र चौधरीलाई त अशिक्षित मतदाताहरूले गुल्टयाइ दिए । पौडेलले चौधरीबाट क्यै न क्यै त सिक्नै पर्ने थियो । तर सुरेन्द्रबाट शिक्षा–दीक्षा लिने भन्दैमा तातै खाउँ जली मरूँ भन्दै विपीका होनहार पुत्रहरूले पार्टी चाहिं त्याग्ने अनि सांसद् पदमा ओथरा बस्ने काम नगर्नु बेस । तर अचम्मै यो आपराधिक र भ्रष्ट पृष्ठभूमिका

सहयोगी हात

Image
–कुमार रुपाखेती     प्रत्येक शनिवार लक्ष्मी साहित्य समाज, प्रभात काव्ययात्रा, नेपाल भोजपुरी प्रतिष्ठान र हास्यव्यङ्ग्य मञ्चले पर्सेली साहित्यिक फाँटमा कार्यक्रम गर्दै आएको सबैलाई थाहै छ ।     साहित्य क्षेत्रमा पर्सा निकै पछाडि छ तर पनि धु्रवचन्द्र गौतम, भीम विराग, विमल निभाजस्ता साहित्यिक प्रतिभाहरूको जन्मथलो वीरगंज नै हो । घनश्याम परिश्रमी, धर्मेन्द्र भट्टराई, विश्वम्भर शर्मा, अरुण विक्रम शाह, प्रेमा शाह पनि पर्साकै उपज हुन् ।     साहित्यका लागि यहाँ पसिना बगाइरहेका अरुण विक्रम शाह, मास्टर तारा सिंह आदिहरूले यहाँ कहिले कता र कहिले कता सानो जमघट गराएर साहित्यिक फाँटलाई कष्टकर रूपमा जीवन्त राखेको कुरा कसैसँग छिपेको छैन । वीरगंज साहित्यिक क्षेत्रमा अहिले केही महिला प्रतिभा पनि उदाएका छन् । विष्णु गिरी कुम्हालटोल–६, कमला गिरी भिस्वा–१८, राधिका सुवेदी आदर्शटोल–३, गीता भण्डारी भिस्वा र मुना प्रधाना·हरू नयाँ स्थानीय कवयित्रीका रूपमा कविता क्षेत्रमा हातेमालो गर्दै अगाडि बढिरहेका देखिन्छन् ।     माघ ८ गते शनिवार माईस्थान मन्दिर अगाडि मास्टर तारा सिंहको भोजपुरी प्रतिष्ठानलाई समाजसेवी मुकेश सर