Posts

Showing posts with the label सन्दर्भ: विश्व बाल दिवस

अन्तर्राष्ट्रिय बाल अधिकार दिवस तथा बालबालिकाको अवस्था

मुनिलाल बैठा     बालबालिकाहरूको चौतर्फी विकासको लागि संयुतm राष्ट्र सङ्घले १९८९ नोभेम्बर २० मा बाल अधिकार महासन्धि पारित गरि विश्वव्यापीरूपमा बालबालिकाहरूको अधिकार संरक्षणको ग्यारन्टी गरेको छ। बाल अधिकार महासन्धिको जम्मा ५२ वटा धाराहरू छन्, जसमध्ये धारा १ देखि ४० सम्म बालबालिकाहरूको कल्याणबारे उल्लेख गरिएको छ। धारा ४० सम्मका प्रवधानलाई अध्ययन गर्न सजिलो होस् भन्ने उद्देश्यले चार भागमा  वर्गीकरण गरिएको पाइन्छ। ती चार भागहरू बाल बचाऊ, बाल संरक्षण, बाल विकास तथा बाल सहभागिता हुन्। बाल बचाऊ अन्तर्गत बालबालिकाहरूको बाँच्न पाउने तथा दीर्घजीवनको लागि आवश्यक पर्ने स्वास्थ्य उपचार, लालनपालन आदि समावेश गरिएको छ। अर्थात् बच्चा आमाको गर्भमा हुँदादेखि नै ऊ सुरक्षित जन्मिन पाउनुपर्दछ  भन्ने कुराको वकालत गर्दछ। बाल संरक्षण अन्तर्गत हेला, दुव्र्यवहार तथा कुलतबाट बालबालिकाहरूलाई संरक्षण गर्नु प्रत्येक राज्य तथा नागरिकको कर्तव्य हो भन्ने कुराको ग्यारन्टी गरेको छ। त्यसैगरी बालबालिकाहरूको विकासको लागि उचित शिक्षा, मनोरञ्जन, आराम र खेलकुद गर्न पाउनु बाल विकास अन्तर्गत पर्दछ भने बालबालिकाहरूलाई निर्णय प्रक्