Posts

Showing posts with the label आलेख

श्रीपञ्चमी पर्वका धार्मिक, सामाजिक तथा सांस्कृतिक पक्ष

Image
बासुदेवलाल दास   परिचयः     माघ महीनाको शुक्ल पक्षको पञ्चमी तिथिलाई श्रीपञ्चमी अथवा वसन्तपञ्चमी भनिन्छ। यस दिन श्रीसरस्वती देवीको पूजा गर्ने प्रचलन रहेकोले यसलाई सरस्वती–पूजा भनेर पनि अभिहित गरिन्छ। नेपालको प्रदेश नं २ क्षेत्रमा यो पर्व मनाउने परम्परालाई अध्ययन गर्दा यसका धार्मिक, सामाजिक तथा सांस्कृतिक जस्ता पक्षहरू रहेका देखिन्छन्। यस आलेखमा यिनै कुराहरूबारे संक्षेपमा चर्चा गरिएको छ।     श्रीपञ्चमी शब्दमा रहेको ‘श्री’ शब्दले धनकी देवी लक्ष्मीलाई सम्बोधन गरिएको हो। एउटा मान्यता अनुसार समुद्र–मन्थनबाट यसै तिथिमा लक्ष्मीको उत्पत्ति भएकोले यसलाई श्रीपञ्चमी भनिएको हो। अर्कोतिर, यसलाई वसन्तपञ्चमी पनि भनिन्छ। वसन्त भनेको वर्षका ६ वटा ऋतुमध्येको एउटा ऋतु हो, जुन प्राच्य धारणा अनुसार चैत र वैशाख महीनामा पर्ने गर्दछ। वसन्त ऋतुलाई प्रीति र अनुरागका देवता कामदेवको सहचरको रूपमा स्वीकार गरिएकोेले एवं रतिका साथै कामदेवको पूजा माघ शुक्ल पञ्चमी तिथिमा गरिने प्रचलन भएकाले यस पञ्चमी तिथिलाई वसन्त–पञ्चमी भनिएको हो। माघ शुक्ल पञ्चमीका दिन वसन्तोत्सव मनाइने तथा ‘वसन्त–राग’ श्रवण गर्ने गरिन्छ। धार्मिक पक्ष

बर्डफ्लु : स्वास्थ्य र सन्दर्भ

    बर्डफ्लु पक्षीहरूमा लाग्ने अति सङ्क्रामक र घातक सरुवा रोग हो । यसलाई अति सङ्क्रामक रोग ९ज्ष्नजथि एबतजयनभलष्अ म्ष्कभबकभ० अन्तर्गत राखिएको छ । यो प्राणघातक एभियन इन्फ्ल्युन्जा ९ब्खष्बल क्ष्लागिभलशबभ० टाइप “ए” अर्थात् ज्ज्ञल्ज्ञ नामक सूक्ष्म भाइरसका कारणले लाग्दछ । यस प्रकारको भाइरसले द्रुतगतिमा आफ्नो वंशाणुगत स्वरूपमा परिवर्तन गर्नसक्ने क्षमता बोकेको हुन्छ । यसक्रममा शरीरका कोषसँग समायोजन भएर नयाँ किसिमका हानिकारक जीवाणु उत्पन्न हुने गर्दछ । जुन पशुबाट मानिसमा सर्न सक्ने बढी सम्भावना रहन्छ । सन् १९९७ मा हङकङमा पक्षीबाट मानिसमा यो रोग सरेको प्रमाणित भएको थियो । यो रोग युरोप हुँदै विश्वव्यापी बनेको छ । सामान्यतया मानिसमा बिरलै देखिने यो रोगको भाइरस रोग लागेका कुखुरा, हाँस वा अन्य पक्षीसँग असावधानीपूर्वक र प्रत्यक्षरूपमा सम्पर्कमा आउँदा सर्ने सम्भावना रहन्छ । जस्तै: हाँस र कुखुरा काट्ने, भुत्ल्याउने र बोक्ने मानिस तथा यस्ता रोग सङ्क्रमित पक्षीहरूसँग अञ्जानमा खेल्ने बच्चामा समेत सर्न सक्ने सम्भावना धेरै हुन्छ । इन्फ्ल्युन्जा ९क्ष्लागिभलशब० भाइरस पक्षीहरूमा एकदम चाँडो सर्न सक्छ । रोग सङ्क

समावेशिताको अवधारणा र व्यवहारमा अन्तर

काठमाडौं, ५ भदौ/रासस     पछिल्लो समय मुलुकको राजनीतिक वृत्तसँगै अन्य क्षेत्रमा महिलाको सहभागिता सन्तोषजनक देखिए पनि उत्साहजनकरूपमा अघि बढ्न सकेको छैन ।     विगतको तुलनामा महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ तर मुलुकका सबै भागमा पुग्न नसकेको र नेपालको अन्तरिम संविधान, २०६३ ले प्रदान गरेको समानताको हक, रोजगारी तथा सामाजिक सुरक्षा सम्बन्धी हकलगायत नयाँ संविधानमा सुनिश्चित गरिनुपर्ने आवश्यकता खट्किएको छ ।     ए. नेकपा (माओवादी)की नेत्री दामा शर्मा सिद्धान्तत: संविधानले नै समानुपातिक समावेशितालाई स्वीकार गरिसकेको भए पनि एक–दुईजनाबाहेक राज्यको नीति निर्माण एवं निर्णायक तहमा अझै पुग्न नसकेको र विघटित संविधानसभा र अन्य निकायबाट समावेशी विधेयक पटक–पटक ल्याउने प्रयास भए पनि सफल हुन नसकेको बताउँछिन् ।     “अहिले समावेशी सिद्धान्त मन्द गतिमा अगाडि बढेको र निजामती सेवाभित्र नयाँ भर्नामा केही प्रतिशत कार्यान्वयन भएको छ”– उनी भन्छिन्— समावेशिताको सिद्धान्त अवलम्बन गर्ने कार्य हुँदै गए पनि अहिले सरकारमा कुनै महिलाको प्रतिनिधित्व नहुनाले समावेशिता कुराको उपहास भएको छ ।     नेपाल प्रहरीमा म