Posts

Showing posts with the label प्रमुख समाचार

आपसी सहमतिमा न्यायोचित मुआवजा दिए –नगरप्रमुख साह

Image
प्रस, रौतहट, २२ फागुन/ गत वर्षकै निरन्तरता स्वरूप मौलापुर नगरपालिकाले यस वर्ष पनि स्थानीयको उत्साहवद्र्धक सहयोग, सद्भाव एवं सक्रिया सहभागितामा मधानी महायज्ञ विशेष समारोह–२०७७ को आयोजना गर्न लागेको नगरप्रमुख रिना साहले बताएकी छन्। मौलापुरको महादेवस्थानमा आयोजित पत्रकार सम्मेलनमा शनिवार उनले महायज्ञ तयारीको क्रममा आवश्यक पर्ने जग्गा नगरपालिकाले स्थानीयसँग सहमति गरेर न्यायोचित मुआवजा दिएको बताइन्। किसानहरूलाई मुआवजा दिए तापनि आफूले मिहिनेत गरी लगाएको हरियो बाली आफ्नै आँखाअगाडि काटिदा उनीहरूको मनोभावलाई छुनु स्वाभाविक भएको उनले बताइन्। विगत लामो समयदेखि ओझेलमा परेको महत्वपूर्ण सम्पदालाई सङ्घ तथा प्रदेश सरकारले विशेष प्राथमिकताका साथ अगाडि बढाउनुपर्नेमा नबढाइरहेको भन्दै उनले गुनासो व्यक्त गरिन्। नगरपालिकाको अगुवाइ तथा स्थानीय जनसमुदायको उत्साहवद्र्धक एकता र सक्रिय सहभागितामा अगाडि बढेको नगरप्रमुख साहको दाबी थियो। मौलिक धार्मिक अनुष्ठान मधानी (कवरथुवा) निरन्तर एक हप्तासम्म सञ्चालन हुने र त्यसमा भारत वृन्दावनको रासलीला, शिवलीला, नेपाल तथा भारतका चर्चित कलाकारहरूद्वारा सांस्कृतिक प्रस्तुति, वि

भेडाहा र सिंघाही खोला उत्खननको स्वीकृति

Image
प्रस, पर्सागढी, २१ फागुन/ वीरगंज महानगरपालिका–३१ स्थित भेडाहा खोला र पर्सागढी नगरपालिकाको सिंघाही खोलामा नदीजन्य पदार्थको उत्खनन पुनः शुरू भएको छ। ठेक्का लागेर खोला उत्खनन हुँदै आएकोमा ठेक्का सकार गर्दा प्रारम्भिक वातावरणीय परीक्षण रिपोर्टको मापदण्डविपरीत कार्य भएको भन्दै जिल्ला अनुगमन समितिले माघ २० गते दुवै खोलामा उत्खनन अर्को निर्णय नहुन्जेलसम्म रोक्का राखेको थियो। जिल्ला अनुगमन समिति, पर्साका संयोजक जिल्ला समन्वय समितिका सभापति नेक महम्मद अन्सारीले कार्यविधि बनाएर खोलाको उत्खनन मापदण्ड अनुसार गर्न निर्देशन दिंदै शुरू भएको बताए। वीरगंज महानगर–३१ भेडाहा खोलामा एक साताअगाडिदेखि उत्खनन भइरहेको छ भने पर्सागढी नगरपालिका अन्तर्गत सिंघाही खोलामा दुई दिनअघिदेखि उत्खनन शुरू भएको अनुगमन समितिका संयोजक अन्सारीले बताए। उनले कार्यविधि बनाइएको र सो पालना भए नभएको बारेमा नियमित अनुगमनको जिम्मेवारी स्थानीय तहलाई दिइएको तथा सोविपरीत गर्नेलाई कसूर अनुसार कारबाई गर्ने कार्यविधिमा उल्लेख रहेको बताए।

ठगी मुद्दाको आरोपमा जाटिया पक्राउ

Image
 प्रस, वीरगंज, २० फागुन/ वीरगंज, छपकैयाको रेलवे सडकको छेउमा रहेको श्रीराम कोलोनीका तत्कालीन जग्गाधनी प्रेम जाटियालाई ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय, पर्साले पक्राउ गरेको छ। श्रीराम कोलोनीको जग्गा खरीद गरी १७ वटा कित्तामा बिक्री गरेपछि मोहीवालाले हकदाबी गरेपछि प्रहरीले जाटियालगायत पाँचजनामाथि सङ्गठित ठगी मुद्दा दर्ता गरेको छ। श्रीराम कोलोनीको जग्गा १७ कित्तामा बिक्री गर्दा तत्कालीन अवस्थामा मोही नदेखिएको र पछि मोहीवालाले मुद्दा गरेपछि आफूहरू ठगिएको भन्दै कृष्ण सर्राफलगायत अन्य पीडितले जिल्ला प्रहरी कार्यालय, पर्सामा उजूरी दर्ता गराएका थिए। पीडित सर्राफका अनुसार २०६० सालमा सो जग्गाको बिक्री शुरू भएको र आफूहरू २०६५ सालदेखि घर बनाएर बसिरहेको अवस्थामा अहिले आएर एक्कासि मोहीवालाले भूमिसुधारमा मुद्दा गरेपछि न्यायको लागि पीडितहरू जिल्ला प्रहरी कार्यालय पुगेका थिए। पीडित सर्राफका अनुसार जग्गाधनी रुद्रदेवी उपाध्यायबाट गोपाल अग्रवाल र अग्रवालबाट प्रेम जाटिया र त्यसपछि १७ जनाले सो जग्गा खरीद गरेका थिए। ६० नं कित्ताबाट २०६० सालमा जाटियाले ७ कट्ठा जग्गा खरीद गर्दा गोपाल अग्रवालको लालपुर्जाम

मुलुकलाई असहज अवस्थाबाट निकास दिन नेका तयार –देउवा

Image
प्रस, गरुडा, १९ फागुन/ नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकलाई वर्तमान असहज अवस्थाबाट आवश्यक परे निकास दिन नेपाली काङ्ग्रेस तयार रहेको बताएका छन्। रौतहटको गढीमाई नगरपालिका–६ धर्मपुर–सिङ्गारवन गाउँमा बुधवार विष्णु महायज्ञको उद्घाटन गर्दै देउवाले नेकपाको आन्तरिक विवादका कारण दुई तिहाइको सरकार अप्ठ्यारोमा परेको र मुलुक असहज अवस्थामा पुगिसकेको बताए। यसै असहज अवस्थामा देश रहिरहन नसक्ने हुँदा असजताको निकासको लागि नेपाली काङ्ग्रेस आवश्यकता अनुसारको भूमिका निर्वाह गर्न तयार रहेको बताए। सत्ता सञ्चालन कसरी गर्ने भन्ने विषयमा नेकपाभित्र गुटगत आन्तरिक स्वार्थले काम गरेको र सोही विवादको कारण सिङ्गो मुलुक नै अनिर्णयको बन्दी बन्न पुगेको बताउँदै देउवाले देश राजनीतिक अस्थिरतातर्फ धकेलिएको बताए। सभापति देउवाले सङ्घीय गणतन्त्रलाई जोगाउन आवश्यकता परेको खण्डमा सबै कुरामाथि विचार गरेर नेपाली काङ्ग्रेसले सकारात्मक भूमिका निर्वाह गर्ने स्पष्ट पारे। धार्मिक कार्यक्रममा पुगेका देउवाले सनातन हिन्दू धर्मसहित अन्य धर्म मान्ने समुदायको रक्षार्थ नेपाली काङ्ग्रेस लागिपरेको हुँदा ने

मेलाको नाउँमा गहुँखेतीमा डोजर चल्यो, किसान आक्रोशित

Image
प्रस, रौतहट, १८ फागुन/     मौलापुर नगरपालिकामा यही फागुन २७ गते महाशिवरात्रिमा लाग्ने मेलाको लागि किसानले लगाएको तीन बिघा गहँुखेतीमा डोजर चलाइएको छ।     किसानहरूले शिवरात्रि मेलाको लागि आफूहरूले लगाएको बाली नष्ट गरिनु चरम ज्यादती भएको प्रतिक्रिया दिएका छन्।     मौलापुर नगरपालिकाकी प्रमुख रिनादेवी साह हुन्। उनका पति प्रभु साह शहरी विकासमन्त्री हुन्। दुवैजना शक्तिशाली पदमा भएको कारण उनीहरूको आग्रहमा महाशिवरात्रि मेलाको उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आउँदैछिन्। धार्मिक कार्यक्रमको आयोजना हुन लागेकोमा स्थानीयहरू खुशी छन्। सो परियोजनको लागि किसानहरूले लगाएको गहुँबालीमा डोजर लगाएकोमा अहिले मौलापुरका किसान मात्र हैन अन्य व्यक्ति पनि आक्रोशित भएका छन्। स्थानीय किसानहरूले मन्त्री र नगरप्रमुखको कारण आफ्नो गहुँखेती नष्ट भएको प्रतिक्रिया दिएका छन्।     वैकल्पिक बाटो नरोजी पाक्न लागेको गहुँखेतीमा डोजर चलाएर कार्यक्रम आयोजना गर्नु चरम तानाशाहको नमूना भएको आरोप लगाए। किसानहरूले तीन बिघा गहुँखेतीको क्षतिपूर्ति माग गरेका छन्। राष्ट्रपतिको कार्यक्रम जनहितका लागि हुनुपर्नेमा सोविपरीत गरिनु र

कृषिजन्य अनुदान उपकरणमा किसानको चासो भएन

Image
प्रस, परवानीपुर, १७ फागुन/     आधुनिक युगमा खेती किसानी गर्न दैनिक ज्यालादारीमा कामदारहरू सहजै पाउने अवस्था छैन, जसको कारण कृषिमा यान्त्रीकरणको विशेष महत्वपूर्ण योगदान छ। तैपनि पर्सा जिल्लाका किसानहरू अनुदानको सुविधा उपभोग नगरी आफ्नै लगानीमा कृषिजन्य यन्त्र खरीद गर्छन्।     कृषि ज्ञान केन्द्र पर्साका अनुसार विगत एक महीनादेखि विभिन्न शीर्षकमा अनुदान सुविधाको लागि १२/१३ वटा सूचना प्रकाशित गर्दा पनि किसानहरूको आकर्षण देखिएको छैन। केन्द्रका निमित्त प्रमुख मुनीलाल प्रसादका अनुसार चालू आवमा कृषि यान्त्रीकरण शीर्षकमा विकासको क्षेत्रमा रु ४ करोड ४० लाख बजेट भए तापनि किसानहरूको न्यून सहभागिताले गर्दा ठूलो रकमको बजेट फ्रिज हुने अवस्थामा पुगेको छ। उनका अनुसार किसानहरूले अनुदानको सुविधा उपभोग गर्न श्रमदानको रकम दिने डरले निवेदन नदिने गरेको र निवेदन नदिंदा छनोट प्रक्रियाबाट वञ्चित हुँदै अनुदान सुविधा खेर जाने अवस्था सृजना भएको छ।     उनले भने, “सरकारले किसानका लागि ट्याक्टरमा जोडेर प्रयोग गर्ने थुप्रै यन्त्रहरू जस्तै हैरो, कल्टिभेटर, फार, लेभलर, थ्रेसर, स्वचालित रिपर, बोरिङ (स्यालो ट्युबवेल)लगायतका

पोखरिया अस्पतालमा चिकित्सकहरूको आलोपालो, बिरामी मर्कामा

Image
 धर्मेन्द्र चौरसिया, पोखरिया, १६ फागुन/ पर्सा जिल्लाको केन्द्रबिन्दुमा रहेको पोखरिया नगरपालिकास्थित पोखरिया अस्पतालको व्यवस्थापन पक्ष कमजोर हुँदा सो भेगका हजारौं सेवाग्राहीले प्रभावकारी सेवा पाइरहेका छैनन्। अस्पताल विकास समितिले एकातिर अस्पताल व्यवस्थापनमा चासो दिएको छैन भने अर्कोतिर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनिल यादवको लापरवाहीका कारण अस्पताल अहिले स्वास्थ्य चौकीजस्तै सञ्चालन भइरहेको छ। आवश्यक दक्ष जनशक्ति हुँदा पनि बिरामीहरूले अस्पतालबाट गुणस्तरीय र प्रभावकारी सेवा नपाएका छैनन्। अस्पतालमा ६ जना चिकित्सक छन्, उनीहरूले दैनिक सेवा दिनुपर्नेमा ६ दिनको लागि आलोपालो ड्युटी मिलाएका छन्। पोखरिया अस्पतालमा मेसु डा अनिल यादवलगायत डा विनयकुमार यादव, डा सञ्जय गुप्ता, डा दीपेन्द्र मण्डल, डा मृगेन्द्रसिंह यादव, डा सुरेन्द्र यादव गरी ६ जना चिकित्सक नियुक्त छन् भने दुईजना स्टाफ नर्स, सरकारबाट दुईजना अहेब र अस्पताल विकास समितिबाट पाँचजना अहेब, सरकारीबाट दुईजना अनमी र अस्पताल विकास समितिबाट पाँचजना अनमी गरी कार्यालय सहयोगीको दरबन्दी छ। आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मी हुँदा पनि एक दिनमा एक

आयुर्वेदबाट मुुलुक समृद्ध बन्न सक्छ –राज्यमन्त्री यादव

Image
प्रस, वीरगंज, १५ फागुन/ नेपाल आयुर्वेद औषधि व्यवसायी सङ्घ, प्रदेश नं २ अन्तगर्त पर्सा, बारा, रौतहत जिल्लाको प्रथम संयुक्त जिल्ला भेला तथा तथा प्रथम जिल्ला अधिवेशन शनिवार वीरगंजमा सम्पन्न भयो। कार्यक्रमको उद्घाटन प्रदेश २ सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादवले गरेका थिए। कार्यक्रमका मुख्य अतिथि राज्यमन्त्री  यादवले जडीबुटी तथा आयुर्वेदको माध्यमबाट मुुलुक समृद्ध बन्न सक्ने बताए। आयुर्वेद हाम्रो मुलुकको प्राचीन चिकित्सकीय पद्धति रहेको र वर्तमान विश्वमा आयुर्वेदको महत्व दिन प्रतिदिन बढिरहेको अवस्थामा मुलुकको सरकारले यसतर्फ पहलकदमी गर्न नसकेको बताए। मानव शरीरको लागि आयुर्वेद नै सबैभन्दा महत्वपूर्ण उपचार पद्धति भएको तथ्य विज्ञानले प्रमाणित गरिसकेको र हामीबाट अन्य मुलुकले सिकेर आधुनिक अङ्ग्रेजी औषधिको विकास गरेको चर्चा गर्दै उनले मुलुकमा प्राकृतिकरूपमा जडीबुटी उपलब्ध हुने र कतिपय जडीबुटीको व्यावसायिक खेती पनि हुने भएकोले यसतर्फ ध्यान दिन सके निरोगिताका साथै स्वरोजगारको प्रशस्तै सम्भावना रहेको भन्दै प्रदेश २ सरकारले यसको अध्ययन, पहिचान, उत्पादन, व्यवसाय प्रवर्धन

सर्वोच्चको फैसलाले देशमा अस्थिरता थपियो –मन्त्री प्रभु साह

Image
प्रस, वीरगंज, १४ फागुन/     शहरी विकासमन्त्री प्रभु साहले पछिल्लोपटक सर्वोच्च अदालतको संसद् विघटनको सम्बन्धमा गरेको फैसलाले देशमा अस्थिरता निम्त्याएको बताएका छन्।     पर्साको छिपहरमाई गाउँपालिकाको टिहुकी सेढाको चौरमा आयोजित अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उनले बहुमतको सरकारको प्रधानमन्त्रीले विघटन गरेको संसद्लाई सर्वोच्चले फैसला गर्दै जीवित पारेकोप्रति असन्तुष्टि जनाउँदै उनले सर्वोच्चको फैसलाले देश सङ्कट तथा अस्थिरतातर्फ गएको टिप्पणी गरे।     कार्यक्रममा मन्त्री साहले भने, “करीब दुई तिहाइ बराबरको सरकारका प्रधानमन्त्रीलाई नेकपाकै केही नेताको स्वार्थमा हटाउन षड्यन्त्र भएपछि प्रधानमन्त्रीले बाध्य भएर संसद् विघटन गर्ने निर्णयमा पुग्नुभयो, त्यसपछि देश चुनावमा गइरहेको बेला अचानक सर्वोच्चको फैसलाले देशलाई सङ्कटमा धकेलेको छ।”     उनले प्रदेश सरकार भ्रष्टाचारमा लिप्त भएको चर्चा गर्दै माता जानकी जनकपुरधाम अहिले कमिशनको लेनदेन गर्ने अखाडा बनेको पनि उनले बताए। उनले प्रदेश सरकारले तीन वर्षमा प्रदेश २ का जनताको हित हुने कुनै पनि उदाहरणीय विकासको काम नगरेको पनि आरोप

सामुदायिक विद्यालयमा दिवाखाजा कार्यक्रम चलेन

Image
राधेश्याम पटेल, परवानीपुर, १३ फागुन/ कोरोना महामारीको त्रासका कारण ठप्प रहेका पर्साका सबै सामुदायिक विद्यालय सञ्चालनमा आइसकेका छन्। पर्साका १४ वटा पालिकामा रहेका करीब ३ सय विद्यालय सञ्चालनमा आइसकेका भएपनि उक्त विद्यFलयहरूमा दिवाखाजा कार्यक्रम भने अनिश्चित भएको छ। करीब दुई महीनादेखि विद्यालयहरू सञ्चालनमा रहे तापनि सम्बन्धित पालिकाले दिवाखाजा कार्यक्रम शुरू गराउन सकेका छैनन्। पर्साका पटेर्वासुगौली गाउँपालिका र पोखरिया नगरपालिकाबाहेक अन्य पालिकामा दिवाखाजा कार्यक्रम पुनः शुरू हुन नसकेको अभिभावकहरूले गुनासो गरेका छन्। गत पुस दोस्रो सातादेखि सरकारको निर्देशनविनै अभिभावकहरूको मन्जुरीमा सुरक्षा मापदण्ड पूरा गरी सामुदायिक विद्यालयहरू खुलेका थिए। विद्यार्थीहरूको भविष्य अन्योलमा नपरोस् भन्ने उद्देश्यका साथ पठनपाठन शुरू गर्ने विद्यालय प्रशासन, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा सम्बन्धित पालिकाले छलफल गरी विद्यालय सञ्चालनमा ल्याएका थिए। तर करीब दुर्ई महीनादेखि विद्यालय नियमित सञ्चालन भइरहँदा पनि प्राथमिक तहको लागि उपलब्ध गराइने दिवाखाजा कार्यक्रमको बजेट पालिकाले विद्यालयलाई निकासा नगरेको प्रध

नेकपा र जसपा सर्वोच्चको निर्णयप्रति खुशियाली मनाउँदै

Image
प्रस, वीरगंज, १२ फागुन/ प्रधानमन्त्री केपीशर्मा ओलीले फागुन ५ गते संसद् विघटन गरेपछि प्रतिगमनविरुद्ध आन्दोलनरत जनता समाजवादी पार्टी, नेकपा प्रचण्ड–नेपाल समूहले आज छुट्टाछुट्टै विजय जुलूस निकालेका छन्। घण्टाघरबाट निकालेको विजय जुलूस नगर परिक्रमापछि पुनः घण्टाघरमा आमसभामा परिणत भएको थियो। विजय जुलूसमा बोल्दै जसपाका कार्यकारी सदस्य लक्ष्मणलाल कर्णले अदालतको फैसलाले नेपालको संविधान जोगाएको बताए। उनले ओलीले चालेको कदमविरुद्ध अदालतको फैसला आउनेबित्तिकै नैतिकताको आधारमा ओलीले राजीनामा दिनुपर्ने बताए। उनले प्रधानमन्त्री ओलीको संसद्मा अविश्वास प्रस्तावको सामना गर्ने भनाइ निन्दनीय तथा नैतिकताहीन रहेको बताए। नेपालमा ओलीले तानाशाही लाद्न खोजेको उनको आरोप थियो। सर्वोच्चले गरेको फैसलाले देशको समस्या समाधान नहुने तर सही बाटोमा मुलुक हिंडेको बताए। देशको अवस्था अहिले पनि गम्भीर रहेको र एक्लो सरकार बनाउने हैसियत कसैको नरहेको उनले बताए। प्रम ओलीलगायत उनका सहयोगीहरूको कारण देश सङ्कटतर्फ उन्मुख भएको उनको तर्क थियो। संविधानको रक्षा, लोकतन्त्र बचाउने जिम्मा राष्ट्रपतिको रहेको र राष्ट्रपति पनि प्रम ओलीको मतिय

किसानका लागि स्थानीय पालिकाले बजेट खुम्च्याउँदै छन्

Image
 सुषमा शर्मा, वीरगंज, ११ फागुन/ “न हामीलाई सशर्तबाट कति बजेट आयो थाहा छ, न त स्थानीयले कति छुट्यायो थाहा छ। हामीलाई ऋण लिनु छ, खेती गर्नुपर्छ, पहिले किसानको लागि केही गरेको हुन्थ्यो भने चुनावपछि पहिले जति पनि केही भएको छैन, त्यसैले हामीलाई मतलब हुँदैन,” बहुदरमाई नगरपालिकाको गम्हरियाका किसान विनोद कुशवाहा भन्छन्। हामीलाई सेवा सुविधा दिए लिन्छौं, हैन भने त्यसको पछि लाग्न समय हँुदैन। खेतीपातीमा लाग्ने कि सेवा सुविधामा। सेवा सुविधामा लागेको खण्डमा खेतीपाती बिग्रने उनको भनाइ छ। उनले यी सबै काम नेताहरूले सृजना गरेका नक्कली किसानहरूको लागि भएको बताए। किसान लक्षित काम गर्ने हो भने वास्तविक किसानको पहिचान वडास्तरबाट गर्न नसकिने कुरा होइन। तर चाहना नभएको र जुन काममा पनि अनियमितता, कमिशनखोरी हावी भएकोले कृषि क्षेत्र पनि त्यसैबाट प्रभावित भएको किसान कुशवाहाको आरोप छ। सङ्घ, प्रदेश र स्थाीनय तहले किसानको लागि सशर्त बजेट विनियोजन गर्दै आएका छन्। स्थानीय तहले बजेट विनियोजन नगरे पनि सङ्घ र प्रदेश सरकारले किसान लक्षित सशर्त बजेट पठाएका छन्। पर्सा जिल्लामा रहेका १४ वटा पालिकामध्ये सखुवाप्रसौनीले ४० लाख,

ड्राइपोर्टको मुआवजा वितरणमा ढिलाइ

Image
प्रस, वीरगंज, १० फागुन/ वीरगंज–२५ श्रीसियाको ६२ बिघा जग्गा अधिग्रहण गर्ने क्रममा मुआवजा वितरणमा चरम ढिलाइ भइरहेको छ। ड्राइपोर्ट भन्सार र आइसिपी भन्सारबीचको ६२ बिघा जग्गामा दुईवटा सरकारी कार्यालयबीच तालमेल नमिल्दा ढिलाइ भइरहेको स्थानीयवासीले बताएका छन्। मुआवजा वितरणमा श्रीसिया सुक्खा बन्दरगाहले हस्तक्षेप गरी आवेदन सङ्कलन गर्ने र सोअनुरूप कार्यसम्पादन नगरेको कारण मुआवजा वितरणमा ढिलाइ भइरहेको बुझिएको छ। गत माघ ७ गते जिल्ला प्रशासन कार्यालय, पर्साले सूचना प्रकाशित गर्दै अधिग्रहणमा परेका ९ सय ९९ जनालाई ३० दिनभित्र आवेदन दिन सूचना प्रकाशित गरेको थियो। तर मुआवजा तथा क्षतिपूर्ति निर्धारण समितिकहाँ निवेदन दिनुपर्नेमा श्रीसिया सुक्खा बन्दरगाह भन्सारका प्रमुख डा लालबहादुर खत्रीले हस्तक्षेप गरी उक्त मुआवजाका निवेदनहरू ड्राइपोर्ट भन्सारमा सङ्कलन गरी मालपोत कार्यालयमा फाइल पठाएपछि ड्राइपोर्ट भन्सारको नाममा पुर्जा बनेपछि मात्र जिल्ला प्रशासन कार्यालयलाई भुक्तानीको लागि पत्राचार गर्ने शर्तमा काम शुरू गरिएको थियो। तर ड्राइपोर्ट भन्सारका प्रमुख खत्रीको उदासीनताको कारण फाइल पठाउन ढिलाइ भएको छ भने अर्कोतर

मातृभाषा आमाको दूधजस्तै हुन्छ –मुख्यमन्त्री गद्दी

Image
प्रस, वीरगंज, ९ फागुन/ प्रदेश नं २ का मुख्यमन्त्री लालबाबूराउत गद्दी र वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले आइतवार भोजपुरी प्रतिष्ठान भवनको शिलान्यास गरेका छन्। भवन शिलान्यास गर्दै मुख्यमन्त्री गद्दीले भोजपुरी भाषालाई कामकाजको भाषा बनाउनुपर्नेमा जोड दिए। भोजपुरीभाषीहरूले आफ्नै भाषाको रक्षा गर्न नसकेकोमा उनले दुःख व्यक्त गरे। मातृभाषा आमाको दूध जस्तै भएको बताउँदै अन्य भाषा डेरीको दूध जस्तो हुने बताए। वीरगंज महानगरले भोजपुरी प्रतिष्ठान बनाएर भोजपुरी भाषालाई बचाउने कार्य गरेकोमा उनले धन्यवाद दिए। अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा भवन शिलान्यासपछि आयोजित बहुभाषिक कवि सम्मेलनमा बोल्दै उनले आफ्नो भाषा, संस्कृति, कला, भेषभूषाको संरक्षणमा सोही समुदाय अग्रसर हुनुपर्ने बताए। भोजपुरी भाषामा रहेको शब्दको भण्डार अन्य भाषामा नरहेको बताउँदै उनले आफ्नै व्याकरण, साहित्य रहेकोले पुरानो भाषाको रूपमा रहेको बताए। उनले कुनै समुदायको इतिहास मेटाउनु छ भने भाषा, संस्कृति र कलालाई लोप बनाए मात्र पुग्ने उनले जिकिर गरे। उनले राज्यले अहिलेसम्म भोजपुरी भाषालाई ओझेलमा पारेको बताए। उनले वीरगंजमा भोजपुरी साह

घण्टाघरमा नवनिर्मित शहीद स्मारकको अनावरण, संवैधानिक त्रुटिका कारण प्रतिगमन भयो –सांसद यादव

Image
प्रस, वीरगंज, ८ फगुन/ पूर्वसांसद प्रदीप यादवको संसदीय कोष तथा वीरगंज महानगरपालिकाको संयुक्त लगानीमा वीरगंजको घण्टाघरमा नवनिर्मित शहीद स्मारकको अनावरण कार्यक्रम शनिवार सम्पन्न भएको छ। कार्यक्रममा सांसद प्रदीप यादवले संविधानमा त्रुटि रहेकोले प्रतिगमन भएको बताए। संविधान जारी भएदेखि मधेसी दलहरूले त्रुटिपूर्ण संविधानलाई पुनर्लेखन वा परिमार्जन गर्नुपर्ने माग राख्दै आएको बताए। प्रतिगमनको कारण देशमा राजनीतिक तथा संवैधानिक सङ्कट आएकोले सर्वोच्च अदालतले त्यसलाई नसच्याए देशमा सङ्कटकालसमेत लाग्न सक्ने उनले जिकिर गरे। उनले देश र जनताको लागि आफ्नो ज्यान गुमाएका शहीद कसैको निजी हुन सक्दैन साझा हुने बताए। कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले शहीदहरूले दिएको बलिदानीको फलस्वरूप देशमा सङ्घीय गणतन्त्र आएको र सोही व्यवस्था अन्तर्गत आफूलगायत सम्पूर्ण स्थानीय तहमा जनप्रतिनिधिहरू निर्वाचित भएको बताए। शहीदको बलिदानीले देशमा ठूलो परिवर्तन आएको र शहीदहरूको परिवार व्यवस्थापनको लागि महानगरले चारजनालाई रोजगार दिनुका साथै शहीद परिवारलाई अन्य सहयोग गर्दै आएको बताए। शहीदहरूको सम्मानस्वरूप नै शही

स्व बिहारीलाल लाठ कर्मवीर सम्मानबाट रूँगटा सम्मानित

Image
प्रस, वीरगंज, ६ फागुन/ रिलिफ सोसाइटी अफ कमर्सको २९औं वार्षिक साधारणसभा एवं स्व बिहारीलाल लाठको ९औं वार्षिक पुण्यतिथिको अवसरमा स्व बिहारीलाल लाठ कर्मवीर सम्मानपत्र प्रदान गरिएको छ। रिलिफ सोसाइटीका संस्थापक महासचिव एवं पूर्वअध्यक्ष स्व बिहारीलाल लाठको पुण्यतिथिको अवसरमा उनको नाममा स्थापित कर्मवीर सम्मानपत्रबाट नेपाल उद्योग वाणिज्य सङ्घ प्रदेश २ का अध्यक्ष एवं प्रमुख अतिथि गणेश लाठले वीरगंजका समाजसेवी मुरलीधर रूँगटालाई सम्मानित गरेका थिए। कार्यक्रममा वक्ताहरूले लामो समयदेखि रिलिफ सोसाइटीले समाजमा गरेको योगदान अतुलनीय रहेको बताए। रिलिफ सोसाइटीले स्थापनाकालदेखि नै वीरगंजमा आफ्नै भवनमा निश्शुल्क कानको उपचारसँगै इम्प्याक्ट नेपालसँगको सहकार्यमा अस्पतालसमेत निर्माण गरी न्यूनतम मूल्यमा कानको शल्यक्रिया गरी समाजसेवा योगदान दिइरहेको बताए। रिलिफ सोसाइटीले विभिन्न क्ष्Fेत्रमा योगदान गर्नेलाई सम्मान गर्दै आएको र कर्म गरी खानेलाई पहिचान गरी सिलाइ मेशिन वितरण गरी रोजगारको अवसर दिएकोप्रति वक्ताहरूले आभार व्यक्त गरेका थिए। रिलिफ सोसाइटीले महिलाहरूलाई सिलाइ मेशिन वितरण गरेर रोजगार सृजना गरी परनिर्भरताबाट

पर्साका चारवटा खोलामा ठेक्का लगाउन अझै समय लाग्ने

Image
प्रस, वीरगंज, ५ फागुन/ पर्साका छवटा खोलामध्ये चारवटा खोलाको ठेक्का लगाउन अझै समय लाग्ने देखिएको छ। जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहमद अन्सारीका अनुसार चारवटा खोलाको विषयमा प्रारम्भिक वातावरण परीक्षण प्रतिवेदन (आइइई) स्वीकृति गराउन समय लाग्ने भएकोले ठेक्का प्रक्रिया पनि लम्बिने उनले बताए। उनका अनुसार पर्सामा अहिले वीरगंज महानगरको स्वामित्वमा पर्ने भेडाहा खोलाको मात्र ठेक्का भई बालुवा, गिट्टी र ढुङ्गा उत्खनन भइरहको छ भने पर्सागढीको सिंगाही खोलाको पनि ठेक्का लागिसकेकोमा केही शर्त मिचिएकाले आजको बैठकले विभिन्न शर्त पालना गराउन दुवै खोलाका ठेकेदारलाई निर्देशन दिएको छ। सभापति अन्सारीले ठेक्का प्रक्रियाको सम्झौता र शर्तविपरीत ठेकेदारले खोलाबाट नदीजन्य पदार्थ उत्खनन गरी लगेको विभिन्न सञ्चारमाध्यममा आएका समाचारको आधारमा छवटा विभिन्न शर्त पालना गरेर मात्र बालुवा, गिट्टी, ढुङ्गा उत्खनन गर्न निर्देशन दिएको बताए। यदि ती शर्त पालना नभएमा आगामी दिनमा ठेक्का तोडेर आवश्यक कानूनी कारबाहीको लागि चेतावनी पनि दिइएको उनले बताए। त्यसैगरी, पर्सागढी नपाको अर्को खोला कर्जनिया, पटेर्वासुगौलीको एकल स्वामि

मध्य तराईमा सुरक्षित नागरिक आवास कार्यक्रम सुस्त, कर्मचारीले घूस लिएर कोटा दिएको गुनासो

Image
प्रस, परवानीपुर, ४ फागुन/ मध्य तराईको पर्सा, बारा र रौतहटमा दलित, विपन्नहरूको लागि जस्तापाताको छानो बनाइदिने कार्यक्रम सुरक्षित नागरिक आवास कार्यक्रम सुस्त गतिमा अघि बढिरहेको छ। आव २०७६/०७७ देखि शहरी विकास मन्त्रालय अन्तर्गतको वीरगंजस्थित सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालयले यो कार्यक्रम अगाडि बढाएको हो। यो कार्यक्रमबारे सूचना प्रकाशित भएपछि  दलित, विपन्नहरूले आफ्नो अवस्थाबारे विवरण समावेश गरी निवेदन दिएपछि जिल्लाको सुरक्षित नागरिक आवास समन्वय समितिले छनोट गरेमा आवेदकले दुई किस्तामा पचास हजार रुपैयाँ पाउँछन्। उक्त रकमले दलित, विपन्न परिवारले फुसको छानो हटाएर जस्तापाताको छानो लगाउनुपर्छ। तर चालू आवमा यस कार्यक्रमको अनुगमन, नियमन र किस्ता वितरण गर्ने अधिकार स्थानीय पालिकामा गएपछि कार्यक्रम सुस्त गतिमा अघि बढेको आयोजना कार्यालय वीरगंजका प्रमुख रञ्जनकुमार दासले बताए। उनका अनुसार पर्साको क्षेत्र नं १ मा ९४७, २ मा ८५१, ३ मा १११२ र ४ मा ९९७ गरी ३९०७ वटा फुसको घरमा जस्तापाताको छानो छाउनुपर्नेछ। बाराको क्षेत्र नं १ मा ९३५, २ मा २४७, ३ मा १३३६ र ४ मा १०४२ गरी ३५६० र रौतहटको क्षेत्र नं १ मा

मिटर ब्याजीको आरोपमा मित्रुकाद्वयमाथि अनुसन्धान शुरू

Image
प्रस, वीरगंज, ३ फागुन/ जिल्ला प्रशासन कार्यालय, पर्साले दुईजना मिटर ब्याजीमाथि अनुसन्धान शुरू गरेको छ। पीडित र पीडकबीच भएको छलफलको क्रममा तत्कालको लागि पीडक दोषी रहेको भन्दै प्रारम्भिक अनुसन्धानबाट खुलेपछि जिल्ला प्रशासन कार्यालय पर्साले बयान लिएको छ। झापाको भद्रपुर–२ घर भई वीरगंज महानगर–१० मा बसोबास गर्दै आएका मुरलीमनोहर मित्रुका र मदनमोहन मित्रुकालाई मिटर ब्याजीको आरोपमा आज जिल्ला प्रशासन कार्यालयले पक्राउ गरी १० दिनको तारिखमा रिहा गरेको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताए। वीरगंज महानगर–१२ मुर्लीका एमडी सहाबुद्दीन अन्सारीले मुरलीमनोहरसँग रु १३ लाख ऋण लिई कपाली तमसुक गरेका थिए। तर मित्रुकाले सात वर्षमा साँवा–ब्याजसहित १ करोड ९० लाख  पु–याएपछि अन्सारीले जिल्ला प्रशासन कार्यालय पर्सामा उजूरी दिए। उजूरीमा मुरलीमनोहर र मदनमोहनले वीरगंजमा सयौंलाई ब्याज दिने र पछि मिटर ब्याज असुल्दै दर्जनौं व्यक्तिमाथि मुद्दा दायर गरेको देखिन्छ। पीडित अन्सारीका अनुसार मित्रुका दाजुभाइले अहिले जिल्ला अदालतमा चारजनामाथि मुद्दा दायर गरी घर–जग्गाविहीन बनाएको बताए। २०७१ वैशाख २ गते अन्सारीले मित्रुका दाजुभ

गोतामे पत्रकारिता स्वर्ण पदक पत्रकार चित्राङ्ग थापालाई प्रदान

Image
प्रस, वीरगंज, २ फागुन/ स्व गोपालचन्द्र गौतमको स्मृतिमा स्थापित पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानले प्रदान गर्दै आएको गोतामे पत्रकारिता स्वर्ण पदक–२०७७ सुदूरपश्चिमका पत्रकार चित्राङ्ग थापालाई आइतवार कार्यक्रमको आयोजना गरी प्रदान गरिएको छ। वरिष्ठ समाजसेवी एवं रूँगटा वेलफेयर सोसाइटीका संयोजक मुरलीधर रूँगटाले पत्रकार थापालाई गोतामे पत्रकारिता स्वर्ण पदक प्रदान गरेका थिए। कार्यक्रममा संविधानसभा सदस्य अजयकुमार द्विवेदीले स्व पत्रकार गोतामेले देखाएको पथमा पत्रकारहरूलाई हिंड्न सुझाव दिए। उनले चटपटे किसिमबाट समाचार सम्प्रेषण गर्ने जमातले शान्त, शालीन र समाजप्रति उत्तरदायी भएर पत्रकारिता गर्नको लागि स्व गोतामेको सिको गर्नुपर्ने सुझाव दिए। प्रतिकूल समयमा स्व गोतामेले वीरगंजको पत्रकारितालाई देशभरिमा चिनाएको उनले बताए। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश २ का अध्यक्ष गणेश लाठले गोतामे पत्रकारिता पुरस्कारलाई निरन्तरता दिंदै आएकोमा प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गरे। उनले यो अभियानमा आफूले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए। नेपाल पत्रकार महासङ्घ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चFैहानले स्व ग