Posts

Showing posts with the label स्वायन्त सुखाय

माई बेस्ट फादर...

Image
            सञ्जय मित्र मेरो गाउँमा एकजनाका धेरै सन्तान छन् । दुई/चार जना हुँदासम्म त सबैको नाम कण्ठस्थ हुन्थ्यो तर सन्तान बढ्दै गएपछि नाम जन्मदर्तामा सीमित हुन पुग्छ । अनि बोलाउन शुरू हुन्छ जन्मक्रमको आधारमा एक, दुई, तीन... उन्नाइस । संयोगले जेठो छोरा र त्यसपछि छोरी छे । छोरो बदमाश, उसको नाम भएको एक नम्बर । छोरी भलाद्मी तर नाम चाहिं दुई नम्बर । कहिलेकाहीं त आफ्नै सन्तान चिन्न गा¥हो हुन्छ । हो, म तपैंकै छोरो हुँ भनेपछि मान्नुपर्ने । कहिलेकाहीं त मेरा हुन् कि छिमेकीका छुट्याउन नसकेर नाम सोध्नुपर्छ । हरेकलाई नाम त थाहा छ तर जन्मदर्ताको नाम बतायो भने छिमेकीको छोराछोरी भन्ठान्लान् भनेर छोराछोरीले पनि आफ्नो रोलक्रम नै बताउँछन् । धेरै सन्तान हुनेले मात्र यस्तो आनन्द प्राप्त गर्न सक्छन् । बीसौं प्रसवभन्दा पहिले सारै सहयोग गर्ने छोरीलाई आमाले प्रशंसा गर्छिन्– बेस्ट छोरी । हेर्दा सबैभन्दा मरन्च्याँसी र फोहोरीको नामै भयो बेस्ट छोरी । ऊभन्दा कैयौं क्रम पछाडिकाले पनि उसलाई बेस्ट छोरी नै भन्छन् । भाइबहिनीका पनि बेस्ट छोरी । म बोर्डिङमा पढ्दा एकजना मास्टर साहेबले निबन्ध लेख्नलाई भनेका थिए । शीर्षक थ

नवराज रिजालको ‘बोक्सी बूढी’ बालकथा सङ्ग्रहका कथानायकहरूको प्रवृत्तिगत विश्लेषण

Image
      सञ्जय मित्र १. परिचय शताङ्कतर्फ उन्मुख नवप्रज्ञापन साहित्यिक त्रैमासिकका सम्पादक/प्रकाशक नवराज रिजाल प्रतिष्ठित साहित्यकार हुन्। शिक्षण/प्राध्यापन पेशामा आबद्ध रिजाल कुशल सम्पादक हुन्। रिजालले देवकोटा व्याख्यान सङ्ग्रह, समायोजन, मैदान, मूच्र्छना, उत्तराद्र्ध, महेश आवाज, नेश्चिल, प्रलेस, बालप्रज्ञा र आलेखनजस्ता साहित्यिक पत्रिकाको सम्पादन गरिसकेका छन्।बारामा जन्मेर काठमाडौंमा जीवनवृत्ति गरिरहेका रिजालका नेपाली तथा अङ्ग्रेजी भाषामा विभिन्न विधाका डेढ दर्जन साहित्यिक कृति प्रकाशित छन्। उनले कथा/बालकथा/लघुकथा, कविता, गजल, गीत, नियात्रा, समालोचना/समीक्षा क्षेत्रमा कलम चलाएका छन्। रिजालका बालकथाहरू विभिन्न प्रकाशनका पाठ्यपुस्तकमा पनि परेका छन् र संस्थागत विद्यालयमा पठनपाठन पनि भइरहेका छन्। २०७७ को प्रदेश २ को प्रादेशिक प्रतिभा पुरस्कारबाट सम्मानित रिजालले यसअघि नै सुगन्ध लघुकथा पुरस्कार, शिक्षकश्री पुरस्कार, नारायणी वाङ्मय पुरस्कार, राष्ट्रिय वाङ्मय सम्मान, अनेसास पुरस्कार, तेस्रो बालसाहित्य सम्मान, नवसिर्जना उदयमञ्जरी सम्मान, कालीगण्डकी साहित्य कला पुरस्कार, नेपाल भोजपुरी बौद्धिक

मधेसमा भानुभक्तको लोकप्रियता

Image
    -सञ्जय मित्र  तराई–मधेसका शिक्षित वा साहित्यमा दीक्षित व्यक्तित्वहरूको मूल आधार नै नेपाली भाषा र साहित्य हो । देशभरिको संवादको मूल माध्यम नै नेपाली भाषा बनिसकेको वर्तमान परिवेशमा नेपाली साहित्यका अध्येताहरूले भानुभक्त आचार्यलाई अन्तरह्दयदेखि सम्मान गर्दछन् । भानुलाई मधेसीले पनि उच्च सम्मान गर्दै आएका छन् ।     वास्तवमा नेपालको तराई–मधेसमा अहिलेसम्मको अवस्थामा नेपाली साहित्यकारहरूकै लोकप्रियता रहेको छ । स्थानीय मातृभाषाका साहित्यकारहरूको पनि नेपाली साहित्यप्रति प्रगाढ पे्रम हुनु तथा आफ्नो लोकप्रियताको कसी नेपाली साहित्यलाई मान्नु पनि नेपाली साहित्यकारहरू बढी प्रिय बन्ने कारणहरू हुन् । मूलधारको शिक्षामा नेपाली मातृभाषी साहित्यकारहरूको करीब एकाधिकार हुनु त मुख्य कारण हो नै । हाम्रो परम्परागत शिक्षा प्रणालीले पनि यसमा प्रभाव पारेको देखिन्छ । नेपाली मातृभाषीबीच प्रख्यात साहित्यकारहरू नै तराई–मधेसमा पनि प्रख्यात छन् । ती प्रख्यात साहित्यकारमध्ये भानुभक्त आचार्य पनि एक हुन् ।     देश–विदेशमा भानुभक्त आचार्यको लोकप्रियताको एउटा मापन रामायण रहिआएको छ । कतिपय सन्दर्भमा भानुभक्त आचार्य र रामा

दुखन धामीको शासनकाल

Image
- सञ्जय मित्र     सामाजिक सुखको आफ्नै सत्ता हुँदोरहेछ। सत्तासुखको प्राप्तिमा मानिस बाहिरको संसारसित जोरी खोज्दो रहेछ। आफूलाई श्रेष्ठ बताउन प्रत्यक्ष र छद्म प्रयास गर्दोरहेछ। सामाजिक सुख एकातिर सामाजिक सत्तासित सम्बन्धित छ, जसले प्रतिष्ठा र अहम्को ऐनामा आफ्नो अनुहार देख्दछ।     सुखको खोजी नगर्ने कोही हुँदैन। जसले अरूको नजरमा सुखको प्राप्ति गरेको छ, उसले झन् बढी मिहिनेत गरेर सुखको खोजी गरिरहेको हुन्छ। वर्तमान सुखलाई टिकाउने चुनौतीहरूसित सङ्घर्ष गर्दै थप सुखको प्राप्तिको अभिलाषाले निरन्तर ‘लिगलिग’ दौड गरिरहन्छ मान्छे। यस प्रकारको सुखको खोजीलाई भौतिक सुखको खोजी भन्न सकिन्छ।     सुख आफैंमा अपरिभाषेय छ। यससित अपरिचित भने कोही छैन। हरेकले सुखको अनुभूति गरेको हुन्छ। सुखको अनुभूति नगरेको मानिस कहिल्यै पनि म दुःखी भएँ भनेर भन्न सक्दैन। सुख भोग्ने र अनुभूति गर्ने दुई किसिमका हुन्छन्। भोग्ने भनेको भौतिक र अनुभूति गर्ने भनेको आत्मिक सुख हुनुपर्छ। दुवैमध्ये कसको संसार ठूलो छ ?     आत्मिक सुखको खोजीको संसार संस्कृतिको घेराबन्दीमा हुन्छ। उन्मुक्त हुँदैन। स्वच्छन्द हुँदैन। हो, आफ्नो संस्कृति र परिवेशको

मनुष्य–ऋण: पितृ, देव र ऋषि

Image
- सञ्जय मित्र     मनुष्यले जन्मजात ऋण नै मनुष्य–ऋण हो। ऋण लिने सन्दर्भले मात्र होइन, यो त जन्मसँगै आउने मान्यताले गर्दा कर्तव्य मान्न बढी सान्दर्भिक भन्न थालिएको छ। शास्त्र नमान्ने, अध्यात्मलाई केही नठान्ने तथा देवदेवीलाई नजान्नेहरूले पनि कर्तव्य भने पालना गर्दछन्। उचित समयको सही कर्तव्य पनि धर्म हो। यस धारणाका अनुयायीहरूले पनि कर्तव्यलाई सही अर्थमा बुझ्ने हो भने मनुष्यले जहाँ सही मूल्य र अर्थमा जुन कर्तव्य निर्वाह गर्नुपर्ने हो, त्यसको इमानदारीपूर्वक वहन गर्दा पूर्वीय शास्त्रका ऋणहरू तिर्न सक्ने देखिन्छ।     मनुष्य–ऋण जसरी लिइने होइन, त्यसैगरी तिर्न सकिने पनि होइन। यो जसरी आर्जन हुन्छ, त्यसरी नै भुक्तान पनि हुन्छ। यो भौतिकरूपमा लिएको ऋण होइन, त्यसरी नै भौतिकरूपमा तिरेको पनि ठान्नुहुन्न। कर्तव्य निर्वाह गर्नु, ऋण तिर्नु हो भन्ने मान्यता समाजमा थोरै भएपनि स्थापित छ। अझ ग्रामीण समुदायले यस कथ्यलाई बढी ग्रहण गरेको पाइन्छ।     पितृ–ऋणमा दुई किसिमको विचार लुकेको छ। पितापुर्खा र धरती। पितापुर्खा भनेका आफ्ना पूर्वज हुन्। पूर्वजको परिभाषा सबैले बुझेका छन्। कतिपयले यसमा विवाद गरेर मातालाई वा मा

हुस्सु बन्न पुगेको भावुक पल

Image
- सञ्जय मित्र     यस्तो शायदै कसैलाई कहिल्यै हुँदो हो। यदि कसैलाई यस्तै हुँदो हो त मभन्दा अझ धेरै हुस्सु हुँदो हो। मलाईजस्तो अरूलाई पनि हुँदो त मैलेजस्तै अनुभूति गर्दाे हो वा पृथक, त्यो त अनुभूति गर्नेले नै थाहा पाउँदो हो। अझ मजस्तो प्राप्त अनुभूतिलाई कसैलाई बताउँदो वा सार्वजनिक गर्दो हो त अन्यले पनि थाहा पाउँदा हुन्। अलिकति पनि नसोचेको, अलिकति पनि सुइँको नपाएको र अलिकति पनि अनुमान नलगाएको सुघटना यदि हुन्छ र त्यो पनि सयौंजनाका अगाडि एउटा प्रतिष्ठित मञ्चमा तब मनको भाव कसरी अनुहारमा आउँछ र कसरी शारीरिक भावमा मिसिएर प्रकट हुन्छ, त्यो यस प्रकारको सुघटनाको शिकार हुनेलाई राम्ररी थाहा हुनुपर्दछ।     आयोजकले पनि कति विश्वास गर्न सकेको ? पहिले कुनै सङ्केतसम्म पनि त गर्नुपर्दछ नि। अहँ, छैन। अझ प्रमुख अतिथिलाई पनि त्यसबारे जानकारी छैन। आयोजकले कम्तीमा यो कुरा विचार गर्नुपर्ने हो कि जसको लागि यो तयार पारिंदैछ, उसलाई यस कुरामा चित्त बुझ्छ कि बुझ्दैन ? चित्त नबुझेर एकैचोटि मञ्चबाट सुनेर अस्वीकार पो गरिदिने हो कि ? अस्वीकार गरेको स्थितिमा आयोजकले कस्तो अनुभूति गर्नुपर्ने हो ? एउटा प्रतिष्ठित सार्वजनि

चकुचन्ना, ठकरा र चोरी दिवस

Image
- सञ्जय मित्र     भदौ महीनाभरि धेरै पर्व मनाइन्छन्। महिलाहरूले प्रतीक्षा गर्ने पर्व हरितालिका तीज र ऋषिपञ्चमी हो। यही दुई पर्वको ठीक बीचको दिनमा गणेश चतुर्थी मनाइन्छ। गणेश चतुर्थी व्रत हामीकहाँ पनि धेरैले मनाउँछन् तर दक्षिण भारतमा यस पर्वको भव्यता हेर्न लायकको हुन्छ।     गणेश चतुर्थीलाई हाम्रो समाजले अनेक किसिमले मानेको पाइन्छ। यस दिनमा कतिपय महिला व्रत बस्ने गर्दछन् र भगवान् गणेशका साथै शिव र पार्वतीको विशेष पूजा गर्ने गर्दछन्। शास्त्रहरूले गणेशलाई प्रथम पूज्य देवताको रूपमा मानेकाले गणेशको पूजा गरी प्रसन्न राख्दा बाँकी सबै देवदेवी पनि प्रसन्न हुन्छन् भन्ने आस्था एवं विश्वास समाजमा रहेको छ। कपितयले गणेश, मुसा र लड्डुको अन्तर्सम्बन्धलाई वैज्ञानिक चिन्तनसित जोड्दै यसले प्रकृतिमा सन्तुलन ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताउँछन्।     गणेशलाई पूजा गर्ने दिनलाई चौठचन, चौठचान, चौकचन, चकुचना, चकुचन्ना आदि भनिएको पाइन्छ। लोकजीवनमा जे उच्चारणमा सजिलो हुन्छ, त्यही भन्दछन् तर यसमा चन्द्रमाको सन्दर्भ भने रहेको छ। चन्द्रमाको सम्बन्ध दुई किसिमले आएको छ। पहिलो त यो चन्द्रमास अनुसार मनाइने पर्व हो, जुन

रेणुकाको गुप्त सम्बन्ध

Image
- सञ्जय मित्र     रेणुकाको गुप्त सम्बन्धका कारण नै परशुराम त्यति क्रूर बनेका थिए र हजारौंलाई आफ्नो परशुले वध गरेका थिए।     सन्दर्भ रामायणकालको हो। अहिले रामायणका विभिन्न सन्दर्भहरू प्रसङ्गवश चर्चामा छन्।     जनकपुरीमा राम–सीता विवाहको समयमा परशुराम–राम संवाद भएको र रामलाई विष्णुको अवतार मानेको वा अत्यधिक रिसाहाको उपाधि पाएका परशुरामलाई पनि विष्णुको अवतार नै मानिएको छ।     परशुराम प्रसिद्ध हुनुका पछाडि उनका केही सम्बन्ध पनि कारक थिए। उनी विश्वामित्रकी बहिनीका नाति, इक्ष्वाकु राजाका नजीकका नातेदार तथा भृगुवंशका उत्तराधिकारी थिए। साथै त्यस समयका यी तीन त्यस्ता वंशज हुन् जो स्वयं पूजित थिए।     यीबाहेक परशुरामको निजी व्यक्तित्वले पनि उनको प्रसिद्धिमा बल पु–याएको थियो।     जमदग्नि र विश्वामित्र मामा–भान्जा थिए। त्यस युगका एक शक्तिशाली राजा थिए – हैहय कार्तवीर्य सहस्रार्जुन। उनको वास्तविक नाम अर्जुन नै थियो तर सहस्रौं हैहयका राजा भएकाले उनलाई सबैले सहस्रार्जुन भन्दथे। उनको अपार सम्मान पनि थियो। सहस्रार्जुन र विश्वामित्र पनि नजीकका नातेदार थिए। दुवै साढु थिए, साख्खै। यसरी सहस्रार्जुन चाहिं प

विश्वचर्चित भूमिपूजनस्थलको सम्झना

Image
  - सञ्जय मित्र     हाम्रो समाजमा भुइँया बाबाको पूजा गर्ने चलन छ। केही जातिविशेष वा समुदायले व्यक्तिगत वा सामूहिक पूजा गर्ने चलन छ। कतै भुइँया बाबा त कतै भुइँया माता भनेर पूजा गरिन्छ।     वास्तवमा धरतीलाई पूजा गर्ने चलन पुरानै हो। धरतीलाई माता पनि भन्ने गरिएको पाइन्छ। धरतीलाई पूजा गर्नु वा धरतीप्रति श्रद्धा प्रकट गरिनुमा केवल धार्मिक कारण हो भन्ने सोचाइ राख्नु सीमित हुन जान्छ। आफूलाई नास्तिकको श्रेणीमा राख्नेहरूले पनि आफ्नो धरतीसित प्रेम गर्ने गरेको र आफ्नो धरतीप्रति गर्व गर्ने गरेको पाइन्छ। भौतिकवादीहरूले पनि धरतीको सवालमा आफूलाई अलिक फरक किसिमले भएपनि आस्तिकहरूकै नजीक राख्न चाहन्छन्। यसर्थ धरतीप्रतिको श्रद्धा र सम्मान अनेक रूपमा गरिन्छ।     हाम्रो संस्कृतिमा कुनै महत्वपूर्ण काज गरिंदा भूमिपूजा गर्ने चलन रहेको छ। र यस प्रकारको संस्कृति कुनै सानोतिनो भूखण्डमा होइन, विशाल क्षेत्रमा रहेको छ।     गत हप्ताको विश्वचर्चित भूमिपूजन एउटा उदाहरण हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेश प्रान्तको अयोध्यामा भूमिपूजन तथा राममन्दिर निर्माणको कार्यारम्भ गरे। त्यो भूमिपूजन निक

सीता बाबाको अन्तर्वार्ता

Image
- सञ्जय मित्र     हो, गाउँभरका दौंतरीहरूले उनलाई सीता बाबा भन्दथे, अनुकरणमा म पनि त्यैं भन्दथें। बुबाले उनलाई फुफा भनेको सुनेपछि असमञ्जस रहेन।     सीता बाबाको आफ्नो गाउँ कुन थियो, अहिलेसम्म बुझ्न सकेको छैन। उनी आफ्नो ससुरालीमा थिए। ससुरालीको सम्पत्ति उनकै भएको थियो भन्ने सुनेको हुँ।     अलमल नहोओस्– सीता पुरुषकै नाम हो यहाँ। ससुरालीमा बसेपछि कतिपयले जिस्क्याउने पनि हुन्छ। कहिलेकाहीं जिस्क्याएको वा जिस्केको पनि सुनिन्थ्यो। हामी केटाकेटीले त्यत्ति धेरै कुरा बुझ्दैनथ्यौं।     सम्भवतः म सात कक्षामा पढ्दै गरेको हुनुपर्छ। २०४७ सालको संविधान आइसकेको थिएन, २०४६ को जनआन्दोलनभन्दा पनि केही पहिलेकै कुरा हो। २०४३/४४ तिरको कुरा हो यो। म १२/१३ वर्षको हुँदो हुँ।     असारको पन्ध्रदेखि साउनभरि गर्मी बिदा हुन्थ्यो। विद्यालय बन्द भएपछि हामी खुशी हुन्थ्यौं। सबैभन्दा लामो छुट्टी हुन्थ्यो। हामी खूब रमाइलो मान्दथ्यौं।     सीता बाबा उमेरले बूढो भइसकेका थिए। कपाल पूरै सेतो फुलिसकेको थियो। जुँगा र दा–ही धेरै बाक्लो नभए पनि सेतो फुलिसकेका थिए। अनुहार गहुँगोरो। अनुहारभरि चाउरी परिसकेको। एक्लै आफ्नो आँपक

लक्पाँचे: केही लोकमान्यता

Image
-सञ्जय मित्र     साउन महीनाको शुक्ल पञ्चमी तिथिलाई नागपञ्चमीको रूपमा हिन्दू समाजमा लिइन्छ। यस दिनलाई सर्वसाधारणले ग्रामीण शब्दावलीमा लक्पाँचे भन्दछन्।     लक्पाँचेको दिन केही परिबन्दबाहेक सबै हिन्दू घरमा नागको पूजा गरिन्छ। नागको पूजा गर्ने चलन निकै पुरानो हो। आदिकालमा पनि नागको पूजा गरिन्थ्यो। र अहिलेसम्म नागदेवताको सामाजिक वा सामूहिक पूजा गर्ने चलन छँदैछ। गाउँटोलका महिलाहरू एकापसमा चन्दा उठाएर वा भीख मागेर भएपनि धेरै गाउँमा सामूहिक, सामाजिक, सार्वजनिक नागपूजा गर्ने गरिन्छ। यसलाई नाग दुलरुआको पूजा भनिन्छ। नाग दुलरुआको पूजा सबै गाउँमा एकै दिन हुन्छ भन्ने होइन। फरक–फरक दिनमा हुन सक्छ तर नागपञ्चमी भने एकै दिन सबैतिर मनाइन्छ।     सबैतिर एकै तिथिमा मनाइने भएकोले यसले एउटा पर्वको रूप लिएको छ।     नाचपञ्चमीको दिन सकेसम्म गाईको गोबरले घर लिपपोत गरिन्छ। कम्तीमा हरेक घरमा थोरै भएपनि गाईको गोबरको प्रयोग गर्नुपर्दछ भन्ने मान्यता छ। यसै कारण नागको तस्वीर आफ्नो घरमा टाँस्नको लागि भएपनि गाईको गोबरको प्रयोग गर्ने गरिन्छ। नागपञ्चमीको दिन सस्र्यूं र बालुवा पढाउने चलन छ। जान्नेले सस्र्यूं र बाल

सांकाश्या नगरीको खोजी

Image
 - सञ्जय मित्र     राजा जनक दुई दाजुभाइ थिए कि ? दुई दाजुभाइको बारेमा स्रोतहरू स्पष्ट छन्।     राजा जनकको वास्तविक नाम सीरध्वज हो। सीरध्वजका भाइको नाम कुशध्वज हो। कुशध्वजकी दुई पुत्री माण्डवी र श्रुतकीर्ति हुन्।     सबैलाई थाहा छ, रामको विवाह सीता, लक्ष्मणको विवाह उर्मिला, भरतको विवाह माण्डवी र शत्रुघ्नको विवाह श्रुतकीर्तिसित भएको हो।     सीरध्वज जनक मिथिला नरेश हुन् र कुशध्वज सांकाश्याका नरेश हुन्।     रामायणमा सांकाश्य नगरीको भौगोलिक अवस्थिति इक्षुमती नदीको किनारमा भएको बताइएको छ। वास्तवमा यो इक्षुमती नदी कहाँ हो त ?     इक्षुमती नामका नेपाल र भारतमा दुई अलग नदी देखिन्छन्। नेपालमा काठमाडौं उपत्यकाका नदीहरूमध्ये एक एकको नाम इक्षुमती नदी रहेको छ। यो इक्षुमती नदी बागमती नदीमा मिसिन्छ।     भारतमा इक्षुमती नदीको विषयमा धेरै स्पष्ट छैन तर विभिन्न शास्त्रहरूमा इक्षुमती नदीको बारेमा भनिएको छ। पाणिनिको अष्टाध्यायीमा सांकाश्या नगरको स्थिति यसै इक्षुमती नदीको किनारलाई बताइएको छ। वाल्मीकीय रामायणमा पनि यही भनिएको छ। महाभारतको भीष्मपर्वमा इक्षुमालिनी नदीको उल्लेख छ।     भारतमा इक्षुमती नदी भएक

संस्कृतिमाथि प्रकृतिको प्रभाव

Image
-सञ्जय मित्र     प्रकृति शब्दलाई सामान् यतया दुई किसिमले अथ्र्याएको पाइन्छ। यस शब्दलाई सुन्ने बित्तिकै धर्तीको बाह्य स्वरूप बुझिन्छ, जसमा मानिसको हस्तक्षेप भएको हुँदैन वा भएपनि कम हुन्छ। कतै हस्तक्षेप गरेर अझ सुन्दर बनाउने प्रयास गरिएको हुन्छ। हस्तक्षेप गरेर सुन्दर बनाइएको वातावरण कालान्तरमा प्राकृतिक देखिने हुन्छ भने सबैले प्रशंसा गरेका हुन्छन् अन्यथा प्रकृतिप्रेमहरूको नजरमा प्रकृतिमाथि हस्तक्षेपलाई राम्रो मानिंदैन।     प्रकृतिको अर्को प्रचलित अर्थ हो– स्वाभाविक गुण, चरित्र वा स्वभाव। केही वा कोही कस्तो छ भन्नु उसको प्रकृतिवर्णन गर्नु हो। केही वस्तु वा कुनै व्यक्तिको पहिचानको कुरा प्रकृतिसित जोडिएको हुन्छ। वस्तुको प्रकृति बाह्य र आन्तरिक पहिचान दुवैमा निहित हुन्छ तर व्यक्तिको प्रकृति आन्तरिक हुन्छ। यस कारण कतिपयले प्रकृतिलाई अमूर्त पनि मान्दछन्।     प्रकृतिको अर्थ यतिमात्र हुन्छ भन्न खोजिएको होइन। अन्य अर्थ र विशेषता हुँदाहुँदै पनि प्रकृतिलाई यहाँ भौगोलिक प्रकृतिले मानवीय प्रकृतिमा पार्ने प्रभाव वा असरबारे सङ्क्षेपमा अध्ययन गरिने प्रयास गरिएको छ।     धर्तीको बाह्य आवरणले मानिसको प्रकृ