Posts

Showing posts with the label स्मृति

सम्झनाको आकाशगङ्गामा चिरञ्जीवीलाल सरावगी

Image
        -गणेशप्रसाद लाठ   वीरगंज र वरिपरिका क्षेत्रमा कोरोनाले महामारीको रूप लिएदेखि दिनहुँ एकपछि अर्को दुःखद समाचार सुन्नुपर्ने नियति नै भएको छ । जता हे-यो नकारात्मक समाचार, मन व्याकुल रहन्छ । सोमवार, भाद्र १५ गतेको कुरो हो । बिहान उठ्ने बित्तिकै मोबाइलतिर ध्यान गयो–श्रद्धेय चिरञ्जीवीलाल सरावगी ब्रह्मलीन भएको थुप्रै मैसेज आएको रहेछ । केही सोच्नै सकिनँ । निकै बेरसम्म ओछ्यानमैं घोरिएर बसिरहें । निस्सासिएको अनुभव भएपछि लामो सास लिए । स्वयंलाई सम्झाउने प्रयास गरें कसैले नचिताएर के हुन्छ ? उनलाई जानु थियो, गए । तर मन मान्न तयार भएन । थप समाचार खोतल्न थालें, उनका ज्येष्ठ छोरा, विजय सरावगीले पनि ह्वाट्सअपमा त्यही दुःखद सन्देश पठाएका रहेछन् ।     स्वर्गीय चिरञ्जीवीलाल सरावगीको तन्नेरी अनुहार आँखा अगाडि प्रकट भयो । मोटामोटी चालीस–पैंतालीस वर्ष पुरानो कुरो हुनुपर्छ । उनी बेलुकीपख पिताजीलाई भेट्न आइरहन्थे । नाताको हिसाबले उनी मेरा पिताजीलाई काका भनेर सम्बोधन गर्थे, तर व्यावहारिक रूपमा समकक्षी मित्र थिए । उनी प्रायः मोटरसाइकलमा आउँथे, कहिलेकाहीं स्पोटर््स साइकल चढेर नै आइदिन्थे । उनी पिताजीसँग घण

माड्साब कृष्णमान जोशी अब रहनुभएन

बालगोपाल थापा     २०७२ साल पौष १५ गते दिनको करिब ३:०० बजेतिर आफ्नै निवासमा माडसाब कृष्णमान जोशीको भौतिक शरीरले यस पृथ्वीबाट बिदा लियो । लामो समयदेखि नेपाल कम्युनिस्ट आन्दोलनलाई सुरक्षा, सहयोग, संरक्षण, प्रचारप्रसार गर्दै आउनुभएका माड्साब विगत केही वर्षदेखि उच्च रक्तचाप र पार्किन्सन (हातखुट्टा काँप्ने) रोगबाट पीडित हुनुहुन्थ्यो । माड्साबको जन्म वि.सं. १९९४ वैशाख २१ गते ललितपुर जिल्लाको पाटनमा भएको थियो । आफ्नो जन्म दिने माता पिताबारे संवेदनशील भई भन्नुहुन्थ्यो– “बाल्यकालमा आफ्नो घर र मातापितालाई छोडें, त्यतातिरको कुनै सम्झना नै आउँदैन । बाल्यकालमा नै विरक्तिएर घरबार छोडी वीरगंज आएपछि जसले मलाई शरण दिई पालनपोषण गरी जीवन दिए तिनै कर्मदाता शेरबहादुर जोशीलाई आफ्नो पिता र वहाँ कि धर्मपत्नी माया देवीलाई आमा मान्नुहुन्थ्यो । यहाँसम्म कि नागरिकतामा पिताको नामको ठाउँमा शेरबहादुर जोशी नै लेखाउनुभएको छ । घरेलु प्रतिकूलताले गर्दा वि.सं. २००४ मा वहाँ वीरगंज बसाइँ सरिआउनु भएको सम्झिनुहुन्थ्यो । यस हिसाबले करिब १० वर्षको उमेरमैं वीरगंज आई कुम्हाल टोलमा स्थायी बसोवास गरी जीवनको अन्तिम क्षण पनि यहीं बित