Posts

Showing posts with the label युवा आवाज

जागौं नेपाली युवाहरू

Image
- नीरज गुप्ता     “दूधले पोलेको मानिस मही पनि फुकी फुकी खान्छ” तर हाम्रो मुलुकका युवाहरू बारम्बार राजनैतिक दलका नेताहरूबाट धोका पाएर र अवसरबाट वञ्चित भएर पनि आफ्नो व्यवहारमा सुधार ल्याउन सकिरहेका छैनन् ।     बिनाप्रतिभाको अवसरको कुनै महत्त्व हुँदैन । नेपाली युवामा अपार प्रतिभा भए तापनि नेपाली युवालाई यी पुराना नेताहरूले नेतृत्व दिनबाट वञ्चित गरिरहेका छन् । भनिन्छ, भूतबाट अनुभव लिई वर्तमानलाई सुधारी भविष्य बनाइन्छ । तर हाम्रा देशका नेताहरू भूतलाई नै प्राथमिकता दिन्छन् किनभने तिनीहरू परिवर्तनसँग डराउँछन् र भन्छन्– जस्तो चलिरहेको छ, त्यस्तै चल्न दिनुपर्छ । किनकि ती वृद्ध नेताहरू बढीभन्दा बढी १०/१५ वर्ष मात्र बाँच्छन् । त्यसैले तिनीहरू परिवर्तन चाहँदैनन् र हामी युवालाई अगाडि बढ्न पनि दिंदैनन् । तर हामी युवालाई १५/२० वर्ष मात्र बाँच्नु छैन, हामीसँग अहिले धेरै समय बाँकी छ । राष्ट्र बनाउने जिम्मेवारी हाम्रो भएकोले हामी युवा किन निस्क्रिय र मौन बसेका छौं ?     साधारणतया मौन बस्नु सहमतिको सड्ढेत दिनु हो । फलस्वरूप आज राष्ट्रमा यी ठालू नेताहरू जे भन्छन् या त हामी मौन बस्छौं या त्यसमा आफ्नो फाइ