Posts

Showing posts with the label कविता

वृक्षरोपण गरौं, हरियाली जोगाऔं

– सिंहबहादुर श्रेष्ठ     अहिलेका बिरुवा हाम्रा नानीहरूका भविष्य हुन् । यिनको संरक्षण र उपयुक्त व्यवस्थापन गर्नु हाम्रो कर्तव्य हो । त्यसैले बिरुवा काट्नेतिर भन्दा रोप्नेतिर बढी ध्यान पुर्‍याऔं । तपाईं हाम्रो भविष्य यसैमा छ ।     पृथ्वी हाम्रो साझा घर हो । यसलाई हराभरा बनाउनु हामी सबैको कर्तव्य हो । पृथ्वी हराभरा तब हुन्छ, जब मानव तथा वन्यजन्तुबीच सुमधुर सौहार्द सम्बन्ध रहन्छ । त्यसैले आजैका दिनदेखि वन्यजन्तु चोरी तस्करी गर्ने कार्यलाई निरुत्साहित गरौं । आफू पनि बाँचौं, वन्जयन्तुलाई पनि बाँच्ने अवसर प्रदान गरौं ।     विश्वमा अद्वितीयरूपमा रहेको जैविक विविधताको संरक्षण गरी पारिस्थितिक अक्षुणता कायम गरी स्थानीय बासिन्दाको जीविकोपार्जनमा सुधार गर्न तराई भूपरिधि कार्यक्रम नेपालको परिकल्पना रहेको छ । यस महान संरक्षण अभियानमा सहभागी बनौं । हामीले उपयोग गरेको र देखेका प्राकृतिक सम्पदा, भावी पुस्तालाई पनि देख्ने र उपयोग गर्ने अवसर प्रदान गरौं । –सिमरा, बारा

मेरो देश

–रन्जन पटेल पहाड, हिमाल अग्ला देखिए आाखाले बोकी ल्यायो तराई वनको मीठो हावाले सानो तर विशाल विश्वमा छ यसको नाउा पाइन्छन् अग्ला शिखर छन् विभिन्न धार्मिक ठाउा     छ सुन्दर लुम्बिनी, बुद्धको यो जन्मभूमि     मनाइन्छ रमणीय, ऋषिद्वारा रामायण सुनी     अग्लो सगरमाथा बोकेर विशाल सोलुखुम्बु     प्रख्यात भएछ विश्वमा छरेर मीठो खुशबु मेचीदेखि महाकाली छैन नदी यसका खाली कृषिप्रधान देश यो, सुखी हुन्छन् किसान पाई बाली चिनिन्छौं धनी गोर्खाली हौं हामी वीर नेपाली पाइन्छ यहाा बिहान बहुगुणी प्यारो मलाई मेरो जन्मभूमि पारे स्वतन्त्र हामीलाई सम्झना गरौं शहीदलाई सुन्दर हाम्रो घर सजाऊ हामी दाजुभाइ सुन्दरताले भरिएको जातीय एकतामा रङ्गिएको बागमती बगेको, सूर्य र चन्द्र रहेको नेपाली वीर हुा नेपाल छ मलाई प्यारो गर्छु सधैं रक्षा म यसको राखी शिर ठाडो । –कक्षा: १०, गौतम मावि, वीरगंज

– सञ्जय संयोग

१.    जन्मभूमि हो यो मेरो    वीर पाखुराले रचेको         जन्मभूमि हो यो मेरो    शहीदको रगतले सिंचेको २.    शहीदहरुको यो बलिदान    खेर नजाओस् बगेर     रोकौं नेपाली यसलाई हामी     सिमानामा बााध बनेर ३.    शहीदहरुको आत्माले     उठ भन्दछ नेपाली हो     तिम्रोलागि म सुती गए     नसुत भाइ नेपाली हो ४.    जन्मभूमि हो यो मेरो     बुद्ध यहाा जन्मेको     जन्मभूमि हो यो मेरो     वीर गोर्खाली रहेको ५.    जन्मभूमिप्रतिको कर्तव्य    पूरा गर साथीभाइ हो    शहीदहरुको मान राख्न    गर देशको रक्षा नेपाली हो । – – सञ्जय संयोग, झौंवागुठी, पर्सा

देश बनाउने लोभ देखाइ मन्त्री बने नेता

–जानवी चिमोरिया देश बनाउने आशामा जनताले नेतालाई मन्त्री बनाए देशलाई लुटी नेताले आफ्नो र आफन्तको भुाडी भराए ।     यो संसारलाई अज्ञानतामा राखी     देशको ढुकुटी रित्याए     संविधान र देश बनाउने लोभ देखाइ     निर्दोष जनतालाई कार्टुन बनाए विदेशतिर जान्छन् हात फैलाउन अलिकति भएको इज्जत पनि माटोमैं मिलाए देशमा सधैं अशान्ति र हिंसा निम्त्याए     युवाको सीप र ज्ञानलाई     विदेशतिर पठाए     देशको भविष्यलाई आज हेर     लथालिङ्ग र भताभुङ्ग बनाए अब जाग जनता हो जाग भ्रष्टाचार नेतालाई त्याग नेताहरुको मनोमानीलाई सिध्याऔं देशको भविष्यलाई जोगाऔं ।        –घडीअर्वा, वीरगंज–१३

हाम्रा नेता र नेल्सन मन्डेला

–सञ्जय संयोग हामीले त नेल्सन मन्डेलालाई राम्ररी जानेका छौं संविधानभन्दा सत्ता ठूलो यो कुरा मानेका छौं             जनता–जनताबीच समानताका             लागि बसे उनी जेल             हामी त आफ्नो गोजी भर्नका लागि             खेलिरहेछौं फोहरी खेल मन्डेला त राष्ट्रपति बने सबैलाई समान अधिकार दिलाउनलाई जितेर हामी आयौं संविधानसभा अकूत धनमाल कमाउनलाई             नेल्सन मन्डेलाको कामले             उनलाई महामानव बनायो             गरेको काम हेरी हामीलाई             जिउादै दानव बनायो मन्डेलाको मृत्युले संसारभरि शोक छायो यस्ता नेताहरु हाम्रो नेपालले कहााबाट पायो             छैन सोच्ने क्षमता             न त निस्वार्थ काम छ             सुशील, झलनाथ, प्रचण्ड             वैद्य जसको नाम छ । –झौवागुठी, पर्सा

माया थरीथरीका

–बैधनाथ ठाकुर मायाको संसारमा थरीथरीका माया हुादा रहेछन् कसैको माया आल्मुनियमको भााडोजस्तो भेटे तातिन्छ छुटे चिसिन्छ कसैको माया फूलहरुमा घुमिरहने भमराजस्तो आज एउटासाग, भोलि अर्कैसाग कसैको माया नक्कली सुपर ग्लूजस्तो घरी टाास्सिने, घरी छुट्टिने कसैको माया वायुमण्डलको प्रदूषणजस्तो न निल्न सकिने न ओकल्न सकिने कसैको माया बलिरहेको टुकीजस्तो संसारलाई उज्यालो आफूलाई आध्यारो मायाको लागि माया गर्ने हुादा रहेछन् थोरै अजम्बरी माया हुादो रहेछ अति नै थोरै । – प्रगतिनगर, वीरगंज

बोल्ने बानी

सुशीलजीको तोते बोली सुन्दा मीठो लाग्छ ।             देउवाजीको लटपटाउँदो बोली             नसुनी मन भाग्छ ।। भट्टराईजीको मुख कम नाक बढी बोल्छ ।             प्रचण्डजीको भाषणमा             जीऊ बढी चल्छ ।। बोल्दाखेरी झलनाथजीको किन टाउको बढी काप्छ ।             माधव नेपाल, केपी ओली             बोल्छन् स्पष्ट ।। जहाँ उठ्छ हकको कुरा नारीबिना रहन्छ अधुरो ।             विद्या, सुजाता, सरीताको सुन्दा कुरा             लाग्छ हुँदैन कहिलै त्यो कुरा ।। महन्थ, उपेन्द्र, अनिलको सुन्दा भाषण ।             लाग्छ नेपालमा आयो             विदेशीको शासन ।         – सञ्जय संयोग, झौवागुठी मावि

विद्यार्थी

– लाल्शा कुशवाहा हुँ म नेपालको आश पहिचान छ विद्यार्थी एक आम गर्ने छु यस्तो काम जसले बढ्नेछ मेरो सान ।     कलम हो विद्यार्थीको हतियार     जसले गर्छ ठूलो काम     पोशाक छ मेरो खास     यसले बढाउँछ मेरो पहिचान । हुँ म नेपालको आशा सिक्ने हो मेरो काम र सिकाउने हो मेरो धर्म पढ्ने हो मेरो काम नआउने प्रश्नको गर्छु म काम तमाम । – कक्षा: ९, माउन्ट एडमन्ड मावि

बालश्रम

– पूजा सिंह बालकहरू होटल र फ्याट्रीमा काम गर्दै उनीहरूको समय बिस्तारै बिस्तारै छ बित्दै तिनीहरू के गर्छन् अगाडि बढेर बस्छन् त्यही दु:ख, कष्ट र मर्म सहेर ।         जन्म दिएर देऊ तिनीहरूलाई आकार         मङ्गल गर्छन् तिनीहरू हे १ सरकार         गर्नु तिनीहरूको कामना र चाहना साकार         विश्वबाट निकाल्नु बाल व्यापार । जब जान्छ सरकारको यसमा ध्यान तब हुन्छ देशमा जनताको कल्याण साथमा हाम्रो पनि रहन्छ मान र सम्मान अनि बढ्छ नेपालको शान । – कक्षा: ९, माउन्ट एडमन्ड मावि

ए काल ! ता आइज

ए मृत्यु ! किन डराऊा तासित आइज आगाल्छु तालाई प्ेरमसित के हाास्नभन्दा कठिन छ र रुन ? के बााच्नभन्दा गार्‍हो छ र मर्न ? बहाना अनेक कारण अनेक मृत्युका रुप अनेक तिनकै प्रहारले पलपल मरिरहेको मान्छे म एकै जुनीमा कयौंपटक मरेको मान्छे म           कहिले माया गर्छु भन्नेको मायाले           विश्वासघातको फणा उठाई डस्यो           कहिले स्वजनको स्वार्थले           पिठिउामा धारिलो छुरा धस्यो           कहिले नाताको नालले           कञ्चटमैं गोली दाग्यो           कहिले इष्टमित्रको ईखले           बिख नै पिलायो           कहिले दयावानको दयाले           दगाबाजी गर्‍यो           कहिले कसैले मुखौटोमा छिपी           छलले छाती छियाछिया पार्‍यो           कहिले मान्छेको झूटले           धरापमा पार्‍यो           धोकाले ठहरै मार्‍यो यसरी बारम्बार मरेको मान्छे म त्यसैले ए काल ! ए मृत्यु देवता ! तादेखि म किन डराऊा बरु स्वागतमा आफ्नो बाहु फैलाऊा प्रतीक्षामा नयन बिच्छ्याऊा आइज ता छिटो आइज यो जीवनदेखि, यो संसारदेखि मुक्ति दिला, आफ्नो साथमा लैजा ए मृत्यु ! ता आइज तादेखि डराउन्न, कहीा भाग्दिना ता आइज, आइज ।                
चेलीबेटीमाथि अत्याचार –सक्षम अर्याल किन बेच्छन् मानिसहरूले आफ्नो चेलीबेटी आफ्नो मान, मर्यादा र सबै इज्जत मेटी काम दिन्छु भनी लैजान्छन् ठूलो शहरमा पैसा कमाउाछु भनी जान्छन् ठूलो रहरमा     चेलीबेटीहरू लिएर जान्छन् कति ठूलो आश     त्यहाा गएपछि हुनुपर्छ उनीहरू निराश     चेलीबेटी लैजान्छन् काम दिन्छु भनी     चेलीबेटीलाई बेचेर हुन्छन् उनीहरू धनी बाबुआमाले चेलीबेटीलाई घाटा सम्झन्छन् उनीहरूले बालविवाह गर्न चााडै तम्सन्छन् नमान्नु है दिदीबहिनी बाबुआमाको कुरा हुन नदिनु उनीहरूको नराम्रो इच्छा पूरा । – कक्षा: १०, माउन्ट एडमन्ड मावि चेलीबेटी बेचबिखन –नेहा अग्रवाल आज हामी गर्छौं समाजमा चेलीबेटीको काम थाहा छैन के हुन्छ त्यसको परिणाम कसैको खुट्टा समात्छौं, कसैको हात लैजान्छौं कसैको जितेर आत्मविश्वास आउाछिन् तिनीहरू हर्षको आशामा तर थाहा हुादैन के हुन्छ त्यसको पासामा सहेर कैयौं कष्टहरू, के थाहा हुन्छ हर्षका बादलहरू यसरी उसरी कसरी के गर्दैनन् चेलीसाग तर कोहीलाई फुर्सद छैन उसको दु:ख बुझ्न यताउता कताकता हुादैन चेलीको अमान यसरी नै हुन्छ चेलीबेटी बेचबिखनको काम – कक्षा: १०, माउन्ट एडमन्ड मावि

हामी सप्रेको नेता

जनतालाई जे चाहिन्छ लेओस् हामीतिर चोर औंला नउठाओस् विकृति विस·ति फुलोस फलोस् शहीदको सपना सबले भुलोस् नारा क्रान्तिकारी, काम जनतामारा देशभन्दा पनि पद, पैसा प्यारा हामीलाई चाहिन्छ बलिदानको भत्ता किनभने हामी सप्रेको नेता ।             मेची दुख्छ, महाकाली दुख्छ             दुख्छ महेशपुर सुस्ता             महँगी बेरोजगारले सीमा नाघ्यो             मरिरहेछ जनता             यी सब कुराले हामीलाई छुन्न             हामीलाई चाहिन्छ सत्ता             किनभने हामी सप्रेको नेता । कोही भाइ काङ्ग्रेस, कोही भाइ एमाले कोही छौं मधेसवादी कुर्सीको खेलमा रमाइरहन्छौं हामी हौं खाओवादी साम्प्रदायिक आगो लगाउने बाड्दैछौं सबलाई फित्ता किनभने हामी सप्रेको नेता ।             हिजो के थियो, आज के छ ?             भोलि के हुनेछ ?             गुलियो भाषण, चर्को नारा             सधैं दोहोरिरहने छ             जनमुक्तिको होइन             आफ्नै बूढीको गर्नुपर्छ चिन्ता             किनभने हामी सप्रेको नेता । नयाँ–नयाँ शब्दावली नयाँ व्याख्या गर्छु शब्दजालमा फसाएर आफ्नै भूडी भर्छु क्रान्तिको होइन भ्रष्टहरूको बन्दैछौं हामी पिता किन

निर्दोष कैदी

– प्रद्युम्न चौधरी संसारमा मैले के गरें यसले मलाई दोषी बनायो हित कर्म गर्न अग्रसर हुादा सबैले मलाई दोष लगायो     कर्म गर्ने अधिकार हरायो     न्यायाधीशको आाखा झिलमिलायो     मेरो कीर्ति कसैले देखेन     सबैले मलाई दोष लगायो शहीद बन्ने सपना देखें कसैले यसको कदर गरेन मद्वारा कसलाई हानि भयो र ? सबले मलाई दोष लगायो ।     मेरो पनि आफ्नो जीवन छ     जसलाई मैले बााच्न पाइना     कुन जन्मको सजाय पायो     सबले मलाई दोष लगायो     सबैले मलाई दोषी बनायो – कक्षा: ९, सिद्धार्थ मावि, वीरगंज

सुरक्षित देश राम्रो

–आशीष द्विवेदी ललाइफकाइ पैसा दिएर संसार खुशी लिएर लग्छन् चेली विदेश राखी टाढा स्वदेश     मेरो यो समाज कसको     नारी हेप्ने प्रथा जसको     चेली बेचबिखनबाट गर्ने हानि     बन्दैछ यो दलालको बानी पाओस् सजाय यसलाई यस्तो याद रहोस् असर जसको बनोस् सुरक्षित समाज हाम्रो शान्त सुरक्षित देश राम्रो – कक्षा: १०, माउन्ट एडमन्ड मावि, वीरगंज

उपदेश

– श्रीराम पटेल अल्छी गरी नसुत साथी बिहानसम्म सारा शरीर गर सफा भएर टम्म जोडेर हात गर ईश्वरलाई प्रणाम सङ्कट हट्छ जसबाट यहाा तमाम     आफ्नो आमाबुबाको चित्त कहिल्यै नदुखाऊ     मैला र फोहर लुगा कहिल्यै नलगाऊ     ताजा, सफा र हितकारी चिज खाऊ     आफूभन्दा ठूलाको कुरा मानौं, सानोलाई सघाऊ     रोगी गरिबहरुमाथि दया बढाऊ     ठूलो भई इलम नाउा यहाा चलाऊ साथीहरुसाग चली झगडा नगर्नू सित्तैमा अरुलाई खराब कुरा नभन्नू मातापिता र गुरुको उपदेश मान्नू देवी र देवतालाई ठान्नू     यो वर्तमान काल हो यसको महत्त्व बुझ     अघि बढेमा मान्छे ठूलो हुन्छ अहिले हाम्रो समय     विद्यार्थी जीवनको समय हो अध्ययन     राम्ररी पढेमा समयले सधैं साथ दिन्छ । कक्षा: ११, नृसिंह उमावि, पिपरा, वीरगंज

मुक्ति

– बैधनाथ ठाकुर कस्तो आध्यारो रात लाटोकोसेरो तिखार्दैछ दाात आपत छ बिचरा मुसाहरुलाई मुश्किल छ जोहो गर्न जीवन धान्नलाई डरलाग्दो गरी कुकुर रोइरहेछ स्याल र ब्वाासाहरु दार्‍हा किटिरहेछ खोइ, बिहानी कतिखेर हुने हो ? आध्याराका शत्रुबाट कसरी मुक्ति पाउने हो त्यसो त प्रत्येक दिन रातपछि दिन हुन्छ उज्यालोमा चिलहरु आकाशमा फनफनी घुम्छ बिचरा मुसाहरुलाई के दिन के रात ? चौबीसै घण्टा असुरक्षाको घेरामा युगौंदेखि त्रासदीपूर्ण जीवन बिताइरहेछ कतिखेर कालो सर्पको हमला दुलोभित्रै हुने हो हेर्दाहेर्दै टप्प टिपेर चिलले जीवन समाप्त पार्ने हो बिरालोको म्याउ–म्याउले थर्किन्छ सारा बस्ती दिन होस् वा रात बिचरा मुसालाई जीवनभरि सास्ती । – प्रगतिनगर, वीरगंज–३

खै के होला नेपाल

– चित्तरञ्जन महतो कमकर शान्तिको देश थियो प्रकृतिले भरिपूर्ण आत्मीयताको भावना थियो देशभक्तिले सम्पन्न     बुद्धले छरे शान्ति     वीरेन्द्रले चलाए शासन     ज्ञानेन्द्रबाट खोसियो सत्ता     जनतामा फैलियो क्रान्ति प्रजातन्त्र आयो, राजतन्त्र गयो गणतन्त्र आएपछि लोकतन्त्र पनि गयो हिंसाको क्रम रोकिएन मान्छेबाट मानवता नै गयो     चुनावको मिति सारिए पनि     चुनाव भइरहेको छैन सम्पन्न     दलहरुका सङ्ख्या बढेपनि     रोइरहेछन् विपन्न गरिदेउ कोही नेपाललाई उद्धार यो हो नेपाली जनताको पुकार सायद तिम्रो एक कदमले समृद्ध पारिदिन्छ नेपाल – कक्षा: १२, नृसिंह उमावि, पिपरा

पहिलो माया

तिमीलाई पहिलो चोटी हेर्दा मेरो मनले तिमीलाई सम्झदा तिमी नभए बाँच्न सक्दिना एक्लो जीवन बिताउन सक्दिना     केटी हेरे धेरै किसिमका     तर तिमीजस्तो होइन     माया लगाए तिमीसाग मात्र     सोचेको थिइन कहिल्यै अरुसाग माया गर्थे धेरै तर भन्न सकिना डराउाथे तिमीसाग तर लुकाएर राख्न सकिना मन र मुटु तिमी नै हौ मेरो अरुको अनुहार हेर्न चाहन्न     देखाइदिन्थे मुटु चिरेर देखाउन सक्ने भए     मुटुमै राख्थे तिमीलाई लुकाउन सक्ने भए     स्वीकार गर मलाई एउटा जीवनसाथीको रुपमा     बााच्न सक्दिना म बरु तिम्रो मायाको विछोडमा । – आदर्श मण्डल कक्षा: १०, ज्ञानवाटिका मावि, रानीघाट, वीरगंज

प्रकृतिको वेदना

धेरै माया र स्नेहले मैले बनाएको थिए मानिस जातिलाई आफ्नो मनको फूल तर अहिले मलाई नै चोट पुर्‍याउने किन गर्दैछन् त तिनीहरु भूल     आफूलाई जीवन बनाई बनाएका थिए     मैले मानिसलाई आफ्नो जीवनको सारथी     तर समयको प्रभावले गर्दा तिनीहरु     मलाई बिर्सेर किन बनेका छन् त स्वार्थी आफ्नो जीवन सहज बनाउन मलाई नै रुवाउने किन गर्दैछौं तिमीहरु काम यसरी गरेर के तिमीहरुले कमाउन सक्छौं विश्वमा नाम ?     मलाई रिस उठाउने काम नगर हे मानिसहरु     यही नै हो मेरो तिमीसाग हृदयको प्रार्थना     बााच्न चाहन्छौं सदाका लागि पृथ्वीमा भने     तिमीहरुले सुन्नैपर्छ मेरो यो वेदना ।  – अजयप्रसाद चौधरी कक्षा: ९, अल्पाइन मावि, वीरगंज

किनकि म हेडसर

शिक्षकले पढाउनुपर्छ विद्यार्थीले पढ्नुपर्छ मैले पढाउने होइन सबैलाई कराउनुपर्छ किनकि म हेडसर । शिक्षक हो वा विद्यार्थी समयमा आउनुपर्छ म आए पनि हुन्छ नआए पनि हुन्छ किनकि म हेडसर । अरू कोही नआउँदा बिदा लिनुपर्छ बिदाको दिन पनि मैले हाजिरी गर्नुपर्छ ससुराली गए पनि काज लेखिदिन्छु मसँग जोरी खोज्नेको बढुवा रोकिदिन्छु किनकि म हेडसर । टेन टु फोर गर ड्यूटी म त जान्छु खोज्न ब्युटी तलबमात्रै तिम्रो आधार विद्यालयको आम्दानी मेरो संसार खर्चै नगरे पनि बिल बनाएर हिसाब मिलाइदिन्छु किनकि म हेडसर । क्क्ष्ए को पैसा ख्क्ष्ए भई खर्चिन्छु नबाँडेर छात्रवृत्तिले आफ्नै गोजी भर्छु मन लागे छुट्टी मन लागे क्लास गरिरहन्छु परीक्षामा फेलहरूलाई पास तैपनि दुनियाले मैसँग राख्छ आस किनकि म हेडसर । गाली गर, कुटपिट गर मलाई फरक पर्दैन चाहे दल कालोमोसो मेरो इज्जत घट्दैन कहाँ जान्छौं उजुरी गर्न सबलाई मिलाइलिन्छु उस्तै परे हात जोडेर माफी मागिलिन्छु किनकि म हेडसर । –असीम