Posts

Showing posts with the label भानु जयन्ती

नेपाली भावनाका उद्बोधक आदिकवि भानुभक्त

भानुभक्तको जन्म     वि.सं. १८७१ मा तनहुँको रम्घा भन्ने गाउँमा जन्मिने र १९२६ मा परलोक भएका आदिकवि भानुभक्तका श्लोक सम्पूर्ण नेपालीको कण्ठलहरी–कण्ठहार बनेको छ । नेपाली साहित्यका अध्येताहरू आजसम्म भानुभक्तको स्तुतिगान गर्दै आएका छन् । बालकृष्ण समले उनलाई ‘नेपाली भाषाका परमात्मा’ भने, तारानाथ शर्माले ‘युग अनुसार प्रगतिशील’, सूर्यविक्रम ज्ञवालीले लेखे ‘नेपाली जातित्वरूपी घरघरमा थप्थप्प राखिएका इँट अब भानुभक्तका साहित्यका बज्रलेपनले जोरिन आए ।’ देवकोटाको भनाइ अनुसार ‘नेपाली आकाशका शुक्रतारा प्रथम ध्वनि हे ’ भानुभक्तका प्रसिद्ध कृतिहरू: १) भानुभक्तीय रामायण, २. प्रश्नोत्तर माला, ३) भक्तमाला, ४) वधू शिक्षा । यस अतिरिक्त उनका केही फुटकर कविताहरू पनि छन् । भानुभक्तका साहित्यिक प्रवृत्ति र विशेषताहरू: – १.    मौलिकता:     भानुभक्तीय रामायणमा अनेकानेक मौलिक उद्भावनाहरू छन् । सि·ै काव्य नेपाली रङमा र·मगिएको छ । उदाहरणका लागि ‘अध्यात्म रामायण’ मा रामको राज्याभिषेकको जानकारी प्रजाहरूले दशरथ र वशिष्ठको वार्तालाप सुनेर पाएका थिए र प्रजाबीच धुइरो–धुइरो कुरा चल्दा कौशल्याले समेत थाहा पाएकी थिइन् । भानुभ