Posts

Showing posts with the label स्वान्तः सुखाय

अद्र्धनारीश्वरदेखि दुईलिङ्गी चरोसम्म

Image
                    सञ्जय मित्र मनुस्मृतिमा एउटा श्लोक यस्तो छ ः     द्विधा कृत्वाऽऽत्मनो देहमर्धेन पुरुषोऽभ्यत्ः।     अर्धेन नारी तस्यां स विराजमसृजत्प्रभुः।।     यसको भावार्थ के बताइएको छ भने ब्रह्माले आफ्नो शरीरलाई दुई भाग गरी आधाबाट पुरुष र आधाबाट नारी बनाएर त्यसमा विराट् पुरुषको सृष्टि गरे।     मानिसको सृष्टि वा सिर्जना कसरी भयो वा मानिसको विकासक्रम के हो भन्ने विषयमा अनेक वादविवाद रहेको छ। धर्मशास्त्र र विज्ञानले फरक–फरक तर्क राख्दै आएका छन्। मानवको उत्पत्ति कसरी भयो भन्ने विषयमा अनेक तर्क र बहसहरू लामो समयदेखि चल्दै आएको सत्य हो। सबै तर्क र सिद्धान्तलाई मान्नेहरू छन् र सबैमाथि प्रश्न उठाउनेहरू पनि छन्।     मनुस्मृतिको उपर्युक्त श्लोकबाट एउटा कल्पना उभिन्छ कि ब्रह्मामैं स्त्री र पुरुष दुवैको शक्ति थियो। ब्रह्मालाई सामान्यतया वृद्ध पुरुषको रूपमा चित्राङ्कन गरिएको पाइन्छ र यस श्लोकमा भनिएको जस्तो प्रस्तुति सितिमिति कुनै प्रसङ्गमा गरिएको पाइन्न। तर मनुस्मृति पनि हिन्दू धर्म–दर्शनमा दख्खल राख्ने ग्रन्थ भएकोले एकैचोटि ठाडै अस्वीकार गर्न पनि सकिन्न। यस ग्रन्थले ब्रह्मा एकै देवतामा नारी

“अधूरो प्रेम” किन गर्छन् अधिकारी

Image
सञ्जय मित्र     सर्लाहीमा जन्मेका विश्वराज अधिकारीको बज्जिका भाषामा लेखिएको संस्मरण सङ्ग्रह प्रसवको अवस्थामा छ। यसै समयमा उनको “अधूरो प्रेम” सार्वजनिक भएको छ। “अधूरो प्रेम”ले पूर्णता पाएपछि नै प्रसवको पीडा हुनुपर्ने क्रम हो। सम्भवतः यही हुँदैछ।     “अधूरो प्रेम” के हो ? यसको दार्शनिक उत्तरको खोजी होइन तर पूर्ण हुनु पनि दार्शनिक दृष्टिकोणले सहज छैन। यसर्थ प्रेमले पूर्ण कोही हुनु भनेको त्यसपछि अपकर्षतिर जानु हो ? वा यथास्थितिमा रहनु हो ?     विधागत वैविध्यका झन्डै दुई दर्जन कृतिका सर्जक विश्वराज अधिकारीको शरीर अमेरिकामा बस्दछ तर मन भने नेपाली भूगोलको भाषा, साहित्य, कला, संस्कृति, अर्थतन्त्रसित बाँच्दछ। हृदयमा केही गरूँ भन्ने सिर्जनात्मक भाव उम्लिरहन्छ, जसको प्रकटीकरण निरन्तर भइरहन्छ। यसैमा कहिले कुन विधा त कहिले कुन शैली प्रवाहित हुन्छ। बज्जिका भाषामा पहिलो आधुनिक गीत सङ्ग्रह प्रकाशित गर्ने अधिकारीको बज्जिका भाषामैं पहिलो संस्मरण आउन लागेको छ र अहिले भर्खर प्रकाशित नेपाली भाषाको “अधूरो प्रेम” गीत सङ्ग्रह हो।     “अधूरो प्रेम” गीत सङ्ग्रह मात्र होइन। यसका दुई भाग छन्। पहिलो भागमा गीतसित स

गरुडादेखि गुजरा

Image
सञ्जय मित्र आसपासका पर्यटकीय क्षेत्रहरूबारे पनि सामाजिक सञ्जालमा हेरेपछि पुग्न रहरलाग्दो रहेछ। अझ नजीकका कोही चिनेजानेका मानिसले मनमोहक शब्दशैलीमा पोस्ट गरेपछि अझ खुल्दुली बढ्ने रहेछ। एक दिन यस्तै भएको थियो। एकजना अग्रजले फोटो हालेको देखेपछि वास्तवमा त्यो ठाउँ हेर्ने रहरले नै गुजरा फन पार्क पुगेका हौं। १७ माघ २०७७ का दिन निकै जाडो थियो तर पूर्वनिर्धारित कार्यक्रम अनुसार पुग्नुपर्ने थियो। रौतहटको गरुडा बजारमा बिहानको ११ बजे जम्मा हुनुपर्ने थियो र झन्डै सवा एघार बजेसम्म पुग्नुपर्ने जति आइपुगिसकेका पनि थिए। गरुडाबाट बालचनपुर पुगेर अनि पश्चिमतिर लाग्ने हो भने पिचैपिच झन्डै फन पार्कसम्म पुग्नलाई बढीमा दुई किलोमिटर गिट्टीवाला सडक पर्ने रहेछ तर पिचको बाटो त सधैं हिंडेकै हौं। ठाउँ हेर्ने उद्देश्य हो भने हेर्दै जाँदा झन् राम्रो भन्ने मेरै प्रस्तावमा सहमत भई सबैजना महम्मदपुर गाउँ भएर नहर हुँदै जङ्गलको बाटो भएर जान अगाडि बढ्छौं। हामी आठजना छौं। मैले चलाएको स्कुटरमा धर्मपत्नी रेणु गुप्ता र छोरो गरी तीनजना छौं। किशुनदयाल यादव श्रीकृष्णले चलाएको मोटरसाइकलमा विश्वनाथ सञ्जेल र श्रीकृष्णपुत्र आदित्य गर

चोरीको सासमाथि जीवनको धाक

Image
सञ्जय मित्र आजीवन मानिसले पाउने सास कहाँबाट लिएको हो ? के सास निश्शुल्क पाइन्छ ? निश्शुल्क नै यदि पाइँदो हो त निश्शुल्क पाइने जति कुरा जहाँ पनि र जुनसुकै परिस्थितिमा पनि सजिलै लिने ? यो लिएको हो भने दयामा हो कि अधिकारमा ? कि आफ्नो आर्जन हो ? कि दयामा केही कुरा लिन नचाहने अर्थात् कसैले ममाथि दया नगरोस् भन्ने भावना मनभित्र रहेको छ ? वास्तवमा दया त दीनहीन वा कमजोरमाथि गरिन्छ, यसैले कसैले दया गरेर दिएको वस्तु म किन लिन्थें भन्ने भावना मनभित्र रहेको छ भने यो भावना सा–है राम्रो छ, यसलाई सम्मान गर्छु र यस किसिमको भावना मनमा लिनेहरूलाई शब्दले अभिनन्दन गर्दछु। सास लिएर जीवन बाँचेको देखाउँछौं। सामान्य दृष्टिमा त यही हो कि जसले सास लिइरहेको छ र लिएको सास फालिरहेको छ, ऊ जीवित हो। हामी सास लिइरहेका छौं तर कहाँबाट लिइरहेका छौं र सास फालिरहेका छौं तर कहाँ फालिरहेका छौं ? हामीले लिने सास कहाँबाट आउँछ र हामीले फालेको सास कहाँ जान्छ ? जसरी अर्काको कुरा केही पनि नलिने अवधारणा मनभित्र छ, त्यसैगरी अर्काको ठाउँमा नसोधी त्यत्तिकै आफ्ना कुरा मिल्काउनुहुन्न भन्ने पनि बुझेका छौं। यस अर्थमा हामीले फालेको सास वात

बाँधिएका कृष्णसित सारथि श्रीकृष्णलाई मिलाउँदा

Image
सञ्जय मित्र नजीकको तीर्थलाई हेला गर्नु पनि मानवीय स्वभाव हो। नजीकको तीर्थको सबै कुरा थाहा हुन्छ, यसै कारण केही हो जस्तै लाग्दैन। यसको महत्व बुझ्ने र बुझाउने मनोवैज्ञानिक प्रवृत्ति पनि उच्चस्तरको सकारात्मक रहँदैन। सामान्य भएको जस्तो बुझिने किसिमको मात्र हुन्छ। जसले गर्दा धेरै अवसरलाई थप उपलब्धिमूलक बनाउनबाट रोक्न पुग्दछौं र अवसरलाई स्मरणीय बनाउने अवसर पनि अवसर बनेर आउँदो रहेछ। हेटौंडा मलाई मेरो माइतीजस्तो लाग्छ। माइती पुग्ने अवसर आउँदा चेलीको अभ्यन्तरमा हुने औत्सुक्य, प्रतीक्षाको पलपलको मनोवैज्ञानिक प्रतीक्षा तथा स्फूर्तिको आभाषित मग्नताले मलाई छोइरहन्छ, हेटौंडा पुगाइको सन्दर्भले। हरेकपटकको माइती पुगाइको अनुभूति आफैंमा नवीन हुने गर्दछ। मैले २०६१ मा हेटौंडा छाडेपछिको त्यहाँ पुगाइ यस्तै हुने गर्दछ। खासै कुनै अवसर त होइन तर कोरोना महामारीको दशैं भने छ। मधेसी समुदायको दशैं त विजयादशमीसँगै सकिएको छ तर पूर्णिमा आइनसकेकोले पहाडी समुदायमा अझै दशैं सिद्धिइसकेको छैन। हेटौंडामा एउटा सामान्य काम पनि छ– मित्र राम अविकासलाई भेट्नुपर्ने। सामान्य अवस्था भए त हेटौंडा बजारमैं भेटिन्थ्यो तर अविकासको लागि

जाडो र ग्रामीण विज्ञान

Image
सञ्जय मित्र प्रकृतिले सबै थोक दिएको छ, मानिसलाई। प्रकृतिबाट मानिस निकै प्रभावित छ। मानिस जतिसुकै प्रकृतिबाट टाढा भाग्न खोजे पनि प्रकृतिले मानिसलाई भाग्न दिएको हुँदैन। अहिले पनि ज्ञान र विज्ञानले उत्कर्षता प्राप्त गरिरहेको समयमा पनि प्रकृतिको महत्व कम भएको कसैले भनिरहेको छैन। विज्ञानले विकास गर्नुपर्दछ तर प्रकृतिलाई हानिनोक्सानी पु–याउनुहुँदैन भन्ने मान्यतामा पनि कमी आएको छैन। बरु प्रकृतिको संरक्षणले मानवजीवनको सम्पन्नता सम्भव छ भन्न थालिएको छ। परिवेश अनुसार पृथ्वीका विभिन्न ठाउँमा विभिन्न किसिमका मौसम रहेको देखिन्छ। नेपालकै उत्तरमा अधिकांश समय जाडो हुने हुँदा लगभग एकै किसिमको मौसम हुन्छ तर जाडो कम हुने र जाडो धेरै हुने दुई मौसम भन्न सकिन्छ। त्यहाँको शब्दावलीमा जाडो र गर्मी होला तर यही नेपालकै दक्षिणी क्षेत्रका मानिसका लागि त्यहाँ जेठमा पनि जाडो हुनु स्वाभाविक हो। हिमाली क्षेत्रमा वर्षाको मौसम हुँदैन भनिन्छ वा पानी निकै कम पर्ने तथा पानीको साटो हिउँ पर्ने हुन्छ। पहाडमा भने जाडो, गर्मी र वर्षा गरी तीन मौसम हुन्छन्। तराईमा कहिल्यै हिउँ पर्दैन। तर पनि जाडो भने हुन्छ। यहाँका बासिन्दाका लागि

माई बेस्ट फादर...

Image
            सञ्जय मित्र मेरो गाउँमा एकजनाका धेरै सन्तान छन् । दुई/चार जना हुँदासम्म त सबैको नाम कण्ठस्थ हुन्थ्यो तर सन्तान बढ्दै गएपछि नाम जन्मदर्तामा सीमित हुन पुग्छ । अनि बोलाउन शुरू हुन्छ जन्मक्रमको आधारमा एक, दुई, तीन... उन्नाइस । संयोगले जेठो छोरा र त्यसपछि छोरी छे । छोरो बदमाश, उसको नाम भएको एक नम्बर । छोरी भलाद्मी तर नाम चाहिं दुई नम्बर । कहिलेकाहीं त आफ्नै सन्तान चिन्न गा¥हो हुन्छ । हो, म तपैंकै छोरो हुँ भनेपछि मान्नुपर्ने । कहिलेकाहीं त मेरा हुन् कि छिमेकीका छुट्याउन नसकेर नाम सोध्नुपर्छ । हरेकलाई नाम त थाहा छ तर जन्मदर्ताको नाम बतायो भने छिमेकीको छोराछोरी भन्ठान्लान् भनेर छोराछोरीले पनि आफ्नो रोलक्रम नै बताउँछन् । धेरै सन्तान हुनेले मात्र यस्तो आनन्द प्राप्त गर्न सक्छन् । बीसौं प्रसवभन्दा पहिले सारै सहयोग गर्ने छोरीलाई आमाले प्रशंसा गर्छिन्– बेस्ट छोरी । हेर्दा सबैभन्दा मरन्च्याँसी र फोहोरीको नामै भयो बेस्ट छोरी । ऊभन्दा कैयौं क्रम पछाडिकाले पनि उसलाई बेस्ट छोरी नै भन्छन् । भाइबहिनीका पनि बेस्ट छोरी । म बोर्डिङमा पढ्दा एकजना मास्टर साहेबले निबन्ध लेख्नलाई भनेका थिए । शीर्षक थ

नवराज रिजालको ‘बोक्सी बूढी’ बालकथा सङ्ग्रहका कथानायकहरूको प्रवृत्तिगत विश्लेषण

Image
      सञ्जय मित्र १. परिचय शताङ्कतर्फ उन्मुख नवप्रज्ञापन साहित्यिक त्रैमासिकका सम्पादक/प्रकाशक नवराज रिजाल प्रतिष्ठित साहित्यकार हुन्। शिक्षण/प्राध्यापन पेशामा आबद्ध रिजाल कुशल सम्पादक हुन्। रिजालले देवकोटा व्याख्यान सङ्ग्रह, समायोजन, मैदान, मूच्र्छना, उत्तराद्र्ध, महेश आवाज, नेश्चिल, प्रलेस, बालप्रज्ञा र आलेखनजस्ता साहित्यिक पत्रिकाको सम्पादन गरिसकेका छन्।बारामा जन्मेर काठमाडौंमा जीवनवृत्ति गरिरहेका रिजालका नेपाली तथा अङ्ग्रेजी भाषामा विभिन्न विधाका डेढ दर्जन साहित्यिक कृति प्रकाशित छन्। उनले कथा/बालकथा/लघुकथा, कविता, गजल, गीत, नियात्रा, समालोचना/समीक्षा क्षेत्रमा कलम चलाएका छन्। रिजालका बालकथाहरू विभिन्न प्रकाशनका पाठ्यपुस्तकमा पनि परेका छन् र संस्थागत विद्यालयमा पठनपाठन पनि भइरहेका छन्। २०७७ को प्रदेश २ को प्रादेशिक प्रतिभा पुरस्कारबाट सम्मानित रिजालले यसअघि नै सुगन्ध लघुकथा पुरस्कार, शिक्षकश्री पुरस्कार, नारायणी वाङ्मय पुरस्कार, राष्ट्रिय वाङ्मय सम्मान, अनेसास पुरस्कार, तेस्रो बालसाहित्य सम्मान, नवसिर्जना उदयमञ्जरी सम्मान, कालीगण्डकी साहित्य कला पुरस्कार, नेपाल भोजपुरी बौद्धिक

अभ्यन्तरमा दीपोत्सव होओस् ज्ञानको

Image
    सञ्जय मित्र प्रकाशविहीन दीप हुन सक्दैन । जहाँ दीप छ त्यहाँ प्रकाश हुन्छ । दीप उज्यालोमा भए पनि त्यसले दिने प्रकाश नै हो । हो, दीपले दिने प्रकाशभन्दा बाहिरको प्रकाश बढी हुन पुग्दा दीपको प्रकाशको मूल्य कम हुन्छ । मूल्य कम हुनु भनेको मूल्यहीन हुनु होइन । उज्यालोमा बलेको दीपको उज्यालोको महŒव नभए पनि बलेको दीपले दीपकमा जीवन रहेको अनुभूति दिलाउँछ । यसर्थ दीपकको महŒव छ र अँध्यारोमा दीपकले काम दिन्छ भन्ने विवेक प्रदान गर्दछ । दीप भन्नु पनि एक अर्थमा यही विवेक हो, ज्ञान हो, प्रकाश हो । निरर्थक भाँडो होइन, जसरी जीवन निरर्थक हुन सक्दैन । निभेको दीपकजस्तै निरर्थक जीवनदीपलाई उसको मूल्य बुझाउनुपर्ने हुन्छ। बौद्ध दर्शनमा पनि प्रकाशको महŒवलाई उच्च स्थान दिइएको छ । अप्पो दीपो भवः भनी प्रकाशको त्यस महŒवलाई प्रकाशित गरिएको छ, जसमा व्यक्ति आफैं प्रकाशवान बन्नुपर्ने बताइएको छ । हरेक व्यक्ति विशिष्ट हुन्छ र हरेक व्यक्ति आफैंमा प्रकाश पनि हो । प्रकाशलाई चिन्नुपर्दछ र आफूभित्रको प्रकाशलाई बाहिर ल्याउनुपर्दछ । प्रकाश स्वतः प्रकाशित हुने अवस्था पनि हुन्छ तर पनि वातावरणले प्रभाव पार्दछ । वातावरणले प्रकाशलाई

अन्तरभाषिक संवादको आवश्यकता र महत्व

Image
सञ्जय मित्र     हरेक व्यक्ति आफैंमा सबैभन्दा पृथक हुन्छ। यति हुँदाहुँदै पनि हरेक मानिसका बीच धेरै किसिमका समानता रहेका छन्। यसको अर्थ यो पनि हो कि हरेक मानिसका धेरै कुरामा समानता पनि हुन्छन्। फेरि पनि, मानिस र मानिसका बीचमा जति धेरै समानता भएपनि हरेक मानिस पृथक नै हुन्। मानिस बाह्य वातावरणमा मात्र पृथक होइन, अभ्यन्तर र चिन्तन वा मनोविज्ञानसमेतले पनि मानिस पृथक हुन्। यही पार्थक्य मानिसको मौलिक सम्पत्ति हो, विशिष्टता हो। मानिसको विशिष्टताले नै उसलाई सबैमाझ चिनाएको हुन्छ। यसैले के पनि भनिन्छ भने जो जति धेरै चिनिन्छ, उसमा उति धेरै विशिष्टता हुन्छन्। कसैको विशिष्टताले उसलाई चिनाइरहने हुन्छ। वास्तवमा मानिसलाई उसको विशिष्टतालाई त्यतिखेर अरूले चिन्दछन्, जतिखेर उसले आफैंले चिन्दछ। आफैंले आफ्नो विशिष्टता वा आफूभित्रको पहिचानलाई बाहिर ल्याउन थाल्दछ, उसलाई अरूले बिस्तारै चिन्न थाल्दछ। उसले जति धेरै आफूमा निखार ल्याउँछ, उति धेरै मानिसले उसलाई चिन्ने हुन्छ । मानिसलाई अरूभन्दा पृथक बनाउने वा पृथक साबित गराउने प्रतिभालाई चिनेर अगाडि ल्याउने वातावरण बनाउन आफूले पनि भूमिका खेल्नुपर्ने हुन्छ। आफू केमा वा

मधेसी दशैं ः केही जिज्ञासा

Image
सञ्जय मित्र     दशैं नेपालीको मुख्य पर्व हो। नेपाली भन्नाले नेपालको नक्शाभित्र अटाएका सम्पूर्ण नागरिक हुन्। देशका अन्य धर्मावलम्बीहरू आआफ्नो संस्कृति मान्दछन्। यस देशको सांस्कृतिक विशेषता नै हो कि सबैको संस्कृतिको सम्मान सबैले गर्दछन्। चाडपर्वको नाउँमा देशमा दिइने बिदाको सूचीमा दशैंको बिदा सबैभन्दा लामो हुन्छ र यस लामो बिदाको उपयोग धेरै किसिमले सबै धर्मावलम्बीले गर्दछन्। दशैं मान्ने संस्कृतिभन्दा पृथक संस्कृतिका मानिसले पनि यसलाई सम्मान गर्दछन्। यसरी सम्मानका दृष्टिले समेत हेर्ने हो भने दशैं सम्पूर्ण नेपालीको साझा पर्व हो भन्ने कुरामा द्विविधा छैन।     दशैंलाई विभिन्न समुदायले फरक किसिमले मान्ने गरेको पाइन्छ। मधेसी समुदायले पनि आफ्नै किसिमले दशैं मान्ने संस्कृति रहेको छ।     पहिलेदेखि नै दशैंको अवधिमा मधेसी समुदायले मुख्यगरी नवरात्रिको पूजाआजा गर्दै आएका थिए। शिक्षा र चेतनाका साथै रोजगारको क्रममा देशको विभिन्न ठाउँमा जाँदा र आउँदा तथा अन्य किसिमले सम्पर्क विस्तार गर्दै जाँदा पहाडमा मनाइने दशैंसित घुलमिल हुँदै गएको हो। पहाड र मधेसको दशैं मान्ने तरीकामा केही आधारभूत भिन्नता रहँदै आएको छ।

दशैंसित नेपाली सर्जकको नाता

Image
      -संजय मित्र विषय वा प्रसङ्गले अर्को अर्थ लाग्नुहुँदैन, यहाँ नेपाली भनेको नेपाली नागरिक हो भन्ने बुझ्नुपर्छ । र दशैं भन्नाले असोज महीनाको दशैं बुझ्नुपर्छ । यस वर्षलाई कात्तिक महीनाको दशैं मान्दा पनि हुन्छ तर तिथिले असोज महीना नै रहेको छ ।     दशैं चैत महीनामा पनि मनाइन्छ, जसलाई चैते दशैं भनिएको पाइन्छ । कतिपयले चैते दशैंलाई सानो दशैं र असोजको दशैंलाई ठूलो दशैं भन्ने गरेका छन् ।     दशैंको समयलाई सबैले आफ्नै किसिमले उपयोग गर्ने योजना बनाउँछन् । यस वर्ष त कोरोना महामारीका कारण धेरैले पहिले नमनाएको किसिमले अत्यन्त सावधानीपूर्वक मनाउने भएका छन् तर पनि केही यस्ता क्षेत्र छन्, जसमा दशैंको योजना विशेष हुन्छ । त्यस्ता क्षेत्रमध्ये एक सिर्जना पनि हो ।     दशैंमा साहित्य सिर्जनाले पहिलेदेखि नै बजार लिंदै आएको छ । दशैंको समयमा अन्य समयको तुलनामा केही बढी साहित्यिक कृतिको बिक्री हुने गर्दछ । अहिले अनलाइनको जमाना आइसकेको छ । तर पनि प्रकाशित साहित्यिक कृतिको बिक्री खासै कम भएको छैन । अनलाइनमा साहित्यिक सिर्जना पढ्ने बढेका छन् र साहित्यिक कृतिको बिक्री पनि बढेको छ । साहित्यिक कृतिको प्रकाशन पनि

नारी सर्जकको सम्मान र हाम्रो यथार्थ

Image
- सञ्जय मित्र     देशमा विभिन्न भाषा र साहित्यमा स्थापित पुरस्कारहरूको वितरणको अवस्था विचार गर्दा नारी सर्जकले प्राप्त गर्ने सम्मान तथा पुरस्कारको सङ्ख्या निकै कम देखिन्छ। हुनत पुरुष सर्जकको तुलनामा नारी सर्जकको सङ्ख्या नै कम भएको र पुरुष सर्जकको तुलनामा नारी सर्जकको कृति पनि कम प्रकाशित भइरहेकोले एक कोणबाट हेर्दा स्वाभाविक लाग्दछ तर नारी सर्जकले पाउने पुरस्कार र सम्मान भने केही कम भएकै हो भन्ने आवाज पनि उठिरहेको छ। पुरस्कार तथा सम्मानमा नारी सर्जकको सहभागिता कम हुनु र यसको लागि आवाज उठ्नुमा सहानुभूति पनि भएको कतिपयको आरोप रहेको छ। अझ कतिपयले त समावेशिताको लागि नारी सर्जकको सम्मान गर्न आवाज उठेको आरोप पनि लगाएका छन्।     देशको सबैभन्दा ठूलो साहित्यिक पुरस्कार ‘मदन पुरस्कार’को इतिहासमा अहिलेसम्म सम्भवतः दुईजना नारी सर्जकले मात्र पुरस्कार प्राप्त गरेको देखिन्छ। सबैभन्दा पहिले पारिजातले आफ्नो कृति ‘शिरीषको फूल’को लागि र पछिल्लो समयमा झमक घिमिरेले ‘जीवन काँडा कि फूल’ कृतिका लागि। दुवै नारी सर्जकको कृतिमा फूल शब्द मेल खाएको छ। यो संयोग नै हो, विभिन्न दृष्टिकोणले दुई नारी सर्जकको जीवनमा पनि

पहिचानवादको दिग्भ्रमपथ

Image
- सञ्जय मित्र     कुनै पनि समाजको पहिचानको मूल आधार के हो ? समाजलाई के के वा कुन कुन कुराले चिनाउने गर्दछन् ?     कुनै पनि समाजको पहिचान उसको वाङ्मय हो। यो उत्तर सही हो, सतही होइन।     वाङ्मयले विशाल परिवेश ओगटेको हुन्छ। यसलाई छोटकरीमा यसरी भन्न सकिन्छ– मानिसको अभिव्यक्ति र जीवनशैलीको सम्पूर्णता वाङ्मय हो।     वाङ्मयलाई सङ्कुचित अर्थमा साहित्य भन्न थालिएको छ। साहित्य, कला, संस्कृति, जीवनशैली आदि जे जति अभिव्यक्तिका माध्यम हुन्, सबै वाङ्मय हुन्। यसैले के भन्ने गरिन्छ भने वाङ्मय भन्नु नै पहिचानको आधार हो।     मानिसको परिचयका अनेक आधारहरू हुन सक्छन्। बनाउन सकिन्छ। परिवेश तथा कालक्रम र चेतना तथा आधुनिकताको प्रभावले धेरै कुरा प्रभावित भइरहन्छन्। चेतनाले आफूलाई चिनाउन ठूलो भूमिका खेल्दछ तर चेतनशील मानिस चाहिं विवेकशील हुनु आवश्यक छ। होइन भने आफूलाई चिनाउनुको साटो आफूलाई बिर्संदै अरूको पहिचान आत्मसात् गर्न बेर लाग्दैन। तब जब आफूलाई थाहा हुन्छ कि म मेरो पहिचानको बाटोमा छु वा म मेरो पहिचानको बाटोबाट अलग भइसकेको छु, तब पहिचानले मनमनै गिज्याउन थाल्दछ। सम्भवतः यसै कारण डायस्पोरिकहरू आफूलाई नेपाली