Posts

Showing posts with the label गुड फ्राइडे

गूड फ्राइडे: क्रूसको मृत्यु

परिचय:     आजभन्दा दुई हजार वर्ष पहिले प्रभु यीशु ख्रीष्टलाई क्रूसमा झुन्ड्याई मृत्युदण्ड दिइएको दिन शुक्रवार परेको थियो । यो पवित्र सप्ताह अन्तर्गत ‘पास्कल ट्रिडम’ अथवा पवित्र तीन दिनभित्रको ईस्टर सन्डे अर्थात् प्रभु यीशुको पुनरुत्थान भएको आइतवारभन्दा अघिल्लो शुक्रवार हो । पास्कल ट्रिडमको गणना बिहीवार बेलुकीदेखि आइतवार बेलुकीसम्म गरिन्छ । त्यसभित्र पर्ने शुक्रवारलाई गुड फ्राइडे अर्थात् पवित्र शुक्रवार भनिने गरिएको हो । कसैलाई मृत्युदण्ड दिएको दिनलाइ ‘राम्रो’ कसरी भन्न सकिन्छ ? प्रभु यीशुले पाउनुभएको मृत्युदण्ड अरू भन्दा धेरै किसिमले फरक थियो ।     संसारका धेरै देशमा अहिले पनि मृत्युदण्ड दिने नियम र प्रचलन छ । हाम्रो छिमेकी देशमा दुई आतड्ढवादीलाई मृत्युदण्ड दिइएको धेरै भएको छैन । मृत्युदण्ड प्राय: ठूलो र समाजको लागि खतरा बनिसकेका अपराधीलाई दिइन्छ । तर प्रभु यीशुले कुनै पनि अपराध गर्नुभएको थिएन । बरु उहाँले आफ्नो जीवनकालमा मानव जातिको सेवा गर्दै परमेश्वरको राज्य प्रचार गर्नुभयो र अनगिनत रोगी–बिरामीलाई निको पार्नु भयो, यहाँसम्म कि समाजबाट अपहेलित कुष्ट रोगीहरू र वेश्यावृत्तिमा लागेकाहरूस