Posts

Showing posts with the label जीवनी

इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मद जन्मोत्सव- साविर अन्सारी

Image
    पैगम्बर मोहम्मद सल्लल्लाहो अलैहे वसल्लमको जन्म १२ रब्बिउल अव्वल मुताबिक २० अप्रिल, सन् ५७० इस्वी सोमवारको दिन भएको थियो । मोहम्मदको अर्थ हुन्छ जसको अत्यन्त प्रशंसा गरिएको होस् । उनले इस्लाम धर्मको प्रवर्तन गरे । उनी इस्लामका सबैभन्दा महान नबी र आखिरी सन्देशवाहक (अरबी: नबी या रसूल, फारसी: पैगम्बर) मानिने गरिन्छ जसलाई अल्लाहले फरिश्ता जिब्रइलद्वारा कुरआन संदेश दिएका थिए । मुसलमानहरू यिनीप्रति परम आदर भाव राख्ने गर्छन् । उनी इस्लामका अन्तिम नभएर बरु सबैभन्दा सफल सन्देशवाहकको रूपमा मानिन्छन् ।     मदिना जामे मस्जिद, वीरगंज–८ का हजरत मौलाना हाफिज व कारी मुफ्ती फुल महम्मद कादरी मिस्बाहीका अनुसार : मिलादुन्नबी अर्थात् ईस्लाम धर्मका संस्थापक पैगम्बर मोहम्मद साहबको जन्म दिन रबीउल अव्वल महिनाको १२ तारिखका दिन मनाउने गरिन्छ । हजरत मोहम्मद साहबको जन्म मक्का (साउदी अरब) मा भएको थियो । उनको बुवाको नाम अब्दुल्लाह बिन अब्दुल मुतलिब र आमाको नाम आमेना थियो । उनी ६ वर्षको हुँदा उनकी आमाको स्वर्गवास भयो । उनको लालनपोषण उनका काका अबू तालिबले गरे ।     हजरत मोहम्मद साहबलाई अल्लाहले एक दूतका रूपमा पृथ्

रौतहटेलीबीच गोविन्द भट्ट

Image
सञ्जय साह ‘मित्र’     नेपाली भाषा र साहित्यको क्षेत्रमा प्रगतिशील दृष्टिकोणका चिन्तक मानिने गोविन्द भट्ट भौतिकरूपमा नेपालीबीच रहेनन् । एकदिन हरेकले यहाँबाट बिदा लिनैपर्छ भन्ने अन्तिम सत्यलाई भट्टले वरण गरेका छन् । वि.सं. १९९४ मा रौतहट (पुरेनवा) मा जन्मेका गोविन्द भट्ट साहित्यकार थिए । साहित्यकार भनेपछि सामान्यतया सर्जक बुझिन्छ । उनी सर्जक थिए । सर्जकभन्दा पनि द्रष्टा अर्थात् समालोचक थिए । शब्दसित उनको निर्मम प्रेम थियो । कुनै व्यक्तिलाई, उनको व्यक्तित्वलाई, तिनको प्रसिद्धिलाई भनेर उनको कृतिको विश्लेषण नगरी आफ्नो शब्दलाई अनावश्यक खर्च नगरी ब्रह्मले देखेको लेख्ने समालोचक हुन् भट्ट । भट्टले जति समालोचना लेखे आफ्नो सैद्धान्तिक मान्यतालाई कायम राखेर लेखे ।     सिर्जनाको क्षेत्रमा सर्जकभन्दा समालोचक कम हुन्छन् । समालोचकभन्दा दार्शनिक अझ कम हुन्छन् । नेपाली साहित्यमा दार्शनिकको कमी त्यसै पनि कम छ । गोविन्द भट्ट समालोचकभन्दा अझ बढी दार्शनिक थिए । उनको वास्तविक परिचय दार्शनिकताबाटै खुलेको छ । नेपालीले भट्टलाई माक्र्सवादी दार्शनिकका रूपमा चिन्दछन् । स्वभाव, बोलीचाली तथा लेखन र जीवनदर्शनका क्षे