Posts

Showing posts with the label हास्य एकाङ्की

नक्कलीदेखि सावधान !

– समीर पाख्रिन गताङ्ककको बाँकी     महिला २ ः यति छोटो समयमा पनि कतै बिरामी जाँचिन्छ त डाक्टर सॉप ?     डा. पाण्डे ः ल किन जाँचिंदैन । टिकट काटेर पालो पर्खनु मात्रै त टाइम लाग्ने हो नि ।     बिरामी ः एई पतरी, तँ डाक्टरसित गफ गर्न आएकी कि मेरो उपचार गराउन भन त ? (चुल्ठोमा समातेर फनफनी घुमाउँछ)     महिला २ ः आइँया १ जड्याँहाले त भुतालेर मा¥यो है । पर्खन फीस मिलाउनुपरेन ?     बिरामी ः के बस चढेको हो र किच्किच् गर्ने ? जति भन्छ दिइहाल् । यहाँ मान्छे दाँत दुखेर मर्न आटिसक्यो ।     महिला २ ः डाक्टर सॉप, मेरो बूढोको दाँत झारिदिइ हाल्नोस् त, साहै्र दुःखेको जस्तो छ ।     डा. पाण्डे ः पहिला फीस जम्मा गर्नुप¥यो नि त ।     महिला २ ः अलिक मिलाएर भन्नोस् न त ।     डा. पाण्डे ः अरूलाई चार सय लिने गरेको छु । तपाईं तीन सय दिनोस् ।     महिला २ ः त्यो पनि धेरै भयो । (बिरामीले दुखाइ सहन नसकी अघि डाक्टरले पढ्दै गरेको अखबार धुजा–धुजा पारेर च्यात्छ ।)     डा. पाण्डे ः त्यसो भए अढाई सय दिनोस् । हेर त दुखाइ सहन नसकेर, पढ्नै नपाई मेरो अखबार धुजाधुजा पारेर च्यातिदिएछ ।     महिला २ ः डेढ सय जति गरेको भए ठीक्क हुने