Posts

Showing posts with the label विश्व एड्स दिवसको उपलक्ष्यमा

कसरी मनाउने एड्स दिवस ?

-शीतलप्रसाद महतो - ऐतिहासिक जनान्दोलन-२ को सफलतापछि मुलुक नयां नेपाल निर्माणमा जुटेको छ। नयां नेपालको निर्माण भनेको मुलुकमा राजनीतिक परिवर्तनसंगै सामाजिक तथा आर्थिक परिवर्तनबाट आम नेपाली जनताको जीवनस्तरमा सुधार भई उनीहरू अधिकार सम्पन्न हुनु पनि हो। संविधानसभाको निर्वाचन भई मुलुक अहिले सङघीय लोकतान्त्रिक गणतन्त्रतर्फउन्मुख छ। संविधानसभाको माध्यमबाट नयां संविधानको निर्माण र निर्वाचित सङघीय सरकारको गठन नभएसम्म मुलुकको  सामाजिक तथा आर्थिक क्षेत्रले लामो फड्को मार्न सक्छ भन्ने आशा पनि गर्न सकिन्न। तर एउटा कुरा के सत्य छ भने मुलुक अब पुरानो मानसिकताबाट चल्न सक्दैन।     नयां नेपालको निर्माणका लागि हरेक क्षेत्रमा देखिएका चुनौतीहरूको सामना गर्न सक्ने नयां सोच र शैलीबाट मुलुकलाई अगाडि बढाउनु सक्नुपर्दछ। मुलुकमा सामाजिक क्षेत्रको परिवर्तनलाई हेर्ने हो भने बहुसङख्यक नेपाली जनता अहिले पनि निर्धक्क र निर्वाधरूपमा स्वास्थ्य उपचार गराउन सकिराखेको छैन। मुलुकमा भएको राजनीतिक परिवर्तनसंगै विशेषगरी नेपालको विकास र गरिबी न्यूनीकरणमा प्रत्यक्ष प्रभाव पार्ने एचआइभी र एड्स नियन्त्रणका लागि पनि नयां लोकतान्त्