Posts

Showing posts with the label आजको बहस

Politics कि Politricks

    ७ फरवरी २०११ को रिपब्लिका दैनिकमा The Art Politicking शीर्षकमा प्रख्यात स्तम्भकार एवं विचारक सिके लालको एउटा लेख प्रकाशित भएको छ जसको एउटा अंशमा उहां लेख्नुहुन्छ– :Moist suprimo Pushpa Kamal Dahal has Proven himself a worthy disciple of the later, though he must have had chanakya at the back of his mind when he read Machiavelli's work in the light of marxist interpretation. Maozedong would have been happy to see his self-proclaimed Pupil thrive even in an extremely hostile geopolitical enviornment.     उहांको लेखको अंश पढिसकेपछि १७ औं पटकमा भए पनि निर्वाचन भएर निर्वाचित हुनुभएका प्रम झलनाथ खनालको लागि आउंदा दिनहरू कस्तो हुनेछन् भनेर विचार गर्नुपर्ने अवस्था देखिन्छ। यही लेखको अर्को अंशमा उहां लेख्नुहुन्छ– Dahal, Nepal & Khanal all are  brilliant people; it is just that they grew up during decades of confusion when being underground was considered a sacrifice and survival depended upon the ability to trick others. Majority of contemporary leaders of Nepali sociaty and polity

शहीद दिवस र श्रद्धाञ्जलि

-विनोद गुप्ता हिजो अर्थात् माघ १५ गते राति करिब ७ बजे वडा नं. ५ बाट मणि भाइले १६ गते शहीद दिवसको कार्यक्रममा नेपाली काङ्ग्रेसको सक्रिय सदस्यको हैसियतमा बिहान ८ बजे ना.उ.क्षे. अस्पतालमा शहीद थिरबम मल्लको सालिकमा र गण्डक चोकस्थित स्व. तेजबहादुर अमात्यको सालिकमा माल्यार्पणको कार्यक्रम रहेको सुनेर मन हर्षले विभोर भयो। नेकाका नेता रामहरि जोशीद्वारा ००७ सालको क्रान्तिको सन्दर्भमा लेखिएको एउटा पुस्तकमा यी दुवै वीरहरूको प्रेरक प्रसङगको उल्लेख भएको घटनामध्ये एक दुई सम्झन पुगें। पहिलो घटना थियो तत्कालीन बडा हाकिम सोम शम्शेरको बङगला कब्जा गर्दा ब्यारेकबाट आएका हतियारबन्द सैनिक टुकडीलाई स्व. तेजबहादुर अमात्यले गोली नभएको स्टेनगनधारक मुक्ति सेनालाई “ल स्टेनर यिनलाई ताक” भन्ने आदेश दिनु र ती मुक्ति सैनिकले आदेशको अर्थ बुझ्दै आफ्नै ज्यान जोखिममा राखेर खाली स्टेनगन लोड गर्ने कर्म गर्नु र त्यसैको भरमा राणा सैनिक टुकडीलाई नियन्त्रणमा लिनु। दोस्रो घटना शहीद थिरबम मल्लसँग सम्बन्धित छ। मलाई याद भएसम्म पुस्तकमा उनी सोम शम्शेरका भान्जा थिए भनी उल्लेख थियो र उनले आफ्नो ज्यानको बाजी लगाएर आफ्नै मामालाई नियन्त्

आयुर्वेदका प्रवर्तक धन्वन्तरि

Image
-डा. रमेश मिश्र -भू.पू. निर्देशक, आयुर्वेद विभाग     कार्तिक कृष्णपक्ष त्रयोदशीको दिन आज आयुर्वेदका प्रवर्त्तक भगवान् धन्वन्तरिको जयन्ती आजको दिन आयुर्वेदका चिकित्सक, कविराज, वैद्य तथा आयुर्वेद सम्बन्धित अन्य सङघ-संस्था अस्पताल, चिकित्सालयमा भगवान् धन्वन्तरिको पूजा गरिन्छ र आफनो र आफना सबै रोगी र अन्य व्यक्तिको दीघायु, सुस्वास्थ्यको कामना गरिन्छ। धन्वन्तरि जयन्तीलाई राष्ट्रिय आरोग्य दिवसको रूपमा मनाइन्छ। वास्तवमा विश्वले नै यही दिनलाई आरोग्य दिवस मान्नुपर्छ किनकि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अधिकांश देशहरूमा यस दिनलाई धनतेरसको रूपमा मनाइन्छ जुन धन्वन्तरि तृतीयाको अपभ्रंश शब्द हो। यस दिन घर-घरमा सरसफाइ गरी नयां भांडा किन्ने प्रचलन छ। धन्वन्तरि अर्थात् आयुर्वेदका देवताको उत्पत्तिबारे विभिन्न मतहरू छन्। आयुर्वेदका प्रथम प्रचारक र प्रसारक आदिदेव भगवान् धन्वन्तरि निर्विवादरूपले यसका प्रवर्त्तकका रूपमा प्रतिष्ठित छन्। पौराणिक तथ्यहरूमाथि दृष्टिपात गर्दा धन्वन्तरि विषयक प्राप्त जानकारीका अनुसार धन्वन्तरि नामको र्सवप्रथम उल्लेख वैदिककालमा समुद्र मन्थनको बेला अमृत-कलश धारण गरेको देवताको रूपमा

अनमिन पनि धर्मसङ्कटमा

    नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय मिसन -अनमिन) पटक-पटक विवादमा आउने गरेको छ । यसपालि एकपटक फेरि ए. माओवादीकै कारण ऊ विवादमा आएको छ । सरकार तथा अनमिनको अनुमतिबेगर माओवादीका कमान्डरहरू चीन भ्रमणमा गएको कुरा सरकारलाई मन परेको छैन र सरकारले यस घटनाप्रति आफनो गम्भीर आपत्ति प्रकट गरेको छ । सरकारले अनमिनसंग पनि यस विषयमा जवाफ मागेको छ । अनमिनको जवाफपछि सरकारले आफनो नीति प्रस्ट पार्ने सम्भावना छ । अनमिन माओवादीप्रति उदार भएको आरोप उसमाथि सुरुदेखि नै लाग्दै आएको छ ।     नीतिगतरूपमा विशेष समिति मातहत आइसकेकाले लडाकू कमान्डर विदेश भ्रमण जांदा समितिबाट अनुमति लिनु आवश्यक थियो भन्ने तर्क सरकारको छ भने ए. माओवादीको विचारमा  १२ प्रतिश्ात लडाकूले बिदा लिन पाउने प्रावधान रहेका कारण ती लडाकू बिदा लिएर जहांपनि जानसक्ने भएकाले अनमिनसंग जवाफ मागिरहन आवश्यSm छैन । सबैभन्दा दुःखद र विवादास्पद भूमिका उत्तरी छिमेकी चीनको रहयो जसले जानीजानी माओवादी लडाकूलाई बोलाउने काम गर्‍यो र सरकारद्वारा गठित विशेष समिति र अनमिन मातहत रहेका लडाकूलाई अतिथिकोरूपमा बोलाउनु दर्ुभाग्यपूर्ण कार्य गर्‍यो । यसले के साबित गर्दछ भन

पिछडावर्ग (ओबिसी) को राज्यमा समावेशीकरण

-कौशलकुमार सिंह (कुशवाहा)     नेपालको संविधान २०४७ अनुसार वि.सं. २०५४ सालमा तत्कालीन श्री ५ को सरकारले नेपालमा रहेका जातजातिमध्येबाट ५९ जातलाई आदिवासी जनजातिमा र २० जातलाई दलितमा राखेर आदिवासी जनजाति तथा दलित ऐन जारी गर्‍यो। त्यसबाहेक अन्य जातजातिलाई जसको आर्थिक, सामाजिक, शैक्षिक र राजनीतिक अवस्था दलित र जनजातिभन्दा पनि कम र कतिपय समान रहे पनि सुविधाबाट वञ्चित गरियो। कारण थियो, दलित र जनजातिको परिभाषामा पिछडावर्ग नपर्नु। नेपालको संविधानमा कसैलाई जात, धर्म, लिङगको आधारमा विभेद गरिने छैन भनिएको छ। राज्यले बनाएको संविधानविपरीत राज्यकै कानुन रहेको हुनाले पिछडावर्ग -इद्यऋ) लाई जनसङख्याको आधारमा सहभागी बनाउन सकिएन।         २०५४ सालमा सरकारले दलित र जनजाति/आदिवासीलाई आर्थिक, सामाजिक, शैक्षिक सुविधा दिने तयारी गर्‍यो, तर त्यस मापदण्डमा पर्ने सबैलाई समेट्न सकेन। जसकारण पिछडावर्गभित्रका जातजातिहरूले छुट्टै सङगठन बनाएर सङघर्ष सुरु गरे। २०६१ सालदेखि यस मुद्दालाई राष्ट्रियकरण र अन्तराष्ट्रियकरण गर्दै यो माग सरकारसमक्ष पुग्यो र अधिकारको आन्दोलन सुरु भयो।     सुरुमा केही जातजातिहरू मात्र सहभागी रहे

पशुको होइन पशुत्वको बलि

-ए.सी. सुमन     पावन पर्व तीज, चौडचनर्,र् इद, जितिया सकिसकेको छ। अब दशैंको माहोल छ। चार्डपर्व हाम्रो सांस्कृतिक सम्पदा हुन्। नेपालीहरूको महान् चाड दशैं आउन लाग्दा पूजापाठलगायत नयां-नयां कपडा, खानपिनका सामग्रीहरूको र्सजाममा सबै जुटेका छन्। अदुवा, लसुन, जीरा, मरिच, गरम मसालासंगै खसी, बोका, भेडा, च्याङग्रा, रांगाको विशाल खरिदारी पनि हो। कतिपयले शक्तिपीठहरूमा भाकल वा आस्था अनुसार पशुबलि दिने गर्छन्। हातभरि पैसा बोकी खसी, बोका, भेडा, च्याङग्रा, रांगा, भैंसीको ढाड छाम्न व्यस्त छन् मानिसहरू। मासुको स्तर हेरी मोलतोल गर्छन्। प्रायः घरहरूमा छिनाल्न खुंडा, खुकुरी, चक्कुलगायत हतियारमा अग्रीम सान -धार) चढाइ राख्छन्।         अष्टमीको दिन पर्खिबसेका ती धारिला हतियारहरू निर्दोष प्राणीको गर्दनमा बज्रने गर्छन्। अरू दिनभन्दा धेरै परिमाणमा जुटाइएको मरमसाला तिनको मासुमा मिसाइ विभिन्नथरिका स्वादिष्ट परिकारका साथ खुब रमाइलो गरिन्छ। लाग्छ निर्दोष पशु होइन त्यो दिन संसारका सृष्टिका ठूलै दुश्मनको अन्त्य भएको छ। त्यो दिन लाखौं प्राणी सांसारिक जीवनबाट बिदा हुन्छन्। रगतको खोलो बग्छ। नेपालमा यस दिन जति जीव हत्या

नयां खेलाडीको ठूलो खेल

बिनोद गुप्ता     २०६७ साल १२ गते असोजको नागरिक दैनिकमा भारतका पूर्व विदेशमन्त्री जसवन्त सिंहको माथि उल्लिखित शीर्षकमा एउटा लेख प्रकाशित भएको छ। उहां लेख्नुहुन्छ- अहिले दक्षिण एसियालाई दुइ ठूला खेलले हल्लाएको छ। पश्चिममा अफगानिस्तानमा हेनरी किसिंगरको शब्दमा ँइस्लामी जेहाद’ले अन्तर्राष्ट्रिय सुरक्षालाई चुनौती दिएको छ भने पूर्वमा चिनियां फौज ठूलो सङख्यामा पाकिस्तान अधिकृत कश्मीरको काटाकोरग क्षेत्रको हिमाली भेग गिलगिट वाल्टीस्तानमा प्रवेश गरेको छ, जहां भारत-पाकिस्तानबीच सियाचिन युद्ध भएको थियो ।     भारत र चीनबीच विस्तार भएको वार्षिक ६० अर्ब डलरभन्दा बढीको कारोबारले दुइपक्षीय सम्बन्धमा सुधार हुने ठान्नु गल्ती हुनेछ। व्यापारमा विस्तार भइरहे पनि चीन आप\mनो कथित ँमोतीको माला नीति’ अनुरूप भारतलाई सीमित जमिन र समुद्री सीमामा सङकुचित पार्न प्रयतनरत छ। वास्तवमा अफगानिस्तान र गिलगिट वाल्टिस्तानको पासोले भारतको राज्य व्यवस्थालाई स्वतन्त्रपछिको सबैभन्दा ठूलो चुनौती दिएको छ।     यस चुनौतीलाई भारतले सामना गर्न सक्छ, सक्दैन भन्ने कुरा सङघर्षबाट निश्चित हुनेछ र आउने शताब्दी एसियामा भारतीय हुने हो वा

दल-दलमा राजनीति

-विनोद गुप्ता---   नेपाली काङग्रेसको महाधिवेशन सफलतापूर्वक समाप्त भएको छ। यस महाधिवेशनलाई पनि पराम्परागत शैलीकै भन्नुपर्दछ किनभने यसमा पनि वैचारिक पक्षमा बहस नै भएन र सम्पूर्ण सोच निर्वाचनतर्फ केन्द्रित रह्यो। तर निर्वाचनको परिणामले भने पार्टीको सामान्य कर्ताकर्ताले पार्टी एक ढिक्का भएर संस्थागतरूपमा चलोस् भन्ने परिपक्व सोच राखेर दुवै पक्षलाई मत प्रदान गरेको छ। यस प्रक्रियालाई व्यक्तिवादी भनिए पनि गहिरोसंग विचार गर्दा यसको विकल्प पनि छैन। नीति र सिद्धान्त एउटै भएपछि भोट गर्ने आधार व्यक्तिको व्यक्तिगत गुण-अवगुण नै हो। अर्को विकल्प पैनल हुन्छ जसमा गुण-दोषको समग्र मूल्याङकन गर्न सकिंदैन। यस अर्थमा काङग्रेस एक ढिक्का हुन पुगेको अनुभूति मिल्नु सुखद र स्वागतयोग्य हो। यस अर्थमा निर्वाचनमा वैचारिक बहस नभए पनि निर्वाचितहरूले राजनीति बुझदै त्यसको सामना गर्दै अगाडि बढ्नेछन् र तिनको एकताले सही निर्णय गराउने अपेक्षा गर्न सकिन्छ।     काङग्रेस महाधिवेशनको अवधि नै पारेर गरिएको माओवादी-एमाले आरआरएन सहमतिकर्ताहरूले सहमतिमा राष्ट्रिय सरकार गठन गर्ने जति सुगा रटाइ गरे पनि यस्ता सहमतिहरूको स्थानले पनि केह

नेपाल-भारत सम्बन्धः नयां आयाम

विनोद गुप्ता     भदौ १६ गतेको कान्तिपुरमा "भारतले नेपाली सीमामा रेडियो बजाउने" शीर्षकको एउटा समाचार प्रकाशित भएको थियो। यसमा भारतीय सुरक्षा एजेन्सीहरूको दुइपटकको गोप्य प्रतिवेदनको आधारमा भारत सरकारले यो निर्णय लिएको कुरा उल्लेख छ। तर समाचारभन्दा पनि दिल्लीबाट प्रकाशित हुने हिन्दूस्तान टाइम्सको शीर्षकले सबैको ध्यान आकृष्ट गरेको हुनर्ुपर्छ। शीर्षक छ "सीमा युद्धः सरकारले नेपाली र पाकिस्तानी टिभी र रेडियोलाई चुनौती दिने"। यस शीर्षकले कता हो भारतको नेपाल नीति स्वतन्त्रभन्दा पनि पाकिस्तानी परिवेशबाट नेपाललाई हेर्ने हुन थालेको आभाष मिल्यो। होइन भने नेपालमा रहेका ६४ वटा एफएम स्टेशनहरूमध्ये भारतको उत्तर प्रदेश र बिहारको सीमावर्ती क्षेत्रभन्दा भित्र पहुंच नभएका छन् र टेलिभिजनको कुरा गर्ने हो भने स्याटेलाइट प्रयोग गरी भारतीय भूमिबाट प्रसारण भइरहेको ँनेपाल १’ लाई नियन्त्रण गर्न नसक्ने देशको टेलिभिजन कार्यक्रमले भारतको सुरक्षा संवेदनशीलता बढाउनु आर्श्चर्यजनक जस्तो लाग्छ।         नेपालका टिभी च्यानलहरूले नेपाली भाषामा प्रसारण गर्ने गरेका कार्यक्रमबाट भारतलाई कुनै खतरा देखिंदैन क

शिक्षा र संस्कार व्यक्तित्व निर्माणका निर्णायक तत्त्व

जगदीश शर्मा     मनुष्यको स्वभावमा राम्रा र नराम्रा दुवै प्रकारका प्रवृत्तिहरू छन्। शिक्षा, संस्कार र वातावरणले जुन प्रवृत्तिहरूलाई आकरि्षत, आमन्त्रित गर्दछन्, व्यक्तिमा तिनै प्रवृत्तिहरू बढ्छन्, फल्छन् र फुल्छन्।     शिक्षा र संस्कार जस्ता स्वाभाविक निर्णायक तत्त्व पनि वातावरणमा नै अवलम्बित हुन्छन् र वातावरणले पनि त्यसैलाई प्रभावित पार्दछ, जो त्यसका निकट बस्दछ। हुनत वातावरण एउटा स्थितिको नाउं हो। जहां जुन प्रवृत्तिका मानिसहरू बढी हुन्छन्, त्यहां त्यस्तै वातावरण उत्पन्न हुन्छ। यस अर्थमा मानिसको स्वभाव यस कुरामा निर्भर रहन्छ कि ऊ कस्तो मानिसको सङगत गर्दछ।  दृढ सङकल्पी र निष्ठावान व्यक्तिहरूको कुरा बेग्लै छ अन्यथा मानिस आफना निकटवर्ती व्यक्ति तथा परिस्थितिबाट प्रभावित भएर नै कुनै क्रियाकलाप अथवा गतिविधि अंगाल्छन्। त्यसैले भनिएको पनि छ सङगति गुनाको फल।     जस्तो मानिसहरूको सङगत हुन्छ, जसको निकट सम्पर्क बढी हुन्छ, उनैको गुण सबल भएर व्यक्तिलाई आफनो समान बनाउंछ। मिश्रीको थुप्रोमा परेको बांसको टुक्रा पनि मिश्रीकै भाउमा बिक्री हुन्छ। व्यक्तिले निसर्गतः कुनै रेडिमेड व्यक्तित्व लिएर जन्मेको हु

कति सतर्क छौं भुइंचालोबारे वीरगंजवासी

-विनोद गुप्ता     साउन २४ गतेको दि हिमालयन टाइम्समा Will Kathmandu Survive Earth Quake (के काठमाडौंले भूकम्प झेल्न सक्नेछ) नामक एउटा लेख पढ्दै थिएं। यसले हामी एकपटक काठमाडौंको जाममा अड्केपछि टैक्सीचालक भाइले दिक्क मान्दै यसलाई सपार्न काठमाडौंमा ठूलो भुइंचालो नै आउनुपर्छ भनेको सम्झन पुगें। र यसैक्रममा हामी आफैं बस्ने शहर वीरगंजमा भुइंचालो आयो भने के होला सोच्न पुगें ? वीरगंज ८ रेक्टर स्केल क्षेत्रमा पर्दछ। अर्थात् भुइंचालोको तीव्र झटका आउने संवेदनशील क्षेत्र हो र तीव्रता एवं समयको आधारमा यो विनाशकारी हुन सक्छ।     यस कुरालाई मध्यनजर राखी वीरगंजमा भुइंचालो गयो भने सार्वजनिक एवं निजी भवन तथा क्षति न्यूनीकरणको हाम्रो तयारीबारे विचार गर्न थालें। वीरगंजका अधिकांश सार्वजनिक भवनहरू पुराना एवं जीर्ण छन्। नयां बनेका केही भवनहरूजस्तै नाउक्षेको ऐश्वर्य प्रसूति गृहबाहेक अन्य नयां भवनहरू पनि भूकम्प प्रतिरोधी छन् वा छैनन् भन्न सकिंदैन। ४ वटा डन्डी र रिङग हालेर पक्की संरचनाको रूपमा ठड्याइका अधिकांश घर (झन्डै ९० प्रतिशत) भूकम्प प्रतिरोधी छैनन्। किनभने यस्तो घरहरूको नक्सा पास गर्दा ँएसओपी’ को व्यवस्था

भारतीय राजनीतिमा नेहरू-गांधी परिवार

-श्रीमननारायण     भारतीय राजनीतिमा नेहरू-गांधी परिवारको त्याग, बलिदान र योगदानलाई अतुलनीय, अविस्मरणीय र अनुकरणीय मानिन्छ। विश्व इतिहासमा नेहरू-गांधी परिवारले आफनो देशका लागि जति योगदान गरेका छन् त्यति अरू कुनै पनि देशका नेताले गरेका छैनन्। विदेशी अङग्रेजहरूको कठोर शासनबाट भारतका जनतालाई मुक्ति दिलाइ देशलाई स्वतन्त्र मुलुकको रूपमा स्थापित गर्न त्यस परिवारले अग्रणी भूमिका निर्वाह गरे। आधुनिक भारतको निर्माणमा त्यस परिवारको भूमिकालाई भारतका जनताले कदापि बिर्सने छैनन्।     स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूले भारतलाई स्वावलम्बी, आत्मनिर्भर र विकसित बनाउन एउटा ठोस योजना बनाए। पण्डित नेहरू कुराभन्दा बढी काममा विश्वास राख्दथे। उनको कथन थियो- "कामबिनाको सोचाइ र सोचाइबिनाको काम अर्थहीन अर्थात् व्यर्थ हुन्छ।" उनी कर्मयोगी थिए। पश्चिमी सभ्यता र संस्कृतिमा पढेलेखेका उनी भारतीय परम्परा र संस्कारलाई पनि बिर्सन सकेनन् र आफनो राष्ट्र, संस्कृति र परम्परामाथि उनको गहिरो आस्था थियो। उनी प्रकृतिका प्रेमी थिए। गङगा, हिमालयलाई उनी बढी सम्मान गर्दथे। अङग्रेजहरूको शासनबाट भार

वृक्षरोपण ः स्थानीय आवश्यकताको अवहेलना

जगदीश शर्मा .     अचेल देखावटी रूपमैं भए पनि वृक्षरोपण गर्ने चलन छ। रूख-बिरुवा, वन-जङगलको महत्त्व नबुझेर वा स्वार्थको वशीभूत भएर नेपालको मात्र होइन, विश्वकै वन-जङगलको विनाश भइरहेको छ। नेपालमा यसको असर किन पनि सर्वथा प्रतिकूल छ भने यो मुलुकसंग संसाधन विकसित गर्ने साधनको कमी र साधन प्रयोग गर्ने जागंरको सर्वथा अभाव छ। वन-जङगलको विनाशले पृथ्वीको हरियाली हराएको त छंदैछ, जमीनलाई बन्जर पनि बनाइरहेको छ। अहिले त विश्व समुदायले वातावरणमा कार्बन उर्त्र्सजन थोरै गर्ने तथा उत्र्सर्जित कार्बन शोषण गर्ने मुलुकहरूलाई आफूले पुर्‍याएको क्ष्ँतिको भर्पाईस्वरूप अनुदान दिइरहेका छन्। जुन मुलुकको जति बढी वन-जङगल क्षेत्र छ उसले त्यति नै बढी अनुदान वा आर्थिक लाभ प्राप्त गर्न सक्दछ। यस दृष्टिले पनि वृक्ष्ँको महत्त्व निकै छ।     प्राचीन नेपाली समाजमा वन-जङगलबाहेक गाउं बस्तीमा वर, पीपल, नीम, आंप, पाकड, महुआ, कदम्ब, अशोक जातका छायादार वृक्षहरू लगाउने चलन थियो। यी वृक्ष्ँहरूको गुण आज सबैले बिर्सिसकेका छन् र पिपल, विकासे अशोक, धूपी, युक्लिपिस र क्रिसमस ट्री भनिने विदेशी वृक्षहरू लगाउने चलन बढेको छ भने आर्थिक लाभका

के हो जनसेना भनेको

-जगदीश शर्मा     आज देशमा सेनाको महत्त्वमाथि विशेष विवाद उठेको छ। सेनाबिना राज्य सञ्चालन हुन सक्दैन, सेनाबिना राज्यको प्रभुत्त्व कायम हुन सक्दैन। २४० वर्षसम्म सेनाकै भरमा शाहवंश टिक्यो। सेनाकै भरमा माओवादी छोटो अवधिमा राज्यसत्ता सञ्चालन गर्ने अवस्थामा पुग्यो। त्यसैले सेनाको आवश्यकता र अपरिहार्यता आज सबैको चासोको विषय बनेको छ। हुन पनि सेनाबिना राज्यको कल्पना गर्न सकिंदैन। त के सेनालाई यति विशिष्टता प्रदान गर्ने, सैन्य उपस्थितिलाई यति अनिवार्य बनाइदिने कि भोलि राज्यले सेनाबिना कुनै काम गर्नै नसकोस् -     सेना आवश्यक छ। सेनाले राज्यको गरिमा बढाउंछ, सेनाले भूगोलको रक्षा गर्छ, आपत-बिपतमा सेना जनताको सहयोगी साबित हुन्छ। यहांसम्मको कुरा सत्य हो। तर सेनाको बलमा राज्यसत्ता कायम गर्ने चाहनाले भने अन्ततोगत्वा सेनाको महत्त्वाकाङक्क्षा मात्र बढ्छ। सेनाको महत्त्वाकाङक्क्षा बढ्नुको अर्थ हो, राज्य विस्तार। त्यसका लागि नेपालको भूराजनीतिक अवस्था बिल्कुल प्रतिकूल छ। यसै पनि आजको विश्वमा कुनै पनि सर्वशक्तिशाली राष्ट्रले राज्य विस्तारको सपनासमेत देख्न सक्ने परिस्थिति छैन। अरू कुनै कारणले राज्य विस्तार भए

सुरुआत अध्यक्ष प्रचण्डबाटै हुनुपर्छ

-विनोद मेहता     २०४७ सालमा राजा तथा काङ्ग्रेसको संयुक्त सरकार गठन र संविधान निर्माणका लागि संविधानसभाको चुनावलगायत एजेन्डा समेटेर दिल्ली सम्झौता सम्पन्न भएको थियो । तत्पश्चात न संविधानसभाको चुनाव भयो न संविधान नै बन्यो । एकैपटक २०१५ सालको पहिलो आमनिर्वाचनमा बिपी कोइराला प्रधानमन्त्री हुनुभयो र २०१७ साल पुस १ गते राजा महेन्द्रले ँकू’ गरेर शासन भार स्वयंले ग्रहण गर्दै २०१९ सालमा राजाको प्रत्यक्ष शाासन रहने नेपाल अधिराज्यको संविधान २०१९ जारी गरेर ३० वर्षसम्म पञ्चायती शासन गरे । २०१५ सालमा चुनाव जितेर सरकार गठन भएपछि नेपाली काङ्ग्रेसले सबभन्दा पहिले मुक्ति सेना विघटन गर्ने कार्य गर्‍यो जसले गर्दा परम्परागतरूपमा राणा र राजाको नजिक रहेको सेनाले २०१७ सफल पार्न आफनो सम्पूर्ण शक्तिको प्रयोग गर्‍यो र प्रजातन्त्र मासियो ।     त्यस बेलादेखि नेपाली काङ्ग्रेस निरन्तर प्रजातन्त्र स्थापनाको लागि लडिरह्यो तर राष्ट्रिय, अन्तराष्ट्रिय कारणहरूले उसले सफलता पाउन सकेन । २००७ देखि २०३२ सम्मको हातहतियारको लडाइंको दौरान पाएको अनुभवको आधारमा बिपी कोइराला २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति अख्तियार गर्दै ने

चक्रव्यूह-४

-विनोद गुप्ता- भर्खरै राष्ट्रिय विकास परिषद्को बैठक सकिएको छ। यसले पञ्चवर्षीय योजना बनाउन सरकार असफल भएपछि राष्ट्रिय योजना आयोगले तयार गरेको तीनवर्षो योजनालाई स्वीकृति प्रदान गरेको छ। यस त्रिवर्षीय योजनाको सबभन्दा महत्त्वाकाङ्क्ष्ँी लक्ष्य गरिबीलाई ६ प्रतिशतले घटाउने रहेको छ। यस त्रिवर्षीय योजनाले लिएको विभिन्न लक्ष्यहरूमध्ये आर्थिक वृद्धिदर ५.५ प्रतिशत राख्ने र मुद्रास्पिmति ६-७ प्रतिशतमा सीमित राख्दै विद्युत्को पहुंच ६५ प्रतिशत र पानीको ८५ प्रतिशत पुर्‍याउने लक्ष्य तय गरेको छ। यी सबै लक्ष्यप्राप्तिका लागि सरकारलाई धेरै शुभकामना दिंदै तथ्याड्ढदरको विश्लेषण गरी वास्तविकता बुभ\mने प्रयास गर्न जरूरी छ।     गरिबीको प्रतिशत २१ मा झार्ने लक्ष्य ठीक छ तर यससंगै सरकारको स्वीकारोक्ति के भनेर पनि बाहिर आएको छ भने यसभन्दा पूर्वको त्रिवर्षीय योजना आफनो लक्ष्य प्राप्त गर्नमा असफल रह्यो र विगतमा घटेको गरिबी शहर केन्द्रित भएको र ग्रामीण क्ष्ँेत्रमा यसको पहुंच पुग्न नसकेको देखिन्छ। धनीहरू झन् धनी र गरिबहरू झन् गरिब हुने यस अवस्थामा गरिबी घट्यो कसरी भन्न सकिन्छ । योजना आयोगका पूर्वउपाध्यक्ष्ँ डा. श