Posts

Showing posts with the label एकाङ्की नाटक

तीजको पूर्वसन्ध्यामा

Image
– समीर पाख्रिन गताङ्ककको बाँकी मेलिना ः होमवर्क सकिस् त ? कृष ः सकें । अब लर्न गर्न मात्र बाँकी छ । आएर गर्छु । मेलिना ः के काम छ, तुरुन्त सकेर आइज् । हजुर आमासित बजार जानुछ । एकल महिला ः भोलि खानपिन गरेर सासु बुहारी जाउँला नि १ हुन्न र ? मेलिना ः त्यो पनि हुन्छ मुमा । मेरो पनि टेलरकोमा जाने काम छ । ( स्वयंसित ) यो जुनाको हार पाएन भने यो पालिको मेरो तीज बोर होलाजस्तो छ । कसको हात प¥यो होला को नि १ ( यत्तिनै बेला मेलिनाका केही साथीहरू मेलिनालाई भेटन आउँछन् । ) अप्पुई १ यिनीहरू आउने रहेछन् कस्तो खबरै नगरी आएको । बस् खश्बु, बस् न जरिना किन उभिरहेकी ? ( सबैजना बस्छन् । एकल महिला कोठामा आउँदा सबैले उठेर अभिवादन गर्छन् । ) खुश्बु ः ममी नमस्कार १ सञ्चै हुनुहुन्छ ? एकल महिला ः (सबैतिर सरसर्ती हेरेर) सञ्चै नानी १ अनि हुल बाँधेर कता नि ? खुश्बु ः ममी , हेर्नाेस् न १ जुनाको हार हराएर हामीलाई समेत टेन्शनमा पारेको छ । खै कसको हात प¥यो १  हामी अहिले जुनालाई भेटेर आइरहेका छौं । रोएर शिथिल भएकी छे । प्रहरीले खोजी कार्य तीव्र पारेको छ भन्दैथिई । मेलिना ः हो त नि, मैले जुनालाई लगेर तुरुन्त जाहेरी गरिह

तीजको पूर्वसन्ध्यामा

Image
– समीर पाख्रिन दृश्य ः मेलिना तीज महोत्सवमा पुग्न कोठामा हतारहतार शृङ्गारपटार गर्दैछिन् । यत्ति नै बेला उनकी साथी जुना महँगो वस्त्र र गहनामा सजिएर कोठामा प्रवेश गर्छिन् ।     जुना ः ल हेर त, यो मेलिना त अभैm तयार भैसकेकी रहिनछ ।     मेलिना ः (जुनातिर नहेरी अनुहारमा लोसन घस्दै) देखिनस् कपडा लगाइसकेकी छु । अब मेकअप मात्र बाँकी त हो नि । एकै क्षणमा भइहाल्छ । टिभी खोलेर हेर्दै गर् न ।     जुना ः ल ल छिट्टो गर् । अँ साँच्चै, तँ पार्लर गइनस् ?     मेलिना ः गएकी त हो नि, कुनै पार्लरमा खुट्टा हाल्ने ठाउँ थिएन ।     जुना ः ए हो र ? मैले त हिजै नाम टिपाइराखेकी थिएँ, सजिलो भयो ।     मेलिना ः हेर्न मलाई त घरमा मेकअप गर्नै आउँदैन ।     जुना ः अनि घरमा तँ एक्लै ? खोई त मुमा र कृष बाबु ?     मेलिना ः कृष होमवर्क बनाउँदै होला । मुमा कोठामा ढल्केर बस्नुभएको होला ।     जुना ः बिचरी, मुमालाई तीज आउँदा कस्तो लाग्दो होला है मेलिना ?     मेलिना ः त्यही त, बुबा (ससुरो) बित्नुभएको पनि यो भदौमा चार वर्ष पूरा हुन्छ । सधैं तीजमा रुनुहुन्छ । मलाई नराम्रो लाग्छ ।     जुना ः एकल महिला भएर बाँच्न पनि गा¥हो हुन्छ ह