Posts

Showing posts with the label यात्रा

युरोपमा चुरोट दिवसजस्तै लाग्यो फ्रैंकफर्टमा

Image
जर्मनीको प्रैंकफर्टमा लेखक दम्पती । वैद्यनाथ ठाकुर     युरोप महादेश आपैंmमा निकै महŒवको महादेश हो । मानव सभ्यताले हालसम्म आर्जन गरेको ज्ञान, विज्ञान, प्रविधि तथा विकासको मुख्य स्तम्भ नै युरोप रहँदै आएको छ । प्राचीनकालदेखि नै मानव समाजसमक्ष बारम्बार आउने गरेका प्राकृतिक आश्चर्य, समस्या वा प्रश्नहरूलाई वस्तुगत ढङ्गले निरूपण गर्ने प्रवृत्ति तथा प्रविधि दुवै कुरा युरोपबाट नै आएका हुन् । ईश्वर, अज्ञानता र अन्धविश्वासको सट्टा ज्ञान, विवेक र विज्ञानलाई जोड दिएर आजभन्दा सवा चार सय वर्ष पहिले नै युरोपले साढे तीन सय वर्षसम्म लगातार (सन् १३५० देखि १६०० सम्म) पुनर्जागरण आन्दोलन चलाएर मानवसमाजमा विज्ञान स्थापित गर्ने तथा अन्धविश्वासलाई विस्थापित गर्ने कार्यमा मुख्य भूमिका खेलेको छ । यसै अवधिमा कला, साहित्य, विज्ञान, राजनीतिलगायत सम्पूर्ण क्ष्Fेत्रमा तीव्र विकास भयो । अहिले पनि विकासको कुरा गर्नुपर्दा हामी युरोपकै कुरा गरिरहेका हुन्छौं । हो, यही युरोप भ्रमणमा जानको लागि निजी तवरमा जर्मन राजदूतावासबाट हाम्रो रिस्ट भिसा आएपछि हामी अत्यन्तै खुशी भयौं ।     इतिहास विषयमा नै आपूmले स्नातकोत्तर गरे

कामरूप कामाक्षा

Image
जगदीश शर्मा     दर्शन गरिसकेर, कसैले नरिवल फोडे, कसैले दर्शनीय मन्दिरको वरिपरि घुम्दै आनन्द लिए । शक्तिपीठमा बलि चढाउने परम्परा हामीकहाँ त प्रशस्त देखिन्छ, त्यहाँ देखिएन । सामान्य सोधपूछ गर्दा कसैले बताएन पनि । तर कामाख्यामा पनि बलि चढ्दो रहेछ । भक्तहरू देवी दर्शनका लागि आउनुपूर्व बोकाको बलि चढाइँदो रहेछ । यो कुरा प्रायः मानिसलाई पत्तो दिइँदैन । हामी समूह–समूहमा विभाजित भएर फोटो खिच्न थाल्यौं । केही सट मैले पनि लिएँ । तर मलाई यता भारत गएताका जहिले पनि मोबाइलले धोखा दिने वा आफैं जान्ने नभएर वा हुस्सु भएर हो, धित मरुन्जेल फोटो खिच्नै पाएको होइन । यसपालि त रिचार्ज कार्ड लग्न बिर्सेर यस्तो भएको थियो । रक्सौलमा रेल चढेपछि पो थाहा भयो, रिचार्ज बिर्सिएको रहेछ । फेरि मेरो आइफोन । हतपति कसैसँग नहुने । त्यसैले ट्रेनमैं अफ गरेको मोबाइल, मात्र फोटो लिनका लागि खोल्थें । ती फोटोमध्ये पनि धेरै त बैंकक जाँदा मिल्काउनुपरेको थियो । त्यो कथा कहिल्यै थाइल्यान्ड भ्रमणको लेखमा जोडिएला । मन्दिर, लजमा दुईचार सट र ब्रह्मपुत्र नदीमा नौका विहार गर्दा दुईचार सटबाहेक भैरवस्थानको फोटो खिच्नेसम्म ब्याट्री रहेन ।

अधूरो यात्रा

Image
जगदीश शर्मा     हामी गङ्गातटबाट फक्र्यौं । भोलिपल्ट मुरादाबादका लागि हिंड्नुपर्ने थियो । मुरादाबादमा ‘सत्याग्रह’ सँग मेल हुनेगरी हरिद्वारबाट टे«न थिएन । एउटा थियो पनि देहरादूनबाट आउने, तर मुरादाबाद हाम्रो टे«नभन्दा आधा घण्टामात्र पहिले पुग्ने । भारतको टे«न, समयको कुनै नियमितता हुँदैन । दुई घण्टासम्म ढिलोलाई समयमैं आएको भनिन्छ । हामीले बस समात्यौं, ११ बजेको । हिंड्नु अघि नाश्ता ग¥यौं । दिनको खाना भगवान् भरोसे । भयो पनि त्यही बस १ः३० बजेतिर एउटा डिपोमा रोकियो, तर त्यहाँ भएका होटलमा कसैलाई पनि मन पर्ने खाना भेटिएन । एउटा होटलमा एउटा थोक, अर्कोमा अर्को । मन मारेर मुरादाबाद पुग्यौं अपराह्न ४ः३० बजे । सामानहरू स्टेशनमा पु¥याई खाना खान हिंड्यौं । म, बिन्दु र सम्धीजी एउटा सरदारको होटलमा पस्यौं र तन्दुरी रोटी, चिकेन खायौं । मलाई खासै मीठो लागेन । अरूले अर्कै होटलमा शाकाहारी भोजन ग्रहण गरे । फर्कंदा पनि म र बिन्दुको बोगी छुट्टै र अरूको कम्पार्टमेन्ट छुट्टाछुट्टै भए पनि बोगी एउटै थियो । राति सुत्ने त हो भनी चित्त बुझायौं । सबै यात्रामा सम्धीजीको साथ रहला र हाँस्दै–खेल्दै यात्रा पूरा होला भन्ने

अधूरो यात्रा

Image
जगदीश शर्मा गताङ्कको बाँकी...     बिहान उठ्न अलि ढिलो भयो । स्नानादिबाट निवृत्त भएर बाहिर निस्कँदा ६ बजिसकेको थियो । धर्मशालाको आँगनले भर्खरै पानी परेको आभास दिइरहेको थियो । शहरबीचको कुरा हो, पानी परे कतै ओत लागूँला भन्ने सोचेर प्रातः भ्रमणमा निस्कें । आकाशमा मेघ थियो । मौसम अलि ठण्ढा, बजारमा निकै भीड थियो । सामुन्ने नै रेलवे स्टेशन थियो, भीड हुनु कुन ठूलो कुरो । दुई किलोमिटर जति हिंडेपछि टाउकोमा एक थोपा पानी प¥यो । म फर्कें । धर्मशालाको कार्यालयमा लोकनाथजी थिएनन् । कोठातिर जाँदा बाटोमा भेटिए र मैले स्वामीजीसँग कुरा गर्ने इच्छा जाहेर गरें । उनले लगे । ९६ वर्ष उमेर काटेका स्वामी श्यामसुन्दरजी अखबार पढ्दै थिए, आँखामा चश्मा थिएन । लोकनाथजीले कानैमा गएर भने ‘उहाँ नेपालबाट आएको पत्रकार, तपाईंको दर्शन गर्न आउनुभएकोै’–बताए । मैले नमस्कार गरें, उनले आशीर्वादको मुद्रामा हात उठाएँ । मैले उनीबारे जान्ने उत्सुकता प्रकट गरें । सुनेनन्, लोकनाथजीले सबै जिज्ञासा अर्का स्वामीले शमन गरिदिन्छन््, उतै जाउँ भने । मैले एउटा फोटो खिंचूँ भनी अनुमति मागें । सहर्ष तयार भएर मलाई पनि आपूm छेऊ आउन इशारा गरेर मे

अधूरो यात्रा

Image
गताङ्कको बाँकी...     केदारनाथको अवस्थिति बद्रीभन्दा अग्लो ठाउँमा छ । हेलिकप्टरमैं भएपनि आक्सिजनको कमी बेहोर्नुपर्ने त्रासले तीनैजनालाई अत्याइदियो । अनि बद्रीबाट फर्कंदा केदारको नाम अरू कसैले त लिएन, बिन्दु भने एक्लै फत्फत् गरिरहिन् । हुनत गाडीमा हिंड्दा उनले एभोमिन सरहको औषधि खाने हुँदा प्रायः बाटोभरि उँघिरहन्थिन् । सम्धिनीजीले अरू कोही जाँदैन, हजुरहरू दुईजना केदार दर्शन गरेर आउनुस् भन्ने सल्लाह ते¥स्याउनुभयो । यो कुरा त मेरो प्राथमिकतामा छँदै थिएन । दुईजना गएर आउनुको अर्थ थियो, टे«न रिजर्भेशन फुत्केन भने पनि ऋषिकेश र हरिद्वार घुम्न नपाइने अवस्था तेर्सिन्थ्यो ।     यिनै कुरा मथिङ्गलमा राखेर म प्रतिक्रियाविहीन बनिदिएको थिएँ । धर्मपत्नीको कचकच जारी थियो भने मेरो स्थितप्रज्ञता पनि कम थिएन । हामी बेलुका ८ः०० बजे रुद्र प्रयाग पुग्यौं । यतिबेला केदारको बाटोतिर सोझिने अवस्था पनि रहेन । पहाडी बाटो र ठाउँ–ठाउँमा सडक मरम्मत भइरहेकोले राति गाडी चलाउन सरकारले मनाही गरेको छ । रुद्रप्रयागबाट केदारनाथ जाने अन्तिम पडाव सोनप्रयाग झन्डै ९० किलोमिटर थियो । सबैले आआप्mनो कारणले केदार जान नसकेकोमा चित्त

अधूरो यात्रा

Image
जगदीश शर्मा गताङ्कको बाँकी...     पौराणिक कथा अनुसार ब्रह्मालाई के सुर चढेर हो कुन्नि आप्mनी मानसपुत्री सरस्वतीमाथि आसक्त भएछन् । उनी सरस्वतीलाई समाउन दौडे । चारैतिर कोलाहल भयो । महादेवले थाहा पाएर ब्रह्माको टाउको काटिदिएछन् । ब्रह्मालाई मारेको हुँदा महादेवलाई ब्रह्महत्या लाग्यो । ब्रह्महत्याको रापले उनी निकै समय भौंतारिइरहे । पछि अलकनन्दा नदी छेउ एउटा शिलामा तपस्या गरेपछि उनी ब्रह्महत्याबाट मुक्त भए । अलकनन्दा नदीको दायाँ र बायाँ नारायण पर्वत र नर पर्वत स्थित छन् । नारायण पर्वतको काखमा नै बद्रीविशालको मन्दिर स्थापित छ ।     मेरी धर्मपत्नी पनि कर्मकाण्डी होइनन् । कर्मकाण्डमा मजस्तै उनलाई पनि विश्वास छैन । तर महिला हो, संविधानले जतिसुकै महिला शक्तीकरणमा जोड दिएपनि महिलाहरूमा संस्कारगत कमजोरीले संवैधानिक लाभ उठाउन नपाएझैं लोक परम्परा धान्न कर्मकाण्डप्रति आप्mनो अनास्था जाहेर गर्न चाहँदिनन् । मलाई भने लौकिक र पारलौकिक कुनै पनि बन्धनले कर्मकाण्डमा पत्यार गराउन सकेको छैन । यो बद्री यात्रा महिलाको त्यही कमजोरीको प्रतिफल थियो । किनकि मेरा पिताजी घोर कर्मकाण्डी र अघोर पण्डित हुनुहुन्थ्यो । क

अधूरो यात्रा

Image
जगदीश शर्मा गताङ्कको बाँकी...     गाडी ५ः०० बजे आइपुगेकोले लाख थकाइको बावजुद सबै यात्री सामान लादेर, आपूm ठुसिएर ५ः३० बजे हरिद्वारबाट रवाना भयौं । केही पर ब्यासी भन्ने ठाउँमा पुगेर सादा तथा आलु–पराठा इच्छानुसार नाश्ता ग¥यौं । त्यसपछि घुम्दै, रमाउँदै, चिया पिउँदै, फोटोसेसन गर्दै बद्रीधामगामी भयौं । हरिद्वारदेखि बद्रीधाम (त्यहाँका निवासी बद्रीविशाल भन्दा रहेछन्) पुग्दासम्म अलकनन्दा नदीको चपलताले नार्य–दुर्बलतालाई सबलतामा परिणत गरेको विविध कृत्य हेर्न पाइयो । यो ठाउँमा पुगेपछि गङ्गाबारे भ्रम उत्पन्न भयो । वास्तविक गङ्गाको अभ्युदय त भगीरथी र अलकनन्दाको सङ्गमपछि देव प्रयागबाट भएको रहेछ । पौराणिक आख्यान अनुसार राजा भगीरथले पितृमुक्तिका लागि अघोर तपस्या गरेर गङ्गालाई धरतीमा ल्याएको कथा भनिन्छ । यहाँ भने भागीरथी छुट्टै र अलकनन्दा छुट्टै नदीको सङ्गम भएपछि मात्र गङ्गा नाम धारण गरेको पाइयो । भगीरथको प्रयत्नले आएको हुँदा गङ्गाको नाम आरम्भमा भगीरथी भएको हुनुपर्ने हो, यद्यपि भगीरथी नदीबारे पर्याप्त जानकारी नभएको र आप्mनो स्वच्छता, स्वच्छन्दता तथा स्वतन्त्र र वेगमय प्रवाहका लागि अलकनन्दा नै पनि ग

अधूरो यात्रा

Image
जगदीश शर्मा     बद्रीधाम गएर ब्रह्मकपाली गर्ने धर्मपत्नीको रहर थियो । महिलाहरूलाई आपूmले गर्नु नपर्ने तर जस आपूmले पाउने काममा निकै रुचि हुन्छ । त्यसको भुक्तभोगी अरू मानिस पनि होलान्, म भने सदैव रहेको छु । ‘तैंले कमाएर के भो, जोगाइ त मैले दिएँ, तँलाई दुनियाँ भए पुग्छ, परलोक त मैं सपारिदिन्छु, धर्म–कर्म, तीर्थ–व्रत गरेर मैले नै घरपरिवारको उन्नतिमा सघाएकी छु’– यस्तो सोच प्रायः महिलाहरूमा हुन्छ । धर्म–कर्मको कुरा त थाहा छैन, तर परम्परागत धार्मिक कर्ममा महिलाहरू अति उत्साहित रहन्छन् । तीजलाई नै हेरौं न १ पतिको जतिसुकै खति होस्, पतिको दीर्घायुको कामना गर्दै आपूm महीनौं मेवा–मिष्टान्न भक्षण गर्नु, पाए पाँचतारे, अन्यथा अन्य सुलभ ठाउँमा रमाउने मौका चुक्दैनन् ।     मेरी धर्मपत्नीले मलाई यस्तै परिबन्दमा पारेर बद्रीधामको यात्रा गराइन् । यात्राको बीजारोपण ‘गया यात्रा’बाट भइसकेको थियो । सम्धिनी सीता गौतम, सम्धी शीतल गौतम र पत्नीको करले गया यात्रामा गइसकेपछि त्यसलाई पूर्णता दिन बद्रीधामको यात्रा गर्ने रहर त मेरो पनि थियो, तर ‘पशुपतिको जात्रा, सिध्राको व्यापार’को रूपमा । मेरो ध्याउन्न बद्रीको कामस

चुपडी र तीन पैसा

जगदीशप्रसाद शर्मा     अब फेरि मलाई यो झन्झटबाट पार लगाउने रणनीतिमा विचार हुन थाल्यो । सबैले आआप्mनो विचार प्रकट गरे । अर्को स्टेशनमा त गाडी निकै बेर रोकिन्छ । त्यहाँ टिकट किन्न गा¥हो हुने छैन । तर अब म बिनाटिकटको यात्री भएको थिएँ । डब्बाभित्र मजिस्ट्रेट चेकिड्ढो भय पनि बारम्बार प्रवाहित भइरहेको थियो । ती महाशयले भने– म यसै स्टेशनमा उत्रन्छु । म यसपछि तिमीलाई केही सहयोग गर्न सक्दिनँ ।     अनि केही बेर सोचेर भने । तिमी यसो गर, मलाई दुईवटा प्लेटफार्म टिकट किन्ने पैसा देऊ । म स्टेशनबाहिर गएर तिम्रो लागि प्लेटफार्म टिकट किनेर ल्याउँछु । त्यो देखाएर बाहिर जानू र मथुरासम्मको टिकट किन्नू, अनि बेलुका बस वा रिक्सा चढेर वृन्दावन जानू । मलाई त सबै पीडा हरण भएजस्तो भयो । वृन्दावनसम्म रिक्शा पनि जाँदो रहेछ भने मथुराबाट वृन्दावनको दूरी ज्यादै नहोला । केही लागेन भने पैदल हिंडिदिन्छु । हिंड्नमा म सानैदेखि माहिर छु । जनकपुरदेखि गोदार त सात कोस मात्रै भन्थे, जयनगरदेखि गोदारको १२ कोसको दूरी पनि कैयौंपटक हिंडेको छु । पैसा सिद्धेर केही छैन, मथुरा मात्र पुग्न पाए हुन्छ ।     योजना अनुसार काम भयो । मैले बिनाट

चुपडी र तीन पैसा

Image
जगदीशप्रसाद शर्मा फुपूले र फुपूलाई भने वृन्दावनमा नचिनेको कसैले होइन। एक दिन वृन्दावनको एउटा कुनामा रहेको होटलमा मासु खाएँ, धर्मशाला फर्कंदा फुपू धोती लिएर बाथरूम अगाडि उभिनुभएको थियो। समातेर बाथरूममा हुल्नुभयो अनि मात्र कोठामा छिर्न दिनुभयो। वृन्दावनमा शास्त्रीय अशुद्ध हुनु नराम्रो मानिन्थ्यो। तामसी भोजन, दिसा–पिसाब गरेपछि नुहाउनै पर्ने। यस कारण दिनभरि दिसा–पिसाब नलागोस् भन्ने हुन्थ्यो। दिसा त प्रायः लाग्दैनथियो, तर म सानैदेखि बहुमूत्र रोगी थिएँ। छिनछिनमा पिसाब लागिरहने । अनि त बाहिर झ्याङ्गतिर गयो, लुकीछिपी भ्यायो, यस्तै चल्थ्यो।     वृन्दावन आज कस्तो छ, मलाई थाहा छैन, त्यै ताका तीनपटक गएको हुँ। खासै फरक थिएन। वृन्दावनको रमाइलो साँझ मन्दिर चहार्नु र बिहान जमुनामा नुहाउनु तथा विभिन्न कुञ्जहरूमा घुम्नु । वृन्दावनमा ठाउँ–ठाउँमा कुञ्जहरू छन्। कुञ्ज भनेपछि बाक्लोगरी रोपिएका ससाना बिरुवा–रुख भएका बगैंचा। हिंड्नका लागि सफा बाटो। सा¥है चित्ताकर्षक थिए ती निकुञ्जहरू। र त्यसमा घरमा आक्रमण गर्न गएका बाँदरहरू लखेटिएपछि एकै हुल बस्ने र अर्को लापरवाह घरको खोजीमा निस्कने ।  बाँदरले सातो लिन्थ्

गया यात्रा

Image
गतांकको बाँकी...     केटाकेटीमा बनारसका ठगबारे कैयौं किंवदन्ती सुनेको थिएँ। हुनत यस पहिले पनि म बनारस नपुगेको होइन, तर त्यो युवाकाल थियो। कसैको शर्तभन्दा आप्mनै राजीमा हिंड्ने उमेर। खास बाधा बेहोरेको थिइनँ । अहिले त ठ्याम्मै हिंड्न नसक्ने सम्धिनी र जेनतेन आँट गरेर हिंड्ने धर्मपत्नी थिए। अरू त छँदै थिए, यात्रामा। हामी उत्रेको स्टेशन थियो, मुगलसराय। भारतमा मुगल बादशाहहरूको शासन भएको बेला बनारससम्म पुग्न बाटोमा पर्ने यो ठाउँमा कुनै धर्मशाला बनाइएकोले यस ठाउँको नाउँ मुगलसराय रहेको हुनुपर्छ। किनभने सराय भनेको फारसी भाषामा धर्मशालालाई भनिन्छ। र भनिरहनुपर्दैन, मुगलकालमा हिन्दुस्तानमा फारसी भाषाको चकचकी थियो। बनारस पुग्न अन्य साधनको बन्दोबस्त गर्नुपर्ने भयो।  त्यहाँबाट जीप, कार वा टेम्पो लिएर बनारस पुग्नुपर्ने । बनारससम्म पु¥याउने सवारी साधनबीच ठूलो दलाली हुँदो रहेछ । रेलमैं आइपुग्दा रहेछन्, टेम्पो, कार, रिक्शा आदिका चालकहरू। यति पैसा दिनुस्, बनारस पु¥याइदिन्छौं भनेर । नानाभाँति प्रलोभन र आकाश–पातालको दामसहित ।     यस कार्यको अभिभारा सम्धी शीतलजीले लिनुभयो। ककससँग के के कुरा गर्नुभयो थाहा भए

गया यात्रा

जगदीशप्रसाद शर्मा गताङ्कको बाँकी...     मान्छे चरम व्यावसायिक र असहिष्णु रहेछ । उसले भन्यो– आप लोग गया से बनारस, बनारस से गोरखपुर और गोरखपुर से रक्सौलका पैसा जमा करा दिजिए, मैं शाम तक आपलोग जहाँ बैठे हैं, टिकट पहुँचा दूँगा । मलाई शङ्का लाग्यो । लघुशङ्का गर्न नदिने मान्छेले दशौं हजार मागिरहेको छ, के भरोसा १ तिमी रु दुई हजार एडभान्स राख, टिकट मिलाइदेऊ र टिकट कन्फर्म भएपछि बाँकी पैसा लेऊ भनेर पेश्की दुई हजार छोडी हामी निस्क्यौं । तय के भयो भने ऊ बेलुकी टिकट लिएर हामी बसेको धर्मशालामा आउने छ र टिकट हामीलाई दिएर आप्mनो पैसा लैजानेछ । हामीलाई नेपाली धर्मशालामा बसाउने गरी भीमकाय नेपाली पण्डाले हाम्रो झिटिगुम्टा धर्मशालामा राख्न लगाएको थियो । तर कुनै जमानामा नेपाली श्राद्धकर्मीको सहुलियतको लागि नियुक्त तर अहिले नेपालीको मात्र रगत चुस्नका लागि तैनाथ गरिएका पण्डा र मेठको व्यवहारले कोही धर्मशालाभित्र छिर्ने मनस्थितिमा थिएन । यस्तोमा निर्विकार, स्थितप्रज्ञ माधव रिजाल अघि सरे । तबसम्म हामीले धर्मशाला बाहिर रहेको पसलेसँग होटलबारे सोधपुछ गर्दा उनले एउटा होटलवालालाई त्यहीं बोलाइदिए । उसको स्कुटरमा ऊ,

गया यात्रा

जगदीशप्रसाद शर्मा गताङ्कको बाँकी     पुनपुनको काम सिद्धिएपछि हामी रेल चढेर गया लाग्यौं । झन्डै १ बजेतिर नेपाली धर्मशालामा झिटिगुन्टा राखेर मध्याह्नको भोकको वास्ता नगरी श्राद्ध गर्न तम्सियौं । ‘भीमकाय’ पण्डाले पुनपुनबाट हामी १४ जनाको टोली, अर्को एउटा टोली र एउटा दम्पतीलाई माझीले जालोमा माछा समेटेजस्तै गया पु¥याएको रहेछ । श्राद्ध स्थानसम्म ऊ सहानुभूतिशील देखियो, जब कर्मकाण्ड शुरु भयो, उसको भीमकाय शरीरले भयावह भावना देखाउन थाल्यो । पण्डा– तपाईंहरू मलाई आप्mनो पण्डित नियुक्त गर्नका लागि आमन्त्रित गर्नुस् । म– पण्डितजी, तपाईं त आपैंm पुनपुन आएर, हामीलाई निम्ता गरिसक्नुभएको छ, हामीले किन तपाईंलाई आमन्त्रण दिनुप¥यो ? पण्डा– तिमीलाई व्यवहार थाहा छैन ? तिमीले विधिपूर्वक मलाई निमन्त्रण गरेनौं भने म किन तिम्रो श्राद्ध गर्ने? म– तपाईंको कुरा सही हो– तर तपाईं त पुनपुनदेखि नै हाम्रो पुरेत नियुक्त भइसकेको होइन र ? पण्डा– देखिए १ आप हमें टीका लगाकर अपना पुरोहित होने के लिए निमन्त्रित किजिए, अन्यथा हम श्राद्धकर्म नहीं कराएगें ।     टोलीका धर्मभीरूहरू डराए । “निमन्त्रित गरौं न त” भने ।     पण्डालाई टीका

गया यात्रा

Image
जगदीशप्रसाद शर्मा प्रथमग्रासे मच्छिका पाता     कसले सोचेको होला वीरगंजबाट हिंडेका यात्रु रातभरि रक्सौलको होटलमा बिताएर बिहान ९ बजेको गाडीले गया यात्रा शुरु गर्छन् भनेर । हामीसँग त्यस्तै भयो । पितृ ऋण तिर्नैपर्छ, ऋण तिर्नका लागि कम्तीमा गया जानैपर्छ भन्ने पत्नीश्री र सम्धि–सम्धिनीको अगाडि जोड चलेन । पितृ ऋण तिर्न मैले छुट्टै योजना बनाएर वार्षिकरूपमा त्यसमा लागिरहेको छु । श्राद्ध गरिएन । शुरु त ग¥या हो, एक त अचेल पुरेतको अभाव, भएकामा विधिसम्मत कर्मकाण्ड गराउन सक्ने ज्ञानको अभाव र त्यसमाथि पनि केही वर्षदेखि हाम्रो पुरेत भइटोपलेका पण्डितश्री एकपटक आपूmलाई नै सुतक परेको बेला श्राद्ध गराउन आइपुगे । छरछिमेकको सानो–सानो समाचार सुँघ्ने तीव्र घ्राणशक्ति भएकी मेरी बूढीले थाहा पाइहालिन् । त्यस यता श्राद्ध गर्न छोडियो । तर धर्मभीरु पत्नीको अर्को योजना बन्यो । ब्रह्मकपाली गरेपछि श्राद्ध गर्नुपर्ने बाध्यता रहँदैन । र ब्रह्मकपाली गर्नका लागि पहिले गयामा श्राद्ध गर्नुपर्छ । यसरी गया यात्राको साइत जुर्न पुग्यो ।     यसपालि हामीसँग जुन टोली थियो, त्यसको पनि उद्देश्य बद्रीसम्म पुगेर ब्रह्मकपाली गर्नु

गूडबाई मणिपुर ! मात्र भन्थे ‘यइ अमू लाके’

Image
शङ्करमान श्रेष्ठ     मानिसलाई आप्mनै गाउँठाउँ प्यारो लाग्छ, चाहे जतिसुकै विदेशको रङ्गीचङ्गीमा रुमलिए पनि । दुई/चार दिन बिताउन सजिलो हुन्छ नयाँ ठाउँ घुम्दा तर लामो समय बिताउनुपरे १ घरको सम्झनाले सताउने गर्छ । स्वाभाविकै हो । तीस वर्ष पहिले इम्फालमा एक महिना व्यतीत गरें । न त घरको याद आयो, न विरक्ति नै छायो । वास्तवमा इम्फाल त केही दिनमैं घुम्न सकिने शहर थियो, त्यस बेला । त्यति विकसित पनि भएको थिएन, त्यसमा पनि सरकारी सेनाबीच बेलाबखत हुने द्वन्द्व । शहरलाई त साइकल हाँक्दै दुई/तीन दिनमैं परिक्रमा गरें । घुम्ने काम सकियो । यात्रामा विश्राम लाग्यो । न नयाँ ठाउँ शेष रह्यो, न त इम्फालबाहिर नै जाने कुनै कार्यक्रम बन्यो । त्यसैले घरको यादले सताउनुपर्दथ्यो, त्यसो केही भएन । समय कसरी बित्यो थाहै लागेन ।     कुरो के थियो भने, इम्फालमा काठमाडौंबाट सँगै आएका मित्रहरू थिए । बस्ने मूल ठाउँ भने आइवीको घर थियो । तर बस्ने ठाउँ भने बिरालोले बच्चा सारेजस्तै । केही दिन आइवीकहाँ बसें अनि कमलले आप्mनो घर बस्ने गरी लिएर गए । नयाँ घर, नयाँ परिवारका सदस्यहरू । तीन/चार दिनपछि खोगेनको घर । अनि प्रदीप सिंहको घर ।