Posts

Showing posts with the label यात्रानुभव

युरोपमा शौचालय र सर्प देख्ने बित्तिकै मारिहाल्नुपर्छ

Image
    वैद्यनाथ ठाकुर बिहानको ९ः४० मा हामी जर्मनीको कोलोन शहरको लागि नेदरल्यान्डको सुन्दर शहर एम्स्टर्डमबाट हिंड्यौं। ठूलाठूला ताल तथा नहरहरू हेर्दाहेर्दै हामी जर्मनीको सीमामा आइपुग्यौं। जर्मनीको कोलोन शहरको ‘सिटी टुर’ हामीले त्यही दिन अर्थात् ५ अक्टुबरमैं गर्नुपर्ने थियो। दिउँसो १ः३० मा कोलोन पुगेपछि हामी सिटी टुरमा व्यस्त भयौं।     गाइडले हामीलाई मनमोहक कोलोन शहरको बारेमा बताउँदै थिए। कोलोन जर्मनीको चौथो ठूलो शहर रहेछ। ई.पू ३८ मा रोमन साम्राज्यको सैनिक अड्डा कोलोन हुने गथ्र्यो। झन्डै दुई हजार वर्ष पुरानो यो शहर ५० ई. पछि रोमको राजा क्लाडियसले आप्mनी पत्नी कोलोनिया अग्रिपिनेन्सिनको नामबाट यसको नाम कोलोन राखेका रहेछन्। ८७० ई. मा कोलोन जर्मनीको अधीनमा आएको रहेछ।     भन्नलाई के पनि भनिन्छ भने दोस्रो विश्वयुद्धताका कोलोन शहरको दुई तिहाइ भाग शत्रुराष्ट्रको बम प्रहारले पूर्णरूपले नष्ट हुन गएको थियो। तर हामीले कोलोनलाई हेर्दा हाम्रFेअगाडि अत्यन्तै सुन्दर, आकर्षक, सफा र विकसित शहर उभिएको थियो।     कोलोनको इतिहास साँच्चिकै बडो आकर्षक छ। मध्यकालमा कोलोनमा रेशम र मसालाको व्यापार हुने पूर्वको