Posts

Showing posts with the label (स्थानीय समाचार

बलात्कारी पक्राउ

प्रस, गरुडा, ६ वैशाख/     सुस्तःमनस्थितिकी दश वर्षीया अबोध बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षीय एक अधबैंसेलाई प्रहरीले पक्राउ गरेको छ ।     घटना वैशाख ४ गते बिहीवार रातिको हो ।     फतुवा विजयपुर नगरपालिका–५ की १० वर्षकी सुस्तःमनस्थितिकी बालिका शौच गर्न बाहिर निस्केपछि एकजना अधबैंसेको बलात्कारको शिकार भएकी थिइन् । घरबाहिर निस्केकी बालिकालाई ५५ वर्षे वारिस अन्सारीले गोठमा लगेर बलात्कार गरेका थिए । घरबाहिर निस्केकी छोरीलाई खोज्दै जाँदा बालिकाकी आमाले जबरजस्ती करणी गरिरहेको आपैंmले देखेकी थिइन् ।     बालिकाकी आमाले चिच्याउँदै अन्सारीलाई समाउन खोजेपछि धक्का दिएर अन्सारी फरार हुन सफल भएका थिए । घटनाबारे जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय फतुवा विजयपुरबाट प्रहरी निरीक्षक चन्द्रकिशोर साहको कमान्डमा गएको टोलीले अन्सारीलाई पक्राउ गरेको थियो ।     गाउँमा लुकेर बसेको अवस्थामा अन्सारीलाई पक्राउ गर्न प्रहरीको टोलीले तीन घण्टा खोजबीन गर्नुपरेको थियो । अन्सारीलाई पक्राउ गर्न प्रहरीले टोललाई नै घेरा हालेको थियो ।     पक्राउ परेका अन्सारीलाई नियन्त्रणमा लिएर जिल्ला अदालत गौरबाट पाँच दिनको म्या

नाउक्षे अस्पतालको डायलोसिस मेसिन र चिस्यानकेन्द्र बिग्रँदा समस्या

प्रस, वीरगंज, १२ जेठ/     नाउक्षे अस्पताल वीरगंजमा रहेको डायलोसिस मेसिन बिग्रेर सेवाग्राहीलाई समस्या परेको छ।     विगत दुई सातादेखि डायलोसिस मेसिन बिग्रेको र सेवाग्राहीलाई समस्या भएको पीडितले प्रतीकलाई बताए। दुईवटा डायलोसिस मेसिन रहेको नाउक्षे अस्पतालमा एउटा डायलोसिस मेसिन बिग्रेपछि मिर्गौलाका बिरामीहरूलाई समस्या सिर्जना भएको बताइएको छ।     यसबारे नाउक्षे अस्पतालका प्रवक्ता रमेश चौधरीसँग बुझ्दा उनले नेपालमा डायलोसिस मेसिनको पार्टपूर्जा उपलब्ध नभएकोले भारतको कोलकाता पठाइएको र केही दिनमैं पार्टपूर्जा आएपछि सञ्चालनमा आउने बताए। उनले तत्काल एउटै डायलोसिस मेसिनबाट दुई समय बिरामीको परीक्षण गर्ने गरेको जानकारी गराएका छन्।     प्रवक्ता चौधरीले वीरगंजको डायलोसिस सफल भएपछि मन्त्रालयले थप दुईवटा नयाँ डायलोसिस मेसिनको लागि टेन्डर आह्वान गरेको र खरिद आदेशसमेत जारी गरिसकेको हुँदा दुई साताभित्र थप दुईवटा डायलोसिस मेसिन अस्पतालमा जडान हुने बताए।     यसैबीच नाउक्षे अस्पतालकै शवगृहमा रहेको चिस्यानकेन्द्र पनि बिग्रेको समाचार छ। एउटा चिस्यान केन्द्रमा तीनवटा मात्र शव राख्न सकिने व्यवस्था त्यसमा पनि दुईमध

बिहीवार भाडाका सवारीसाधनको हडताल

Image
प्रस, वीरगंज, १२ जेठ/     देशभरिका यातायात बिहीवार ठप्प हुने भएको छ। यातायात व्यवसायीहरूले आफ्नो साझा ६ वटा माग पूरा नगरेको भन्दै बिहीवार जेठ १३ गते देशभरको भाडाका सवारीसाधनहरू ठप्प पार्ने बताएका छन्।     वीरगंजमा पत्रकार सम्मेलन गरी स्थानीय यातायात व्यवसायी संस्थाका अध्यक्षहरूले साझा माग राखेर जेठ ९ गतेदेखि आन्दोलनरत सम्पूर्ण यातायात व्यवसायी सङ्घको आह्वानमा पहिलो चरणको आन्दोलनको अन्तिम दिन बिहीवार एक दिन देशभरका भाडाका सवारीसाधनहरू ठप्प पार्ने निर्णय भएको र सो निर्णयलाई स्थानीय तहमा पनि कार्यान्वयन गरिने बताए।     वीरगंजका यातायात व्यवसायीहरू विनोद मानन्धर, विनोद श्रेष्ठ, सुमन श्रेष्ठ, लक्ष्मी रौनियार, सरदार अमरजीत सिंह, जगत साह कानूलगायतले माग पूरा नभएको कारण बिहीवार भाडाका सम्पूर्ण यातायात ठप्प गर्ने निर्णय भएको बताए। 

जिल्ला कृषि विकास कार्यालयको लापरवाहीले कार्यक्रम प्रभावित

उपेन्द्र यादव, बारा, २ माघ/     जिल्ला कृषि विकास कार्यालय, बाराको यस आर्थिक वर्षमा सञ्चालन हुने कार्यक्रमहरू कार्यालय प्रमुख र शाखा प्रमुखहरूको मनोमालिन्यले गर्दा प्रभावित भएको बुझिन्छ । मनोमालिन्यको कारण सरकारले मिसन प्याज कायक्रमको लागि बनाएको नीति कार्यान्वयन हुन सकेको छैन ।     किसानहरूले प्याज लगाउनुभन्दा पहिले नै प्याजको बीउ खसाल्ने बेलामा कृषि कार्यालयले किसानहरूलाई दुईपल्ट तालिम दिनुपर्ने भए तापनि एउटा पनि तालिम जिल्ला कृषि कार्यालय बाराले नदिएको किसानहरूले गुनासो गरेका छन् ।     बाराका बाली विकास अधिकृत गणेश मिश्रले किसानहरूलाई कार्यालयकै कमिकमजोरीले समयमैं तालिम दिन नसकेको कुरा बताउँछन् । त्यसैगरी सरकारले मकै मिशन कार्यक्रम अन्तर्गत बाराका किसानहरूलाई अनुदानमा २६ टन मकैको बीउ उपलब्ध गराएपनि कृषि विकास कार्यालयको कमी–कमजोरीले अहिलेसम्म ५ टन मात्रै मकैको बीउ किसानहरूले अनुदान लगेको कृषि विकास स्रोतले जनाएको छ । मकै मिशनमा पनि कार्यालय प्रमुख महेन्द्र चौधरीले स्रोत केन्द्रहरूमार्फत् वितरण गर्न लगाउँदा ढिलो भएकोले किसानहरूले बजारबाट किनेर बीउ छरिसकेकाले मकैं मिशनको रकम नै फ्र

आकर्षक प्रतिक्षालयको नगरी गाविस निजगढ

Image
प्रस, निजगढ, १ माघ/     बाराको उत्तरी भेगस्थित नगरोन्मुख निजगढ गाविस सार्वजनिक प्रतिक्षालयको नगरीको रूपमा चिनिएको छ ।     करिब ५/७ वर्षअघि लायन्स क्लब निजगढले पूर्व–पश्चिम लोकमार्गको सडकसँगै नमुनाको रूपमा आकर्षक प्रतिक्षालय निर्माण गरेपछि अहिले निजगढको अधिकांश सडक छेउछाउ र टोल–टोलमा सार्वजनिक प्रतिक्षालयहरू छन् । सडकछेउ खानेपानी संस्था जाने बाटोमा लायन्स चोक प्रतिक्षालय, शहीदचोक, इलाका प्रहरी कार्यालयअगाडि पक्की प्रतिक्षालय र भमरा पुलनजिकै दुईवटा प्रतिक्षालयको निर्माण कार्य सम्पन्न भइसकेको छ । आफन्तको स्वर्गारोहणपछि मृतकको स्मृतिमा सडकखण्डनजिकै प्रतिक्षालय निर्माण गरिएका छन् । त्यसैगरी भित्री सडक र चोक–चौतारामा डेढ दर्जनभन्दा बढी प्रतिक्षालय छन् । प्रतिक्षालय आकर्षक डिजाइन, सुहाउँदो र·रोगनका कारण हेर्न लायक देखिन्छ । अधिकांश प्रतिक्षालयमा रातिका लागि बिजुली बाल्न सकिने व्यवस्था स्थानीय समाजसेवी, विकासप्रेमी निजगढका टोलवासीले गरेका छन् ।     त्यसैगरी सरसफाइ  प्रतिक्षालयनजिकै रहेका घरधुरीले पालैपालो गर्ने गरेका छन् । यात्रामा निस्केका यात्रुहरूले बस कुर्न कसैको व्यक्तिगत घरआँगनको प्रय

भारतीय मोटरसाइकलमा नक्कली नम्बर प्रयोग गर्ने प्रहरी जवानद्वय जिल्लाको नियन्त्रणमा

ओमप्रकाश चौधरी, सेढवा, १ माघ/     भारतीय मोटरसाइकलमा नक्कली नेपाली नम्बर अड्ढित गरेर चलाइरहेका दुईजना प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ ।     प्रहरी चौकी पिराडीगुठीका प्रहरी जवान सिकेन्द्र पटेल र सोही चौकीका जवान सन्दीप कुशवाहालाई जिल्ला प्रहरी कार्यालय पर्साले मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।     पटेलले नक्कली नेपाली नं. ना. १५ प ३००५ अड्ढित गरी भारतीय हिरोहोन्डा प्लस मोटरसाइकल चलाइरहेका थिए भने कुशवाहाले ना. १३ प ८२११ नं. अड्ढित गरी हिरोहोन्डा प्लस मोटरसाइकल चलाइरहेका थिए । उक्त मोटरसाइकल भारतबाट चोरेर ल्याइएको हुनसक्ने आशड्ढामा स्थानीय बासिन्दाहरूले पर्सा प्रहरी प्रमुख रमेश खरेललाई जानकारी गराएका थिए । जिल्लाको आदेशानुसार इलाका प्रहरी कार्यालय सेढवाले शनिवार बेलुकी जवानद्वयलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा बुझाएको हो ।

संविधान बन्नेमा शड्ढा छ निर्णायक आन्दोलनको तयारीमा जुटौं– उपेन्द्र यादव

प्रस, वीरगंज, १ माघ/     मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष एवं पूर्वपरराष्ट्रमन्त्री उपेन्द्र यादवले मुलुकको संविधान बन्ने कुरामा शड्ढा उब्जेको बताएका छन् ।     ठूला दलहरूका क्रियाकलापका कारण संविधाननिर्माणमा नै शड्ढा उब्जिएको बताउँदै यादवले निर्णायक आन्दोलनको तयारीमा जुट्न आफ्ना नेता, कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । उनले नयाँ संविधान बन्न नसकेमा सबैभन्दा बढी घाटा मधेसी जनतालाई हुने बताउँदै त्यसतर्फ सचेत गराएका थिए ।     फोरम पर्सा क्षेत्र नं. १ को कार्यकर्ता भेलालाई अलौंमा आज सम्बोधन गर्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् । वर्तमान सरकार इतिहासमैं सबैभन्दा बढी भ्रष्ट देखिएको आरोप लगाउँदै अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन आफूले फिर्ता लिएको स्पष्ट पारेका थिए । मधेसी मोर्चालाई ठूला दलहरूले जुत्ता–चप्पलको रूपमा आवश्यकतानुसार प्रयोग गरिरहेको टिप्पणी गर्दै नेता यादवले संयुक्त मधेसी मोर्चाबाट मधेसी जनताले मुक्ति नपाउने दाबी गरे ।     क्षेत्रीय अध्यक्ष छोटेलाल साहको सभापतित्वमा सम्पन्न भेलामा पार्टीका पर्सा अध्यक्ष प्रदीप यादवले स·ठन निर्माणका साथसाथै समाजसेवामा जुट्नसमेत मातहत