Posts

Showing posts with the label सन्दर्भ विश्व रेडक्रस दिवस

सन्दर्भ विश्व रेडक्रस दिवस

फुलमहम्मद मियाँ     विश्वमा विभिन्न कालखण्डमा केही यस्ता महापुरुषहरूको जन्म भएको छ  जसले यस संसारमा मानव कल्याणका खातिर चिरकालसम्म अनुपम योगदान दिएका छन् र मानव समाजका लागि महामानवको रूपमा उदीयमान हुन्छन्। यस्तै एक महामानवको जन्म सन् १८२८ मे ८ तारिख आजकै दिन स्वीटजरल्यान्डको जेनेभा शहरमा भएको थियो। उनी थिए, विश्व प्रसिद्ध अन्तर्राष्ट्रिय मानवीय समाजसेवी संस्था रेडक्रसका जन्मदाता जाँ ज्याक हेनरी डयुना।     जाँ हेनरी डयुनाको हृदयको कुनै एक कुनामा मानव समाजको कल्याणका लागि केही गर्ने इच्छा सुषुप्तरूपमा रहेको थियो, जसले प्रस्फुटन हुने मौका खोजिरहेको थियो। व्यापारको सिलसिलामा सन् १९५९ को जून महिनातिर जाँ हेनरी डयुना इटालीको सल्फेरिनो पुगेका थिए। त्यसै बेला इटली, फ्रान्स एव अस्ट्रियाका सेनाबीच युद्घ चलिरहेको थियो। उक्त युद्घमा मृतक एवं घाइते सैनिकहरूको त्रासदीय दृश्यको डयुना प्रत्यक्षदर्शी बने । त्यहाँ कुनै औषधोपचार वा युद्ध पीडितलाई सामान्य सहयोगसमेतका लागि राहत सामग्री थिएन। शायद त्यसै बेला डयुनाको मनभित्र सुषुप्तरूपमा रहेको परोपकारी भावना जागृत भयो, फलस्वरूप उनले युद्घबाट पीडित अस्ट्रियन