Posts

Showing posts with the label स्वान्त सुखाय:

माई बेस्ट फादर...

Image
            सञ्जय मित्र मेरो गाउँमा एकजनाका धेरै सन्तान छन् । दुई/चार जना हुँदासम्म त सबैको नाम कण्ठस्थ हुन्थ्यो तर सन्तान बढ्दै गएपछि नाम जन्मदर्तामा सीमित हुन पुग्छ । अनि बोलाउन शुरू हुन्छ जन्मक्रमको आधारमा एक, दुई, तीन... उन्नाइस । संयोगले जेठो छोरा र त्यसपछि छोरी छे । छोरो बदमाश, उसको नाम भएको एक नम्बर । छोरी भलाद्मी तर नाम चाहिं दुई नम्बर । कहिलेकाहीं त आफ्नै सन्तान चिन्न गा¥हो हुन्छ । हो, म तपैंकै छोरो हुँ भनेपछि मान्नुपर्ने । कहिलेकाहीं त मेरा हुन् कि छिमेकीका छुट्याउन नसकेर नाम सोध्नुपर्छ । हरेकलाई नाम त थाहा छ तर जन्मदर्ताको नाम बतायो भने छिमेकीको छोराछोरी भन्ठान्लान् भनेर छोराछोरीले पनि आफ्नो रोलक्रम नै बताउँछन् । धेरै सन्तान हुनेले मात्र यस्तो आनन्द प्राप्त गर्न सक्छन् । बीसौं प्रसवभन्दा पहिले सारै सहयोग गर्ने छोरीलाई आमाले प्रशंसा गर्छिन्– बेस्ट छोरी । हेर्दा सबैभन्दा मरन्च्याँसी र फोहोरीको नामै भयो बेस्ट छोरी । ऊभन्दा कैयौं क्रम पछाडिकाले पनि उसलाई बेस्ट छोरी नै भन्छन् । भाइबहिनीका पनि बेस्ट छोरी । म बोर्डिङमा पढ्दा एकजना मास्टर साहेबले निबन्ध लेख्नलाई भनेका थिए । शीर्षक थ

नवराज रिजालको ‘बोक्सी बूढी’ बालकथा सङ्ग्रहका कथानायकहरूको प्रवृत्तिगत विश्लेषण

Image
      सञ्जय मित्र १. परिचय शताङ्कतर्फ उन्मुख नवप्रज्ञापन साहित्यिक त्रैमासिकका सम्पादक/प्रकाशक नवराज रिजाल प्रतिष्ठित साहित्यकार हुन्। शिक्षण/प्राध्यापन पेशामा आबद्ध रिजाल कुशल सम्पादक हुन्। रिजालले देवकोटा व्याख्यान सङ्ग्रह, समायोजन, मैदान, मूच्र्छना, उत्तराद्र्ध, महेश आवाज, नेश्चिल, प्रलेस, बालप्रज्ञा र आलेखनजस्ता साहित्यिक पत्रिकाको सम्पादन गरिसकेका छन्।बारामा जन्मेर काठमाडौंमा जीवनवृत्ति गरिरहेका रिजालका नेपाली तथा अङ्ग्रेजी भाषामा विभिन्न विधाका डेढ दर्जन साहित्यिक कृति प्रकाशित छन्। उनले कथा/बालकथा/लघुकथा, कविता, गजल, गीत, नियात्रा, समालोचना/समीक्षा क्षेत्रमा कलम चलाएका छन्। रिजालका बालकथाहरू विभिन्न प्रकाशनका पाठ्यपुस्तकमा पनि परेका छन् र संस्थागत विद्यालयमा पठनपाठन पनि भइरहेका छन्। २०७७ को प्रदेश २ को प्रादेशिक प्रतिभा पुरस्कारबाट सम्मानित रिजालले यसअघि नै सुगन्ध लघुकथा पुरस्कार, शिक्षकश्री पुरस्कार, नारायणी वाङ्मय पुरस्कार, राष्ट्रिय वाङ्मय सम्मान, अनेसास पुरस्कार, तेस्रो बालसाहित्य सम्मान, नवसिर्जना उदयमञ्जरी सम्मान, कालीगण्डकी साहित्य कला पुरस्कार, नेपाल भोजपुरी बौद्धिक

अभ्यन्तरमा दीपोत्सव होओस् ज्ञानको

Image
    सञ्जय मित्र प्रकाशविहीन दीप हुन सक्दैन । जहाँ दीप छ त्यहाँ प्रकाश हुन्छ । दीप उज्यालोमा भए पनि त्यसले दिने प्रकाश नै हो । हो, दीपले दिने प्रकाशभन्दा बाहिरको प्रकाश बढी हुन पुग्दा दीपको प्रकाशको मूल्य कम हुन्छ । मूल्य कम हुनु भनेको मूल्यहीन हुनु होइन । उज्यालोमा बलेको दीपको उज्यालोको महŒव नभए पनि बलेको दीपले दीपकमा जीवन रहेको अनुभूति दिलाउँछ । यसर्थ दीपकको महŒव छ र अँध्यारोमा दीपकले काम दिन्छ भन्ने विवेक प्रदान गर्दछ । दीप भन्नु पनि एक अर्थमा यही विवेक हो, ज्ञान हो, प्रकाश हो । निरर्थक भाँडो होइन, जसरी जीवन निरर्थक हुन सक्दैन । निभेको दीपकजस्तै निरर्थक जीवनदीपलाई उसको मूल्य बुझाउनुपर्ने हुन्छ। बौद्ध दर्शनमा पनि प्रकाशको महŒवलाई उच्च स्थान दिइएको छ । अप्पो दीपो भवः भनी प्रकाशको त्यस महŒवलाई प्रकाशित गरिएको छ, जसमा व्यक्ति आफैं प्रकाशवान बन्नुपर्ने बताइएको छ । हरेक व्यक्ति विशिष्ट हुन्छ र हरेक व्यक्ति आफैंमा प्रकाश पनि हो । प्रकाशलाई चिन्नुपर्दछ र आफूभित्रको प्रकाशलाई बाहिर ल्याउनुपर्दछ । प्रकाश स्वतः प्रकाशित हुने अवस्था पनि हुन्छ तर पनि वातावरणले प्रभाव पार्दछ । वातावरणले प्रकाशलाई

कोरोनाकालमा सर्जकको चिन्ता र चासो

Image
सञ्जय मित्र     सर्जकहरूको जहिले पनि चिन्ता हुने गर्दथ्यो, फुर्सद भएन। फुर्सदको अभावले केही कुरा लेख्न पाइएन, केही कुरा पढ्न पाइएन। समय नपाएर वास्तवमा चाहेजस्तो सिर्जना हुन सकेको छैन। पत्रिकाले वा फलानो विशिष्ट व्यक्तिले वा विशिष्ट ठाउँबाट रचनाको माग आएपछि तोकिएको समयको अन्तिममा बल्लतल्ल मिलाएर यस्सो एउटा पठाउन भ्याएको थिएँ। आदि आदि।     सधैं कामको मारामार र चापाचापमा अध्ययन र सिर्जनाको लागि समय नै नपाइने गुनासो अलिखित वा लिखित दुवै माध्यमबाट अभिव्यक्त भइरहन्थे। अलिखित माध्यमबाट अझ बढी आउँथ्यो।     आफूले पढ्न चाहेर पनि पढ्न नपाएको कृति फलानो हो, तपाईंले भ्याउनुभयो भने अवश्य पढ्नुहोला। मैले पढेका सबै कृतिमध्ये फलानो सर्वोत्कृष्ट ठानेको छु, एकचोटि अवश्य पढ्नुहोला भनेर सिफारिशहरू भइरहन्थे। तर समय जहिले पनि अपुग हुने गर्दथ्यो।     समय अपुग हुनु चाहिं व्यस्तताको परिचायक हो। सार्थक व्यस्तताले सर्जकलाई निरन्तर ऊर्जा दिइरहन्छ। त्यहीं ऊर्जाबाट सिर्जनकर्मको परिचय बन्दछ। सामान्य दिनचर्याको रचना यसै कारण सामान्य हुँदाहुँदै पनि विशिष्ट हुन्छन् र कम समयमा आफ्नो मस्तिष्कलाई अत्यधिक बढी उपयोग गर्ने

मृत्योन्मुखी संवत्को जीवन

Image
सञ्जय मित्र     यदि परम्परा र शास्त्रहरूलाई आधार मान्ने हो भने अहिले विक्रम संवत् २०७७ हो र विक्रम संवत् २०७६ को समाप्ति करीब तीन हप्तापहिले नै भइसकेको छ।     वास्तवमा विक्रम संवत्को नयाँ वर्ष चैत शुक्ल प्रतिपदादेखि हुन्छ। यस वर्षको चैत शुक्ल प्रतिपदा गत चैत १२ गते नै थियो।     विक्रम संवत्मा हरेक महीनाको पहिलो दिनलाई सङ्क्रान्ति भनिन्छ। यसरी हरेक महीनाको पहिलो दिन सङ्क्रान्ति हुने भएकोले १ गतेलाई त्यस महीनाको सङ्क्रान्ति मानिएको हो तर वास्तवमा सङ्क्रान्ति भनेको हरेक महीनाको शुक्ल प्रतिपदा हो।     चन्द्रमासमा महीनाको गणना सजिलो होओस् भनेर पूर्णचन्द्र अर्थात् पूर्णिमाको दिनको भोलिपल्टबाट मान्ने गरिएको पाइन्छ। पूर्णिमाको भोलिपल्टदेखि कृष्ण पक्ष शुरू हुन्छ र पन्ध्र दिनपछि शुक्ल पक्ष शुरू हुन्छ। कृष्ण पक्षको अन्तिम दिन चन्द्रमा अलिकति पनि उदाउँदैन भने शुक्ल पक्षको अन्तिम दिन रातभर चन्द्रमा आकाशमा रहन्छ। कृष्ण पक्षको अन्तिम दिनलाई औंसी र शुक्ल पक्षको अन्तिम दिनलाई पूर्णिमा भनिन्छ।     शास्त्रहरूमा कृष्ण पक्षलाई वदी र शुक्ल पक्षलाई सुदी भनिएको पाइन्छ। नेपालमा पनि विक्रम संवत्लाई आधिक

तपाईं इमानदार हुनुहुन्छ ?

Image
सञ्जय मित्र     बालबालिका हरेकको घरमा छन् । बालबालिका नभएको पनि कुनै घर हुन्छ त ? र बालबालिकाले आफ्ना अभिभावकबाट धेरै कुरा सिक्छन्। बालबालिकाले अभिभावकबाट धेरै कुरा सिक्छन् भन्ने कुरोमा विश्वास छ ?     बालबालिकाको नजरमा आफ्ना पिता र माता संसारका सबैभन्दा ठूला वा पूज्य हुन्छन्। बुबाआमाले नै देउतालाई पनि चिनाउँछन्। घरमा देउताप्रति श्रद्धाभाव राख्न र आमाबुबाका साथै आफूभन्दा ठूलाको आदर गर्न सिकाउँछन् । को किन आदरणीय भन्ने प्रश्नको उत्तर बालबालिकाले सबैभन्दा बढी आबाबुबाबाटै सिक्छन्। कुनैपनि बालबालिकालाई उनका आमा वा बुबा बेइमान छन्, ठग छन्, चोर वा बदमाश छन् भन्दा पक्कै हृदयमैं चोट लाग्छ। सकेसम्म प्रतिकार गर्छन् र नसक्ने अवस्थामा आफ्नो आक्रोश वा पीडालाई मनमा दबाएर आफूलाई निरीह पाउँछन् । यस प्रकारका कुराले बालबालिकाको मनोविज्ञानमा साँच्चै कस्तो प्रभाव पर्छ होला भन्ने विषयमा हामीले कहिले सोच्ने गरेका छौं। आफ्नाअगाडि खेलिरहेका वा पढिरहेका वा आफ्नै धुनमा व्यस्त रहेको बेला आफ्ना सन्तानको अनुहारमा हेर्दै आफूले आफ्नो हृदयलाई प्रश्न गरौं त, के वर्तमानमा तिनीहरूप्रति न्याय गरेका छौं ? के साँच्चै हा

आत्मप्रकाशनमा ‘कोरोना’सम्बन्धी चेतना

Image
सञ्जय मित्र     आजसम्म पनि साहित्यसिर्जनामा सामान्यतया दुुई धार छन्। एउटा धारले साहित्य जीवनको लागि र अर्को धारले साहित्य मनोरञ्जनको लागि हुनुपर्ने तर्क गर्दछन्। र जुन धारको साहित्य भएपनि यथार्थ प्रस्तुत गर्दछ। यथार्थको प्रस्तुतिलाई कतिपयले काल्पनिक रङ दिन्छन् त, कतिपयले आप्mनै यथार्थ हो भन्नेजस्तो पारेर प्रस्तुत गर्दछन्। अझ साहित्यमा वर्तमान त बोलेकै हुन्छ, वर्तमानले साहित्यमा आधिपत्य जमाएकै हुन्छ। साहित्य, कला र संस्कृतिलाई मानव मात्रको सम्पत्ति मानिएको छ।     अहिले मानव समुदाय एउटा अकल्पनीय महामारीबाट गुज्रिरहेको छ । हरेक व्यक्तिको मनमा डर छ। मानव समुदाय संवेदनशील बनेको छ। गम्भीर संवेदनशीलताको यस घडीमा साहित्य सिर्जना हुनु स्वाभाविक हो। अझ घरमा नै बस्नुपर्ने नैतिक तथा सामाजिक दायित्वले गर्दा सर्जकको मन र मस्तिष्कलाई झङ्कृत बनाएको छ। जब सर्जक संवेदित हुन्छ, तब सिर्जना हुन्छ। सिर्जनाको प्रकाशन विभिन्न माध्यमले गर्दछ। वर्तमान विश्वलाई पनि सिर्जनामा उतारेर विभिन्न सामाजिक सञ्जालमा सर्जकहरूले सार्वजनिक गरिरहेका छन्। वास्तवमा यो एक किसिमले तात्क्षणिक आत्मप्रकाशन नै हो।     कोरोनाविरुद्

यो लामो छुटीमा बालबालिकालाई घरमा कसरी राख्ने !

Image
सञ्जय साह मित्र     अति आवश्यक कामबाहेक घरबाट ननिस्कन सरकारको सल्लाह सार्वजनिक भएकै दिन देशभरका विद्यालयहरू बन्द गर्ने निर्णय सार्वजनिक भएको छ । देशका करीब सम्पूर्ण शिक्षालय बन्द छन् । शिक्षालयहरू अप्रत्याशित बन्द भएका होइनन्। सरकारले चैत ५ गतेसम्म विद्यालय तहका सम्पूर्ण परीक्षा सम्पन्न गर्ने निर्देशन दिएको थियो र चैत ६ गतेदेखि हुने एसइई परीक्षासमेतलाई रोक्दै देशभरका क्याम्पस तथा विद्यालयहरू औपचारिकरूपमैं बन्द गर्ने निर्णय पनि आयो । देशमा भीडभाड हुने अन्य कामहरूमा पनि करीब रोक लगाइएको अवस्था छ । क्याम्पस पढिरहेका विद्यार्थीहरू तथा विद्यालय तहका बालबालिकाहरू घर फर्केका छन् र फर्किरहेका छन् । शहर बजारमा चहलपहल कम हुँदै गएको अवस्थामा बालबालिकाहरू गाउँतिर वा आआप्mनो घरतिर थन्किने अवस्था आइरहेको छ ।     एकजना महिला अभिभावकले एकजना शिक्षकसमक्ष आप्mनो दुःखेसो पोख्छिन्– कसरी एक महीनासम्म बच्चालाई घरमा राख्ने होला ? अवस्था यस्तो आइसकेको छ कि मामाघर पनि पठाउन सकिन्न र घरमा दिनभर राखिरहन निकै गा¥हो छ ।     वास्तवमा विद्यालयमा ६ घण्टाको लागि जाँदा अभिभावकहरूले सबै कुरामा विद्यालयले नै राम्रो गरि

घुम्टो प्रथा र...

Image
सञ्जय साह मित्र     नेपाल सांस्कृतिक विविधताको सङ्ग्रहालय पनि हो । यहाँ अनेक किसिमका संस्कृति एकै धर्म, सम्प्रदाय तथा जातका मानिसबीच रहेको छ । भौगोलिक दूरी, शिक्षा, नदी तथा लामो कालखण्डसम्म सम्पर्क हुन नसक्नु, सञ्चार, यातायात, सामाजिक सञ्जाल आदिका कारण संस्कृतिमा परिवर्तन, हस्तक्षेप तथा नयाँ संस्कृतिको निर्माण र चलनमा पार्थक्य आउने गर्दछ । नेपालमा प्रचलित संस्कृतिहरूको अध्ययन गर्ने हो भने एउटै संस्कृतिमा पनि विविधता पाइन्छ । संस्कृतिको विविधताभित्र एकता पाइन्छ । यी तथ्यहरूले पनि यस देशलाई संस्कृतिको सङ्ग्रहालय बनाउन सहयोग पु¥याएका छन् ।     देशमा भौगोलिक कारणले गर्दा तीन किसिमको संस्कृतिको निर्माण भएको छ – हिमाली, पहाडी र मधेसी । मधेसी संस्कृति भन्नु चाहिं देशको भूगोलको दृष्टिकोणले तराई भनिने क्षेत्रमा प्रचलित संस्कृतिको त्यो समष्टि हो जसलाई यहाँका रैथाने मान्दछन् ।     मधेसी संस्कृतिको आप्mनै विशेषता छ । आप्mनै विविधता छ । वास्तवमा मधेसी संस्कृति महिलाप्रधान छ । महिलाविना यो संस्कृति अधूरो र अपूरो छ । मधेसी संस्कृतिको विविधतामध्ये परम्परादेखि नै चलिरहेको घुम्टो पनि एक हो ।     घुम्ट

होलीको उल्लासमा कोरोनाको प्रतिबन्ध

Image
सञ्जय साह मित्र     यस वर्षको होलीको हल्ला नै फिक्का भएको छ । होलीलाई उमङ्ग र उत्साहको निर्बन्ध पर्व मानिन्छ । यसमा रमाइलोको कुनै सीमा हुँदैन । आप्mनो सीमा र बन्धन अर्थात् मर्यादाभित्र होली स्वच्छन्द पर्व हो । यसले खान र पिउनमा कुनै किसिमको सम्झौता गर्दैन । यस पर्वमा आप्mनो स्वास्थ्यले साथ दिने सीमासम्म पुगेर मानिसले खानपानको स्वाद र सन्तुष्टि लिन्छन् । पर्वहरूमा यो यस्तो पर्व हो, जसमा खानपानको दृष्टिले एक वर्षमा सबैभन्दा उत्कर्ष होओस् र अर्को वर्षको भन्दा अझ एक कदम अगाडि रमाइलो होओस् भन्ने चाहना हुन्छ । यस पर्वले बालकदेखि ज्येष्ठ नागरिकसम्ममा उल्लास थप्छ । वास्तवमा वसन्त आएको मनमा अनुभूति थप्छ ।     होलीको समयमा आफन्त र नजीकका मानिसहरू एक ठाउँमा भेला हुन्छन् । रङ्ग हाल्छन् र अबिर दल्छन्। कतिपयले रङ्गलाई छालाको स्वास्थ्य राम्रो हुने र कतिपयले छालालाई हानि गर्ने दुई ध्रुवको विचार पोख्छन् । अबिरको सन्दर्भमा पनि यो लागू हुन्छ । कतिपयलाई रङ्ग र अबिरको एलर्जी हुन्छ । कतिपयलाई होलीमा निर्बन्ध हुने खानपानले हानि गरेको पनि पाइन्छ । होलीको दिन वा भोलिपल्ट अस्पताल भर्ना हुने बिरामीको सङ्ख

कानू जाति र गणिनाथको सम्बन्ध

Image
सञ्जय साह मित्र     कानू जातिको इतिहास शताब्दीयौं शताब्दी पुरानो छ । महाभारतकालभन्दा पनि पुरानो जातिको रूपमा कानूलाई मानिएको छ तर कतिपय कुरा चाहिं विवादास्पद पनि आएका छन् । कतिपयले कानू जातिको कुलदेवता गणिनाथ चाहिं नै कानू जातिको उत्पत्तिकर्ता भएको तर्क निकाल्छन् भने कतिपयले चाहिं गणिनाथको उत्पत्ति हुनुभन्दा पहिलेदेखि नै कानू जातिको अस्तित्व रहेको तथ्य दिन्छन् ।     गणिनाथलाई नाथ सम्प्रदायको एक उपासक पनि मानिएको पाइन्छ । नाथ सम्प्रदायमा गोरखनाथ पनि पर्छन् ।     गणिनाथको विषयमा जानकारहरू गणिनाथलाई भगवान् शङ्कर वा माता पार्वतीको मानसपुत्र मान्दछन् । मानसपुत्र गणिनाथको अवतरण केही सीमित अवधिको लागि भएको थियो र उनको पालनपोषण मनसाराम साहको घरमा भएको थियो । मनसाराम साह कानू थिए (कानू भनेर विभिन्न स्थानमा विभिन्न नामले बोलाइने कानू, कान्दू, हलुवाइ आदि हुन् किनभने सबै एकै हुन् भन्ने मान्यता राख्नेहरू पनि छन्) । गणिनाथलाई कतिपयले सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा कुनै एक जातिको बताउने काम पनि गरिरहेका छन् । वास्तवमा गणिनाथको अवतरणलाई हेर्ने हो भने उनी कुनै जातिको भन्दा पनि उनको पालनपोषण

साहित्यमा प्राज्ञिक गतिशीलता

Image
सञ्जय साह मित्र     संसार गतिशील छ । संसारको ज्ञान र विज्ञानको क्षेत्रमा निरन्तर प्रगति भइरहेको छ । प्रगति भन्नु पनि गति नै हो । जहाँ कुनै स्थिरता रहन्छ भने त्यहाँ कुनै प्रगति पनि रोकिएको हुन्छ भन्दछन् । तर यसले राजनीतिक स्थिरतालाई समेट्दैन । यसमा पनि विवाद होला तर सामान्य मान्यता के छ भने राजनीतिक स्थिरताले अन्य धेरै कुरामा गतिशीलता ल्याउँछ । यदि राजनीतिक अस्थिरता भयो भने धेरै किसिमको गतिशीलता कम हुन्छ । फेरि राजनीति र सरकार केही फरक हुन सक्छ । यस अर्थमा कुनै देशको राजनीतिक वातावरण अस्थिर हुँदा वा नहुँदाको परिस्थितिलाई छोडेर समाजमा हुने परिवर्तनलाई विचार गर्ने हो भने सामाजिक परिवर्तन भन्नु चाहिं गतिशीलता हो ।     कतिपयले दोहोरो चरित्र देखाउँछन् । एकातिर समाजमा विकास र परिवर्तन चाहन्छन् र अर्कोतिर परिवर्तन भयो भने पहिलोको समाज राम्रो थियो भन्दछन् । पहिले नै समाजमा परिवर्तन हुनुहुन्न भन्दैनन् । समाजमा भइरहेको परिवर्तन म रोक्न चाहन्छु भन्दैनन् । समाजमा परिवर्तन ल्याउन भूमिका खेल्ने र परिवर्तन हुनुभन्दा पहिलेको समाज राम्रो थियो, अहिलेको समाज बिग्रियो भन्ने रोदन कतिपय प्राज्ञिक व्यक्तिले

के छ पतौराको पुरातात्विक वास्तविकता ?

Image
सञ्जय साह मित्र     ऐतिहासिक तथ्य र प्रमाणहरूले स्पष्ट केही पनि भन्दैनन् तर पतौराको भग्नावशेषले स्पष्ट नभन्ने सबैलाई चुनौती दिइरहेको छ ।     नजीकै सिम्रौनगढ रिसाइरहेको छ । सिम्रौनगढले यस क्षेत्रकै इतिहास खोलेको छ । अलि परको ईशनाथ महादेव मन्दिरले पनि इतिहास बोलेकै छ । तर मौलापुर नगरपालिकाको पतौराबारे सबैतिर किन मौनता ?     इतिहासले भन्छ – इस्वी सन् १०९७ मा डोय राज्यको स्थापना भएको थियो । दक्षिण भारतको कर्नाट देशबाट आएका नान्यदेवले सिम्रौनगढलाई राजधानी बनाई डोय राज्य स्थापना गरेका थिए । नान्यदेव दक्षिण भारतका चालुक्य शासकका सेनापति थिए । सेनापति नान्यदेवले डोय राज्यको स्थापना गरेका थिए । डोय राज्यमा नान्यदेवपछि गङ्गदेव, गङ्गदेवपछि नरसिंहदेव, रामसिंह देव, शक्तिसिंह देव, भूपालसिंह देव तथा हरिसिंह देवले शासन गरेको इतिहास छ । दिल्लीका बादशाह गयासुद्दीन तुगलकले डोय राज्यमा आक्रमण गरी ध्वस्त पारेपछि डोय राज्यका सातौं राजा हरिसिंह देव आप्mनो राज्य छाडी भागेका थिए । हरिसिंह देवले शासन छोडी भागेपछि तुगलकले कामेश्वर ठक्कुरलाई शासक नियुक्त गरेका थिए । त्यसपछि ठक्कुर वंशको पनि शासन चलेको पाइन्छ

मधेसको आधुनिक नेपाली गजल

Image
सञ्जय साह मित्र     यहाँ मधेसलाई सङ्कुचित अर्थमा लिइएको छ । यस आलेखमा मधेस भन्नाले प्रदेश २ लाई सम्बोधन गरिएको हो ।     नेपाली भाषा र साहित्यको सेवा मधेसले निकै सजगतापूर्वक गर्दै आएको छ । समग्र देशमैं मोफसलबाट पहिलो पत्रिका निकाल्ने यहींको वीरगंज हो । त्यो सम्भवतः साहित्यिक पत्रिका थियो । तर अहिले वीरगंज साहित्यिक पत्रिकाविहीन छ ।     यस प्रदेशमा नेपाली साहित्यको सबै विधाले फल्ने–फुल्ने मौका पाएको छ । समग्र नेपाली साहित्यको विशिष्ट सेवा गरेको छ । अनेक मापनहरूले यसलाई पुष्टि गरेका छन् । यस प्रदेशको साहित्य सिर्जना स्तरीय छ र त नेपाली मानक साहित्यिक पत्रिका, साहित्यकार तथा भाषासेवामा यो प्रदेशले अग्रणी भूमिका खेल्दै आएको छ । ज्वलन्त उदाहरणको रूपमा लिन सकिन्छ – प्रज्ञा आधुनिक नेपाली गजल कृतिलाई ।     नेपाल प्रज्ञा प्रतिष्ठानले हालै यो कृति प्रकाशन गरेको छ । यस कृतिका दुई सम्पादक छन् – डा. घनश्याम न्यौपाने परिश्रमी र गोपाल अश्क । डा. परिश्रमी वीरगंजमा नौ वर्ष बसेर प्राध्यापनसँगै साहित्य सेवा गर्ने व्यक्तित्व हुन् भने अश्क वीरगंजकै हुन् अर्थात् यस कृतिको सम्पादन यस प्रदेशले गर्ने मौका पाए

आठ जिल्लामा गजलकारहरूको खोजी

Image
सञ्जय साह मित्र     नेपालका सात प्रदेशमध्ये प्रदेश नम्बर २ मा धनुषा, पर्सा, बारा, महोत्तरी, रौतहट, सप्तरी, सर्लाही र सिराहा जिल्ला रहेका छन् । यस प्रदेशका प्रमुख तीन भाषामा बज्जिका, भोजपुरी र मैथिली छन् । देशकै प्रमुख भाषा नेपाली यस प्रदेशको प्रमुख तीन भाषामा परेको छैन तर पनि नेपाली भाषाको साहित्य समृद्ध छ । नेपाली भाषाका साहित्यमध्ये गजलको विशिष्ट स्थान रहेको छ । आठ जिल्ला अर्थात् प्रदेश २ मा गजलकारहरूको पनि खोजी हुनुपर्दछ । यसैको प्रयासस्वरूप यो आलेख तयार पारिएको हो ।     गजलकार अमर त्यागी (बारा)को ‘बाँसुरीमा आँसुको गीत’ गजलकृति प्रकाशित छ । अर्जुन थापा, कमल नेपाल, कवि सुवेदी, कृष्ण दाहाल, कुमार दाहाल, चण्डिका मैनाली, पवन कार्की, प्रमिला पोखरेल, मनीषा भट्टराई, मिलन कोइराला, वसन्त पौडेल, विवश पौडेल, लीलाराज दाहाल र सुमित्रा आचार्य (सर्लाही)को ‘अध्याय संयुक्त’ गजलकृति प्रकाशित छ । खेमप्रसाद बोलखे (रौतहट)को ‘उद्वेग’ कृति प्रकाशित छ । यसैगरी, गोपाल अश्क (पर्सा)को ‘जीवनको लेक र बेंसी’ गजलसङ्ग्रह तथा प्रेमान्तर गजल महाकाव्य प्रकाशित छ । धीरेन्द्र प्रेमर्षि (धनुषा)को ‘सलाम’ प्रकाशित छ । य