Posts

Showing posts with the label वाटिका

वीमनपा ठीक्क ! बिरालो भन्छ थुक्क

Image
                मुकुन्द आचार्य वीरगंज वीरहरूको नगरी हो किनभने यसको नामको ‘वीर’ वीर शमशेरको नामकै मूल अंश हो। यसको न्वारन कसले, कहाँ, कसरी गरायो, त्यसको वीरता कुन विषयमा थियो, ती सब कुरा तपसीलका हुन्। हालसाल तिनलाई खोतलखातल पार्न जरुरी देखिन्न। त्यसो त अहिले सबै आफूलाई वीर (हीरो) नै ठान्छन्। वर्तमानमा चहार्दा यो वीरगंज नगरी पहिलेको दाँजोमा निकै तन्किएको छ। पूर्व, पश्चिम, उत्तर, दक्षिण चारै दिशामा यसको तन्काइ निकै बढेको छ। चुइङ्गम भएको छ। यसको आकार, प्रकारलाई उपध्रोसँग तन्काउने श्रेय यसको नगरीकरण–शहरीकरण गर्ने सोचलाई जान्छ। सबै दिशाबाट यहाँ आएर वीर भएर वीरतापूर्वक बस्ने सबै वीरबहादुर प्रशंसनीय छन्, वन्दनीय छन्। उनीहरू आआफ्नो जीवनचक्रमा खुङ्खार अपराधी हुन सक्लान्स तर त्यो खोतलखातल गर्ने काम हामी नगरौं। त्यो हाम्रो काम हैन। अब कुरोको चुरोतिर लागौं। वीरगंज नगरपालिकाले उपध्रो उन्नति गरेको छ, यसमा रौं बराबर शङ्का गर्ने ठाम छैन। ठाउँ–ठाउँमा कालाचिल्ला सडकहरू दक्षिण भारतीयको अनुहारजस्तै टिलिक्क टल्केका छन्। अस्पताल, रोगी, विद्यालय, महाविद्यालय, होटेल, वाणिज्य–व्यवसाय, प्रहरी प्रशासन, अपराधी, तस

द्रोण पर्व–३४

Image
                    उमाशङ्कर द्विवेदी ब्राह्मणमा सत्य, साधुहरूमा नम्रता र यज्ञमा लक्ष्मीको हुनु जसरी निश्चित छ, त्यसै प्रकार जहाँ नारायण छन्, त्यहाँ विजय पनि निश्चित छ। भोलि बिहान हँुदैमा मेरो रथ तयार रहोस्, यस प्रकारको प्रबन्ध मिलाउनुहोस्, किनभने हामीमाथि ठूलो काम आइपरेको छ। तदन्तर अर्जुनले श्रीकृष्णसित भने–“भगवन्, अब तपाईं गएर सुभद्रा र उत्तरालाई सम्झाइबुझाइ गरेर उनीहरूको शोकलाई साम्य पार्नुहोस्।” अनि धेरै उदास भई श्रीकृष्ण अर्जुनको शिविरभित्र गएर पुत्रशोकले पीडित आफ्नी बहिनीलाई ढाडस दिन थाले। उनले भने– “हेर बहिनी, तिमी र बुहारी उत्तरा दुवैले शोक न गर। कालद्वारा एक दिन सबैको यस्तै गति हुन्छ। तिम्रो पुत्र उत्तम वंशमा उत्पन्न, धीर, वीर र क्षत्रिय थियो, यो मृत्यु उसको योग्य नै भएको हो, त्यसैले शोकलाई त्याग गर। हेर, बडे बडे सन्त पुरुष तपस्या, ब्रह्मचर्य, शास्त्रज्ञान र सद्बुद्धिद्वारा जुन गतिलाई प्राप्त गर्न चाहन्छन्, त्यही गति तिम्रो पुत्रलाई प्राप्त भएको छ। तिमी वीरमाता, वीरपत्नी, वीरकन्या र वीरकी बहिनी हौ, कल्याणी, तिम्रो पुत्रलाई उत्तम गति प्राप्त भएको छ, तिमी उसको लागि शोक न गर। बाल

प्रतिगमन

Image
                समीर पाख्रिन कर्णे आज बिहानैदेखि थकित छ। ऊ आँगनमा बसेर घरीघरी हाइ...हाइ काँडिरहेको छ। बिहान सबेरै उठेर पँधेराबाट दुई–तीन गाग्री पानी ओसारिसक्ने कर्णेलाई आज जाँगर चलेको छैन। “लिनोस् चिया। के भो ? बिहानै नून खाएको कुखुराजस्तो झोक्राउनुभएको छ नि ?” कर्णेकी पत्नी चमेलीले चिया टक्राउँदै प्रश्न गरिन्। “दिनभरि घोक्रो फुलाइफुलाइ जिन्दाबाद १ आई लभ यू भनेर चिच्याएकोले होला जीउ फतक्क गलेको छ।” “मल बोक्नुपर्ने मान्छे, दिनदिनै जुलूसमा हिंडेका छन्। म एक्लैबाट त हुँदैन है भनीदिएकी छु नि,” चमेली फतफताउँदै भान्सातिर लागिन्। “ल ल दिउँसोतिर बोकौंला,” यति भनी कर्णे चिया पिउन थाल्छ। हुन पनि कर्णे मात्र होइन गाउँका लोग्ने मानिसहरू हिजोआज सबै काम लथालिङ्ग छाडेर घर लौरीमा हिंडेका छन्। जान्न भन्नसमेत नपाइने अवस्था आएपछि गरोस् पनि के ? “पहिला एक भारी घाँस ल्याउँछु, त्यसपछि भात खान्छु र दिउँसोतिर मल बोक्नुप–यो,” उसले अठोट गरेको मात्र के हुन्छ एक हूल गाउँँले आँगनमा देखा पर्छ। “कर्णे, लौ लौ जानुप–यो तयार भैहाल्नूू,” एउटाले फूर्तिका साथ भन्यो। “हैन कहाँ जाने भन्या फेरि ?” कर्णेले झर्को मान्दै हूलतिर

प्राचीनकालमा तिलक, गौना र दोङ्गाको महत्व

Image
                राजेश मिश्र कालान्तरमा तिलक दहेजको आवरणमा थिएन। किनभने विवाहलाई धार्मिक अनुष्ठान मानिन्थ्यो। धार्मिक संस्कार अन्तर्गत दुलहालाई विवाहपूर्व तिलक गर्ने परम्परा थियोे। विवाहमा धार्मिक संस्कार, पूजापाठ र लोकपरम्परा आदि उच्च प्राथमिकतामा थिए। बेहुला पक्षलाई पूज्य मान्ने उहिलेको मान्यता अहिले पनि निरन्तर छ। पुरोहित, हजाम र नितान्त आफन्तजनको उपस्थितिमा तिलकोत्सव हुन्थ्यो। एकाध सम्भ्रान्तजनबाट तिलकमा शुरू भएको दहेज प्रदर्शनको सङ्क्रमण समाजमा फैलिंंदै गयो। एकअर्काको अनुसरण हुन थाल्यो। तिलकमा दहेज लिने/दिने मात्र होइन, प्रदर्शनजन्य परम्पराको सुरुआत भयो। तिलकोत्सव बिस्तारै दहेज प्रदर्शनको केन्द्र बन्दै गयो। तामझाम बढ्न थाल्यो। खर्चिलो बन्दै गयो। उच्च भीड र अकुत दाइजो प्राप्तिलाई ‘सामाजिक औकात मापक यन्त्र’ मान्न थालियो। अहिले अस्ताउँदो तिलकको प्रचलन ‘छेका’ र ‘अँगुठी समारोह’ जस्ता नयाँ स्वरूपमा उदीयमान छ। तिलकलाई स्थानीय भाषामा ‘तिल्काउने’ अर्थात् तिलक गर्ने भनिन्छ। मधेसको सन्दर्भमा ‘तिलक’ अति प्रचलित शब्द हो। तिलक के हो ? भन्ने प्रश्नको जिज्ञासामा अपवादबाहेक मस्तिष्कमा दहेज लेनदेनको

अद्र्धनारीश्वरदेखि दुईलिङ्गी चरोसम्म

Image
                    सञ्जय मित्र मनुस्मृतिमा एउटा श्लोक यस्तो छ ः     द्विधा कृत्वाऽऽत्मनो देहमर्धेन पुरुषोऽभ्यत्ः।     अर्धेन नारी तस्यां स विराजमसृजत्प्रभुः।।     यसको भावार्थ के बताइएको छ भने ब्रह्माले आफ्नो शरीरलाई दुई भाग गरी आधाबाट पुरुष र आधाबाट नारी बनाएर त्यसमा विराट् पुरुषको सृष्टि गरे।     मानिसको सृष्टि वा सिर्जना कसरी भयो वा मानिसको विकासक्रम के हो भन्ने विषयमा अनेक वादविवाद रहेको छ। धर्मशास्त्र र विज्ञानले फरक–फरक तर्क राख्दै आएका छन्। मानवको उत्पत्ति कसरी भयो भन्ने विषयमा अनेक तर्क र बहसहरू लामो समयदेखि चल्दै आएको सत्य हो। सबै तर्क र सिद्धान्तलाई मान्नेहरू छन् र सबैमाथि प्रश्न उठाउनेहरू पनि छन्।     मनुस्मृतिको उपर्युक्त श्लोकबाट एउटा कल्पना उभिन्छ कि ब्रह्मामैं स्त्री र पुरुष दुवैको शक्ति थियो। ब्रह्मालाई सामान्यतया वृद्ध पुरुषको रूपमा चित्राङ्कन गरिएको पाइन्छ र यस श्लोकमा भनिएको जस्तो प्रस्तुति सितिमिति कुनै प्रसङ्गमा गरिएको पाइन्न। तर मनुस्मृति पनि हिन्दू धर्म–दर्शनमा दख्खल राख्ने ग्रन्थ भएकोले एकैचोटि ठाडै अस्वीकार गर्न पनि सकिन्न। यस ग्रन्थले ब्रह्मा एकै देवतामा नारी

बहुआयामिक पर्व–फागु

Image
                    राजेश मिश्र राम खेले होरी, लक्षुमन खेले होरी, लङ्गा में राजा, रावण खेले होरी, फागु पर्वको प्रसिद्ध लोकगीतहरू थुप्रै छन्। जसमध्ये उपरोक्त गीत उनलाई असाध्यै मनपर्छ। उपरोक्त लोकगीतले राम–लक्ष्मण तथा लङ्काधिपति रावणले होली खेलेको प्रसङ्ग व्यक्त गर्दछ। अर्थात् अयोध्यादेखि लङ्कासम्म फागु पर्व मनाइन्थ्यो भन्ने कुरा ज्ञात हुन्छ। उपरोक्त लोकगीत पौराणिककालदेखि नै अस्तित्वमा आएको मान्यता छ। फागु पर्वलाई देहातमा होली, होरी, फगुवा आदि भनिन्छ। ‘फगुवा कहिया बा (होली कहिले हो ?) ?’ जनमानस जान्न आतुर रहन्छ। देहातीजन गाउँका पुरोहितसँग सोध्दछन्। परदेशीजन घरमा फोन गरेर बाआमासँग सोध्छन्। दिन यकीन भइसकेपछि हर्ष यति हुन्छ कि घर जाने मनोकाङ्क्षा तीव्र हुन्छ। उल्टोक्रममा दिन गिन्ती शुरू गर्न थाल्छन्। फागुन मासमा मौसम शान्तिप्रिय महसूस हुन्छ। खेतमा लहलहाउँदो अन्नका बालाहरूले आफूतिर आकर्षित गरिरहेको आभास हुन्छ। नयाँ लताले वृक्षहरू सुशोभित हुन्छन्। ह्दयमा तीक्ष्ण खुशीको भाव उत्पन्न हुन्छ। रङ्गोत्सवको पावन अवसरमा मन प्रफुल्लित हुन्छ। पर्साको पोखरिया–४ का उनी हुन् मदन मिश्र। ७० वर्षीय अवकाशप्राप

बिहेमा को–को थिए ?

Image
मुकुन्द आचार्य     विवाह शब्द नै खिइएर बिहे बन्न गएको हो। छोटकरीमा भन्नुपर्दा, जिब्रोको सजिलोका लागि अङ्ग्रेजीको ‘ब्रदर’ ब्रो भयो, युनाइटेड किङ्गडम युके भयो, युनाइटेड स्टेट्स अफ अमेरिका ‘युएसए’ बन्न पुग्यो, मार्केट–मार्ट भयो, मदरबाट मम भयो। मान्छे सा–है छोटो हुँदै गयो।     त्यसैले अचेल बिहेवारी पनि छोटकरीरूपमा हुन थाल्यो। त्यसो त हाम्रो हिन्दू समाजमा चट मँगनी पट शादीको चलन पहिलेदेखि नै नभॉको त हैन। शुभस्य शीघ्रम भनिने टुक्काले पनि चटपट बिहे गरिहाल्नेलाई रौस्याएकै हो नि त। अनि त आइहाल्यो नि ‘मियाँ बीबी राजी तो क्या करेगा काजी !’ आँखा मात्र जुध्नुपर्छ अनि त धेरै थोक जुध्न थाल्छन्।      म पनि हालसालै एक मित्रको छोराको बिहेमा साक्षी किनाराको सदर बन्दै जन्त भएर गॉको थिएँ। पाए अन्त नपाए लखनेको जन्त भन्ने आहानलाई चरितार्थ गर्दै म जन्त भएर दक्षिणकालीको सुरम्य शक्तिपीठमा दाखिल हुन पुगें। हुलमुलमा जीउ जोगाउनू भन्छन्। मातालाई टाढैबाट ढोग गरें।     जन्तीमा विविधखाले मानव आकृतिका जीवजन्तुहरू हुनु स्वाभाविकै हो। जन्त हिंड्नुअघि नै यौटा धक्कुबाजले गुड्डी हाँक्यो– म त खाँटी काङ्ग्रेसी ! मेरा बाजेले वि

जिउँदो इतिहास

Image
राजेश मिश्र     पर्सा जिल्लाको देहातमा रहेको सुहपुर भन्ने गाउँ वीरगंजदेखि पश्चिम–उत्तर कुनामा अवस्थित छ। हुलाकी राजमार्गले देहाती जनजीवनलाई वीरगंजसँग नजीक ल्याएकोले यतिबेला देहात हर्षित छ। वीरगंजदेखि बहुअर्वा–पोखरिया हुँदै सुहपुर करीब २५ किलोमिटर टाढा पर्छ। सुहपुर वीरगंजदेखि बहुअर्वा–माधोपुर हुँदै करीब १९ किलोमिटर टाढा पर्छ। कालान्तरमा देहाती जीवन सडकको दुरवस्था र खोलानालामा पुलको अभावले दुर्गम क्षेत्रको रूपमा विद्यमान थियो। यद्यपि कालान्तरमा राज्यपक्षबाट उपेक्षित देहातको अवस्था थोरै भएपनि हालको दिनमा सुधारोन्मुख भन्नुपर्छ।     सोही क्षेत्रका एक वृद्ध जसले हैजा महामारीदेखि कोरोनाकालसम्म देखेका छन्। ती वृद्धसँग सम्पर्क गराउने व्यक्ति हुन्, सामाजिक अभियन्ता बृजेश्वरप्रसाद चौधरी। उक्त क्षेत्रको यात्राको क्रममा गहुँ र तोरीबालीको मनमोहक दुश्य अवलोकन गर्दै हामी वीरगंजदेखि देहात सुहपुरतर्फ लाग्यौं। १०८ वर्षीय जीतमन दास थारूसँग भेट भयो। दिउँसोको समयमा उनी घरअगाडि घाम ताप्दै थिए। वृद्धसँग संवाद भइरहँदा मोहन साह तेली, सुरेन्द्र ओझैया, भोलाराम थारू, उनका छोरा नागेन्द्रदास थारूलगायतले उत्सुकतापूर्

द्रोण पर्व–३२

Image
उमाशङ्कर द्विवेदी     ऊ एक्लो र असहाय भएपछि दुःशासनको पुत्रले सङ्कटापन्न अवस्थामा उसलाइ मारिदियो। उसले पहिले एक हजार हात्ती, घोडा, रथी र मानिसहरूलाइ मा–यो, फेरि आठ हजार रथी र नौ सय हात्तीको संहार ग–यो, तत्पश्चात् दुई हजार राजकुमार तथा अन्य धेरै सारो अज्ञात वीरलाई मारेर राजा बृहद्वललाई पनि यमलोक पठायो, त्यसपछि मात्र ऊ बल्ल स्वयम् म–यो। यही हाम्रोलागि सबैभन्दा बढ्ता शोकको कारण हो।     धर्मराजको कुरा सुनेर अर्जुनले पुत्र, पुत्र भन्दै उच्छ्वास लिन थाले र व्यथाबाट अत्यन्त पीडित भई पृथ्वीमाथि ढलिहाले। त्यति बेला सबैको मुखमा विषाद देखियो तथा जम्मैले अर्जुनलाई चारैतिरबाट घेरेर निर्निमेष नेत्रबाट एकअर्कालाई हेर्न थाले। अलिक बेरमा अर्जुन चैतन्य भएर क्रोधित भई भने– म तपाईंहरूको सामु यो साँचो प्रतिज्ञा गरिरहेको छु कि यदि जयद्रथले कौरवहरूको आश्रय त्यागी भागेर गएन अथवा हाम्रो वा भगवान् श्रीकृष्णको अथवा युधिष्ठिरको शरणमा आएन भने भोलि म उसलाई अवश्य नै मार्नेछु। कौरवहरूको प्रिय गर्ने पापी जयद्रथ नै त्यस बालकको वधको निमित्त बनेको थियो, अतः निश्चय नै भोलि उसलाई यमलोक पठाउनेछु। भोलि उसलाई मार्न नसकेमा मात

श्रीपञ्चमी पर्वका धार्मिक, सामाजिक तथा सांस्कृतिक पक्ष

Image
बासुदेवलाल दास   परिचयः     माघ महीनाको शुक्ल पक्षको पञ्चमी तिथिलाई श्रीपञ्चमी अथवा वसन्तपञ्चमी भनिन्छ। यस दिन श्रीसरस्वती देवीको पूजा गर्ने प्रचलन रहेकोले यसलाई सरस्वती–पूजा भनेर पनि अभिहित गरिन्छ। नेपालको प्रदेश नं २ क्षेत्रमा यो पर्व मनाउने परम्परालाई अध्ययन गर्दा यसका धार्मिक, सामाजिक तथा सांस्कृतिक जस्ता पक्षहरू रहेका देखिन्छन्। यस आलेखमा यिनै कुराहरूबारे संक्षेपमा चर्चा गरिएको छ।     श्रीपञ्चमी शब्दमा रहेको ‘श्री’ शब्दले धनकी देवी लक्ष्मीलाई सम्बोधन गरिएको हो। एउटा मान्यता अनुसार समुद्र–मन्थनबाट यसै तिथिमा लक्ष्मीको उत्पत्ति भएकोले यसलाई श्रीपञ्चमी भनिएको हो। अर्कोतिर, यसलाई वसन्तपञ्चमी पनि भनिन्छ। वसन्त भनेको वर्षका ६ वटा ऋतुमध्येको एउटा ऋतु हो, जुन प्राच्य धारणा अनुसार चैत र वैशाख महीनामा पर्ने गर्दछ। वसन्त ऋतुलाई प्रीति र अनुरागका देवता कामदेवको सहचरको रूपमा स्वीकार गरिएकोेले एवं रतिका साथै कामदेवको पूजा माघ शुक्ल पञ्चमी तिथिमा गरिने प्रचलन भएकाले यस पञ्चमी तिथिलाई वसन्त–पञ्चमी भनिएको हो। माघ शुक्ल पञ्चमीका दिन वसन्तोत्सव मनाइने तथा ‘वसन्त–राग’ श्रवण गर्ने गरिन्छ। धार्मिक पक्ष

अमवा के डारी में बोले रे कोयलिया

Image
मुकुन्द आचार्य हाम्रँे सानो देशमा धेरै थरीका भाषाभेष छन् । एकजना त भेषबहादुर थापा थिए, धेरैलाई सम्झना होला । भेषभाषा आदिको भिन्नताले नै त देश रमाइलो, घमाइलो हुँदो रै‘छ । तसर्थ नेपालको तराई भेगमा पनि भोजपुरी, मैथिली, अवधी, थारू, राजवंशी आदि भाषाको राम्रँे उपस्थिति छ । भोजपुरी भाषाको लोकगीतको यो सर्वप्रसिद्ध त्रबोल हो । कोइलीले कुहु–कुहु गर्दा कतिलाई रोमाञ्च हुन्छ रे ! वसन्त ऋतुदेखि कोइलीले पनि मिलनको गीत गाउन थाल्छ भन्ने प्रचलन रहिआएको छ । कुनै पुस्तक पढेको जस्तो लाग्छः वसन्त ऋतु आएको बेला कोइली र कविलाई पहिले थाहा हुन्छ रे । वसन्त आउनासाथ कता हो कता लुकीबसेको कोइली पञ्चम स्वरमा गाउने र कविले पनि ताली बजाएर सुसेलेर उसैको तालमा नाच्ने गाउने गर्छ भन्ने मान्यता हामीले पालिरहेका छौं । कवि, कोइली र वसन्त ऋतुको एक्का ट्रायल नामी र दामी मानिन्छ । हाम्रँ पूर्वीय शास्त्रीय वर्णनहरूमा वसन्त ऋतुको शुभागमनको निहुँमा वसन्तोत्सव धूमधामले मनाउने प्रचलन रहिआएको थियो । राजा रजौटाहरू आफूलाई इन्द्र र दरबारिया स्त्रीलिङ्गहरूलाई अप्सरा मानेर निकै उल्लासका साथ जिस्किने, मस्किने, ठुस्किने, लट्ठिने गर्थे रे ।

द्रोण पर्व–३०

Image
उमाशङ्कर द्विवेदी मैले सुनेको छु कि आचार्य द्रोणले चक्रव्यूहको रचना गरेका थिए, तपाईंहरूमध्ये बालक अभिमन्युबाहेक अन्य कसैले पनि चक्रव्यूहको भेदन गर्न सक्नुहुँदैनथ्यो । अभिमन्युलाई पनि चक्रव्यूहबाट निस्कन सक्ने विद्या बताएको थिइनँ । कतै तपाईंहरूले त्यस बालकलाई नै शत्रुहरूको व्यूहमा पठाइदिनुभएको त थिएन ? सुभद्रानन्दन त्यस व्यूहलाई अनेकौंपल्ट भेदन गरेर त्यसभित्र मारिएको त होइन ? ऊ सुभद्रा र द्रौपदी दुवैको प्यारो तथा माता कुन्ती र श्रीकृष्णको अत्यन्त लाडे थियो । भन्नुहोस् त कालको वशमा परेको उसको वध गर्ने को हो ? ओहो, ऊ कसरी सबैसित हाँसीहाँसी कुरा गर्दथ्यो र सधैं आफूभन्दा बडाको आज्ञामा रहन्थ्यो । बालकालदेखि नै उसको पराक्रमको कुनै तुलना थिएन । कस्तो मीठो कुरा गर्दथ्यो । ईष्र्या र द्वेषले त उसलाई छोएकै थिएन । ऊ महान् उत्साही थियो । उसका भुजाहरू लामा–लामा थिए र आँखा कमलको समान विशाल थियो । आफ्ना सेवकहरूमाथि औधि दयाभाव राख्दथ्यो, कहिल्यै पनि नीच मानिसको सङ्गत गर्दैनथ्यो । ऊ कृतज्ञ, ज्ञानी र अस्त्रविद्यामा कुशल थियो, युद्धमा कहिल्यै पनि पाइलो पछि सार्दैनथ्यो । युद्धको त उसले अभिनन्दन गर्दथ्यो, शत

दहेजको ओतमुनि विलुप्त कानून

Image
राजेश मिश्र वरपक्षः सुनीं, मोटरसाइकल नायाँ चाहीं (सुन्नुस्, मोटरसाइकल नयाँ चाहिन्छ) । वधूपक्षः (दुलहीको मामा अनुनयविनय गर्दै) सुनिना, जाथापाथा बहुत कम बा बहनोई साहेब लगे, तनी रहम करल जाँव (सुन्नुस् न, सम्पत्ति थोरै छ भिनाजुसँग, अलि विचार गर्नुहोस्) । वरपक्षः (वरका फुफाजु चुरोटको धूवाँ मुख र नाकबाट फाल्दै) अपने के पाता बा ? (कन्याको बुबालाई औंला देखाउँदै, रूखो स्वरमा) ऐथी वाला आइल रहलन त का–का देत रलन, ओतना त कह दियाई त अपने सकबे ना करेम (तपाईंलाई थाहा छ ? फलानो आएका थिए त के–के दिन भनेका थिए, त्यति बताइदियो भने त तपाईं सक्दै सक्नुहुन्न) । वधूपक्षः (दुलहीका बुबा गम्छाले अनुहार पुच्छ्दै) सम्धीजी । (लवज अवरूद्ध हुन थालेपछि, भुइँतिर हेर्दै) बच्ची हमर शिक्षित हिं ना सुशील भी बिया । अपने के घर के लायक बिया । कृपा कर के स्वीकार करीं । खातिरदारी में कौनो कमी ना होखे देहेम । (छोरी मेरो शिक्षित मात्र होइन सुशील पनि छिन् । तपाईंको घरको लायक छिन् । कृपया स्वीकार गर्नुहोस् । स्वागतमा कुनै कमी हुन दिने छैन ।) माथि उल्लिखित संवादजस्तै देहातमा दहेजको विषयमा वाद प्रतिवाद हुने गर्दछ । शिक्षित वर्गका पक्

नक्कली पहाडले गराउने सक्कली अनुभूति

Image
सञ्जय मित्र रौतहटको गुजरा नगरपालिकाको चोंचामा रहेको गुजरा फन पार्क गन्तव्य हो । गरूडाबाट निस्केर झन्डै सोझो हुने नहर नसमात्दासम्म अनगिन्ती मोडहरूको ग्रामीण बाटो गुड्दा अलिकति पनि लाग्दैनथ्यो कि नगरपालिकाको बाटो पनि यस्तो हुन्छ । धूलो र माटोका सडकहरू नाघ्दै अगाडि बढ्दैछौं । एउटा मोडमा मैले स्कूटर रोकेर देखाउँछु– “ऊ... त्यो अलिकति माटो भत्केको र खाल्डो परेको ठाउँ छ, त्यहाँ नै लमाहा नदीमा नहर मिलाइएको छ। नहरलाई खोलामा मिलाइएको हो । अधिकांश ठाउँमा नहर खोलाबाट निकालिन्छ तर यहाँ नहरलाई खोलामा मिसाइएको छ । हो, यो नहर जहाँबाट वाग्मती मूल नहरबाट छुट्याइएको छ, हामी त्यहाँ पुग्दछौं अहिले । मैले देखाउनुपर्ने कारण यहीं हो ।” अनि हुइँकिन्छौं । साथीहरू अगाडि बढिसकेका छन् । नजीकै एउटा मोड छ । मोडले त्यहीं नहरको किनारमा पु¥याउँछ, जसलाई नजीकैको खोलामा विसर्जन गरिएको छ। त्यहाँ अलिक पर खोला देखिन्छ र नहरलाई खोलामा विसर्जन गरिएको ठाउँको विपरीत दिशामा विशाल सरेह छ । धरतीको मुहारलाई नयाँ बालीले हरियो बनाएको छ । त्यहीं एकातिर धरतीको अनुहार मलीन देखिन्छ भने अर्कोतिर उज्यालो । नाकको डेडीजस्तो नहर छ, जसले त्यहाँ

अन्तरजातीय विवाह

Image
मुकुन्द आचार्य आजको सुपरफास्ट युगमा यो अन्तरजातीय बिहे कुनै समस्या नै होइन भन्ने र मान्नेहरूको सङ्ख्या विश्वमा कोरोनाझैं ह्वात्तै बढेको छ। यसो एक निमिष गम्दा ‘ए हो त... नि १’ भन्ने पनि थुप्रै होलान्। युग फेरियो फेशन फेरियो, हेर्ने चश्मा फेरियो, फरिया फेरिएर टाइट पैन्ट लाउन थाले। निकै टिमिक्क परेर हिंड्नेहरूका नाभी मुन्तिरका अङ्ग–प्रत्यङ्ग प्रस्टै परिलक्षित हुन थाले। स्मार्टनेस हो रे...१ बरु दिगम्बरे भएको राम्रो, वस्त्र खर्च बाँच्छ १ त्यसैगरी, सारा समाजका आधारस्तम्भ नै हल्लिए, मर्किए, भाँचिए, ढले, गले, माटोमा मिले। तर यो अवस्था हामीले प्रयास गरेर क्रान्ति गरेर ल्याएको चै हैन। तैपनि के चै ठोकुवा भन्न सकिन्छ भने यो ओभर स्मार्टेस चै हाम्रो शिक्षा पद्धति र पश्चिमा देशको अन्धो नकलको ठूलो देन हो। मान्छे चन्द्रलोकमा बोरामा टन्न ढुङ्गा हालेर मत्र्यलोकमा ल्याएर अनुसन्धान अन्वेषण गरिरहेको युगमा यो अन्तरजातीय बिहेको कुरा उठाउनु सङ्कुचित मानसिकता हो भन्दै ओठ लेप्रयाउनेहरू पनि टन्ने होलान्। तर विगतको भूतले पनि हामीलाई चटक्कै त कहाँ छोड्छ र १ ह्याङओभर त रहिरहन्छ। प्रजातन्त्रको जन्मदाता मानिने ब्रिटेन

द्रोण पर्व–३०

Image
उमाशङ्कर द्विवेदी एकचोटि राजाको छेउमा वनस्पति, पर्वत, देउता, असुर, मानिस, सर्प, सप्तर्षि, यक्ष, गन्धर्व, अप्सरा तथा पितरहरूले गएर भने– महाराज, तपाईं नै हाम्रो सम्राट हो, तपाईंले नै हामीलाई कष्टबाट बचाउनुहुन्छ तथा तपाईं नै हाम्रो राजा, रक्षक र पिता हो। तपाईंले हामीलाई अभीष्ट वरदान दिनुहोस्, जसबाट अनन्तकालसम्म हामीहरूले तृप्ति र सुखको अनुभव गरौं। उनीहरूको यस्तो कुरा सुनेर राजाले भने– यस्तै हुनेछ। तदन्तर, राजा पृथुले नाना प्रकारका यज्ञ गरे र मनोवाञ्छित भोग सामग्रीद्वारा समस्त प्राणीका कामनाहरू पूर्ण गरेर उनीहरूलाई तृप्त पारे। पृथ्वीमाथि जुन पदार्थहरू छन्, त्यसकै आकारको सुवर्णको पदार्थ बनाएर राजाले अश्वमेध यज्ञ गरेर ब्राह्मणहरूलाई दानमा दिए। उनले छयासट्ठी हजार सुनका हात्ती बनाएर ब्राह्मणहरूलाई दानमा दिए। सुनको पृथ्वी पनि बनाएर त्यसलाई मणिबाट विभूषित गरेर दान गरिदिए। सृञ्जय, उनी पनि तिमी र तिम्रा छोराभन्दा श्रेष्ठ थिए। उनीहरू मरेपछि पनि तिमीले आफ्नो पुत्रको शोक गर्नु असल होइन, गर्नुहँुदैन। योगी, निष्काम भावले यज्ञ गर्ने र तपस्वी पुरुषले जुन गति पाउँछन्, तिम्रो पुत्रले पनि त्यही गति प्राप्त