Posts

Showing posts with the label अन्तर्राष्ट्रिय मातृभाषा दिवस

मातृभाषामा शिक्षाको महत्व

Image
श्रीमन्नारायण     २१ फेबु्रअरी १९५२ मा ढाका (तत्कालीन पूर्वी पाकिस्तान र हाल बङ्गलादेशको राजधानी)मा बङ्गलालाई राष्ट्रभाषा बनाउन माग राख्दै भएको प्रदर्शनमा प्रहरीको गोली लागी अनेकौं विद्यार्थीहरूले शहादत प्राप्त गरे । संयुक्त राष्ट्र सङ्घले सोही स्मृतिमा प्रत्येक वर्ष यस दिनलाई मातृभाषा दिवसको रूपमा मनाउँदै आएको छ । कुनै पनि व्यक्तिले आप्mनोपनको अनुभूति मातृभाषामा नै गर्न पाउँछ । हाम्रो देशमा पनि मातृभाषाबारे अनेकौंपटक महŒवपूर्ण निर्णय भएका छन् तर यसको कार्यान्वयन राम्ररी हुन पाएको छैन । मातृभाषाहरूको विकास भएमा मात्रै नयाँ–नयाँ कवि, लेखक एवं साहित्यकारहरू चर्चामा आउनेछन् र यसले हाम्रो राष्ट्रभाषा नेपालीलाई पनि धनी, समृद्ध एवं व्यापक बनाउन सहयोगीको भूमिका निर्वाह गर्न सक्नेछ । शिक्ष्Fालाई राम्ररी सम्झाउने–बुझाउने अनेकौं सूत्र हुन सक्दछ तर मातृभाषा त्यसमा सर्वोपरि हो । मातृभाषाका कथा, लोकगीत, गाउँखाने कथा, कथन, पहेली जस्ता माध्यमहरू हुन्छन् जुन प्रत्यक्षरूपमा हाम्रो स्मृतिको धरातलहरूसँग जोडिएको हुन्छ । त्यसमा किसानको शक्ति हुन्छ । त्यसको बनोट पनि बेग्लै किसिमको हुने गर्दछ । एउटा विशिष्