Posts

Showing posts with the label विश्लेषण

हामी कहाँ चुक्यौं

Image
- सुषमा शर्मा     पर्सा जिल्लालाई अहिले कोरोनाको हटस्पट भनेर चिनिन्छ। यहाँ दैनिक कोरोना सङ्क्रमितको बढ्दो चाप छ। सङ्क्रमितको सङ्ख्या बढेको कारण वीरगंजका आइसोलेशनहरूको क्षमताले धान्न सकेको छैन।       अहिले पर्सा जिल्लामा शनिवारसम्म १ हजार ७ सय ९० जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ। जसमा शनिवारसम्म मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ। नेपालमा माघ ९ गते पहिलो सङ्क्रमित फेला परेपछि सबैभन्दा धेरै त्रास वीरगंजवासीलाई थियो। स्थलमार्ग भएर नेपाल प्रवेश गर्ने सबैभन्दा ठूलो प्रवेशद्वार वीरगंज हो। भारतलगायतका विदेशी मुलुकहरूमा कोरोना सङ्क्रमण देखिएको र त्यताबाट आउने मानिस तथा मालसामान वीरगंज भएर नेपाल प्रवेश गर्ने भएकोले धेरै सङ्क्रमण वीरगंजमा हुन्छ भन्ने कुरा सर्वसाधारणलाई समेत थाहा थियो।     अर्कोतर्फ नेपाल–भारत खुला सिमानाका कारण भारतबाट सजिलै कोरोना भित्रिन सक्ने पहिलो बिन्दु नै वीरगंज हो। यो अवस्थामा यहाँ कोरोना सङ्क्रमण नियन्त्रण तथा सङ्क्रमितको व्यवस्थापनमा निकै ठूलो चुनौती आउने निश्चित थियो।     चैतको महीनामा भारतका चारजना जमातीमा कोरोना सङ्क्रमण देखियो । यो खबरले पर्सा जिल्ला मात्र नभई