Posts

Showing posts with the label विश्व सन्दर्भ

फिलिपिन्सको शान्ति सम्झौताको स्वागत

Image
- सञ्जय साह ‘मित्र’    यो साता विश्वले एउटा खुशीको खबर प्राप्त गर्‍यो । खुशीको खबर संसारभर यसरी फैलियो कि अन्तर्राष्ट्रिय समुदायमा चासो लिने सामान्य नागरिक पनि निकै उत्साहित भए । शान्ति प्रक्रियामा फिलिपिन्सले एउटा लामो फडको मारेको खबरले संसारमा शान्ति रुचाउनेहरूले खुशीको अनुभूति गर्नुलाई अत्यन्त स्वाभाविक रूपमा लिन सकिन्छ । जहाँ लामो समयदेखि सशस्त्र आन्दोलन भइरहेको थियो, त्यहाँ शान्ति आउने वातावरण बन्नेजस्तो बुझिएपछि संसारभरले निकै सकारात्मक र उत्साहवद्र्धक प्रतिक्रिया दिएको छ । जसरी नेपालका तत्कालीन सशस्त्र सङ्घर्षरत नेकपा माओवादी र सरकारबीच शान्ति सम्झौता हुँदा विश्वभरबाट सकारात्मक सन्देश र प्रतिक्रियाहरू प्राप्त भएका थिए, त्यसरी नै फिलिपिन्स सरकारले पनि अहिले संसारभरबाट शान्ति सम्झौतालाई निष्कर्षमा पुर्‍याउन सफलता प्राप्त गरोस् भन्ने शुभकामना प्राप्त गरेको छ । जबकि अहिले फिलिपिनो सरकार र त्यहाँको विद्रोही सङ्गठनबीच भएको सम्झौता प्रारम्भिक हो र अब लामो समयसम्म दुवै पक्षबीच वार्तालाप भइरहन्छ । वार्ताको शृङ्खलाले देशमा करिब डेढ दशकदेखि भइरहेको सशस्त्र सङ्घर्षले पूर्ण विराम प्राप्त

पर्यटनको क्षेत्रमा हाम्रो सरोकार

Image
- सञ्जय साह ‘मित्र’    आज अन्तर्राष्ट्रिय पर्यटन दिवस । पर्यटनलाई हाम्रो देशको महत्त्वपूर्ण आर्थिक आधार मानिन्छ । यसको प्रवद्र्धन गर्न हरेक देशले विविध कार्यक्रम सञ्चालन गरेको देखिन्छ । नेपालले आफ्नो देशको पर्यटन व्यवस्थित गर्न र पर्यटनको क्षेत्रमा देशलाई विश्वमा चिनाउन विगतमा दुईपटक नेपाल पर्यटन वर्ष मनाइसकेको छ । अहिले पनि नेपालले पर्यटकलाई भित्र्याउन लुम्बिनी भ्रमण वर्ष मनाइरहेको छ । विश्वको ध्यान आफूतिर तान्न संसारका धेरैजसो देशले यसरी पर्यटन दिवस वा पर्यटन वर्ष मनाउने गरेको देखिन्छ । यसको विस्तृत रूप नै अन्तर्राष्ट्रिय पर्यटन वर्ष हो । पर्यटकीय स्थानहरूको परिचय र पर्यटकहरूको स्वागत सत्कारको दृष्टिले यसको विशेष महत्त्व रहेको छ ।     पर्यटक हामीकहाँ किन आउने ? यसको उत्तर खोज्ने हो भने हामी किन अरूको देश घुम्न जान्छौं भन्ने प्रश्नको उत्तरसित गाँसेर हेर्न सकिन्छ । हामी अरूको ठाउँ राम्रो लागेर हेर्न जान्छौं । शहरहरू सुन्दर छन्, शान्ति र सुव्यवस्था छ, पर्यटकलाई कुनै किसिमको डरको वातावरण छैन । गाउँदेखि शहरसम्मको पर्यटकीय स्थान तथा संस्कृतिको महत्त्व बुझेर राज्यले संरक्षण गरेको छ । स्थ

संयुक्त युरोप एउटै अधिराज्य स्थापनाको बहस

Image
- सञ्जय साह ‘मित्र’    कुनै जमाना थियो जतिखेर साम्राज्यकै बोलबाला थियो । यही साम्राज्य विस्तारको कारणले विश्वयुद्धहरू पनि भए । साम्राज्यलाई भौतिक र अभौतिक अर्थात् प्रत्यक्ष र अप्रत्यक्ष गरी दुई किसिमले बाँड्न सकिन्छ । वर्तमान परिवेशमा राजनैतिक साम्राज्य र आर्थिक साम्राज्य नाम दिंदा अझ बढी सान्दर्भिक होला । अहिले राजनीतिक साम्राज्यहरूले स्वतन्त्रता पाउने समय हो र आर्थिक साम्राज्य बनाउने समय हो । आर्थिक दृष्टिले आफ्नो नियन्त्रणमा लिनु वा आफ्ना उत्पादनका निम्ति बजारको बन्दोबस्त गर्नु आर्थिक साम्राज्यका विशेषताहरू हुन् । यति हुँदाहुँदै पनि शिक्षा र चेतना बढ्दै जाँदा कसैको आधिपत्यलाई स्वीकार नगरी सामूहिक निर्णय वा सामूहिक आधिपत्यलाई मान्यता दिने केही प्रयासहरू विश्वव्यापी रूपमा भएका छन् । विभिन्न क्षेत्रीय स·ठनहरू यसका रूप हुन सक्छन् । समान उद्देश्य प्राप्तिका लागि विभिन्न देशहरू मिलेर काम गरेको पनि देखिन्छ ।     देशहरू मिल्ने क्रममा भूगोल बाधक नबनेका उदाहरणहरू छन् । केही समय पहिले अमेरिका र बेलायत मिलेर आतड्ढवादविरुद्ध संयुक्तरूपमा लडेका थिए । यसलाई धेरै देशले सहयोग गरेको अवस्था पनि थिय