Posts

Showing posts with the label सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस

नेपालमा हिन्दी भाषाको सान्दर्भिकता

Image
श्रीमन्नारायण मिश्र     भाषा, संस्कृति, कला, साहित्य एवं विज्ञान कुनै एउटा भूगोलभित्र सीमित मात्रै रहन सक्दैन । जुन देशमा जति धेरै भाषा बोलिन्छ, त्यो देश सांस्कृतिकरूपमा त्यति नै धनी र समृद्ध मानिन्छ । नेपालजस्तो बहुजातीय, बहुभाषिक एवं बहुसांस्कृतिक देशमा सबै भाषा एवं संस्कृतिले समानरूपमा राजकीय संरक्षण पाउनुपर्दछ । भाषिक विविधतालाई देशको अमूल्य निधि ठानी यसको विकासमा हाम्रो ध्यान केन्द्रित हुनुपर्दछ । देशमा अहिलेसम्म कायम रहिआएको एक भाषाको नीतिका कारण अन्य भाषाको विकास हुन सकिरहेको छैन । वर्तमान सरकारले देशमा बोलिने भाषाहरूलाई वैधानिक मान्यता दिलाउन संविधान संशोधन विधेयक संसद्मा दर्ता गराएको छ साथै भाषा आयोगको पनि गठन गरेको छ यसलाई सकारात्मकरूपमा लिन सकिन्छ । नेपालमा नेपालीपछि सर्वाधिक बोलिने र बुझिने भाषा हिन्दी हो तर सङ्कीर्ण मानसिकता एवं पञ्चायती राष्ट्रवादका समर्थकहरू यसलाई पनि राष्ट्रियतासँग गाँसेर हेर्छन् । हिन्दी संयुक्त राष्ट्रसङ्घको समेत भाषा भइसकेको छ तथा यसले विश्वव्यापी लोकप्रियता हासिल गरिरहेको छ । हिन्दी भारतको भाषा भए पनि यो हाम्रो निम्ति पनि अमूल्य निधि नै हो ।     क