Posts

Showing posts with the label आइतवार विशेष

सही प्रवृत्तिबाट सहज निवृत्ति

    जबसम्म मनुष्यको चित्त शुद्ध हुँदैन, तबसम्म उसले जसको चिन्तन गर्न चाहन्छ, गर्न सक्दैन र जसको गर्न चाहँदैन, उसको चिन्तन गरिरहन्छ। जुन काम उसले गर्नुपर्छ, त्यो गर्न सक्दैन र जुन गर्न चाहँदैन, त्यही गर्छ।     यसैले साधकलाई चाहियो कि जुन समय जे काम उसलाई कर्तव्यरूपमा प्राप्त हुन्छ, त्यसलाई गर्न आफ्नो विवेकशक्ति र क्रियाशक्तिलाई पूर्णरूपले लगाएर पूर्ण धैर्य, उत्साह र सावधानीका साथ जुन ढङ्गले गर्नुपर्छ, त्यसरी नै गर्नुपर्छ। त्यो गर्नमा अल्छी गर्नुहुँदैन र हतार पनि गर्नुहुँदैन। हर एक प्रवृत्तिको आरम्भमा यो विचार गर्नुपर्छ कि जुन काम म गर्न चाहन्छु, त्यसबाट कसैको अधिकारको अपहरण त भइरहेको छैन ? त्यो कसैको अहितको कारण त बनिरहेको छैन ? यही सोचेर आफ्नो प्रभुको सेवाको नाताले त्यस कामलाई कुशलतापूर्वक गर्नुपर्छ। यस्तो कुनै काम गर्नुहुँदैन, जसमा भगवान्सँग सम्बन्ध छैन, जुन भगवान्को आज्ञा र प्रेरणाविरुद्ध हुन्छ।     प्रकृतिपछि निवृत्ति आउनु अनिवार्य हुन्छ। अतः जुन काम कर्तव्यरूपले प्राप्त हुन्छ, त्यसलाई उपर्युक्त प्रकारबाट पूरा गर्दा निवृत्तिकालमा साधकको चित्तको स्थिरता र आफ्नो प्रेमास्पदमा प्रेमको ल

अध्यात्म सिद्धि होइन, सिद्धत्व प्राप्तिको पथ हो

    लामा तथा बाक्ला रूख भएको यस जङ्गलको दशा जुन बेला पनि एकनासको देखिन्छ। समय दिउँसोको होस् वा रातिको यस क्ष्Fेत्रमा रात्रिको घनीभूत अँध्यारोले वास गरेको देखिन्छ। सूर्य जुन दिशामा भए पनि यस जङ्गलको मध्यभागमा प्रकाश पुग्नु लगभग असम्भव नै हुन्थ्यो।     वनको निकटतम क्षेत्रमा विभिन्न जनजातिहरूको निवास थियो, जो जङ्गली जनावरहरूसँग तालमेल बसाएर आफ्नो गुजारा गर्दथे र आफ्नो विभिन्न गतिविधिमा निरत रहन्थे। धार्मिक आयोजनाहरूको क्रममा आज केही गृहस्थ भक्तहरूद्वारा आफ्नो सामूहिक अनुष्ठानको समाप्तिमा साधु–ब्राह्मणहरूका लागि विशाल भोजको आयोजना गरिएको थियो, जसमा सुदूरवर्ती क्ष्Fेत्रबाट सिद्ध महात्मा–तपस्वीहरूलाई सादर आमन्त्रण गर्नुका साथै उनीहरू सबैबाट विशेष आशीष प्रदान गर्न तथा प्रसाद ग्रहण गर्नका लागि विनम्र आग्रह पनि गरिएको थियो।     आफ्नो–आफ्नो सुगमता र सुलभताको आधारमा सुदूरवर्ती क्ष्Fेत्रबाट साधु तथा तपस्वीगण आयोजन स्थल पुगेर आफ्नो सहभागिता सुनिश्चित गरिरहेका थिए। सिद्ध गुरु गोरखनाथ पनि विशेष आमन्त्रण पाएर यस पावन आयोजनको सफलतामा आफ्नो शुभकामना प्रदान गर्ने उद्देश्यले आफ्ना एकजना शिष्यका साथ आयोजनस

अभूतपर्व समस्या र अभिनव समाधान

    जसैजसै वर्तमान शताब्दी युवावस्थातिर अग्रसर भइरहेको छ, त्यसैत्यसै मानवताका सम्मुख नयाँ–नयाँ चुनौती देखा पर्न थालेका छन्। आफ्नो जीवनको व्यस्ततम दौडधूपले गर्दा हामीलाई यी परिवर्तनहरूको अनुभूति भइरहेको छैन, यो अलग कुरा हो, तर जुन तीव्रताले परिस्थितिहरूमा परिवर्तन देखा परिरहेको छ, त्यस अवस्थामा आउने दिनमा मानवताका सामुन्ने नयाँ चुनौती उपस्थित हुनु अवश्यम्भावी देखिएको छ। यदि यी समस्याहरूबारे गम्भीरतापूर्वक चिन्तन नगर्ने हो भने समस्या यति विकराल बन्नेछ कि मानिसले कुनै समाधान खोज्न सक्नेछैन।     ती कुन समस्या हुन्, जसले मानवतालाई चुनौती दिनेछन् भन्ने कुरा जान्नु पहिले के सोच्नु आवश्यक छ भने हाम्रो पहिलेको पीढीको सामुन्ने उसको अस्तित्वको विषयमा कस्ता यक्ष्F प्रश्न थिए, जसले उसलाई सदा भयभीत र आशङ्कित तुल्याएको थियो। इतिहासको पानामा दृष्टि पु–याउने हो भने सम्पूर्ण मानवतालाई आतङ्कित पार्ने समस्याहरूमध्ये प्रमुख समस्याको रूपमा भोकमरी, अकाल, महामारी र युद्धको नाम लिन सकिन्छ। पुस्तौंपुस्ता प्रत्येक देश, धर्म, सम्प्रदायका मानिसका ऐतिहासिक ग्रन्थ यसै तथ्यतिर सङ्केत गर्दछन् कि जनसमुदायले यिनलाई दैवी

मनोविकारको आध्यात्मिक उपचार प्रक्रिया

    सम्पूर्ण विश्व आज मनोरोगहरूका भयङ्कर चपेटमा छ। मानौं मनोविकारको बाढी नै आएको छ। अपराध, हिंसा, आतङ्क, आत्महत्याको मूलमा रोगी मनले नै काम गरिरहेको हुन्छ। समाचारपत्रहरूको ऐनामा हे–यो भने पूरा मानवजाति एउटा विक्ष्Fिप्तताको युगमा बाँचिरहेको छ। आज विश्वको जनसङ्ख्याको एउटा हिस्सा कुनै न कुनै मनोरोगको चपेटमा छ। देश–विदेशमा भएका अनेकानेक अध्ययनहरूबाट के देखिन्छ भने शारीरिक बिमारीले पीडित लगभग एकतिहाई मानिस मानसिक रोगबाट पनि पीडित छन्, तर प्रायः यस्ता रोगीहरूको पहिचान हुँदैन।     तनाव, चिन्ता, भय, बेचैनी, उद्विग्नता, निराशा, क्रोधजस्ता नकारात्मक भाव जीवनका अङ्ग बनिसकेका छन्। जब यस्ता नकारात्मक भावहरूले व्यवहारमा परिणत हुन्छन् अनि मनोविकारको रूप लिन्छन्। प्राथमिक अवस्थामा वैज्ञानिकहरू यसलाई न्युरोटिक स्तरको मान्दछन्। यसको निग्रह गर्नु रोगीका लागि सम्भव हुन्छ, तर यसमा अङ्कुश लगाउन सकिएन भने यसले गम्भीर रूप लिन्छ र साइकोटिक स्तरमा पुग्छ। यस्तोमा व्यक्तित्वको विखण्डन यस प्रकार हुन पुग्छ कि उसको स्वयंमाथि नियन्त्रण लगभग समाप्त हुन्छ र पागलखानामा भर्ती गर्नुपर्ने स्थिति सिर्जना हुन्छ।     वस्तुतः

वर्षा ऋतुमा समाहित छ जीवन–विद्याको प्रशिक्षण

    हाम्रा ऋषि–मनीषीहरूले प्रकृतिलाई चेतन सत्ता मानेर त्यससँग सामञ्जस्य स्थापित गर्दै जीवनयापन गर्ने सिद्धान्तमा जोड दिएका छन्। प्रकृतिसँग सद्भावपूर्ण सद्व्यवहारको पुण्य परम्पराका कारण  प्रकृतिले हाम्रालागि आमा बनेर पोषण व्यवस्था त गरेकै छ, जीवनसूत्रको दिव्य प्रेरणा पनि प्रदान गरेको छ। प्रकृतिका विभिन्न ऋतुहरू विभिन्न सूक्ष्म–प्रवाह तथा स्थूल–संसाधन लिएर आउँछन्। त्यसलाई बुझेर त्यस अनुकूल व्यवस्था बनाई हामी प्रकृतिका अनुदानहरूको श्रेष्ठ उपयोग गरेर श्री, समृद्धि र सन्तोषका अधिकारी बन्न सक्छौं।     वर्षा ऋतु स्थूलक्रममा जलवृष्टि तथा सूक्ष्ममा पर्जन्य–उर्वरताको प्रवाह लिएर आउँछ। समझदार व्यक्तिले प्रकृतिको प्रवाहअनुरूप आफ्नो व्यवस्था मिलाएर त्यसबाट समुचित लाभ लिन्छ। जसले त्यस अनुकूल व्यवस्था मिलाउन सक्दैन, उसलाई लाभ त थोरै प्राप्त हुन्छ, समस्याको पनि सामना गर्नुपर्छ। स्थूलक्रममा पानी पर्छ। यदि छतको व्यवस्था समयमा गरिएको छैन भने पानी चुहिन्छ र घरमा चिस्यान उत्पन्न हुन्छ। यदि सडक र नालाहरूको सफाइ राम्ररी गरिएको छैन भने हिलो र घरमा पानी पस्ने समस्या झेल्नुपर्छ। यसविपरीत जसले समयमा तयारी गरेको

सो–ह कलाले परिपूर्ण कृष्णावतार

    ज्योतिषशास्त्रका अनुसार श्रीकृष्णको जन्म भदौ महीनाको कृष्णपक्ष्Fको अष्टमी तिथिमा महानिशीथकालमा वृष लग्नमा भएको थियो। त्यस बेला चन्द्रमा रोहिणी नक्षत्रमा थिए। रोहिणी नै चन्द्रमाको सर्वप्रिय नक्ष्Fत्र हो। राति ठीक १२ बजे क्षितिजमा वृष लग्न उदय भइरहेको थियो र त्यस बेला चन्द्रमा लग्नमा विराजमान थिए। पञ्चम भाव कन्यामा बुध विराजमान थिए। त्यस घडीमा छैटौं भाव तुलामा शुक्र र शनि विराजमान थिए। भाग्य भाव मकरमा मङ्गल विराजमान थिए भने लाभ स्थान मीनमा बृहस्पति स्थापित थिए। मूलतः श्रीकृष्ण चन्द्रमाप्रधान अवतार थिए, त्यसैले उनलाई कृष्णचन्द्र भनेर सम्बोधन गरिन्थ्यो तथा उनको वंशावली अनुसार पनि उनलाई चन्द्रवंशी नै भनिएको छ।     शास्त्र अनुसार जसरी चन्द्रमाको सो–ह कला हुन्छ, जसरी महिला सो–ह शृङ्गार गरेर सम्पूर्ण बन्दछन्, त्यसैगरी भगवान् श्रीकृष्णको अवतार पनि सो–ह कलाले परिपूर्ण थियो। ब्रह्म उपनिषद्हरूका अनुसार सो–ह कलाले युक्त व्यक्ति ईश्वरतुल्य हुन्छ। चन्द्रमाको सो–ह कला हुन्छ अर्थात् सो–ह तिथि–अमृता, मानदा, पृषा, पुष्टि, तुष्टि, रति, धृति, शशिनी, चन्द्रिका, कान्ति, ज्योत्स्ना, श्री, प्रीतिरङ्गा, पूर

अध्यात्म सिद्धि होइन, सिद्धत्व प्राप्तिको पथ हो

    लामा तथा बाक्ला रूख भएको यस जङ्गलको दशा जुन बेला पनि एकनासको देखिन्छ। समय दिउँसोको होस् वा रातिको यस क्ष्Fेत्रमा रात्रिको घनीभूत अँध्यारोले वास गरेको देखिन्छ। सूर्य जुन दिशामा भएपनि यस जङ्गलको मध्यभागमा प्रकाश पुग्नु लगभग असम्भव नै हुन्थ्यो।     वनको निकटतम क्षेत्रमा विभिन्न जनजातिहरूको निवास थियो, जो जङ्गली जनावरहरूसँग तालमेल बसाएर आफ्नो गुजारा गर्दथे र आफ्नो विभिन्न गतिविधिमा निरत रहन्थे। धार्मिक आयोजनाहरूको क्रममा आज केही गृहस्थ भक्तहरूद्वारा आफ्नो सामूहिक अनुष्ठानको समाप्तिमा साधु–ब्राह्मणहरूका लागि विशाल भोजको आयोजना गरिएको थियो, जसमा सुदूरवर्ती क्ष्Fेत्रबाट सिद्ध महात्मा–तपस्वीहरूलाई सादर आमन्त्रण गर्नुका साथै उनीहरू सबैबाट विशेष आशिष् प्रदान गर्न तथा प्रसाद ग्रहण गर्नका लागि विनम्र आग्रह पनि गरिएको थियो।     आआफ्नो सुगमता र सुलभताको आधारमा सुदूरवर्ती क्ष्Fेत्रबाट साधु तथा तपस्वीगण आयोजनस्थल पुगेर आफ्नो सहभागिता सुनिश्चित गरिरहेका थिए। सिद्ध गुरु गोरखनाथ पनि विशेष आमन्त्रण पाएर यस पावन आयोजनको सफलतामा आफ्नो शुभकामना प्रदान गर्ने उद्देश्यले आफ्ना एकजना शिष्यका साथ आयोजनस्थलतर्

चेतनाको प्रकाश

    चेतनाको प्रकाश जतातर्फ जान्छ, त्यता आलोक हुन्छ र जतातिर जाँदैन, त्यता अन्धकार रहन्छ। चेतनाको प्रकाशमा दुई विशेषता छ– एक, त्यसले पदार्थको ज्ञात गराउँछ भने दोस्रो, त्यसलाई प्रिय बनाउँछ। त्यसबाट जतातिर हाम्रFे चेतना जान्छ अर्थात् जुन वस्तुतर्फ हामीले ध्यान दिन्छौं, त्यो न केवल हामीलाई सबै प्रकारले ज्ञात हुन्छ, वरन् त्यो प्रिय पनि हुन्छ। जुन कुराको बारेमा हामीले सबै कुरा जान्दैनौं, त्यो हामीलाई प्रिय पनि लाग्दैन। मनुष्यलाई जुन वस्तु प्यारो लाग्छ, त्यसले उसको वृद्धि गर्ने चेष्टा गर्छ। यस प्रकार चेतनाबाट प्रकाशित वस्तुको वृद्धि हुन थाल्छ। मनुष्यको सांसारिक धन–वैभवको वृद्धि यस प्रकारले हुन्छ। शरीरको उन्नति पनि शरीरको विषयमा सोच्नाले हुन्छ।     जब मनुष्य बहिर्मुखी रहन्छ, उसले सांसारिक उन्नति गर्छ। उसको धन, यश र मान–प्रतिष्ठा बढ्छ, तर उसको स्वत्व अन्धकारमा रहन्छ। अन्धकारमा भएको कारण न त मनुष्यलाई आफ्नैबारे ज्ञान हुन्छ, न उसलाई आफू नै प्रिय लाग्छ। यति मात्र होइन, बहिर्मुखी व्यक्तिलाई यदि एक्लै छोड्यो भने त्यो आफैंमा यति विफल हुन्छ कि उसलाई आत्महत्या गर्ने इच्छा हुन थाल्छ। यदि कुनै कारणले बहि

असल कार्य गर्न तत्पर युवा

    युवा साहस, उत्साह एवं ऊर्जाको सङ्घनित पुञ्ज हो। उसले चाहन्छ भने नयाँ परिभाषा गढ्न सक्छ, समाज एवं राष्ट्रको कायाकल्प पनि गर्न सक्छ। पहिले समाजसेवा र व्यापार दुई भिन्न कार्य मानिन्थ्यो। पछि यी दुवै एक भयो। यसको परिणाम हो कि आज युवाको नयाँ बिरुवा एकसेएक यस्ता अनौठा उद्यम शुरू गरिरहेका छन्, जसबाट उनीहरूको मात्र होइन समाज र पर्यावरणको पनि भलो हुँदैछ। यसमा कुनै शङ्का छैन कि सामाजिक उद्यमी, आम उद्यमीभन्दा राम्रा हुन्छन्। उनीहरूको उद्देश्य केवल आफ्नो फाइदाको लागि व्यवसाय गर्नु वा कसैलाई व्यवसाय सिकाउनु होइन, बरु पूरै उद्योगमा क्रान्तिको लहर उत्पन्न गर्ने हुन्छ।     चर्चित अमेरिकी उद्यमी बिल डे«टनको भनाइ छ कि सामाजिक उद्यमी आजको आवश्यकता हो। वल्र्ड इकोनोमिक फोरमका संस्थापक कलोज स्वाबको भनाइ छ कि भारतमा सामाजिक परोपकारीसँग जोडिएका स्टार्टअपले आधारभूत सेवालाई आवश्यक व्यक्तिसम्म पु–याउन ठूलो भूमिका निर्वाह गरिरहेको छ। नासकोमको हालैको सर्भेको आँकडाले पनि यसैतर्फ इशारा गर्छ। नासकोमका सिनियर भाइस प्रेसिडेन्ट सङ्गीता गुप्ताका अनुसार भारतमा चार सयभन्दा बढी यस्ता सोशल उद्यम (स्टार्टअप) सक्रिय छन्,

भित्रको उमङ्गले युवा बनाउँछ

    हाम्रो उमेर कहिल्यै पनि पछाडि जान सक्दैन, बरु हामीले चाहे–नचाहे पनि, समयको साथ यो अगाडि नै जान्छ। यदि कुनै व्यक्ति सत्तरी वर्षको छ, तब ऊ साठीको हुन सक्दैन, किनभने समयको कालचक्रमा उसले साठी वर्ष बिताइसकेको छ। जब पनि कुनै व्यक्ति साठी वर्षको उमेर पार गर्छ, तब प्रायः ऊ अवकाश हुने कुरा हुन्छ। हाम्रो समाजमा एउटा आमधारणा छ कि बूढाहरू यस उमेरमा आएर असामान्य हर्कत गर्छन् तर यो एउटा रूढ धारणाभन्दा अन्य केही होइन।     हाम्रो शरीर समयको साथ जवान हुन्छ, यो सम्भव हुन्छ, हुँदैन तर हाम्रो मन समयसँगै जवान हुन सक्छ र यसको लागि हामीले आफ्नो मनको दिशालाई सकारात्मकतातर्फ फर्काउनुपर्छ, किनभने शरीर र मन एकअर्कासँग गहिराइले जोडिएका हुन्छन्, मनको गतिविधिको पूरै प्रभाव शरीरमाथि पर्छ र शरीरको क्रियाविधिको प्रभाव मनमाथि पर्छ। यदि शरीरको उमेरलाई देखेर मनले यो मान्छ कि ऊ बूढो भइरहेको छ, तब निश्चितरूपले मन पनि बूढो हुन थाल्छ, किनभने उसले यस्तो मानिसकेको छ। यदि मनले यो मान्छ कि उसको शरीर समयसँगै बूढो भइरहेको छ तर मन अहिले पनि पहिलेजस्तै जवान छ, मनमा पहिलेभन्दा बढी अनुभव छ, मनमा पहिलेभन्दा बढी सक्रियता छ, राम्रा

इन्द्रिय संयम एवं आध्यात्मिक आदर्श

    काम तत्वलाई हिन्दू संस्कृतिमा समग्ररूपमा प्रतिपादित गरिएको छ। एकातर्फ जहाँ यो सृष्टिको उत्पत्तिको कारण हो, नयाँ जीवनको प्रदाता हो, त्यस्तै अर्कोतर्फ आफ्नो अति एवं दुरुपयोगको कारण यो विध्वंस एवं जीवनको विनाशको पनि कारक मानिएको छ। परमपूज्य गुरुदेवले कामलाई ज्ञानबीज भनेका छन्, जसलाई यदि परिस्कार गर्दा त यो स्वयम्मा सबैथोक प्रदान गर्ने हुन्छ।     इन्द्रिय संयमको जब पनि कुरा हुन्छ, तब यसमा काम तत्वको नै प्रतिपादन हुन्छ, यद्यपि यसको स्वादसँग पनि सीधा सम्बन्ध छ, जसको बोध हामी स्वाद संयमको माध्यमबाट गर्छौं। स्वादपछि जीवन–साधनाको दृष्टिबाट काम तत्व नै त्यो हो, जसको संयम, साधना, सङ्घर्ष, पराभव एवं विजयी गाथाबाट हाम्रो शास्त्र भरिएको छ। आश्चर्य छैन कि जहाँ आधुनिक विज्ञानले आफ्नो बाल्यकालमा काम तत्वलाई आधा–अधूरो बुझाइको आधारमा अधकल्चो निष्कर्ष लिएको छ, ऋषिचिन्तनमा यसलाई लिएर कुनै प्रकारको भ्रमको स्थिति छैन।     आफ्नो शास्त्रचिन्तन एवं आध्यात्मिक विरासतबाट अनभिज्ञ  पीढी, जुन आधुनिक वैज्ञानिक एवं भौतिक चिन्तनको कोखमा हुर्के–बढेको छ, उसको सोच आज पनि फ्रायडवादी मनोविज्ञानसँग प्रभावित छ। हरेक दिन

अनिद्राको मडारिंदो वैश्विक सङ्कट

    यसलाई एउटा आश्चर्यको विषय नै मान्नुपर्छ कि निद्रा जुन जीवनको मूलभूत आवश्यकता एवं मुख्य जरूरतमध्ये एउटा हो, यसको विषयमा जनसामान्यदेखि लिएर वैज्ञानिक समुदायको ज्ञान निकट वर्षसम्म अत्यन्त अल्प रह्यो। विगत दुई–तीन दशकमा नै यस सन्दर्भमा गम्भीर प्रयास वैज्ञानिक समुदायद्वारा प्रारम्भ गरिएको छ र उनीहरूद्वारा गरिएको शोधको जुन परिणाम निस्किएको छ, त्यसलाई अद्भुत एवं विलक्षण नै भन्न र मान्न सकिन्छ।     मानवीय शरीरका चार नैसर्गिक आवश्यकता भनिएको छ, जसलाई पूरा गर्ने प्रयास हरेक प्राणीले निरन्तर गर्छ। भोक लाग्नु, तिर्खा लाग्नु, प्रजनन गर्नु एवं सुत्नु– यी चारलाई वैज्ञानिकदेखि लिएर आत्मवेत्तासम्म प्राणीको मूलभूत गतिविधिमा मानिन्छ। पेट नभरिएको स्थितिमा, प्रजनन गर्न नपाउने स्थितिमा वा यी सबै भएपछिको स्थितिमा प्राणीमा के परिवर्तन घटित हुन्छ, यस सन्दर्भमा सामान्य व्यक्तिदेखि वैज्ञानिकसम्मले धेरै सोच–विचार गरे, लेखे–पढे र भनेका छन्।     यसलाई एउटा विचित्र संयोग नै मान्नुपर्छ कि निद्रा, जसलाई पूर्ण गर्नमा मनुष्य आफ्नो एक चौथाइ जीवनकाल लगाउँछ– त्यस विषयमा हाम्रो अहिलेसम्मको जानकारी धेरै रहेन। मात्र विगत

तनावमुक्त कार्य गरौं

    ‘कार्य गर्नु’ हामी सबैको जीवनको एउटा अभिन्न भाग हो। यस कार्यको माध्यमबाट हामी आफ्नो जीवनमा नयाँ उपलब्धि हासिल गर्छौं। जीवनको आवश्यकतालाई पूरा गर्छौं, पैसा कमाउँछौं र यसको माध्यमबाट जीवनको आनन्द लिने कोशिश गर्छौं। तर जब हाम्रो जीवनमा विभिन्न प्रकारका दुःख, कैयौं प्रकारका दबाब आउँछन् र त्यसलाई हटाउन हामीले अतिरिक्त श्रम र कार्य गर्नुपर्ने हुन्छ, वा हाम्रो कामना आवश्यकताभन्दा बढी बढ्छ, जसलाई पूरा गर्न हामी आफ्नो निर्धारित समयसीमाभन्दा बढी कार्य गर्न थाल्छौं, यस्तो कार्य हाम्रोलागि प्रायः नोक्सानदेह हुन्छ र यसको भयावह परिणाम जीवनमा देख्न सकिन्छ।     जीवनको चमकदमकले सबैलाई आकर्षित गर्छ र यस आकर्षणको कारण बढीजसोको यो कामना हुन्छ कि मलाई पनि यस्तो काम पाओस्, जसबाट हामीले जीवनका सबै सुख–सुविधा उपभोग गर्न सकौं। हाम्रो समाजमा केही यस्ता मानिस पनि हुन्छन्, जसले विभिन्न प्रकारका सुख भोग्छन्। तर यस सुखभोग कमाउनुको विपरीत प्रभाव पनि जीवनमाथि परेको देखेका छौं। जस्तै– कामको अत्यधिक दबाब वा लगातार आवश्यकताभन्दा बढी घण्टासम्म काम गर्नुको फलस्वरूप उब्जिएको तनावको कारण मृत्युको खबर प्रतिदिन हेर्न र सु

जीवनको उद्गमलाई नबिर्सौं

    जीवनको उद्गम स्रोत नाभि (नाइटो) हो र जीवनको उद्गमको प्रक्रिया श्वास हो। नाभि हाम्रो जीवनको केन्द्र हो, धुरी हो। यसको विना जीवनको कल्पना पनि सम्भव छैन। नाभि छ भने जीवन छ र श्वास छ भने जीवनको प्रक्रिया सुचारुरूपले सञ्चालित एवं परिचालित भइरहन्छ। जीवनको आरम्भ, जीवनको सुरुआत हाम्रो नाभिबाट भएको हो। अतः जीवनको अन्तिम कुनासम्म पुग्नको लागि हामी आफ्नो नाभिसम्म पुग्नुपर्छ, जीवनका सबै वस्तुलाई, सबै स्मृतिलाई तत्वबाट जान्नको लागि नाभिसम्म पुग्नुपर्छ। जीवनको प्रक्रियालाई बुझ्न, जीवनको प्रकृति एवं विधानलाई बुझ्नको लागि श्वासलाई बुझ्नुपर्छ। दुर्भाग्यवश हामी अहिले यी दुईप्रति घोर लापर्बाह एवं बेहोस बनिरहेका छौं।     जन्म लिएपछि जसलाई हामीले सबैभन्दा बढी याद राख्नुपर्छ, त्यसलाई नै बिर्सिन्छौं, त्यसको महत्वलाई बिर्सिन्छौं। जसलाई हामी बिर्सिन्छौं, त्यो नाभि हो। हामी सोच्छौं कि जीवनको लागि सर्वाधिक महत्वपूर्ण हृदय हो र यसपछि मस्तिष्क हो। हामी आफ्नो मिर्गौला, कलेजोलाई याद राख्छौं, स्पाइनल कर्डलाई पनि याद गर्छौं तर नाभिको पनि महत्व छ, यो बिर्सिन्छौं। जबकि नाभि नै जीवनको मूल हो, नाभि नै जीवनको आविर्भावक

लक्ष्य निर्धारण: जीवनलाई सार्थकताको बोध दिन्छ

    जीवनमा सही लक्ष्यको निर्धारण एउटा महत्वपूर्ण पाटो हो, जसको अभावमा जीवन दिशाहीन डुङ्गासरह संसार सागरको लहरमा भटकिरहन्छ तर कतै पुग्दैन। प्रायः लोकचलन, घरपरिवारका ठूला बुजुर्गहरूको इच्छा लक्ष्य निर्धारणका प्रमुख कारक रहन्छन्। यसमा केही नराम्रो छैन, यदि यी सब आफ्नो इच्छा एवं अन्तःप्रेरणाको अनुरूप हुन्छ भने। अन्यथा देखासिकी वा दबाबमा अपनाइएको जीवन लक्ष्यले त्यस सार्थकतालाई बोध दिन सक्दैन, जसको मनुष्य यस सृष्टिको सर्वश्रेष्ठ प्राणी भएको नाताले हकदार हुन्छ। सही लक्ष्यको अभावमा जीवन उपलब्धिले भरिएको भएपनि त्यस सुखदेखि टाढा रहन्छ, जसको उसले आकाङ्क्षा राख्छ। सबैथोक भएर पनि व्यक्ति स्वयम्लाई पूर्णताको बोधबाट कोसौं टाढा पाउँछ।     जीवन लक्ष्य निर्धारण निकै सरल कार्य पनि होइन। धेरै सौभाग्यशाली हुन्छन् ती व्यक्ति जसको जीवन लक्ष्य स्पष्ट हुन्छ, अन्यथा मनुष्य भ्रामक लक्ष्यमा हराएको मनलाई बहलाउँदै फिर्छ, उसको पूरा जीवन जसरी मृगमरीचिकाको पछाडि भटकिएर बित्छ र जीवनको बिदाइका पल एक दुःखद घटनाका साथ त्रासद अन्त्य हुन्छ। अतः जीवन लक्ष्यमा भइरहेको चूकलाई समय रहँदै परिमार्जन गर्नुपर्छ, यसको पुनर्निर्धारण

नारीको महानता

    नारीप्रति वैदिक दृष्टिकोणमा नारीको व्यक्तित्व सदैव मातृत्वको रूपमा पूजनीय रहेको छ। मातृत्वको आधार प्रेम एवं वात्सल्य हो। मातृत्य यति दिव्य एवं पावन हुन्छ कि एक स्त्रीको हृदयमा पतिको लागि पनि वात्सल्यको कामना गरिएको छ। आफ्नो संस्कृतिमा नवदम्पतीको लागि आशीर्वाद वा शुभकामना भनिएको छ। ऊ सुखी रहोस्, उसको धनधान्य बढोस्, यशस्वी बन्ने कामनाको साथ यो भाव पनि हुन्छ कि परिवार बसाऊ, सन्तानलाई जन्माऊ, सौभाग्यवती होऊ र दुवै एकअर्कादेखि प्रसन्न–सन्तुष्ट रहू। ऋग्वेदमा विवाहको समय वधूको लागि आशीर्वाद दिने मन्त्र दिइएको छ। संस्कृतिलाई जीवित राख्ने काम नारीले नै गर्छिन्, किनभने उनले स्वयम्लाई संस्कृतिसँग जोडेर राख्छिन्। संस्कृतिको साथ जोडिनु नै संस्कृतिलाई जीवन्त राख्नु हो। हिन्दू चिन्तनमा नारीको एकनिष्ठ स्वभावलाई उसको संस्कृति भनिएको छ र हिन्दू नारी आफ्नो यस एकनिष्ठ छविलाई अक्षुण्ण राख्छिन्। यसैले नारी प्राणपणदेखि तत्पर रहन्छिन्। यस प्रकार नारी संस्कृतिको एउटा जीवन्त एवं जाग्रत प्रतिमूर्ति हुन्छिन्। नारीले संस्कारको रूपमा पाएको संस्कृतिप्रेम नै उनले ठूलोलाई आदर गर्नु र सानामा प्रेम बनाएर राख्ने प्रे