- डा. रमेश मिश्र
आधुनिक रहनसहन र खानपानले एकातिर जीवन सहज भएको छ भने अर्कोतिर विभिन्न प्रकारका रोगहरूलाई आमन्त्रण गरिरहेको छ । हाल विश्वमा आरामतलबी जीवन र खानपानले धेरै रोगहरू निम्त्याइरहेको छ । यी रोगहरू अरूबाट सरेर कसैलाई हुने रोग होइन, आफ्नै शरीरको निष्क्रियता र खानपानको प्रतिफल हो । यी रोगहरूलाई नसर्ने रोग भनिन्छ । हृदयरोग, क्यान्सर, मधुमेह, पक्षघात, बात रोग, श्वास रोग, मोटोपन यस्ता धेरै रोगहरू छन्, जुन विश्वमा महामारीको रूपमा फैलिरहेको छ । यी रोगहरूलाई दीर्घरोग पनि भनिन्छ । किनकि यी रोगहरू एकपटक लागेमा धेरै समयसम्म औषधि खानुपर्छ । कुनै कुनैमा त जीवनभरि नै औषधि खानुपर्छ ।
धेरै चिल्लो, धेरै नुन, धेरै गुलियो, बढी मासु, विषादी हालेको तरकारी एवं साग खानाले र प्रदूषित वातावरणमा बस्नाले यी रोगहरू हुन्छन् । साथै शारीरिक व्यायाम, परीश्रम नगर्नाले यी रोगहरू हुन्छन् । त्यस्तै व्यक्तिगत सरसफाइको साथसाथै सामाजिक सरसफाइ अर्थात् गाउँ,
नगर अति नै फोहर भइरहे पनि सरसफाइ नगरेमा यस्ता रोगहरू हुन्छन् ।
यी नसर्ने रोगहरूबाट जोगिन हामीले आयुर्वेदको प्रयोजनमा भने अनुसार ‘स्वस्थ स्वास्थ्य रक्षणम् आतुरस्य विकार प्रशमन:’ अर्थात् स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा तथा कुनै कारणले रोग लागिसकेको छ भने उसको उपचार गर्नुपर्छ ।
स्वस्थ व्यक्तिको स्वास्थ्य रक्षा अर्थात् यी नसर्ने रोगहरू लाग्नबाट जोगिन सन्तुलित खानपान गर्नुपर्छ ।
बढी चिल्लो, नुनिलो, गुलियो खानुहुँदैन । बढी माछामासु खानुहुँदैन । विषादी नहालेको हरियो तरकारी, सागपात खानुपर्छ । बढी फलफूल खानुपर्छ । रक्सी, खैनी, चुरोट, बिंडी, गुटखा सेवन गर्नुहुँदैन । बढी शारीरिक श्रम गर्नुपर्छ । बढी शारीरिक श्रम नगर्नेले प्राणायाम योग गर्नुपर्छ । आरामतलबी जीवन बिताउनुहुँदैन । सधैं स्वस्थ रहन कम्तीमा वर्षमा एकपटक पञ्चकर्म सेवा लिनुपर्छ ।