Posts

Showing posts with the label (७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा)

स्वस्थ शरीरमा नै स्वस्थ मस्तिष्कको निवास हुन्छ

Image
निर्भय कर्ण     संसारमा स्वास्थ्यभन्दा ठूलो केही हुँदैन र शरीर यदि स्वस्थ छ भने सबैथोक राम्रो लाग्छ, मनलाई शान्ति प्राप्त हुन्छ तर यदि हामी अलिकति पनि बिरामी पर्छौं भने सम्पूर्ण संसार नै अधूरो लाग्न थाल्छ । त्यसैले स्वास्थ्यलाई सबैभन्दा ठूलो धन भनिएको हो । तर वर्तमान परिवेश र हाम्रो जीवनशैलीले मानिसलाई अस्वस्थ हुन विवश पारिदिएको छ । के यस अस्वस्थताका लागि हामीद्वारा निर्मित दूषित परिवेश र जीवन–शैली सर्वाधिक जिम्मेवार छैन ?     हामी आफ्नो परिवेशलाई यति दूषित पार्दै गइरहेका छौं कि जिउनु कठिन हुँदै गइरहेको छ र नयाँनयाँ बिमारीको जन्म भइरहेको छ जसले बिरामीहरूको सङ्ख्यामा प्रतिवर्ष तीव्र वृद्धि भइरहेको छ । यस्तो कुनै तत्त्व बाँकी छैन, जुन प्रदूषित हुनबाट जोगिएको होस्, त्यो हावा, पानी, भूमि होस् अथवा अन्य केही । प्रदूषण एउटा यस्तो कारक हो, जसले सबभन्दा बढी मानिसलाई बिरामी बनाइरहेको छ र प्राय: सबै बिमारीमा कारकको रूपमा यसको वर्चस्वलाई अस्वीकार गर्न सकिंदैन । अन्तरिक्ष एजेन्सी नासाको विश्लेषण अनुसार, दुनियाँभरिमा २१ लाख मानिस प्रदूषणका कारण कालको गालमा पर्दछन् । प्रदूषणको स्तर यस हदसम्म बढेको